RSS

काङ्ग्रेस केन्द्रीय समिति बैठक सरकार गठनका लागि सबैसँग छलफल गछौँ : काङ्ग्रेस , कांग्रेसमा प्रधानमन्त्रीको कुनै विवाद छैन, कोइराला,

20 जुन

काङ्ग्रेस केन्द्रीय समिति बैठक निर्णय : सरकार गठनका लागि सबैसँग छलफल गछौँ : काङ्ग्रेस

काठमाडौँ, ६ असार
नेपाली काङ्ग्रेसले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि सबै दलहरूसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ राष्ट्रिय सरकार गठनलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए ।
यसअघि शनिबार बसेको बैठकले राष्ट्रिय सरकारको नेतृत्व गर्ने हक काङ्ग्रेसको नै भएको ठहर गरेको थियो । बैठकले जेठ १४ गते तीन दलबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि पुनः वार्ता सुरु गर्ने निर्णय पनि गरेको थियो ।

कांग्रेसमा प्रधानमन्त्रीको कुनै विवाद छैन, कोइराला

काठमाडौ,६ असार । नेपाली कांग्रेसका कार्यवाहक सभापति शुसिल कोइरालाले नेपाली कांग्रेस सहमतिय सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भएको छ । कोइरालाले कांग्रेस भित्र सरकारको नेतृत्वका ’boutमा कुनै विवाद नभएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहान उहाँकै निवसमा गरेको साक्षात्कार कार्यक्रममा कार्यवाहक सभापति कोइरालाले सरकारको नेतृत्व लिनुपर्दा कांग्रेस विधि सम्मत तरिकाले प्रधानमन्त्री चयन गर्ने बताउनुभयो । कोइरालाले भन्नुयो,‘कांग्रेसमा केन्द्रीय समिति, संसदीय दल, संसदीय वोर्ड सबै छन्, ती मार्फत कांग्रेसले विधिसम्मत प्रधानमन्त्री चयन गर्छ,, अहिले विवाद छ भन्ने कुरा पत्रकाहरुले बनाएको हल्ला मात्रै हो ।’ कार्यवाहक सभापति कोइरालाले एकीकृत नेकपा माओवादीले सेना समायोजनको विषयमा सहमति नजाए सम्म सहमतिको सम्भावना नरहेको पनि बताउनुभयो ।

जेठ १४ गते तीनदलबीच भएको सहमतिको पहिलो र तेस्रो बुदा एकै साथ कार्यान्वयन गर्नुपर्छ भन्ने कांग्रेसको अडान अहिले पनि यथावत रहेको बताउनुभयो । प्रधानमन्त्रीले राजीनामा दिनुशुन्छ कि हुन्न त्यो उहाँले जान्ने कुरा हो तर विवादको टुङ्गो नलागि कन राजीनामा दिनहुन्न भन्नेमा कांग्रेस अडिक रहेको पनि कोइरालले बताउनुभयो । कांग्रेस कार्यवाह सभापति कोइरालाले आफु भोलि उपचारका लागि अमेरीका जान लागेको पन जानकारी दिनुभयो । आफू अमेरीका गएपनि कांग्रेसले गर्ने निणर्यमा कुनै फरक नपर्ने कोइरालाको भनाइ थियो ।रिपोटसै क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको कार्यक्रममा कोइरालले माओवादीले वाइसीएल्को अर्धसैनिक संरचना भंग, घरजग्गा फिर्ता नगरे सम्म विश्वासको वाताबरण नबन्ने बताउनुभयो । अध्यक्ष धमलाले दलहरुलाई सहमतिको विकल्प नभएको सहमतिमा आउन आग्रह गर्नुभयो ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: