RSS

शिक्षामन्त्रीको हस्तक्षेप स्वेच्छाचारीको नमूना

25 जुन

काठमाडौं, ११ असार, प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको पोखरामा सम्पन्न कार्यसमितिको वैठकले पारित गरेका निर्णयहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

आज रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा त्रि.वि. लगायत विभिन्न विश्वविद्यालयमा भएका विकृति, विसंगति र देशका समसामयिक विषयलाई लक्षितगरी आप्mना धारणा सार्वजनिक गरेको हो । संघ नेपालले हालै त्रि.वि.वि. सेवा आयोगमा अध्यक्ष नियुक्तिका लागि नेपाल सरकारद्वारा गठित समितिका सदस्य ने. स. वि. का उपकुलपति विदुरप्रसाद उपाध्यायलाई वेइज्जतिपूर्ण तरिकाले निस्कासन गरी शिक्षामन्त्रीले आप्mनो मान्छेलाई अध्यक्ष पदमा नियुक्तिका लागि रातारात सिफारिस गरेकोमा रोष प्रकट गर्दै शिक्षामन्त्रीको यो निर्णयलाई हस्तक्षेपकारी स्वेच्छाचारीको नमूना भन्दै घोर भत्र्सना गरेको छ । संघले गैरकानुनी रुपमा समिति गठन गरी सिफारिस गरिएका व्यक्तिलाई सिफारिस नगर्न प्रधानमन्त्री माधवकुमार नेपालसंग जोडदार मागसमेत गरेको छ । विधिसम्मत निर्णयलाई वेवास्ता गरी स्वेच्छाचारीढंगबाट त्रिवि विश्वविद्यालय सेवा आयोगमा नियुक्ति गरिएमा नियुक्त व्यक्तिलाई विश्वविद्यालय परिसरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ । संघले सरकार समक्ष १२ सूत्रीय माग पनि अघि सारेको छ ।

मधेशी समुदायका व्यक्तिलाई नियुक्ति नगरिएकोमा आपत्ति

यसैबीच रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनगरी लोकतान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा रिक्तरहेको कार्यकारी पद, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टारहरुमा नियुक्ति गर्दा मधेशी समुदायबाट कुनै पनि प्रतिनिधि नभएको अवस्थामा सेवा आयोग अध्यक्ष पद छनौंट समितिले सिफारिस गरेको मधेशी समुदायका व्यक्तिलाई नियुक्ति नगरिएकोमा आपत्ति प्रकट गरेको छ । संघले उल्लेखित त्रि. वि. सेवा आयोगको अध्यक्षको नियुक्तिलाई अविलम्व निर्णय गर्न कुलपति एवं प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रहसमेत गरेको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: