RSS

सिएनएनमा नेपाली हिरो

22 Nov


मंसिर ५ – ‘तपाईहरुको यो सहयोग मेरा कामका लागि थप जिम्मेवारी हो’ आँशु पुछिन् र उनले भनिन्, ‘यो जघन्य अपराधलाई हामीले अन्त्य गर्नु पर्छ, आउनुस् हात मिलाउँ……….युवाहरुलाई सम्मान गरौं । जो नयाँ पुस्ताको निर्माण गर्दै छन् । धेरै धेरै धन्यवाद ।’यो यौन दासी बनाउनका लागि हुने महिला तथा बालिकाहरुको तस्करी रोकथाम तथा उद्दारमा गरेको योगदानका लागि ‘सीएनएन हिरो २०१०’ घोषणा गरिंदा अनुराधा कोइरालाले दिएको मन्तव्य हो ।
सीएनएनले छानेका विश्वभारका दश जना उत्कृष्ट कर्मबीरहरु मध्ये उनी वायाँतिरको छेउमा उभिएकी थिइन् । सबैको हातमा हिरो (नायक) लेखिएको कार्ड थियो । कस्ले त्यो कार्ड उचाल्न पाउने हो, ति दशलाई मात्र होइन, उपस्थित ५ हजार दर्शकलाई मात्र पनि शनिबार राती त्यतिनै कौतुहल थियो ।सीएनएनका एण्डरसन कपरले जव सन् २०१० को सीएनएन हिरोको नाम उच्चारण गर्न लाग्दै थियो, खचाखच हजारौ दर्शकले भरिएको अमेरिकाको लसएञ्जलसस्थित त्यो हलमा करिव करिव सन्नट्टा छायो ।
‘यस बर्षको सीएनएन हिरो अनुराधा कोइराला’ एण्डरसनले भूमिका नबाँधिकनै घोषणा गरे । तालीको गड्गडाहड बीचमा अनुराधाले हातको कार्ड उचालिन् । तर, उनको अनुहारमा खच्मचियो । उनका आँखाबाट आँसु झरे । सायद उनले त्यो सम्मान ग्रहण गर्दा बेचिएका नेपाली चेलीहरु सम्झिइन् । उनी बिस्तारै संहालिइन् र ड्यासतर्फ अघि बढिन्, छोटो मन्तव्य दिइन् र फेरी आँसु पुछिन् । एण्डरसनले कार्यक्रममै उनलाई एक लाख डलर (करिव ७घ लाख रुपैयाँ) अनुदानको घोषणा गरे । यो रकम अरु ९ जनाले पनि पाउने २५ हजार डलर (करिव १७ लाख ५० हजार रुपैयाँ) बाहेकको हो ।

सीएनएनले कोइरालाले करिव १२ हजार महिला तथा बालिकाहरुलाई यौन दासताबाट उद्दार गरेको अनलाइनमा उल्लेख गरेको छ । आठ सातासम्म अनलाइनमा भोटका लागि राखिएको १० जना मध्ये सबैभन्दा धेरै मत पाएका अनुराधा यस वर्षको ‘सीएनएन हिरो’ घोषित बनिन् । करिव २० लाखले मत हालेका थिए ।
अनुराधा माइती नेपालकी संस्थापक हुन् । उनले करिव २० बर्षदेखि मानव बेचबिखनका विरुद्ध अनवरत संघर्ष गर्दै आएकी छन् । खास गरेर भारतीय बेश्यालयहरुमा बेचिएकी महिला तथा बालिकाहरुको उद्दार तथा बेचिनबाट रोक्नु माइती नेपालको प्रमुख काम रहँदै आएको छ । माइती नेपालले उद्दार मात्र होइन, उनीहरुको लागि अवास तथा पुनस्थापनाको व्यवस्था गर्दै आएको छ ।

कर्तव्यनिष्ठ र इमान्दार भएर निरन्तर समाज परिवर्तनका लागि क्रियाशील भैरहँदा मानिसले आफ्नो लक्ष्यलाई पूर्ण रूपमा पूरा गर्न नसके पनि समाजमा परिवर्तनको सन्देश छरेर पुरातन अन्धविश्वास, रुढिवादीग्रस्त अन्धकारजस्ता कुरीतिको जग हल्लाउन सक्षम हुन सक्छ । परिवर्तनका लागि बालिएको एउटा दियोले हजारौं दियो जलाउन मद्दत गर्छ, जसको ज्योति संसारलाई प्राप्त हुन्छ । लैङ्गकि विभेदको निकृष्ट उपज महिला बेचबिखन कार्य रोक्न विशुद्ध मानवतावादी हृदयले गरेको एउटा प्रयासले संसारको ध्यान आकृष्ट गर्न सक्छ । यसको उदाहरणका रुपमा सिएनएन हिरोको अन्तर्राष्ट्रिय एवार्डमा १० जनाभित्र पर्न सफल माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई लिन सकिन्छ । आफ्नो अभावपूर्ण जीवनसँग संघर्ष गर्दै समाजमा वर्षौंदेखि व्याप्त चेलिबेटी बेचबिखनजस्तो घृणित अपराधविरुद्ध सशक्त आवाज उठाउने कोइरालालाई आज संसारले सलाम गर्दैछ ।

हामी नेपालीले राजनैतिक क्रान्तिका धेरै अध्याय देख्यौं, आर्थिक क्रान्तिका धेरै सपना साँच्यौं, सामाजिक परिवर्तनका लामा एवं पट्यारलाग्दा बहस सुन्यौं तर यथार्थ हामीले सोचेजस्तो रहेन । दुनियाँ बदल्न अग्रसर पाइलाहरू आफैंलाई बदल्न अक्षम भए । क्रान्तिका ठूला भाषण भए तर वास्तविक क्रान्ति नेपालले कहिल्यै देखेन । मुखले त हामीले नारीलाई आधा आकाश भन्यौं, रथका दुईमध्ये एक पाङ्ग्राको उपमा दियौं, जहाँ नारी पुजिन्छन् त्यहाँ देवता खुसी हुन्छन् भन्यौं तर व्यावहारिकताको कसीमा त्यो कहिल्यै लागू हुन सकेन । संसारले विकासको अनुपम उदाहरण देखिसक्दा पनि हाम्रा आधा आकाश छाउपडीका रूपमा बहिष्कृत, बोक्सीका रूपमा तिरस्कृत तथा विदेशी कोठीहरूमा बेचिएर नरतुल्य जीवन जिउन बाध्य छन् । नेपाली चेली उहिले भारतका विभिन्न सहरमा बेचिन्थे, अहिले खाडी मुलुकहरूसम्म पुग्न थालेका छन् ।

हिन्दूहरूको आस्था एवं विश्वासको पवित्र स्थल पाशुपत क्षेत्रको पिङ्गलास्थानबाट सुरु भएको माइती नेपाल र अनुराधा कोइरालाको जीवन-संघर्ष कठिनतम दिनको सामना गर्दै आज अन्तर्राष्ट्रिय महत्वको भैसकेको छ । १७ वर्षअघि सुरु भएको माइती नेपालको संघर्षको प्रत्यक्ष साक्षी हुनाले अहिले फर्केर हेर्दा सामाजिक परिवतर्नका लागि संवाहक बन्न गरेको अनवरत प्रयासबाट आज अनुराधा कोइरालामाथि सारा नेपालले गर्व गर्न सक्ने ठाउँ छ । अझ परम्परावादी सोच तथा विभेदहरूले सामाजिक मान्यता प्राप्त गरेको देशमा चेलिबेटी बेचबिखन तथा महिलाविरुद्ध हुने सबै किसिमका हिंसाविरुद्ध उत्रनु चानचुने विषय मान्न सकिंदैन । वर्षौंदेखि संस्थागत भएको तथा नेपालभित्र र बाहिरसमेत व्यापक सञ्जाल विस्तार गरेका गिरोहविरुद्ध लाग्नु आफैंमा जोखिमपूर्ण छ । अझ यस्ता क्रियाकलापहरूमा आपराधिक प्रवृत्तिका व्यक्तिहरू बढिरहेको हुनाले यी कार्यहरूमा रहेको कठिनाइ सजिलै बुझ्न सकिन्छ । यावत् अवरोध तथा समाजको चेतनास्तरलाई मध्यनजर गर्दा अनुराधा कोइरालाको कथा साँच्चिकै नायकत्वपूर्ण छ । उनी नेपाली समाजकी नायक भएको कुरामा दुईमत हुने ठाउँ छैन ।

संक्रमणकालीन अवस्था एवं दण्डहीनताले प्रश्रय पाइरहेको तथा सामाजिक न्यायको खडेरीले ग्रस्त नेपालमा व्यावहारिक परिवर्तनका लागि पनि अनुराधा कोइरालाजस्ता हजारौं सामाजिक नायकको खाँचो छ । नेपाल आमाकी सच्चा क्रान्तिकारी सन्तानलाई सिएनएन हिरो बनाउन संसारभरका नेपालीहरू एकपल्ट एकजुट हुनुपर्छ । उनको आजसम्मको यात्राको सम्पूर्ण मूल्याङ्कन गर्न हामीले कुनै कन्जुस्याइँ नगरी आफ्नो मत जाहेर गर्नुपर्छ । लाखांै महिलालाई नारकीय जीवनबाट उद्धार गरेर समाजमा स्थापित गर्न अनुराधाले गरेको जमर्कोलाई सच्चा अभिनन्दन गर्न हामी सबै मिलेर जततउररअलल।अo।जभचयक लग इन गरी नेपाल र नेपालीको प्रतिष्ठालाई अझ उँचो बनाउनुपर्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 22, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: