RSS

चर्को आवाज र सडक पेटीमा हाँक्नु सार्वजनिक अपराध

20 Jun

नागरिक

काठमाडौ, असार ६- सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी सवारी चलाउनेलाई अब सार्वजनिक मुद्दा लाग्ने भएको छ। यसको लागि कानुनी परामर्श समेत सुरु गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पे्रसर हर्नको प्रयोगमार्फत सवारी चलाई सर्वसाधारणलाई आतंकित बनाउने, फुटपाथबाट सवारी चलाएर डरत्रास उत्पन्न गराउने, सवारी ऐनले तोकेको भन्दा सानो नम्बर प्लेट लगायत बत्ती र सिसा राख्ने तथा उच्छृंखल भइ सवारी चलाएर सर्वसाधारणलाई दुख दिनेलाई महाशाखाले कारवाही गर्ने भएको हो।
कारवाहीका क्रममा महाशाखाले अब यस्ता कार्यमा संलग्न पाइए सवारी चालकलाई सार्वजनिक अपराधको मुद्दा लगाई उसको चारित्रिक प्रमाणपत्रमा समेत सो कुरा उल्लेख गर्ने भएको छ।

‘यसले गर्दा उसको पूरै आचरणमा प्रश्नचिन्ह लाग्न सक्छ’, महाशाखाका डिआईजी विनोद सिंह भन्छन्,’उनीहरुको गैरजिम्मेवारीले सर्वसाधारणको स्वास्थमा प्रतिकुल असर पार्ने भएकोले बाध्य भएर यो सोच अघि सार्नु परेको हो।’

यसअघि कारवाहीको पहिलो चरणमा न्यूनतम दुई सय रुपैया जरिवानामार्फत कारवाही गर्दै आएको महाशाखाले दोश्रो चरणको कारवाही स्वरुप यातायात व्यवस्था कार्यालयमार्फत न्यूनतम एक हजारदेखि पाँच हजार रुपैयासम्म जरिवाना गर्दै आएको थियो। केही समय अघिमात्र यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरी नेपालमा प्रेसर हर्नको प्रयोगमा रोक लगाए पनि कतिपय चालकले त्यसको बेवास्ता गर्दै आएका छन्।

‘जरिवाना बढाउदा समेत यसमा नियन्त्रण नभएपछि अर्को कदम चाल्न लागिएको हो,’ डिआईजी सिंहले नागरिकसित भने,’त्यसको लागि कानुनी परामर्श मार्फत नै सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी भइरहेको छ।’ यस्तो उच्छृंल कार्यमा विशेष गरी क्याम्पसका विद्यार्थी तथा युवा वर्गको बढी संलग्नता देखिएकोले यो कारवाहीले उनीहरुको भविष्यमा समेत असर पार्ने उनको तर्क छ। भन्छन्,’ खासगरी विदेश जान खोज्ने युवाको चारित्रिक प्रमाणपत्रमा समेत यसको उल्लेख हुने भएकाले उनीहरु गल्ती सच्याउन बाध्य हुनेछन्।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: