RSS

बजेट जसरी पनि पारित हुने सुजाताको दावी

29 Jun

काठमाडौ, १५ असार । उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकारको बजेट जसरी पनि पारित हुने दावी गर्नु भएको छ । रिपोर्टर्स क्बल नेपाल धादिङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले मुलुक बजेट विहीन अवस्थामा रहन नसक्ने भन्दै जसरी पनि बजेट सरकारले ल्याउने बताउनु भयो । उहाँले भन्नु भयो— सरकारले अध्यादेशबाट भए पनि बजेट ल्याउँछ । यद्यपि उहाँले माओवादीले पनि बजेट पारित गर्न संसद खुल्ला गर्ने विश्वास ब्यक्त गर्नु भयो ।

नेपाली काग्रेसले भावी सरकारको नेतृत्व लिने विषयमा पहल गरिरहेको बेला काग्रेसकी प्रभावशाली नेतृको रुपमा रहेकी उपप्रधानमन्त्री कोइरालाले नेपाली काग्रेसमा नेतृत्वको विषयमा विवाद गर्नुको कुनै औचित्य नहुँने भन्दै महाधिवेशन अगाडि काग्रेसले नेतृत्व लिन नहुँने बताउनु भयो । उहाँले भन्नु भयो— काग्रेसले महाधिवेशनसम्म अहिलेकै सरकारलाई निरन्तरता दिनु पर्छ ।

माओवादीको नेतृत्वमा सरकार बने पनि आफूलाई स्विकार्य हुने भन्दै उहाँले त्यसकालागी माओवादीले सेनासमायोजन र संविधान निर्माणका विषयमा गरेको पूर्व सहमति कार्यान्वयन गर्नु पर्ने धारणा पनि राख्नु भयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: