RSS

यस्तो थियो ५०० वर्षअघिको काठमाडौं

21 Jul

रामदत्त पन्त

५ सय वर्षपहिले असन, इन्द्रचोक र हनुमानढोका क्षेत्रलाई मात्रै ‘काठमाडांै’ भनिन्थ्यो । इतिहास हेर्ने हो भने त्यसवेला काठमाडौंभन्दा विशालनगर, हाँडीगाउँ, निलशाला (नक्साल) आदि स्थानका चर्चा बढी भएको पाइन्छ । पुरानो सहर हाँडीगाउँ त्यसैवेलादेखि ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानले चर्चित थियो । त्यहाँ कतै भातको देउता बनाउने त कतै मन्दिरमा उल्टो गजुर राख्ने प्रचलन थियो । नौला-नौला जात्रा मनाइने भएकाले हाडीगाउँ अरू ठाउँभन्दा निकै फरक थियो । अहिले अर्थै नबुझी ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्दै गिज्याइन्छ । वास्तवमा यो सही होइन ।

धरहराको तस्वीर । अहिले धरहराको अगाडी वनेका अव्यवस्थीत भवनहरुले धरहरा नै छेक्न लागिसकेको छ । picture collection by rabin thapaliya

१२ हजारभन्दा बढी घरधुरी

मध्यकालमा काठमाडौं कला-कौशलले भरिपूर्ण थियो । मन्दिर नभएका ठाउँ नै थिएनन् । ‘तवदेवर’ (तलेजु) उतिवेलाकै सबभन्दा ठूलो देवल थियो । त्यसवेला मन्दिरनजिक घर निर्माण गर्नुहुन्न भन्ने विश्वास थियो मान्छेमा । त्यसैले मन्दिरवरिपरि या नजिकका जग्गा खाली हुन्थे । धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रममा मानिस भेला हुने स्थान मठ-मन्दिरै हुन्थे । ओटु, तमबहाल, न्हुँबहाल (नयाँ बहाल) मा मन्दिर भएकैले पछिसम्म पनि त्यहाँ प्रशस्त जमिन खाली थियो ।


हिन्दीमा एउटा उखान छ- ‘थोडा खाना, वनारस रहना’ । आफूलाई चाहिनेभन्दा बढी नखोज्ने प्रवृत्ति थियो मानिसमा । सहर एकदमै खुला थियोभन्दा अहिले पत्याउन मुस्किल पर्ला । तर, यो यथार्थ होे । त्यसताका काठमाडौंमा कति मानिसको बसोबास थियो ? अन्दाजका भरमा भन्न सकिँदैन । गोरखा राज्यमा १२ हजार घरधुरी मानिस बसोबास गर्ने गरेको इतिहास छ । गोरखाभन्दा ठूलो र शक्तिशाली राज्य भएकाले त्यहाँभन्दा काठमाडौंमा बढी जनसंख्या थियो सजिलै भन्न सकिन्छ । सहरमा नेवारबाहेक प्रायः मनिसले घर जोडेर बनाउँदैनथे । नेवार समुदायमा व्यापार गर्न र सांस्कारिक कामकाजमा सहभागी हुन सजिलो होस् भनेर घर जोडेर बनाइने चलन थियो । पुराना नेवार बस्तीलाई हेर्दा यो सहजै पुष्टि हुन्छ । नेवार समुदायमा गुठी सञ्चालन गरेर भजनकीर्तन (गुठीगाना) गर्ने परम्परा त्यतिवेलै बसिसकेको थियो । गुठी प्रणालीे स्वस्फूर्त ढंगले चल्दै आएको सामाजिक परम्परा हो । अर्को अर्थमा यसलाई व्यवस्थित दर्शन पनि भन्न सकिन्छ । जंगबहादुरले बेलायत, पान्स घुमेपछि पाश्चात्य मुलुकको सांस्कृतिक प्रभाव नेपाल भित्र्याएका हुन् । नेपाली संस्कृतिको मौलिकता कमजोर हुनुमा यसको ठूलो हात छ । अहिलेको समाज खास गरेर काठमाडौंमा, यसको प्रत्यक्ष प्रभाव चरम रूपमा देखिएको छ ।

पुरानो अवस्थाको टुडिखेलको तस्वीर

सहर सुरक्षाका लागि गेट

अहिले काठमाडौंका नाम चलेका सहर उतिवेलाका सहरी क्षेत्रभित्र पर्दैनथे । ठमेल, लैनचोर, न्यूरोड, पुतलीसडक, बानेश्वरलगायत सबै ठाउँ सहरबाहिर पर्थे । कतै खेती गरिन्थ्यो भने कतै जंगली क्षेत्र थियो । आजभन्दा ५० वर्षअघिसम्म पनि धुम्बाराहीमा खेत किन्नेलाई त्यस्तो जंगलमा किन जग्गा लिएको होला ? भनेर टिप्पणी गरिन्थ्यो । मल्लकालमा भोटाहिटी, न्यूरोड र भीमसेनस्थान पश्चिमी किल्ला भएकाले त्यहाँ गेट बनाइएको थियो । सहरभित्र दुस्मन पस्न नदिन तत्कालीन शासकले गेट बनाएका थिए । त्यहाँ चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ हुन्थे ।

फोहोर नियन्त्रण

फोहोर व्यवस्थापन अहिले काठमाडौंको प्रमुख चुनौती बनेको छ । यत्रो विशाल सहरको फोहोर-मैला तह लाउन गाह्रो त हुन्छ नै । तर, त्योभन्दा पनि अहिलेका मानिसमा कर्तव्यबोधको अभाव छ । सबैले आफ्नो दायित्व बिर्सेझैँ लाग्छ । यसमा नियमन गर्ने निकायको कमजोरी र लापरबाही प्रमुख कारक बनेको छ । अचम्मको कुरा के भने आजभन्दा ८०० वर्ष पहिलेको शीलालेखमा यस्तो लेखिएको छ- मार्गोत्मार्जनगाष्ठिकासु निडितं सेत्रञ्च तृरोपणम् अर्थात् बाटो बढार्ने गुठीका लागि तीन रोपनी जग्गा राख्ने । प्रत्येक बस्तीमा यति जग्गा छुट्टयाएपछि फोहोर फाल्ने ठाउँको समस्या हुने भएन । तिनताका ढलको व्यवस्था पनि राम्रैसँग गरेको पाइन्छ । दिसा-पिसाब खेतमा गरिँदैनथ्यो । घरमा शौचालय बनाउने चलन थिएन । उतिवेला खास गरेर घरको फोहोर घरमै तह लगाइन्थ्यो । अहिलेसम्मका अध्ययनले त्यसताका काठमाडांै फोहोर थियो भन्ने प्रसंग कतै भेट्टएिको छैन । वि.सं १९३३ मा जर्मन नागरिक डेनियल राइटले पहिलोपटक काठमाडौं फोहोर भयो भनेर लेखेको तथ्य छ ।

उतिवेलै लिखित कानुन

नेपालमा ५०० वर्षअघि नै लिखित कानुन थियोभन्दा कसैलाई पनि विश्वास नलाग्ला । तर, राजा जयस्थिति मल्लले ‘न्याय विकासिनी’ निर्माण गरेको इतिहासले भने पत्याउन करै लाग्छ । १४३७ देखि १४५२ सम्म राजा जयस्थिति मल्लले ‘न्याय विकासिनी’ नामक मौलिक लिखित कानुन बनाएर कार्यान्वयनमा ल्याएका थिए । त्यो कानुनमा नारद स्मृतिको अत्यधिक प्रभाव रहेको देखिन्छ । जयस्थितिका मन्त्री जयेतको निर्देशनमा मणिकनामक विद्वान्ले न्यायसुधारका लागि कानुन लेखेका थिए । पछि, यसैलाई उल्टोपाल्टो बनाएर कसैले संस्कृतमा त कतै फेरि नेवारीमा उल्था गरेको पाइन्छ । ३०० वर्षपछि यसलाई लुत्तभद्र बज्राचार्यले नेवारीमा सारे । कतै-कतै लुत्तभद्रले नै न्याय विकासिनी लेखे भनेर उल्लेख गरिएको इतिहास छ, जुन सत्य होइन । त्यो कानुनमा कसैले स्वास्नी जारी गरेमा के गर्ने ? तुलो घटाउने व्यापारीलाई कस्तो कार्बाही हुने ? राजाका भारदारले आफ्नो हितमा काम गरे के गर्ने ? भन्ने लेखिएकोे थियो । त्यतिवेलै अदालतको पैसा दरबारभित्र नहाल्नू (पण्डितलाई दान दिनू) भन्ने निर्देशन अड्डाका कर्मचारीलाई हुन्थ्यो । त्यसपछिको महत्त्वपूर्ण कानुन १९१० को मुलुकी ऐन हो । त्यस कानुनलाई राणाकालको मियोका रूपमा हेरिन्थ्यो । त्यस्ाको मस्यौदाकार महोत्तरीका लेसपति झा र लोकपति झा थिए । पछि आएर त्यसलाई दुई सय १५ विभिन्न क्षेत्रका व्यक्ति -राजी सभासद्) का सहमतिमा पास गराएर पूर्ण बनाइयो । त्यसमा शासक, भारदार, पुरोहित, धर्मगुरु र सैनिकलगायतबाट राजी सभासद् छानिएको थियो ।

पुरानो अवस्थाको न्युरोड यस्तो थियो । आज मानिसको घना चापले गर्दा न्युरोडमा खुट्टा टेक्ने ठाँउ सम्म वाँकी छैन् ।

सम्मान गर्ने प्रचलन

आत्मनः प्रतिकलानि परेषां न समारेत् अर्थात् आफूलाई प्रतिकूल हुने काम अरूका लागि पनि प्रतिकूल हुन्छ । यसलाई त्यतिवेलाका मान्छे पूर्ण पालना गर्थे । त्यसवेलाका मान्छे निकै समन्वयकारी हुन्, अहिलेको तुलनामा । सबैको सम्मान गर्ने, फरक जातभात भए पनि कसैमा मतमतान्तर थिएन । कंकेश्वरी मन्दिरमा पोडे पुजारी थिए भने टुँडालदेवीमा देउला । उनीहरूको हातबाटै टीका थापिन्थ्यो । माथिल्लो वर्गको दबदबा त थियो नै । तर, तिनले पनि कामकाजमा खटाइएकालाई नराम्रो दृष्टिले हेर्दैनथे । जातीय विभेद भए पनि त्यसले उग्ररूप लिएको थिएन । नेवार समुदायका मानिसले बाहुनले पकाएको नखाने (पाक्य नचल्ने) चलन भने थियो ।

सरल जीवनयापन

अहिलजस्तो महँगो जीवनशैली उतिवेला थिएन । सामान्यतः नेपाली पोसाक दौरा-स्ाुरुवाल लाउने मान्छे औँलामै गन्न सकिन्थ्यो । शासकको आँखा लाग्छ भनेर दौरा-सुरुवाल लगाउन विशेष जात्रा-पर्व कुर्नुपथ्र्यो । सहर जानका लागि मात्रै ठाँटिएर लुगा लगाइन्थ्यो । थोरै मनिस मात्रै जुत्ता टल्काएर चिटिक्क पर्थे । यस कोटीमा शासकवर्ग पर्थे । प्रताप मल्ल चिटिक्क परेर सहरमा घोडा कुदाउन निस्कन्थे रे । ‘घोडा चढेर हिँडेपछि कुनचाहिँ तरुनीको मन नलोभिएला,’ भन्थे रे उनी । त्यतिवेला एकजोर पोसाक सिलाउँदा दुइटा सुरुवाल आउँथ्यो । सुरुवालको घुँडा छिटो फाट्ने भएकाले त्यसो गरिन्थ्यो रे । हुनेखाने बाहेककालाई दौरा लगाउनु आकाशको फलझैँ हुन्थ्यो । सामान्य मानिसको दिनचर्या खेती-किसानी थियो । जुजु धौ खाने हिम्मत निकै समयसम्म पनि मनिसले गर्दैनथे । सामान्य मानिसका लामा दाह्री हुन्थे, मैला र पुराना लुगा उनीहरूको पहिचान हुन्थ्यो ।

स्वतन्त्र ग्रामीण महिला

केटा मान्छेले दुई-तीनवटी केटी बिहे गर्नु सामान्य मानिन्थ्यो । महिलालाई भोग गर्ने साधनका रूपमा हेरिन्थ्यो । काँगडा किल्लामा अमरसिंह थापालाई त्यहाँका राजा रमशार चन्दले मिल्न आएमा पाँच लाख रुपैयाँ र छोरी दिने आश्वासन देखाएर फकाउन खोजेका थिए । लोग्नेको मृत्युपछि श्रीमती विधवा बस्थे । तर, विदूरले भने एक-दुई महिनामै अर्को बिहे गर्ने चलन थियो । ‘नछाडे बाहुनी, नदेखे रानी,’ भन्ने उक्तिको जन्म त्यसैताका भएको हो । छोरी घरमा राखे अरूको आँखा लाग्छ भनेर बाहुन जातिमा कम उमेरमै छोरीको बिहे गरिदिने परम्परा बस्यो । सहरका स्वास्नीमान्छे बन्धनको घेरामा बस्थे । एक्लै हिँड्न पनि नपाउने । बरु गाउँतिर मेलापात गर्न सहजै निस्कन्थे । खानदानी परिवारका छोरीचेली केही नोकरचाकर साथमा लिएर हिँड्थे । महिला पूरै अभिभावकको नियन्त्रणमा हुन्थे । यस अवस्थामा त अहिलेजस्तो खुला ‘लभ अफेयर’ को कल्पनासम्म गर्न सकिँदैनथ्यो । यति हुँदाहँुदै पनि घरभित्र भने मालिक्नीहरू नाठो (घरको काम गर्ने) सँग सल्कने घटना भने भइरहन्थे ।

भोटिनीसँग हिमचिम

नेपाली कामको खोजीमा भोट (तिब्बत) जाने उहिलेकै चलन हो । भोट र भारत नेपालको व्यापारकेन्द्र थिए । तिब्बतमा नेपाली ‘टक’ नै चल्थे । ‘कुती’ (तातोपानी) र ‘केरुङ’ -नुवाकोट) नाका भएर नेपाली भोट छिर्थे । पृथ्वीनारायण शाहले पछि आएर भोटका राजाबाट ती दुवै नाका जिते । भोट जाने कति नेपालीको भोटिनीसँग हिमचिम बढ्थ्यो । अवैध यौनसम्बन्धबाट बच्चै जन्मिन्थे । छोरा जन्मे नेपाल ल्याइन्थ्यो । यदि छोरी जन्मिई भने उतै छाडिदिने चलन थियो । यसरी अवैध तरिकाले जन्मेका सन्तानलाई ‘खचडा’ जाति भनिन्थ्यो । यसरी तिब्बतमा जन्मिएका थुप्रै सन्तान नेपाल भित्र्याइए । पछि आएर यो ल्याइते (ठयाँ) र ब्याइते (मठयाँह) संस्कृतिका रूपमा विकास भयो । ठयाँको अर्थ आफ्नै जात मिल्नेसित बिहेवारी चल्ने परम्परा थियो भने मठयाँह भनेको अरूको जात (ल्याइते) भन्ने हुन्छ । यो प्रचलनका कारण कहिलेकाहीँ झगडा त पथ्र्यो, तर अहिलेजस्तो विकृतिचाहिँ थिएन ।

आरोग्यशालामा उपचार

रामदत्त पन्त

त्यतिवेला सबै रोगको उपचार आरोग्यशालामा हुन्थ्यो । डाक्टर हुन्थो वैद्यराज । जडिबुटीकै भर थियो औषधोपचारको । बालमृत्युदर बढी थियो । कम्तीमा पनि एकदर्जन बच्चा जन्माउँदा एक-दुईजना मात्रै बाँच्थे । मानिस बलिया हुन्थे । रोग पनि धेरैखाले थिए । तर, सबै रोग प्राकृतिक उपचारले निको हुन्थ्यो । उमेर घर्केपछि बच्चा जन्माउने चलन थियो । ८१ वर्षको उमेरमा हरिलाल पाण्डेले छोरा भवानी पाण्डे जन्माए । भवानीले ‘मुद्रा राक्षस’ नामक पुस्तक नेपालीमा अनुवाद गरेका थिए । बाहुनक्षेत्रीे सेलरोटी, दालभात र मासु खान्थे भने नेवारी राजकाजमा धेरखाले परिकार हुन्थे । तराईबाट परबर, भान्टा झिकाउँथे शासक । काठमाडौंमा त्यतिवेला आलु तथा काउली पनि पाइँदैनथे

 
१ टिप्पणी

Posted by on जुलाई 21, 2010 in Uncategorized

 

One response to “यस्तो थियो ५०० वर्षअघिको काठमाडौं

  1. biru subedi

    जुलाई 22, 2010 at 1:58 अपराह्न

    i want to read this book, about nepal how to…. ? plz sent me mail

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: