RSS

आफनै कलम आफनै भाव कारवाही होला त विएण्डविलाई ?

14 Jun

रविन प्रसाद थपलिया

नेपालको हडड्ी सम्वन्धी नेपालको नामोद हस्पीटल दावी गर्ने विएण्डवि ले आज हजारौ नेपालीको भविश्य विगारेको छ । विशेष गरि सवारी दुर्घटनामा परि घाइते भई उपचारको लागी आउने विरामीलाई सवारी धनीहरुसंग मिलेमतोमा पैसामा विकेर अपाङ समेत वनाउन वाँकी राख्दैन् । सो अस्पताल प्रति यो मेरो कुनै आरोप होइन सत्य हो म यसको एक एक सवुत प्रमाणहरु यस पत्रिका तथा अन्य पत्रपत्रिका मार्फत नियमीत रुपमा यस अस्पतालको पर्दाफाँस गदै जाने छु । वाहिर देख्दा र सुन्दा जति यस अस्पतालको नाम चलेको छ तर यस भित्र हुने गरेका काला कर्तुतले अव यस अस्पताललाई उमो लाग्न दिने वाल छैन् । हजारौको भविश्य विगारेको यो अस्पताललाई पिडीत मानिसहरुको आँसुले पनि अव यो अस्पताल प्रशासन पतित हुने छ । विरामीको सेवा भन्दा पनि पैसामा रमाउने यस अस्पताल नेपालकै कलंक अस्पताल पनि हो भन्न अत्तियुक्ति नहोला ।
वाहिर सुनिए जस्तो छैन यो अस्पतालमा सावधान सवारी दुर्घटनामा परि तपाँइको विरामी उपचारको लागी ल्याँदै हुनुहुन्छ भने किन कि तपाँईको विरामी जिउँदै पनि नर्फकन सक्छ । समिती तथा सवारी धनिहरुसंग मिलेर तपाँईको विरामीको ज्यान पनि लिन सक्छ । म यो पत्रिका मार्फत सवारी दुर्घटनामा परी उपचारमा आउने विरामीहरुको जिवन भने यो अस्पतालमा जोखीमै रहेको ठोकुवाका साथ भन्न सक्छु । विभिन्न समिती मार्फत दुर्घटना भई आउने विरामीहरुको उपचार गर्न यो अस्पतालले समितीहरुसंग सम्झौता समेत गरेको छ । जस्को आर्थीक प्रलोभनमा परि अस्पतालले विरामीलाई मार्न समेत पछि पर्दन् । सो अस्पतालका प्रमुख वैद्य र वास्कोटा यसको दोसी होलान, नहोलान तर अस्पतालका उनकामातहतका डाक्टरहरु भने पैसामानै विकेर मानिसको हत्या समेत गर्न पछि पर्नेवाला छैनन् । तर अव उनिहरु पनि यस विषयमा चनाखो भएनन भने भोली पिडीतहरुले विएण्डवि अस्पताललाई घेरा वन्दी गरि जलाउन समेत पछि पर्ने छैनन् । यो अस्पतालवाट पिडीत भएका हजारौ व्यक्ति मध्य म पनि एक हुं सायद त्यसको नेतृत्व म आफैले पनि गर्न पछि पर्ने छैन् । के विरामीको भविश्य वर्वाद गर्ने विएण्डविले उनिहरुको पहिलाको खुसी र्फिता गर्न सक्छ ? मेरो प्रश्न विएण्डविलाई के अव तिमीहरुको गल्तीले सदाको लागी गुमेको मेरो गोडा र्फिता दिन सक्छौ ? यदि उपचार गर्न सक्छौ भने गर हैन भने आर्थीक प्रलोभनमा परेर मानिसको भविश्य वर्वादमा भने नपार मेरोे तिमीहरुलाई सुझाव छ ।

दुर्घटना कसरी भयो त ?

लागौ मुख्य कुरा तर्फ गएको जेष्ठ ३१ गते राजधानीको वालाजुमा भएको मोटरसाइकल दुर्घटना पश्चात मेरो उपचारको लागी परिवारले विएण्डवि अस्पताल लगेका थिए । ना२ख ८६२९ नम्वरको ट्रकले वा३१प १८२१ नम्वरको मेरो मोटरसाइकललाई उछिनेर अगाडी वढने क्रममा सो ट्रकको अगाडीको भागले मेरो मोटरसाइकलको पछाडी वस्ने विमला धिताल शरिरमा छोएर तान्यो । अनि उनि चिच्याउन पुगिन म केहि अगाडी पुगेर रोकेर हेर्नमात्र के लागेको थिए सो ट्रकले पुन हामीलाई आएर सिधै ठक्कर दियो । त्यस पछि म धेरै अगाडी पुगेर वजाँरीए भने विमला म भन्दा पछाडी बजारीन आइपुगिन त्यस पछि सो ट्रकले पुन हामीतिर हुँइकिएर आयो म अताँसिए र चिच्याए पनि तर निर्दयी सो ट्रकले विमलाको भुडिमा कुल्चीयो भने मेरो गोडामा कुल्चीयो । त्यसपछि पुन हामीलाई गाडीको चक्का मुनि तानेर राख्न लाग्दा म चिच्याएको सुनेर सडकमा हिडने पैदलयात्रीहरुले हामी दुवैलाई वचाए ।त्यस पछि मोटरसाइकलको पछाडी रहेकी विमला धिताल र म गम्भीर घाइते भयौ भने मोटरसाइकलको विचमा रहेकी वालीका व्रजिना वास्कोटा भने सामान्य घाइते मात्र भइन् । दुर्घटनाको समय देखि अस्पताल सम्म पुर्याँउदा सम्म विमलाको पुरौ होस थियो । तर टिचिङहुदै पुन विएण्डविमा पुरउदा भने उनको होस थिएन् उनि वेहोस थिईने भने म अर्धवेहोस अवस्थामा थिए । उपचारको क्रममा मलाई इन्फेक्सन भएको संका लागेर म भने मेडिकेयर अस्पतालमा आएँ विमलालाई सोही अस्पतालमा राखी उपचार भईरहेको थियो तर विडम्वना उनको भने उपचारको क्रममा निधन भएछ । हामी संगै दुर्घटनामा परेकी वालिका व्रजिना भने सकुसल घर र्फकिएकी छन् ।
राम्रो उपचार पाउने आसामा सो अस्पताल पुगेको मेरो अवस्था राम्रो थियो । दुर्घटना देखि अस्पताल सम्मका पुरै कुरा मलाई थाहा छ । गम्भीर घाइते भएमो म तथा विमलाको त्यही दिन अप्रेसन हुनुपर्ने तर अपसोच त्यस्तो हुन सकेन अस्पताल पुगेको झण्डै १८ घण्टा पछि मात्र मेरो र विमलाको अप्रेसन भयो । त्यस पछि मलाई विमलाको वारेमा केहि पनि थाहा हुन सकेन । विमलाको वुवा, आमा तथा परिवारका सदस्यहरु आँउनु हुन्थ्यो मलाई भेटनुहुन्थ्यो त्यती मात्र थाहा छ । दुर्घटना अघि सम्म उनको परिवारसंग मेरो परिचय थिएन मात्र उनको मामाघर संग भने मेरो चिना जानी थियो । विमला मेरो एउटा असल साथी मात्र थिइन् त्यस भन्दा अरु कुनै उनको र मेरो सम्वन्ध पनि थिएन् । उनको एउटा फोटो समेत मेरो साथमा छैन् । ट्रकले अगाडीको टायरले मेरो दाहिने गोडाको घुडा देखि तलको भाग किचेको थियो भने विमलाको कम्मर देखि तल पुरै पछाडीको टायरले किचेको थियो । प्रारम्भीक उपचार र अप्रेसन पछि डक्टरहरुले मेरो राम्रो उपचार हुने कुनै अप्रीय निर्णय लिन नपर्ने वताएका थिए । अप्रेसन पछि मेरो गोडामा स्टील राखिएको थियो भने मेरो दाहिने गोडाको पैलाता तथा औलाहरु सवै चलिरहेका थिए गोडा तातो नै थियो । हामी सवै खुसीनै थियाँै राम्रो उचार भईरहेको छ भनेर तर जव ७ दिन पछि डक्टरहरुले अचानक इन्फेक्सन भएको छ अव गोडा राख्न सकिन्न भन्ने वताएपछि हामी छाँगावाट खसे जस्तो भयौ । त्यसपछि अचानका यस्तो डाक्टरको कुराले हामी अताँलीयौ भने उनिहरुको नियम माथी पनि संका लाग्यो । हामी गोडा काटने भन्दा पनि अन्तै गएर भएपनि उपचार गराउने निर्णयमा पुगेपछि अस्पतालसंग डिस्चार्जको लागी मेरो परिवारका सदस्यहरु पुगे । तर अस्पतालका कर्मचारीहरुले त्यस दिन हामीलाई डिस्चार्ज नगर्ने वताए । गोडा काटनुपर्ने कुरालो आक्रोसमा रहेको मेरो परिवार तथा नातेदारहरु अस्पताल तोडफोड समेत गर्न पछि नपर्ने वताएपछि अस्पतालले हामीलाई विना हस्ताक्षरको कागज सहित डिस्चार्ज गर्यो ।
एम्वुलेन्स समेत र्फकाए
डिस्चार्ज गरेर मलाई मेडिकेयर लाने कुरा भएपछि अस्पतालको कर्मचारीहरुले एम्वुलेन्स प्रयोगको लागी आग्रह गर्दा समेत मानेन । २०६६ साल असार ६ गते रातको ८ वजेको थियो त्यस दिन राती भएकाले पनि मेरो परिवारहरु आँतीएका थिए कसरी मेडिकेयर सम्म पुरउने भनेर त्यस पछि वाहिरी एम्वुलेन्सलाई खवर गर्दा अस्पतालको अन्डरग्राउण्डमा रहेका कर्मचारीहरुले आउने एम्वुलेन्सहरुलाई धम्काँउदै र्फकाउने गरेका रहेछन् पछि वल्ल वल्ल अर्को प्राइभेट एम्वुलेन्सलाई वोलाएर मलाई मेडिकेयर लगियो ।
खुट्टा वा मानिस रोज्नु पर्ने अवस्था
त्यस वेला वेलुकीको साँडे ८ भइसकेको थियो । जव मेडिकेयर अस्पताल पुगियो त्यस वेला सम्म मेरो गोडा केहि हुने अवस्था छैन भन्नेमा म ढुक्क थिए । अस्पतालको गेटमा हाँसीलो अनुहारमा विरामीको स्वागत गर्न वस्नु भएको वरिष्ठ डा. चक्रराज पाण्डेको स्वागतले मेरो दुखाईलाई हद सम्म भएपनि कम गर्न मद्धत मिलेको थियो । जव उहाँले मेरो घाउ हेर्नु भयो त्यस पछि मेरो शरिरमा इन्फेक्सन भएको र तत्काल गोडा नकाटेमा ज्यान समेत नरहने वताएपछि मेरो जिवनमा अर्को उत्पात सुरुभयो । मेरो परिवारले उपचारको लागी नेपालमा नभए विदेशमा लगेर पनि उपचार गराउने वताए पनि डा पाण्डेले त्यो ढिला भइसकेको वताउनु भयो । विएण्डवि का डक्टरहरुले दुर्घटना पछि मेरो गोडामा रहेका धुलो तथा अन्य फोहोर पदार्थ राम्रोसंग सफा नगरेकाले त्यसले गर्दा भित्र पटिवाट इन्फेक्सन सुरु भईसकेको रहेछ । जस्ले गर्दा किड्नी तथा शरिरका अन्य भागमा समेत रोगका किटाणुहरु फैलिसकेको रहेछ । डा पाण्डेले अचानक अव गोडा काट्नुपर्ने वताउनु भयो । म त्यो खवरले यति धेरै दुखि भएकी मेरो जिवनमा सायद यो भन्दा वढी दुख कहिल्यो पनि पर्ने छैन । पाण्डेले मलाई धेरै कुरा भनेर सम्झाउनु भयो । अन्ततह गोडा काटेर भएपनि आफुले वाँच्ने निर्णय गरे अनि २०६६ साल असार ६ गते मेरो दाहिने गोडाको घुडा देखि तलको भाग सदाको लागी गुमाउनु पर्यो ।
किन गोडा काटनु पर्यो त ?इन्फेक्सनको कारण मेरो किड्नीमा २.५ असर गरिसकेको थियो भने मुटुको चालमा पनि अस्वभवीव रुपमा परिर्वतन भईसकेको थियो । शरिर सुन्निएको थियो । मेरो दाहिने गोडाको तल देखिवाट इन्फेक्सन भएर मुटु सम्म पुग्ने अवस्था थियो । अप्रेसनको क्रममा नेपालमा प्रतिवन्धीत एक औषधीको प्रयोग गरेर मेरो किड्नी सफा गर्ने काम भयो । सल्यान जस्तै सानो वोतलमा रहेको सो औषधीले मेरो किड्नी सफा भएपछि वल्ल मेरो अप्रेसन भयो । शरीरमा हेमोग्लोविनको कमि थियो भने मानसीक रुपमानै म कम्जोर भएको थिए अव म वाँच्दीन भन्ने अवस्थामा पनि ।
दुर्घटना पश्चात मेरो अवस्था
दुर्घटना पश्चात पनि मेरो अवस्था राम्रो नै थियो । मलाई दुर्घटना स्थलवाट मानिसले उद्धार गरे देखिवाट विएण्डविमा उपचारको लागी लगेको समेत सवै थाहा छ । दुर्घटना पश्चात मैले मानिसलाई मलाई उद्धार गर्नको लागी कराएको थिँए । त्यस पछि प्रारम्भीक उपचारको लागी जनमैत्री अस्पताल वालाजुमा लगिए पश्चात मैले नै मेरो साथी प्रतिक लामीछाने जो अहिले इमेज च्यानलमा काम गर्छ उसलाई नै भनेर फोन गर्न लगाएको थिए । मलाई लागेको थियो यो दुर्घटनाले यत्रो रुप सायद लिँदैन होला भनेर तर विडम्वना नसोचेको कुरा हुन पुग्यो । अस्पतालको लापरवाहीको कारण म जिवनभर अपाङ जिवन विताउन वाध्य भए ।
पैसामा विकेको पुलीस प्रसासन
मेरो दुर्घटना पश्चात दुर्घटनामा संलग्न गाडीको नम्वर टिपेर मानिसहरुले मेरो भाई प्रविनलाई दिएका थिए । त्यस पछी मलाई उपचारको लागी विएण्ड वि लगेपछि महानगरीय प्रहरी वृत्त वालाजुका तात्कालीन प्रमुख डिएसपी मिरा चौधरीले ३० हजार रुपैया खाएर ड्राइभरलाई भगाएकी थिइन् । सायद उनले कुनै दिन थाहा पाउने छिन उनको परिवारको सदस्य यसै गरि दुर्घटनामा परेको दिन अरुले यस्तो व्यवहार गरेपछि । उनले ३० हजार लिएको कुरा कसरी प्रमाणीत हुन्छ भने दुर्घटनामा संलग्न ट्रकका मालिक विनोद चौहानलाई ट्रक दुर्घटना पश्चात ड्राइभरले आफु वालाजु चौकीमा रहेको वताए पनि उनि पुग्दा ड्राइभर त्यहाँ थिएनन् । उनले सामानको साथमा ३० हजार रुपैया रहेको थियो मालिकको त्यही पैसा तिरेर उनि भागेको कुरा मालिक चौहानले हामीलाई वताएका थिए ।
मेरो मोटरसाइकलमा ब्याक गेर थियो कि ?
जव ट्रकले मेरो मोटरसाइकललाई पछाडीवाट ठक्कर दियो मेरो मोटरसाइकलको पछाडीको भाग पुरै धुलो भएको छ । सवै भन्दा पछाडी रहेकी विमला धिताल गम्भीर घाइते भएकी थिइन् त्यस वेला । भने पैसाको आडमा पुलीस प्रसासनले मेरो मोटरसाइकलले ट्रकलाई ठक्कर दिएको भनेर झुट्टो रिपोर्ट तयार पारेको थियो । म यहि पत्रिका मार्फत आम पाठकको अगाडीवाट प्रहरीलाई चुनौती दिन चाहन्छु प्रहरी मित्रहरु तिमीहरुको परिवारका कुनै सदस्यको यस्तो दिन कहिल्यै नआउलात ? मोटरसाइकलको पछाडीको भाग पुरै क्षतीग्रस्त भएको छ तर अगाडीको भागमा सामान्य मात्र दाग लागेको अवस्थामा कसरी मैले ठक्कर दिएको हुन्छ ? कि मेरो मोटरसाइकलको व्याक गियर थियो कि ? वताई दिनु पर्यो त्यस वेलाका वालाजु वसपार्कमा ट्राफिक प्रहरी प्रमुख भएर जाने प्रहरी मित्रले । मेरो परिवार संग मोटरसाइकलको दुर्घटना पश्चातको तस्वीर सुरक्षित रहेको छ । पछि ति सवै प्रमाणहरु एका एक गरि यसै पत्रिका मार्फत सार्वजनीक गदै जाने छु ।
के भन्छन घटनाका प्रत्यक्षदर्शी
त्यस दिन माओवादी कार्यकर्ताको हत्या भएको विरोधमा वालाजु क्षेत्रमा माओवादीको वन्द रहेको थियो । साँझ साँडे ७ वजे मात्र वन्द खुलाईयो त्यस पछि एक समुहले अचानक गाडीमा तोडफोड सुरु गर्यो म लगायत मेरा साथीहरु तोडफोड रोक्नको लागी अनुरोध गदै थियो । प्रहरीले अचानक हामीलाई भ्यानमा राख्यो म भ्यानमा वसेर वाहिर हेरी रहेको थिंए । त्यसै वेला एउटा दुर्घटना देखीयो ट्रकले मानिसलाई थिची रहेको थियो । प्रहरीले मलाई वाहिर जान नदिरहेको थियो जवरजस्ती वाहिर निस्कीएर घाइतेको उद्धार गरे तर पछि मात्र थाहाभयो दुर्घटना रविन दाईको भएको रहेछ । उहाँलाई ट्रकको अगाडीको टायरले किचेको थियो उहाँ चिच्याई रहुन भएको थियो । गाडीले पुन उहाँलाई किच्ने अवस्थामा थियो । हामीले जवरजस्ती त्यहाँवाट उद्धार गरेर अस्पताल लगेका हौ । घटनाका प्रत्यक्ष दर्शी जिवन थापाको भनाई हो यो ।
विएण्ड वि प्रति मेरो आपत्ति
यदि विएण्डवि अस्पतालले अस्पताल लगिएकै दिन मलाई अप्रेसन गरेको भए सायद मेरो यस्तो दिन आउने थिएन् त्यो निश्चीतनै हो । त्यस दिन मेरो घाइते गोडामा सल्यानपानीले मात्र सफा गरेर छाडियो । राम्रो संग सफा समेत गरिएन । मेडिकेयर आँउदा मेरो गोडा त्यही लापरवाहीको कारण कुहिएको अवस्थामा थियो । उनिहरुले मेरो गोडाको अवस्था पहिल्यनै देखिसकेका थिए मजस्ता दर्जनौ विरामी दैनिक त्यस अस्पतालमा आउने गर्दथे तर पहिला पुरै ठिक हुने मेरो गोडाको अवस्था थियो भने एक हप्ता पछाडी कसरी गोडा काटनु पर्ने अवस्था आयो त ? नियमीत मेरो ड्रेसिङको लागी भनेर अप्रेसन थिएटरमा लगिन्थ्यो खान पनि दिइन्नथ्यो । तर कसरी भयो मेरो राम्रो उपचार ? एक हप्ता पछि सम्म मेरो गोडामा वालुवाका कणहरु राम्रैसंग देखिने अवस्थामा रहेको थियो । यसरी जानी जानी मेरो उपचारमा संलग्न डक्टरहरुले मेरो भविश्य वर्वाद परे । यदि यो दुुनियाँमा भगवान हुन्छ भने उनिहरुको पनि यस्तै अवस्था भएको मैले देख्न पाउने छु ।
अप्रेसन थिएटरमानै मानसीक तनाव दिने काम
अप्रेसन पश्चात मेरो घाउ सफा गर्ने भनेर दैनिक अप्रेसन थिएटरमा लगिन्थ्यो । अघिल्लो दिनको वाह्रवजे देखि पानि समेत खान नदिएर भोलीपल्ट वल्ल ११ वजे तिर अप्रेसन थिएटरमा लगिन्थ्यो । अनि ३ वजे मलाई तल लगिन्थ्यो त्यस पछि ६ घण्टा पछि मात्र खान दिइन्थ्यो । विएण्डवि वसिन्जेल मेरो मुखमा पानि हाल्ने समय भनेको रातीको नै वजे देखि १२ वजे सम्म हो त्यस पछि पुन भोलीपल्टको अप्रेसनको लागी पानि नपिएर तयार हुनुपर्दथ्यो । पानि पनि मुखमा नहालेको मेरो भोको पेटमा अप्रेसन थिएटरमा लामो समय सम्म कुराएर तनाव दिइन्थ्यो । कुन दिन हो मलाई याद भएन एक जना मोटो शरिरका डक्टरले तँ वाँच्दैनस जस्तो शव्द समेत प्रयोग गरे । अप्रेसन थिएटरमा विरामीलाई लट्ठयार उनिहरु अनावश्यक कुरा गरेर वसिरहेको पनि देखिन्थ्यो ।
वाहिर देखिए जस्तो छैन विएण्डवि
वाहिर देखिए जस्तै विएण्डविमा मैले त्यस्तो वातावरणनै देखिन । अस्पतालका कर्मचारी भुई पुच्छने देखि नर्स सम्म कसैले कसैलाई गन्ने वाला रहेनछन् । दुर्घटना पश्चात आहात भएको विरामीका परिवारलाई उनिहरुको व्यवारले धेरैनै चोट पुर्याइरहेको हुन्थ्यो । अनावश्यक औषधी किन्न लगाउने अनि नर्स तथा कर्मचारीहरुले चोरी समेत गर्ने गरेका छन् । अस्पतालमा एक चोटी पनि नवसेको म तथा मेरो परिवारको लागी यो कुरा नौलो नै थियो हामी केहि वोल्ने थिएनौ पछि मेडिकेयरमा आएपछि पो वल्ल थाहा भयो उनिहरुले अनावश्यक औषधी लेखाएर चोरी गरेर पैसा कमाउने रहेछन् । सुइमा प्रयोग हुने औषधीहरु समेत उनिहरुले भित्र लगेर सुइमा राखेर ल्याउने गरेका हुन्थे के राखेर ल्याँउथे केहि थाहा हुदैनथ्यो । तर मेडिकेयरमा भने हाम्रो आँखा अगाडीनै ति औसधी प्रयोग गरिएर सुई लगाइन्थ्यो ।
विएण्ड वि लाई मेरो चुनौति
जानी जानी मेरो भविश्य विगार्ने विएण्डवि हस्पीटलले अव म जस्ता लाखौको जिवनको मुल्य तिर्न सक्छ ? उपचार गर्ने नाममा सयौको जिवन ववार्द पार्ने यो अस्पताललाई कारवाही हुदैन् ? म जस्ता धेरै मानिसको भविश्य यो अस्पतालले विगारेको छ तर चाहेर पनि उनिहरु विएण्ड वि अस्पतालको विरोधमा उत्रिन सकेका छैनन् अव म उनिहरुलाई एकतावद्ध वनाएर यस अस्पतालको विरुद्धमा आवाज उठाउन प्रेरीत गर्ने छु । के यस अस्पतालले चाहेर अव मेरो काटीएको खुट्टा र्फिता गर्न सक्छ ? मानिसको जिवनको मुल्य यसले तिर्न सक्छ ? म एउटा पत्रकार हुं जनताको विषयमा आवाज उठाँउछु तर मेरो पक्षमा खै कस्ले आवाज उठाइदियो ? थाहापाएका केहि सञ्चार माध्यमले दुर्घटनाको समाचारमात्र दिए । तर मलाई पैसा तिनै समितीले आनाकानी गर्द धेरै सञ्चार माध्यमलाई आवाज उठाइदिन आग्रह गर्दा समेत कसैले चासो समेत दिएनन् । तर एउटै मात्र सञ्चार माध्यम मेरो एफ एमले मेरो दुर्घटना देखि अस्पतलवाट डिस्चार्ज भएको दिन सम्ममा धेरै पटक मेरो आवाजलाई समेटने कोसीस गर्यो । मेरो पक्षमा आवाज उठाइदिने मेरो एफ एम परिवार तथा दिपक समिर लाई मेरो तर्फवाट स्यलुट् । साथै अन्य सञ्चार माध्यम जजस्ले मेरो वारेमा समाचार प्रकाशन, प्रसारण गरे सवैलाई मेरो तर्फवाट हार्दीक आभार छ ।
अहिलेको मेरो अवस्था
अहिलेको मेरो अवस्था अझ झनै कम्जोर हुदै गएको छ । दुर्घटना पश्चात भएको चोटहरु र काटीएको खुट्टा निको हुने भएपनि अझै नियमीत फिजीयो थेरापी गरिरहेको छु । खुट्टा राम्रोसंग फोल्ड गर्न तथा सिधा हुन समस्या भएकाले फिजीयो थेरापी गरिरहेको छु भने डक्टरको सल्लाह अनुसार अस्पताल पनि गइरहेको छु । मेरो उपचारको लागी सवारीसाधनको तर्फवाट ११ लाख रुपैया तिरेको भएपनि अन्य ४ लाख रुपैया जति मेरो परिवारको तर्फवाट खर्च भईसकेको छ । साथै कृतिम गोडा राख्नको लागी पनि डक्टरको सल्लाह अनुसार अझै ३ लाख लाग्ने अनुमान गरिएको छ । दुर्घटना पश्चात अपाङ् जिवन विताउन त वाध्य भएको छु भने आर्थीक रुपले पनि मलाई समस्या परेको छ । अस्पताल जाँदा प्रत्यक पटक ३ हजार भन्दा वढी खर्च हुने गरेको छ भने अन्य खर्च समेत हुने गरेको छ । दुर्घटना अघि मैले चलाँउदै आएको मासिक पत्रिका अग्निबाँण भने वल्ल प्रकाशन हुन लागेको छ । आय आर्जन गर्ने परिवारको म जेठो छोरा भएका ले मेरो परिवारको मेरो दुर्घटनाले थप वोझ थपेको छ ।

 
१ टिप्पणी

Posted by on जुन 14, 2010 in Uncategorized

 

One response to “आफनै कलम आफनै भाव कारवाही होला त विएण्डविलाई ?

  1. Salu Bhujel

    जुन 14, 2010 at 9:22 बिहान

    aba doctor haru lai samanyataya hami kaliyug ko deuta nai manchhau aba deuta nai bhakchhak bhaye chhi kasko ke lagchha,yo sansar ma manbta,manchhe ko bibek sidhhidai gayeko jasto lagchha….anyway May god bless u, hope u come out soon…

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: