RSS

नयाँ बजेट अनिश्चित कामचलाउ सरकारले बजेट ल्याउनै मिल्दैन ः एमाले–माओवादी

26 Jun

काठमाडौं, असार ९ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नयाँ आर्थिक वर्षको बजेट अनिश्चित भएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा महतले राजनीतिक अस्थिरताका कारण संसद् बोलाउने र नीति तथा कार्यक्रमकै ठेगान नभएकाले बजेट प्रभावित भएको बताए ।
मुलुकको अर्थतन्त्र जर्जर बनिसकेको टिप्पणी गर्दै उनले भने– राजनीतिक अनिश्चितता बढेको छ, शान्ति सुरक्षा छैन, यस्तो अवस्थामा कसरी आर्थिकविकास हुन्छ ? उनले पछिल्ला दुई अर्थमन्त्रीमा पैसा बाँड्ने प्रवृत्ति बढेको औंल्याए । राष्ट्रिय उत्पादन, आय र रोजगारी बढाउने नभई उपभोगमुखी बजेटले समस्या आएको उनको भनाइ थियो ।
जलस्रोतमा लगानीकर्तालाई बन्दुक देखाएर तर्साउने प्रवृत्ति बढेको उनले बताए । उनले प्रश्न गरे– अरुण, माथिल्लो मस्र्याङ्दी आयोजना कुन राजनीतिक शक्तिले बिथोलिरहेको छ ?
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले कामचलाउ सरकारले बजेट ल्याउनै नमिल्ने बताए ।
‘राजीनामा दिने भनिएको सरकारलाई हामी बजेट ल्याउनै दिँदैन,’ उनले भने– ल्यायो भने हामी त्यसको प्रतिवाद गर्छौं, जनतालाई नसघाउन अपिल गर्छौं ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले जानेवाला सरकारले बजेट ल्याउनु उचित नहुने बताए । ‘हामी सहमतिको सरकारले नै नीति तथा कार्यक्रम र बजेट ल्याओस् भन्ने पक्षमा छौंं,’ उनले भने– समय साघुरिइसकेकाले दलहरुबीच एक हप्ताभित्रै सहमति बन्नुपर्ने आवश्यकता छ ।
कार्यक्रममा अर्थसचिव रामेश्वर खनालले सूचना पाएको पाँचदिन भित्र बजेट निर्माण गर्न अर्थमन्त्रालय सक्षम रहेको बताए । उनले नयाँ बजेटमा मध्य पहाडी लोकमार्ग, तराई जोड्ने सुरुङमार्ग, तराईको हुलाकी लोकमार्ग र सदरमुकाम जोड्ने सडकलाई प्राथमिकता दिइने जानकारी दिए ।
यस्तै, कृषि उत्पादन, शिक्षा, वन तथा वन्यजन्तु संरक्षण, नगरपालिकाको स्रोत वृद्धि र काठमाडौंको विकल्पका रुपमा केही ठूला सहर विकास गर्ने कार्यक्रमलाई पनि बजेटमा समेटिने उनले बताए । ‘बजेटको आकार माग बढाउने खालको नभई सन्तुलित बनाउने हाम्रो पहल छ,’ उनले भने ।
बैंकिङ, तरलता, उत्पादनशील क्षेत्रमा कर्जा प्रवद्र्धन, आयातनिर्यात, शोधान्तर घाटालगायतका अर्थतन्त्रका समस्या सामना गर्न आर्थिक नीतिको खाँचो रहेको उनले औंल्याए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: