RSS

अन्तरिम बजेट ३ सय ३५ अर्ब – डा.पोखरेल

20 Jun

काठमाडौ, ६ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले ‘तीन वर्षे अन्तरिम योजनाको कुल बजेट ३ सय ३५ अर्ब रहेको खुलासा गर्नु भएको छ । अन्तरिम योजनाले दुर्गम क्षेत्र, कृषि र विकास निर्माणलाई बढी प्राथमिक दिइएको बताउनु भयो ।
रिपोर्टर्स क्लब नेपालद्वारा राजधानीमा आइतवार आयोजित साक्षात्कार कार्यक्रममा पोखरेलले डोल्पा, हुम्ला र मुगुमा सडक निमार्णलाई योजनाले निकै जोड दिएको जानकारी गराउनु भयो । ‘विकासको आधार भनेकै मोटर बाटो हो’ उहा“ले भन्नु भयो– ‘योजनाले त्यही भएर सडक र पुल निर्माणलाई बढी महत्व दिएको छ ।’दुर्गम क्षेत्रका विभिन्न विकास निर्माणका लागि छुट्याइएको बजेट विगतमा जस्तो फ्रिज नहुने किसिमले योजना कार्यवन्यन गरिने उहा“ले बताउनु भयो ।
ताप्लेजुङदेखि बैतडीसम्मको पहाडी राजमार्ग निर्माण, निजगढमा स्तरीय विमान स्थल बनाइने तथा पोखरा, भैरहवा विमान स्थललाई सुधार गरिने कार्यक्रम योजनामा रहेको उहा“ले जानकारी गराउनु भयो ।पोखरेलका अनुसार योजनाले विभिन्न जल विद्युत आयोजना र सिक्टा सिचाई आयोजनालाई प्राथमिकता दिएको छ ।तीन वर्षे योजनामा गरीबी निवारण हुने खालका कार्यक्रम राखिएको पोखरेलको दाबी छ ।राजनीतिक समस्याले गाविस सचिवहरु गाउ“मा बस्न नसक्दा विगतमा विकास योजना पूर्ण रुपले कार्यावन्यन हुन नसकेको उहा“ले बताउनु भयो ।
‘राष्ट्र विकासको फड्को मार्न छट्पटाइरहेको छ’ पोखरेलले भन्नु भयो– ‘सबै राजनीतिक दलले यसलाई बुझेर विकास निमार्णका कार्यक्रम सुचारु हुन दिनु पर्छ ।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: