RSS

नेपालमा छिट्टै राष्ट्रिय सहमतिको सरकारः डीपी त्रिपाठी

21 Jun

काठमाडौं, ७ असार
भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीले नेपालमा छिट्टटै राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको राजनीतिक गतिरोध पनि चाँडै नै अन्त्य हुने उहाँको भनाइ छ । बलिउडकी चर्चित नायिका मनिषा कोइरालाको विहे भोजमा सहभागी हुन काठमाडौं आउनु भएका त्रिपाठीले रिपोर्टर्स क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपालका सवै दलहरु मिलेर समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो । आपूmले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल लगायत सवै शिर्ष नेताहरुसंग भेटवार्ता गरेको जानकारी दिंदै त्रिपाठीले आपूmसंगको कुराकानीमा सवै नेताहरुले आपूmहरु मिलेर अगाडि बढन तयार रहेको बताएको उल्लेख गर्नुभयो । १२ बुँदे सहमतिदेखि पछिल्लो चरणको ३ बुँदे सहमति सम्मका सवै सहमतिको कार्यान्वयन हुनुपर्ने भन्दै उहाँले एकीकृत माओवादी नागरिक पार्टी बन्ने क्रममा धेरै अगाडि बढेको बताउनु भयो । “संविधान सभाको सवैभन्दा ठूलो दल, सरकारको नेतृत्व गरिसकेको र शान्तिप्रक्रियाको महत्वपूर्ण पक्ष माओवादीलाई नागरिक पार्टी होइन कसरी भन्ने” त्रिपाठीको प्रश्न थियो । यद्यपी उहाँले संविधान लेखन, शान्तिप्रक्रियाको टुंगो, लडाकु व्यवस्थापन लगायतका विषय महत्वपूर्ण रहेको भन्दै त्रिपाठीले यी बुँदाहरुमा दलहरुबीच सहमति आवश्यक रहेको बताउनु भयो ।

नेपालका नेताहरुमा भारतीय त्रास ज्यादै रहेको औंल्याउँदै त्यसले कसैको पनि हित नगर्ने स्पष्ट पार्नुभयो । नेपाली नेताहरुले गर्ने निर्णयलाई सफल बनाउन भारतले सघाउने विश्वास उहाँको भनाइ थियो । नेपाल–भारतबीचको १९५० लगायतका सन्धी सम्झौताहरु पुनरावलोकन गर्न आपूmले भारतीय जनताका तर्पmबाट सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले ब्यक्त गर्नुभयो ।

साक्षात्कार कार्यक्रममा वोल्दै भारतीय समाजवादी पार्टीका उपाध्यक्ष एचएन शर्माले नेपालको आन्तरिक समस्या समाधान गर्न यहाँका दल र नेताहरु सक्षम रहेको भन्दै समस्या समाधानका लागि भारतको सधैं शुभेच्छा रहेको बताउनु भयो । उहाँले पण्डित जवाहरलाल नेहरुको समयदेखि नै भारतले नेपालप्रति सकारात्मक भाव दर्शाउँदै आएको स्मरण गर्दै नेपालमा लोकतन्त्र बलियो भई स्थायित्व कायम भएको हेर्न आपूmहरु ईच्छुक रहेको बताउनु भयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: