RSS

सुशिलको रामचन्द्रलाई सर्मथन !

02 Jul

काठमाण्डा,ै १८ असार

नेपाली काँग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेललाई सर्मथन गरेको संकेत गरेका छन् ।
अमेरीकावाट स्वास्थ्य उपचार गरि र्फकिने क्रममा आज त्रिभुवन विमान स्थलमा सञ्चारकर्मीहरुसंगको प्रतिकृयामा नेता कोइरालाले भन्नुभयो “ नेपाली काँग्रेसको संसदीय दलको विधानमानै नेता प्रधानमन्त्री वन्ने उल्लेख गरिएको छ ”
संसारको जुनै देशमा पनि संसदीय दलका नेता प्रधानमन्त्री हुने प्रावधान रहेको भन्दै कोइरालाले नेपाली काँग्रेसमा पनि यस विषयमा विवाद नहुने दावी गर्नुभयो ।
काँग्रेस प्रजातान्त्रीक पार्टी भएकाले विधान सम्वत रुपले चल्ने कोइरालाको भनाई थियो ।
देउवा पक्षले भने यस अघिनै नेपाली काँग्रेसको विधान संसोधन गरेर भएपनि प्रधानमन्त्रीको लागि देउवालाई पठाउनु पर्ने माग गरेको थियो ।
कोइरालाले सहमतीको सरकार र्निमाणको लागि आफुले पहल गर्ने भन्दै माओवादीले यस अघि गरेको ३ वुद्धे सहमतीको कार्यान्वयन गर्नुपर्ने वताउनुभयो ।
कोइराला विमान स्थलमा उत्रनु भन्दा पहिलानै पुगेका रामचन्द्र पौडेलले निकै वेर कोइरालाको स्वागतको लागि प्रतिक्षा गरेका थिए । तर स्वागतका लागि देउवा पक्षका नेताहरु भने विरलै विमानस्थलमा उपस्थीत भएका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: