RSS

माओवादी र काँग्रेस बार्ता निष्र्कष बिहिन, दुबै दल आफ्नै अडानमा, सहमति नभए नयाँ द्धन्द्ध ः एमाले महासचिव पोखरेल

21 Jun

काठमाण्डौ, ७ असार

वर्तमान राजनीतिक गतीरोध अन्त्य गरी राष्ट्रिय सरकारगठनवारे निकास खोज्न आज वसेको सत्तारुढ काँग्रेस र प्रतीपक्षि एकिकृत माओवादीको वैठक निष्कर्ष विहिन वनेको छ ।
एकिकृत नेकपा माओवादीको संसदिय दलको कार्यालय सिंहदरवारमा वसेको दुईदलको वैठकमा नेताहरुले पुरानै अडान दोहो¥याएपछि वैठक निष्कर्ष विहीन वनेको हो । एकिकृत माओवादीले प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा
नगरेसम्म सरकारले नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्न नसक्ने स्पष्ट पारेको छ ।
तीन वुँदे सहमती कार्यान्वयन नभएसम्म सहमती सम्भावना नरहेको वताएपछि काँग्रेसले सदनको वजेट र सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न वातावरण वनाई अन्य गतिरोधवारे छलफल गर्न प्रस्ताव गरेको छ । वैठकपछि माओवादी
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीको यथाशिघ्र राजिनामा नै गतिरोधको निकास भएको वताउँदै प्रधानमन्त्रीको राजीनामा आएमा तत्कालै शान्ति र संविधानका साथै शक्ति वाँडफाँड र नेतृत्व वारे कुरा गर्न सकिने
स्पष्ट पार्नुभएको छ ।
काँग्रेस कार्यवाहक सभापति सुशील कोइराला जीव्रोको उपचारको लागि अमेरीका प्रस्थान गर्नु अघि दुई दलवीच सहमती प्रयास भएको हो । तर सहमती प्रयासवाट कुनै निकास ननिस्केपछि उपसभापति रामचन्द्र पौडेलले माओवादीको पुरानै अडानका कारण सहमतीमा ढिलाई भैरहेको वताउनुभयो । प्रधानमन्त्रीको राजीनामा पहिला माओवादीले आफ्ना शर्तहरु पुरा गर्नुपर्नेमा उहाँको विशेष जोड रहेको छ । उहाँले सरकारको भावी नेतृत्व वारे कुनै
छलफल नभएको जानकारी गराउनुभयो ।
गत जेठ १४ गते पछि दलहरुविच वढ्दो विवादसँगै औपचारीक सलफल समेत भएकोछैन । लडाकुको संख्या किटान गरी सेना समायोजन प्रकृया अगाडी वढाउँदै अन्य विषयमा प्याकेज सहमती गर्ने विषयमा दलहरुविच सहमती हुन सकेको छैन ।अनौपचारीक छलफलवाट निकासको सम्भावना वढाएर मात्र औपचारीक वैडकका लागि दलहरुले आन्तरीक तथा द्धिपक्षिय छलफललाई तिव्र पारेका छन् ।

सहमति नभए नयाँ द्धन्द्ध ः एमाले महासचिव पोखरेल

विराटनगर, ७ असार

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले शान्तिसम्बन्धी मुद्दामा सहमति नभए मुलुक नयाँ प्रकारको द्वन्द्वमा फस्ने टिप्पणी गर्नुभएको छ ।
एमाले कोशी अञ्चल कमिटीले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दलहरुबीच सहमति कायम हुन नसके नयाँ प्रकारको द्वन्द्व सुरु हुने बताउनुभयो । माओवादी शान्तिप्रकृयाप्रति गम्भीर नभएकाले जटिलता थपिएको पोखरेलको भनाइ थियो ।
उहाँले माओवादीले पटक पटक वाइसीएलको अर्ध सैनिक संरचना भंग गर्ने, कब्जा घरजग्गा फिर्ता गर्ने र सेना समायोजन गर्ने जस्ता विषयमा प्रतिवद्धता जनाएपनि पूरा नगरेको जिकिर गर्नुभयो । सहमतिको कार्यान्वयनका लागि माओवादीले पुनः प्रतिवद्धता व्यक्त गरे प्रधानमन्त्रीले तत्कालै राजीनामा दिने महासचिव
पोखरेलको भनाइ थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: