RSS

अग्नी एअरको विमान दुर्घटना/चालक दलसिहत सबै १४ जनाको मृत्यु,

24 Aug

विमानमा सवार सबैको मृत्यु

मौसम खराबीका कारण उद्धारका लागि हेलिकप्टर जान सकेन

११ यात्रु मध्ये ६ विदेशी नागरिक

काठमाडौ, भाद्र ८ – चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।
काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । मृत्यु हुनेमा विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा छन् ।

जहाज दुर्घटनास्थल मकवानपुरको शिखरपुर-२ मोतिपुरमा रहेको बकैया प्रावि । उक्त प्राविको दक्षिणतर्फो खेतमा भर्खरै खनिएको सडकमा दुर्घटनाग्रस्त भएको हो । तस्विर : गुगल अर्थबाट लिएर एकिन पहिचान गरिएको ।

त्यसैगरी यात्रुहरुमा नेपाली नागिरक पी शर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन् भने अमेरिकाका चार नागरिक क्रमशः सुश्री एल कार्डर्सो, सुश्री एच फिन्च, सुश्री के फलोन र सुश्री आई सेखेटस रहेका छन् भने बेलायतका टि जेरेमी र जापानका वाई हायाशी रहेका छन् ।
त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।

शव राजधानी ल्याइयो

काठमाडौ, भाद्र ८ – अग्नी एयरको विमान दुर्घट्नामा परी मारिएकाहरुको शवका टुक्राहरु बटुलेर राजधानी ल्याइएको छ । फिस्टेल एयरको हेलिकप्टरद्वारा मंगलबार दिउँसो उद्दारकर्मीले घट्नास्थलमा संकलन गरेका शवका टुक्राहरु ल्याएका हुन् ।

शवका टुक्रा जम्मा पारेको प्लाष्टिक पोका हेलिकोप्टरमा राख्दै सेना।


करिव पाँचबाट प्लाष्टिकको पोकामा शवका टुक्राहरु लिएर हेलिकप्टर त्रिभूवन विमानस्थल अवतरण गरिएको थियो ।दुर्घट्नामा मारिएकाहरुको आफन्तहरु नेपाली सेनाको इन्जिनियरिङ निर्देशनालयमा रहेका छन् । विमानस्थलको अबस्था भावपूर्ण छ । प्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटन मन्त्री शरदसिंह भण्डारी र अमेरिकी राजदूत स्कट एच डेलीसी तथा जापानी राजदूत पनि विमानस्थल पुगेका छन् ।
शव सग्लो नभएको र नचिनिने अबस्था भएकाले पोष्टमार्टम र डीएनए परिक्षण पछि मात्र शव आफन्तलाई बुझाइने छ ।लुक्लाका लागि मंगलबार बिहान उडेको अग्नी एयरको विमान मकवानपुरको शिखरपुरमा विहान ८ बजेर ५ मिनेटछ जाँदा दुर्घट्नामा परेको थियो ।
दुर्घट्नामा परी मारिनेहरुमा तीन जना चालक दलका सदस्य, पाँच जना नेपाली, चार जान अमेरिकी, एक जना जापानी र एक जना बेलायती नागरिक छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )