RSS

लडाकुलाई साँढे ४ अर्ब भन्दा बढि रकम

04 जुलाई

प्रकाश सिलवाल/रासस

काठमाडौ, अषाढ २० – सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भएपछि शिविरमा राखिएका माओवादीका लडाकुहरूका लागि मासिक भत्ता र भरणपोषण गरी हालसम्म कूल रु. चार अर्ब ६९ करोड ६७ लाख ८४ हजार ८१ निकासा भएको छ ।
लडाकुका लागि हाल प्रतिमहिना जनही रु. पाँच हजार भत्ता र भरणपोषणका लागि सुगममा दैनिक रु. ६० र दुर्गममा रु. ७५ वितरण हुँदै आएको छ । प्रारम्भमा मासिक भत्ता रु. तीन हजार मात्र तोकिएको थियो ।
शान्ति तथा पुनर्स्थापना मन्त्रालयमा रहेको ‘शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय’ का लेखा अधिकृत विष्णु वाग्लेले दिएको जानकारीअनुसार हालसम्म मासिक भत्ता शीर्षकमा रु. ३ अरब १३ करोड ७३ लाख ३२३ र भरणपोषण शीर्षकमा रु. १ अर्ब २९ करोड ५४ लाख १० हजार ७८५ निकासा भएको छ । यो विवरणमा कुनै वर्ष मासिक भत्ताभन्दा भरणपोषणमा बढी खर्च भएको देखिन्छ ।
मासिक भत्तातर्फआर्थिक वर्ष०६३/६४ मा रु. नौ करोड २५ लाख ५६ हजार, ०६४/६५ मा रु. ५१ करोड ४४ लाख ८८ हजार, आव ०६५/६६ मा रु. एक अर्ब ८५ करोड ५३ लाख ४४ हजार ५८३ र चालू वर्षा रु. ९३ करोड ८९ लाख ५४ हजार ७४० खर्च भएको विवरण छ । त्यसैगरी, भरणपोषणतर्फ आर्थिक वर्ष०६३/६४ मा रु. १७ करोड ३९ लाख २० हजार ५६०, आव ०६४/६५ मा रु. ५१ करोड ७ लाख ५१ हजार ५६०, आव ०६५/६६ मा रु. ५४ करोड ७५ लाख ४४ हजार ७२४ र आव ०६६/६७ को जेठ मसान्तसम्म रु. ५२ करोड २१ लाख ९३ हजार ९१४ रुपैयाँ खर्च भएको छ ।
लेखा अधिकृत वाग्लेले खर्चलाई प्रत्येक वर्ष लेखापरीक्षण गराएपनि राजनीतिक निर्देशन र स्थानीय कार्यालयको वितरण नै यसका लागि आधिकारिक हुने बताए ।कार्यालयका उपसचिव गोविन्द खनालका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै भत्ता र भरणपोषण गरी कूल रु. एक अरब ४६ करोड ११ लाख ६८ हजार ६५४ निकासा भएको छ ।
सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ मा भएको विस्तृत शान्ति सम्झौताअनुसार राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा प्रमाणिकरण गरिएका कूल ३० हजार ८५२ माओवादी लडकुहरू कायम थिए ।उनीहरूलाई देशका विभिन्न सात वटा मुख्य शिविर र २१ वटा सहायक शिविरमा राखिँदै आएकामा हाल यो सङ्ख्या भने क्रमशः घट्दो रहेको छ ।
मन्त्रालयमा भएको पछिल्लो विवरणअनुसार झापा, सिन्धुली, चितवन, नवलपरासी, सुर्खेत, कैलाली र रोल्पाका शिविरमा गरी हाल १९ हजार ५ सय ४९ जना माओवादी लडाकुहरू शिविरमा रहेका छन् ।गत माघ १० मा पुनः प्रमाणिकरणबाट चार हजार आठ योग्य नठहरिएका लडाकुको बहिर्गमन भएको थियो । यस बाहेक केहीको मृत्यु भएको र केहीले स्वैच्छिकरुपमा शिविर छाडेका कारण सङ्ख्या घट्दो रहेको छ ।
सुरुमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराका नाममा एकमुष्ट रकम निकासा भएकोमा लडाकुहरूले सबै रकम नपाएको, पार्टीले आधा राख्ने गरेको र यकिन सङ्ख्याभन्दा बढीका नाममा रकम गएको गुनासो आएपछि सरकारले प्रत्येक लडाकुलाई नै भपाई गराई रकम वितरण गर्न थालेको छ ।हाल रकम वितरण गर्दा स्थानीय शिविर व्यवस्थापनको कार्यालयले सम्बन्धित बैंक र अनमिनलाई पनि शिविरमै बोलाई लडाकुहरूलाई लाम लगाएर, परिचयपत्र र फोटो भिडाएर मात्र रकम वितरण गर्ने गरिएको शान्ति मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद नेपालले जानकारी दिए ।
उनले यसको अनुमगन पनि हुने गरेको बताए । अघिल्लो तीन महिनाको रकम वितरण गर्दा शान्तिमन्त्री रकम चेम्जोङ पनि अनुमगनमा गएका थिए । त्यस बखत केही लडाकुको परिचय खुल्न सकेको थिएन ।
तर, मन्त्रालयका एक उच्चअधिकारीले नाम उल्लेख नगर्ने र्सतमा लडाकुको सङ्ख्या’bout अनमिनले दिएको विवरणलाई मान्न आफूहरू बाध्य भएको र कतिपय लडाकुका रकम कमाण्डरले सोझै बुझ्ने गरेको बताए । कतिपय लडाकुले भने तीन महिनाको रकम एकैपटक बुझ्ने गरेको पाइएको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: