RSS

कांग्रेसले महाधिवेशनपछि सरकारको नेतृत्व लिनुपर्छ ः सुजाता, पोडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन ः प्रकाशमान

22 Jun

काठमाडौं, असार ८ । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले महाधिवेशनपछि मात्र सरकारको नेतृत्व लिनु उपयुक्त धारणा राखेकी छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले भनिन्– अन्ततः मुलुकलाई शान्ति र संविधान दिन सक्षम पार्टी नेपाली कांग्रेस मात्रै हो, तर अहिले त्यो जिम्मेवारी लिने बेला भएको छैन ।
पार्टी एकीकरणपछि पनि कांग्रेसमा मेलमिलाप भइनसकेको, जिल्ला र गाउँमा संगठन बलियो नभएको र विभिन्न गुटबन्दी बाँकी रहेकाले भदौमा हुने पार्टी महाधिवेशनमा नयाँ नेतृत्व आएपछि सरकारको जिम्मा लिनु उपयुक्त हुने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री कोइरालाले दुई दिनको प्रधानमन्त्री हुन आफूलाई कुनै रहर नभएको स्पष्ट पारिन् । उनको भनाइ थियो– प्रधानमन्त्री भएर मात्र भएन, टिक्नुप¥यो, शान्ति र संविधानका अधुरा काम सम्पन्न गर्न सक्नुप¥यो, अहिले त्यो वातावरण बनेको छैन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले आफू कांग्रेसको नेतृत्व सफल, बलियो र स्थिर बनाउन लाग्ने बताइन् । उनले भनिन्– कांग्रेसमा प्रधानमन्त्री त्यति ठूलो विवाद छैन । जुन नेता प्रधानमन्त्री भए पनि मलाई केही छैन । तर, नेतृत्व सफल, बलियो र स्थिर बन्नुप¥यो ।
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको बाटोमै मुलुक र जनताको भविष्य रहेको औंल्याउँदै उनले माओवादीले विश्वासको वातावरण बनाउनुपर्ने जिकिर गरिन् । उनले भनिन्– ‘अब एक्लो पार्टी या व्यक्तिले मात्र केही हुनेवाला छैन, त्यसैले सहमतिका निम्ति सबै पक्ष लचिलो हुनपर्छ ।
कोइरालाले नयाँ संयुक्त सरकार बन्ने स्थिति नभएकाले सरकारले नीति र कार्यक्रम तथा बजेट ल्याउने जानकारी दिइन् । उनले भनिन्– अहिल्यै अत्तालिएर मात्र केही हुँदैन, मुख्य कुरा राजनीतिक सहमति बनिनसकेको अवस्थामा मुलुकलाई बन्धक बनाउनु हुँदैन ।
उनले सरकारको कामसँग आफ्नो असन्तुष्टि रहेको तर यसका बाध्यता पनि बुझेको बताइन् । कांग्रेसका मन्त्रीमाथि भ्रष्टाचारका प्रश्न उठे पनि छानबिन नगरी यसबार खासै टिप्पणी गर्न चाहिनन् । आफ्नो भारत भ्रमण सफल भएको पनि उनले बताइन् । भारतलगायत अन्तर्राष्ट्रिय समुदा नेपालमा शान्ति, स्थिरताको पक्षमा रहेको उनको भनाइ थियो ।
सुजाता अबुधावी जाने

उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको नेतृत्वमा उच्च सरकारी प्रमण्डल आज अबुधावी जाने भएको छ । संयुक्त अरब इमिरेट्स, साउदी अरब र कतार सरकारको निम्तोमा त्यता जान लागेको हो । प्रमण्डलमा ऊर्जामन्त्री प्रकाशशरण महत, श्रममन्त्री मोहम्मद आफताब आलम समेत रहेको बताइएका छ ।
त्यहाँ द्विपक्षीय सम्बन्ध, नेपाली कामदारको अवस्था र लगानीको वातावरणबारे छलफल हुने कोइरालाले जानकारी दिइन् । उनले भनिन्– कामदार समस्या, लगानीका साथै नेपालमा कन्सुलेट कार्यालय खोल्ने बारे पनि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

पोडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन ः प्रकाशमान

काठमाडौं, असार ८
नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता प्रकाशमान सिंहले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्दा रामचन्द्र पौडेललाई नै अघि सारिने बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता सिंहले भनिन्– अब रामचन्द्र पोडेललाई प्रधानमन्त्री बन्न कसैले रोक्न सक्दैन ।
उनले पार्टीको विधि, विधान, प्रक्रिया र पद्धतिबाहिर गएर प्रधानमन्त्री चयन हुन नसक्ने स्पष्ट पारे । उनले भने– कांग्रेस केन्द्रीय समितिको चार दिनसम्म चलेको बैठकको निष्कर्ष नै संसदीय दलका नेतालाई सर्वसम्मत प्रधानमन्त्रीका रुपमा अघि सार्ने हो । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुको भावना पनि त्यही छ । संसदीय दलको नेता नै सरकारको नेता हो । उसको विकल्प छैन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता सिंहले वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सभासद्को भेलाको कुनै औचित्य नभएको बताए । उनले भने– ६०, ४० को मोडल पार्टी एकीकरणको अवधिभरका लागि मात्र हो । अब पार्टी एक भइसक्यो । पार्टी संसदीय दलको चुनावमा त्यो भंग भइसक्यो । सभासद् भेला गरेर पार्टीलाई विखण्डन र कमजोर गराउनुहुँदैन ।
शिविरका लडाकुलाई सरकारको पूर्ण नियन्त्रणमा, वाइसिएलको अद्र्धसैनिक संरचना भंग र कब्जा घरजग्गा फिर्ता गरी नागरिक पार्टी नभएसम्म माओवादीलाई सरकारको नेतृत्व नदिइने उनको भनाइ थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: