RSS

ट्रकको टायर मुनिवाट नयाँ जिवनको भिख माग्दा , आफनो कथा आफनै व्यथा

14 Jun


रविन प्रसाद थपलिया

आज जेष्ठ ३१ गते ठिक आज भन्दा एक वर्ष अगाडी काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटना पछि मैले दाहिने गोडा सदाको लागि गुमाउनु पर्यो । उपचारको लागि राजधानीको विएण्डवि अस्पतालमा गएको भएपनि अस्पतालको लापरवाहीले मैले गोडा गुमाउनु पर्यो । मेरो वा३१ प १८२१ नम्वरको मोटरसाइकललाई ना२ख८६२९ नम्वरको ट्रकले मेरो मोटरसाइकललाई पछाडीवाट ठक्कर दिएको थियो । दुर्घटना पछि मेरो मोटरसाइकलको पछाडी रहेको एक जना साथीको विएण्डवि अस्पतालमा निधन भयो । संगै दुर्घटना भएको म भने दाहिने गोडा गुमाएर उपचार गराइरहेको छु । अझै मेरो कृतिम गोडा राखेर हिडन २,३ महिना लाग्ने छ । आज यो दुखद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनु परेको मेरो साथीको मृत आत्माको चिर शान्तिको कामना गर्दछु ।
मानिसलाई दैवनै लागे पछि कस्को पो के लाग्ने रहेछर । म स्मरण गर्दछु आज भन्दा एक वर्ष अगाडीको मेरो जिवन कस्तो थियो ? आज म कुन अवस्थामा रहनु परेको छ । दुर्घटना पछि वाँच्नको लागि मैले धेरै संघर्ष गर्नु पर्यो । आजको दिनमा मैले एउटा कुरा भन्ने नै हिम्मत गरेको छु । विएण्ड वि अस्पताल र सवारीको तर्फवाट मलाई मिलेर हत्या गर्ने योजना रहेको थियो । त्यो किन र कसरी भन्ने कुराको एक एक प्रमाणहरु मैले तल उल्लेख गरेको छु पुरै यो लेख पढनु होला । म एक पत्रकार भएको कारणलेनै मलाई मार्ने प्रयास भएको थियो । किन कि सो ट्रकले मलाई सिधै ठक्कर दिएको थियो । उसको गल्ती भएको र भोली वाँचेमा उनिहरुमाथी मैले वदला लिन सक्ने भन्दै मलाई मार्ने प्रयास भएकै हो ।
दुर्घटनावाट मेरो दाहिने गोडामा ट्रकले किचेको थियो घुडा भन्दा केहि तल त्यस पछि मेरो पैताल र गोडाको औलाहरु राम्रो संग चलिरहेको थियो । तर अचानक उपचारको क्रममा विएण्डवि अस्पतालले मेरो गोडा काटनुपर्ने वतायो । त्यस पछि मेडिकेयर अस्पतालमा आएपछि मेरो गोडा काटिएको हो । कसैको कल्पना वाहिरको कुरा हो अस्पतालले यसरी सवारीधनी संग मिलेर मानीसलाई मार्न पनि पछि पदैन भन्नेमा । म त्यसको सवुत प्रमाण हुं मेरो कलम चल्छ मेरो कुरा सुनिन्छ त्यसैलेनै यो सवै कुरा लेख्दै छु तर विएण्डविवाट धेरै मानिसहरुको जिवन ववाद भएको छ त्यो वाहिर आउन सकेको छैन् ।
म एउटा पत्रकार हु मेरै साथीहरु प्रति मेरो गुनासो हुने गरेको छ यदि विएरका वोतल र मासु सहित होटलमा डिनर भयो भने हाम्रा साथीहरुको जमघट हुन्छ समाचार पनि वन्छ । मेरो दुर्घटना पछि मैले फोन गरेर नेपालका धेरै पत्रकार मित्रहरुलाई वोलाए तर उनिहरु विएण्डविको विरुद्धमा कलम चलाउन सकेनन् । एउटा पिडीत पत्रकार साथीको कुरालाई लेख्न सकेन यो किन ? यो तपाँइहरुले वुझनु पर्ने कुरा हो ।
मैले पत्रकारीता यात्रामा धेरैको समाचार लेखे । आफनो तर्फवाट सक्ने सहायोग पनि गरे । तर म आज आफै पिडीत भएर समाचार वनेर उपस्थीत भएको छु । तर मेरो विषयमा मेरा पत्रकार साथीहरुले आवाज उठाइदिएनन् । आज म फेसवुकवाट अनुरोध गरेर मेरो कृतिम गोडाको लागि उपचार गर्न सहायोग माग्न वाध्य भएको छु किन कि मेरो पक्षमा कसैले वोलिदिएन् । म नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हु । पत्रकार महासंघले उपचारको लागि भनेर स्वास्थ्य मन्त्रालय मार्फत फायल मन्त्री परिषदमा दर्ता भएको छ यो राज्यले मेरो निम्ती निर्णय गर्न सक्दैन यो किन ? एक जना नेता मस्तीको लागि देश विदेश घुम्छ अनि उसको भ्रमणको लागि राज्यले लाखौ रुपयाँ दिन्छ नेता विरामी हुन्छ उपचार राज्यको ढुकुटीवाट खर्च गरिन्छ । आज म जस्ता हजारौ नेपालीहरु आर्थीक अभावले उपचार गराउन नसक्ने अवस्थामा रहेका छन् । किन यो राज्यले उनिहरुको निम्ती केहि गर्न सक्दैन त । ५० औ लाख पर्ने पजेर चढेर हिडने नेताहरुले राज्यवाट पैसा लिएर उपचार गर्छन । तर एउटा नेपालीको छोरा छोरी विरामी पर्यो भने किन यो राज्यले सहयोग गदैन मेरो राज्य प्रति गुनासो पनि हो ।
यो देशमा विदीको सासन छैन पनि ठुलाले जे गरेपनि हुने यो देशमा हामी जस्ता मानिसको कुनै स्थान हुदैन् । मलाई ठक्कर दिएर घाइते वनाउने र एक जनाको मृत्युपनि भएको केसमा दुर्घटना गराउने गाडीका चालक ३,४ दिन जेल वसे गाडी धनिले उनिलाई पैसा तिरेर निकाली दिए उनि फेरी गाडी हाँकेर हिडन थालीसके । यो देशमा कहाँ जनताको पक्षमा कानुन छ ? कमसे कम १ वर्ष मात्र ड्राइभरलाई जेल हाल्न सकियो भने यसरी मानीसलाई ठक्कर दिएर मार्ने स्थीति त हुने थिएन् ।
त्यसैले आज म आफनै पिडाले वाँचीरहेको छु । त्यसैले मेरो उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाँईहरुले सहयोग गर्नुहुने छ भन्ने आसामा रहेको छु । मेरो विस्तृत विवरण यसै वेभ साइटमा रहेको छ ।

 
१ टिप्पणी

Posted by on जुन 14, 2010 in Uncategorized

 

One response to “ट्रकको टायर मुनिवाट नयाँ जिवनको भिख माग्दा , आफनो कथा आफनै व्यथा

  1. Jamuna Subedi

    जुन 17, 2010 at 9:15 बिहान

    दाई, मलाई यो घटनाले निक्कै स्तब्ध बनाएको छ….मैले पनि यही नियती १५ बर्ष पहिले भोगेको थिए र दुबै खुट्टा गुमाएकी पनि छु…तर मेरो सोच र रविन दाजुको सोच भने फरक छ होला कि जस्तो मलाई लाग्यो….मैले नियतीलाई सरापेको छैन नत त्यो मनिसलाई जस्ले मेरो बलापन अनी योबन पनि छिन्यो। म त निक्कै खुशी छु यो घटनाले मलाई अपाङ्ग बनाएकोमा किनकी मैले संसार कस्तो छ भन्ने कुरा बुझ्ने अवसर पाएको छु। म अस्तिक त होइन तर नास्तिक पनि छैन यदी भगवानको अस्तित्व छ भने उनले १००% मप्रती न्याय गरेका छन भन्ने कुरामा म विश्वात छु… सामान्य हिड्डुल गर्न सक्ने मानिस( अपाङ्गता नभएको मानिस) भन्दा फरक जीवन तर बिल्कुल नयाँ जीवन पाएको छु….. हुन त मेरो देब्रे खुट्टा डाक्टरको लापर्वाहीले घुडा भन्दा निक्कै माथिबाट काट्नु परेको थियो अनी दाहिने खुट्टा घटनाकै क्रममा छिनिएको थियो। मलाई मेरो खुट्टा गुमाएकोमा अपसोच कहिलै भएन र शायद कहिल्यै हुने पनि छैन किन कि मेरो बाँच्न पाउने नैसर्गिक हक खोसिएको थिएन..

    हुन त मेरो घटना हुँदा चालकवालाले सवारीको पाङ्रामा मेरो खुट्टा पुगेको नदेखेकाले मलाई ब्याक गरी फेरी शरीर माथि सवारी कुदाइएन र भाग्यवस मलाई मेरो बुवाले बचाउन सफल हुनु भयो। म सानो छँदा जब मेरो जस्तो घटना दोहरिएको खबर सुन्थे मन वेचयन हुन्थ्यो अनी सोच्थे चालकलाई मृत्‍यु सजाय हुनु पर्ने यसरी हाम्रो जीवन बर्वाद गराइदिएकोमा तर म गलत थिए किनकी त्यो मेरो अपरिपक्क जीवनका गुनासामत्रा थिए । अहिले मलाई लाग्छ यस्ता घटना दोहरी रहनुमा कतै हामी आँफै पनि जिम्मेवार त छैनौ? कतै हाम्रो कारणले चालकवालाहरु सवारी ब्याक गरी कैयौ मानव जीवनको बाँच्न पाउने हकलाई विवसभै कुल्ची रहेका त छैनन????

    यहाँ मैले उठाउन खोजेको कुरा मात्र के हो भने हाम्रा बिकासका पुर्वाधारहरु के साच्चै मानव रक्षा गर्ने किसिमका छन त! के रक्षा विहिन पुर्वाधारहरु बाट घटेका घट्नालाई माफ गर्ने र बरु त्यस्ता घटनालाई कम गर्नप्रती चासो देखाउने सँस्कार हामीसँग छ त? यो कुरामा हाम्रो ध्यान किन जान सकेन र अब पनि गएन भने हामी अझै धेरै मानवीय क्षतीका जिम्वेवार हुने छौ । कमी हाम्रो कानुनमा छ, हाम्रो संस्कारमा छ , हाम्रा पुर्वधारहरुमा छ अनी हाम्रो सम्वेदनशिलतामा…

    कतै हामीले नै हाम्रा जीवनलाई संकटमा धकेली रहेका त छैनौ?सोच्ने समय आएको छ दाई त्यसैले प्रत्रकारितालाई राम्रो र मानविय रक्षाकालागी उठाउनु होला भन्ने आशा राख्दै शुभकामना दाजुको यो प्रयासलाई…

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: