RSS

असारे चर्को घामसंगै दलहरु नयाँ सरकार र्निमाणका लागि आ आफनै तर्फवाट प्रयास गदै आज के के भए त

20 Jun

प्रधानमन्त्री र काँग्रेसका शीर्ष नेतृबीच परार्मश

काठमाण्डौ ६ असार
प्रधानमन्त्री माधवकुर नेपाल र नेपाली काँग्रेसका शीर्ष नेताहरु बीच आज राजनीतिक परार्मश भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था नयाँ सरकार तीन बुँदाको कार्यान्वयन लगायतका बिषयमा छलफल भएको बुझिएको छ ।त्यसै गरेर उहाँहरुका बीच सरकारको नीति तथा कार्यक्रम आगामी बर्षको बजेट लगायतका बिषयमा पनि छलफल भएको छ । छलफलमा प्रधानमन्त्री नेपालका साथै काँग्रेसका कार्यबहाक सभापति सुशील कोइराला उपसभापती रामचन्द्र पौडेल महामन्त्री विमलेन्द्र निधि लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उपराष्ट्रपति र प्रधानमन्त्रीबीच परार्मश

काठमाण्डौ ६ असार
प्रधानमन्त्री माधवकुमार नेपाल र उपराष्ट्रपति परमानन्द झाबीच आज भेटवार्ता भएको छ ।उपराष्ट्रति कार्यालयमा जारी भेटबार्तामा उहाँहरुका बीच मुलुकको पछिल्लो राजनीतिक गतिरोधको अन्त्य लागयतका बारे छलफल भएको बुझिएको छ ।बिभिन्न पक्षसंग राजनीतिक बिषयमा परार्मश गर्दै आउनुभएका प्रधानमन्त्री नेपालले आज उपराष्ट्रपति झासंग परार्मश गर्नुभएको हो ।

अब सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको: प्रवक्ता केसी

काठमाण्डौं ६ असार
नेपाली काँग्रेसका नेता प्रवक्ता अर्जुननरिसंह केसीले माओवादीले हतियार छाडेर नागरिक पार्टी नबनेसम्म माओवादीको नेतृत्व स्वीकार्य नहुने बताउनुभएको छ ।नेपाल प्रेस यूनियन धादिङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता केसीले पहिलो र तेस्रो दलले सरकारको नेतृत्व लिइसकेकोले अब दोस्रो ठूलो दलको हैसियतले राष्टिय सरकारको नेतृत्व अब नेपाली काँग्रेसले गर्ने दावी गर्नुभयो । उहाँले नेपाली लोकतान्त्रिक मान्यता विपरित नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानसँग आफू सम्झौता नगर्ने धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रवक्ता समेत रहेका केसीले नेपाली प्रेस जगतले निर्वाह गरिरहेको भूमिकाले लोकतान्त्रिक संविधान बन्न मद्दत पुग्नेछ भन्नुभयो । कार्यक्रममा पूर्व सांसद रामनाथ अधिकारी, ट्रेड यूनियनका केन्द्रीय नेता खिलनाथ दाहाल, प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष नवराज लम्साल, सचिव शिव लम्साल लगायतले मन्तव्य राख्नुभएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: