RSS

माओवादीले विपक्षीको भूमिका खेल्न सकेन ः कांग्रेस

26 Jun

काठमाडौं, असार ९ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले माओवादीले विपक्षीको भूमिका खेल्न नसकेका कारण सरकार परिवर्तन हुन नसकेको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा महतले सरकार कमजोर र निष्प्रभावी भए पनि माओवादीका कारण टिकिरहेको आरोप लगाए ।
‘माओवादीले राजीनामालाई भजनमण्डलीजस्तो राजनीतिक नारा मात्र बनायो,’ उनले भने– न उसले संसद्मा बहुमत जुटाउन अविश्वास प्रस्ताव ल्यायो, न सरकारलाई नांगेझार पार्न सक्यो ।
प्रधानमन्त्री माधवकुमार नेपाललाई राजीनामा गराउन बाध्य नपार्ने उनले बताए । उनले भने– प्रधानमन्त्रीले इच्छा लागे राजीनामा दिए हुन्छ । तर, अहिलेसम्म यही सरकार बैध हो, कामचलाउ होइन । उनले अहिलेकै अवस्थामा माओवादीको नेतृत्वमा सरकार कांग्रेसलाई मान्य नहुने उनले बताए । उनले भने– सैन्य शक्ति, हतियार, वाइसिएल, सरकारी तथा निजी सम्पत्ति कब्जा गर्न नछाडेसम्म उसको नेतृत्वमा सरकार सक्दैन ।
उनले कांग्रेसले सरकारमा दाबी पनि नगरेको र प्रधानमन्त्री पनि नतोकेको स्पष्ट पारे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र विकल्प पनि आफ्नै पार्टीभित्र रहेको बताए । ‘हाम्रो पार्टीमा पार्टी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, संसद् सदस्य नभए पनि आवश्यक परे मोहन बैद्यको विकल्प दिन तयार छौं,’ उनले भने– हाम्रो पहिलो पहल प्रचण्डकै नेतृत्वका लागि हो, नभए भट्टराई पनि उपयुक्त विकल्प हुनुहुन्छ ।
पौडेलले माओवादी नेतृत्वविना मुलुक अघि नबढ्ने देखिइसकेकाले सहमतिको सरकारमा जनमतअनुसार दलहरु सहभागी हुनुपर्ने बताए । राष्ट्रपतिको कदमविरुद्धको आफ्नो पार्टीको संघर्ष जारी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले शान्ति र संविधानका लागि सरकारको नेतृत्व त्याग्न आफ्नो दल तयार रहेको बताए । ‘यो हप्ता हामी अनौपचारिक कुराकानीमा व्यस्त भयौं,’ उनले भने– सरकार कमाम चलाउ भइसकेकाले नयाँ सरकारलाई नजिक्याउन ठूला दलहरु तयार हुनुपर्छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: