RSS

बाइक किन्न कर नगर्नू

03 डिस


रसु शाक्य,
काठमाडौं, मंसिर १७-
त्यस दिन बिहान ढिला उठेकाले मलाई कलेज पुग्न हतार थियो। जोरपाटीबाट कालोपुल (जेभियर इन्टरनेसनल कलेज) आउँदै गर्दा चाबहिलको टेलिफोन कार्यालयनजिकै मलाई ट्रकले पछाडिबाट हान्यो।
म सडकमा पछारिएँ। मेरो देब्रे खुट्टा जीउबाट छुटिएको रहेछ। त्यो खुट्टा त झोलामा हालेर अस्पताल ल्याएको रे। तर, म होसमै थिएँ। एकजना सज्जनले मलाई ट्याक्सीमा राखेर तत्काल काठमाडौं मेडिकल कलेज ल्याइदिनुभयो। मैले नै ती सज्जनलाई घरको नम्बर टिपाइदिएँ। तत्कालै घरबाट बुबाआमा मेडिकल कलेज आउनुभयो।
मेरो छुट्टिएको खुट्टा त जोडिन नसक्ने भएछ, अर्को खुट्टा पनि ट्रकले किच्चिएर हड्डी नै धुजाधुजा भएछ। काठमाडौं मेडिकल कलेजमा उपचार नहुने भएपछि त्यहाँबाट मलाई त्रिवि शिक्षण अस्पताल ल्याइयो। मेरा दुवै खुट्टा काट्नुपर्‍यो।दुई हप्ता भयो, अहिले यहाँ उपचार गराइरहेको। आफ्नै आँखाले जीउको तल्लो भाग हेर्दा विश्वास लाग्दैन, मेरा दुवै खुट्टा छैनन् भनेर। मैले खुट्टा गुमाएर एउटा पाठ सिकेँ- जीवनको सुरक्षा चाहिने हो भने आफ्नै खुट्टामा उभिनसक्ने भएपछि मात्र बाइक चढ्नुपर्छ।
अघिल्लो वर्ष कक्षा ११ पढ्दासम्म म सार्वजनिक यातायातबाटै कलेज धाउँथे। बल्ल १० महिना भएको थियो- म बाइक चढेर कलेज आउन थालेको। मेरो तीतो अनुभवपछि म कक्षा ११ र १२ पढ्ने साथीहरूलाई सुझाव दिन चाहन्छु- बाइक किन्न आमाबाबुसँग कर नगरौं।
यातायातहरूको मनोमानी र स्कुलबसको भाडा महँगो भएकाले मलाई आफ्नै बाइकमा कलेज आउन पाए कस्तो हुन्थ्यो होलाजस्तो लागेको थियो। म पढ्ने कलेेजका अधिकांश साथी पनि बाइक चढेरै आउँथे। फेरि बिहान कलेज आउने बेला सार्वजनिक सवारी साधनले पनि विद्यार्थीलाई भाडामा सहुलियत दिनुपर्छ भनेर गाडी रोक्दैनन्।मेरो अप्ठ्यारो देखेर आमाले बाइक किनिदिनुभयो। १७ वर्षकै उमेरमा लाइसेन्स पाएँ। अहिले आमा भन्नुहुन्छ- सरकारले १८ वर्षमा मात्र लाइसेन्स दिने नियम बनाएको भए पनि मैले तँलाई बाइक किनिदिन्न थिएँ।
मलाई लाग्छ- मेरो उमेरका किशोरकिशोरीलाई लाइसेन्स दिनुहुँदैन। ट्राफिक कार्यालयले स्कुलसँग सहकार्य गरेर बाइक चलाउने उमेर १८ वर्ष पुर्‍याउनुपर्छ। ट्राफिक नियम’bout पनि सूचित गर्नुपर्छ।म व्यवस्थापन विषय लिएर पढ्दै छु। चार्टर्ड एकाउन्टेन्ड बन्ने लक्ष्य लिएकी छु। दुवै खुट्टा गुमाए पनि म आफ्नो लक्ष्यबाट विचलित भएको छैन। मेरा खुट्टामात्र गुमेका हुन्, मेरो विश्वास र अठोट मसँगै छ।

(त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी रसुसँग रुवी रौनियारले गरेको कुराकानी।)

Advertisements
 
4 टिप्पणीहरु

Posted by on डिसेम्बर 3, 2010 in Uncategorized

 

4 responses to “बाइक किन्न कर नगर्नू

  1. prakash pande

    डिसेम्बर 3, 2010 at 3:10 अपराह्न

    oh sad my brother 2 same . iwas titment here otobock in germany

     
  2. ramesh sitaula

    डिसेम्बर 4, 2010 at 8:46 अपराह्न

    malai tapaiko pida sunda runa man lageko 6 sawari ta chadnu hola plz care gareara drive garna ma agraha garda 6u

     
  3. yangsri

    जुन 3, 2011 at 5:59 बिहान

    malai ramro lagyo tapaile janajiwan ma chetana dinuvayekoma. ma pani bike chalauchu tara vagyabas mero ahile samma accident vayeko chaina.accident hun6 tara dherai accident chalaune ma var parcha jasto malai lagch.tesai le 18 years pugeko lai matra lic. dinu parne venne kura ma aljinu vanna manish aafno jyan ko aafai khyal garnu ramro hun6.
    thank you

     
  4. lobsang

    जुन 3, 2011 at 6:07 बिहान

    god blass u

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: