RSS

सीएनएन पुर्‍याउने तीन हिरो

03 डिस

सुरज कुँवर

सदीक्षा


काठमाडौ, मंसिर १७ –
सुधारिएको पाठ्यक्रमअन्तर्गत कक्षा ९ को अनिवार्य नेपालीमा ‘खड्गबहादुर’ शीर्षकको कथा छ । ८० वर्षअघि गोर्खापत्रमा प्रकाशित ‘सत्य घटना’ मा आधारित कथाको सार यस्तो छः विहारको दरभंगामा कथाका म पात्र खड्गबहादुर ‘प्रवासी नेपालीको हकहित’ ’bout हुँदै गरेको बैठकतर्फ जाँदै हुन्छन् । सडकमा हिँड्दै गर्दा तीनतले घरको झ्यालबाट एक युवती कागजको टुक्रो फाल्दै बिलाउँछिन् । उनलाई दलालले कोठीमा बेचेको हुन्छ । ती नेपाली युवतीको उद्धारका लागि खड्गबहादुरले एक दिन कोठी सञ्चालकको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गर्छन् ।

कथामा उल्लेख गरिएअनुसार करिब एक शताब्दीअघिदेखि सुरु भएको यौन बजारमा केटी बेच्ने कुसंस्कारलाई ७ वर्षअघि अमेरिकी फिल्ममेकर एन्ड्रयु लाभिनले निर्माण गरेको ‘द डे माई गड डाइड’ फिल्मले पनि जीवन्त चित्रण गरेको छ । ५२ मिनेटको फिल्मका साथ लागौं काठमाडौंबाट १४ हजार किलोमिटर हवाई दूरीमा रहेको अमेरिकास्थित टेक्सासतर्फ । गत वर्ष यसै बेला टेक्सासको एक निजी ऊर्जा कम्पनीकी ‘पार्ट टाइमर’ निशा प्रधान ‘नेट सफिर्ङ’ गर्दै थिइन् ।

त्यही बेला उनले भिडियो आदानप्रदान गर्ने साझा वेबसाइट ‘यु ट्युब’ मा पोस्ट गरिएको बिनासर्त सजिलै हेर्न मिल्ने ‘द डे माई गड डाइड’ भेटिन् । स्पाई क्यामेराले कोठीभित्रका दृश्य पनि खिचिएको फिल्ममा ५ नेपाली युवतीको कथाले २८ वषर्ीया उनलाई च्यास्सै घोचेछ । जो ७ वर्षदेखि १७ वर्षमा दलालको जालमा परेर बेचिएका थिए । पोखराबाट एसएलसी सकेर ललितपुरको क्याम्पेन कलेज हुँदै व्यवस्थापन पढ्न ८ वर्षअघि अमेरिका उडेकी उनलाई आफ्नो पुस्ताका युवतीको नरकीय कथा हेरेपछि ‘के गरुँ कसो गरुँ’ भएछ । उनलाई पनि खड्कबहादुर कथाका म पात्रझैं बेचबिखनविरुद्ध लड्ने उत्साह ह्वात्तै उर्लिएछ ।

निशा प्रधान

बेचबिखनविरुद्ध माइती नेपाल खोलेर महिलालाई आश्रय दिने अनुराधा कोइरालाको योगदान पनि फिल्ममा समेटिएको थियो । अनुराधाको योगदान निशाका लागि प्रेरणा बनेछ । ‘सरकारले गर्नुपर्ने काम एउटी महिलाको प्रयासबाट हुनु सराहनीय हो,’ अविवाहित उनलाई लागेछ, ‘अबचाहिँ यिनलाई चिनाउनुपर्छ, अनि बेचबिखनमा संसारको ध्यान खिच्न सकिनेछ ।’ बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर पढ्ने सिलसिलामा रहेकी निशाले टेक्सासमै बस्ने २६ वषर्ीय साथीहरू सम्राट शाह र सदीक्षा पौडेललाई पनि फिल्म हेराइछन् ।
३ लाख ६९ हजार पटकभन्दा बढी यु ट्युबमै क्लिक गरिएको फिल्मले दाङको घोराहीबाट एसएलसी सकी काठमाडौंको सिद्धार्थ वनस्थलीबाट १२ सकेका सम्राट र माइतीघरस्थित सेन्ट जेभियर कलेजबाट १२ सकेर टेक्सासमा सिभिल इन्जिनियरिङ सकेकी काठमाडौं बिजेश्वरीकी सदीक्षा पौडेललाई पनि प्रभावित बनाएछ । ‘आशा र सपना गुमाएका चेलीको कथा’ हेरेर सम्राट र सदीक्षाको शरीरमा पनि काँडा फुल्न थालेछन् ।त्यसैताका उनीहरूले ‘सीएनएन हिरो २००९’ संस्करण हेरेका थिए । सीएनएनले ००७ देखि थालेको अभियान’bout उनीहरू जानकार थिए । त्यही बेला २०१० को हिरोका लागि सूचना आह्वान भइसकेको थियो । वेबसाइटमार्फत आह्वान गरिएको सूचनाले ‘जोसुकै समाजसेवीलाई जोसुकैले सिफारिस गर्न सकिने’ लेखिएको थियो । इन्टरनेटमा पहुँच हुनेले साइटमा राखिएको फर्म भरेर बिनासर्त भरेर पठाउन सक्थे ।

अनुराधाका साथमा निशा बायाँबाट सम्राट र सदीक्षा


उनीहरूले सल्लाह गरेछन्- ‘थुप्रै नेपाली महिलाको उद्धार गरी आश्रय दिने अनुराधा किन योग्य नहुने ?’ अर्भिङ सहरमा बस्ने उनीहरूले निष्कर्ष निकाले, ‘अनुराधा दिदीको नाम पक्का सिफारिस गर्ने ल’ र लागे सिफारिस गर्ने दौडधुपमा । तर र्फमको सूचीमा नेपालको नाम थिएन । क्या बोर ! पहिलो गाँसमै ढुंगा भनेझैं भयो । अब के गर्नु ? नेपाली सिफारिसकर्ताका लागि ‘अदर’ (अन्य) मा दर्ता गर्नुपथ्र्यो । तर उनीहरूलाई मन लागेनछ । ‘हाम्रो देशलाई किन अवमूल्यन ?’ एउटा जुक्ति फुर्‍यो । त्यो हो, फेसबुकको शरण पर्ने । कसरी ? उपाय निकाले फेसबुकमा ‘ग्रुप’ खोल्ने । त्यसमा आबद्ध हुने ‘मेम्बर’ लाई सीएनएनलाई इमेल गरी ‘नेपालको नाम तुरुन्त राख’ भन्दै इमेल दबाब दिने ।त्यतिबेलासम्म उनीहरूले अनुराधा कोइराला र माइती नेपालको नाम मात्रै सुनेका थिए, देखेका थिएनन् ।
जुक्तिअनुसार उनीहरूले अनुराधाको नाममा गुप्र खोले ‘अनुराधा कोइराला फर सीएनएन हिरो २०१०’ । फेब्रुअरी २५ तारिख खोलिएको त्यस ग्रुपमा अनुराधालाई चिनाउने लिङ्क, जानकारी, तस्बिर, भिडियो राखिए । गुप्र अपडेट गर्नेमा निशा, सम्राट र सदीक्षा साझेदार बने । त्यसको ‘डिस्कसन बोर्ड’ मा ‘अनुराधा सीएनएन हिरोका लागि किन योग्य हुन्’ लगायतका विषयमा छलफल चलाउन थाले । तारन्तर सयौं स्टाटस लेखे । यो क्रम जारी नै थियो ।करिब डेढ महिनापछि गएको अपि्रलमा सीएनएनबाट निशाको मोबाइलमा फोन आयो, ‘तिम्रो देशलाई पनि समेट्यौं, प्रयास जारी राख ल ।’
‘हुर्रे…!’ म त खुसीले चिच्याएँ, सोमबार क्यालिफोर्नियाको सानफारनसिसबाट सात महिनाअघिको क्षण कोट्याउँदै निशाले टेलिफोनबाट भनिन्, ‘अनुराधा दिदीले जितेजस्तै लाग्यो ।’ खुसीलगत्तै फेसबुकको भित्तामा छचल्किएछ । ‘ए गर गर ∕ लाग लाग जिताउन हल्ला फैलाऊ, हाम्रो देशको नाम पनि सूचीमा पर्‍यो ।’ त्यसपछि उनीहरूले काठमाडौंमा रहेकी अनुराधालाई जानकारी गराए, पहिलोपटक । अभियान’bout सुनेपछि अनुराधाले खुसी व्यक्त गरिन् । सञ्चार सम्पर्क बढाइयो । त्यस बेलासम्म सीएनएनमा सय मुलुकका हजार हाराहारी समाजसेवीको नाम सिफारिस भइसकेको थियो ।

सम्राट


अनुराधालाई हजारबाट २५ भित्र पार्नु र त्यसपछि उत्कृष्ट १० हुँदै हिरो अफ द इयरमा समेट्न अभियान तीव्र पारियो । तिनैले दिमागी दौडधुप बढाए । बेचबिखनविरुद्ध फेसबुकको भित्तोमा नारा लेखे । अमेरिकामा छरिएका नेपाली प्रचारका लागि सडकमा ओर्लिए । टिसर्ट, ब्रोसर बनाइए, नेपाली पढ्ने युनिभर्सिटीमा फिल्म देखाइयो, दौड, फेस पेन्ट गरिए । समय बित्दै गयो अनुराधा’bout सीएनएनले पनि अध्ययन गरिरहेको थियो । त्यही बेला उनी उत्कृष्ट २५ भित्र परिन् । त्यो नतिजाले उनीहरूसहित डायसपोराका विद्यार्थीको हौसला चुलियो । प्रचार टुटाएनन् । पाँच महिनापछि अर्थात् सेप्टेम्बर अन्तिमतिर सीएनएनको १३ सदस्यीय निर्णायक कमिटीले २५ मध्येबाट अनुराधालाई उत्कृष्ट दसमा तान्दै वर्ष हिरोका लागि आठ हप्ता आफ्नो साइटमार्फत अनलाइन भोट खुला गर्‍यो । त्यसपछिका दिनरात भोट बढाउन उनीहरू फेसबुकमै होमिए । अन्ततः २ हप्ताअघि सीएनएनले नतिजा सार्वजनिक गर्‍यो । झरेका करिब २० लाख मतमध्येबाट अनुराधाको भागमा ‘बढी परेको’ पत्रकार एन्डरसन कुपरले बताए । अनि अनुराधाले हात पारिन् १ लाख २५ हजार डलर र ट्रफी । ट्रफीमा निशाको नाम सिफारिसकर्ताका रूपमा लेखियो । त्यसपछि तीनै जनाको भोट माग्ने फेसबुकको भित्तो बधाईले भरियो । स्कुल पढ्दादेखि ट्रान्जिटमा भेटिएकाले नेपालीको सान बढाएकोमा बधाई लेखे ।

‘तिमीहरूले स्टेजमा राष्ट्रिय झन्डा फहराउँदा कति आनन्द आयो आयो, साध्यै छैन’ निशाको फेसबुक भित्तोमा लेखिएको छ, ‘तिमीहरूलाई साथी भन्न पाउनु सान र गौरभ भएको छ ।’ डालसमा रहेका सम्राट र सदीक्षाले जिताउने सबै नेपाली बधाईका पात्र रहेको टेलिफोनबाट सुनाए । ‘फेसबुकलाई धन्यवाद,’ यता अनुराधालाई भेट्न क्यालिफोर्निया पुगेकी निशा भन्दै थिइन्, त्यो नभइदिए हामी सीएनएनमा झन्डा फहराउन पाउने थिएनौं अनि अनुराधा दिदीले पनि… ! फोन काटियो ।

Advertisements
 
3 टिप्पणीहरु

Posted by on डिसेम्बर 3, 2010 in Uncategorized

 

3 responses to “सीएनएन पुर्‍याउने तीन हिरो

  1. BINOD NEUPANE

    डिसेम्बर 3, 2010 at 3:03 अपराह्न

    यो बुढो पुस्ता आफ्नो जेल जीवन सुनायेर मुन्द्रा कमाउनै बेस्त छ । युबा ले गर्ने हो अगी जाउ !!!

     
  2. mahesh

    डिसेम्बर 3, 2010 at 3:24 अपराह्न

    बधाई छ ती तिन नेपाली युबाहरु लाइ!सलाम

     
  3. Pradeep Shrestha

    डिसेम्बर 3, 2010 at 6:21 अपराह्न

    Thanks Nisha, Samrat and Sadikchha for your great collective efforts to introduce Anuradha Koirala as a CNN Hero,2010. I would like to advise all Nepali who are in abroad for do something best for the country and country man.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: