RSS

यिनै हुन् संसार हल्लाउने विकिलिक्सका सञ्चालक

05 डिस


काठमाडौ, – विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेकाछन् । तर महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल कहिल्यै गएनन् । अमेरिकी पत्रिका न्युयोर्करका अनुसार उनकी आमा छोराछोरीलाई स्कुल पठाउँदा उनीहरुमा अधिकारप्रति अस्वस्थ सम्मान सिर्जना होला भन्ने डर मान्थिन् । असान्जका आमा र बाबु डुलिरहने भएकाले निश्चित स्कुलमा शिक्षा सम्भव भएन । घरमै, पत्राचारमार्फत र पछि विश्वविद्यालयका शिक्षकसँग अनौपचारिक रुपमा पढेका र पढ्न भनेपछि हुरुक्कै हुने असान्जले सानैदेखि विज्ञान र कम्प्युटरमा रुचि देखाए । १६ वर्षको हुदाँ उनले सक्षम ह्याकरका रुपमा स्थापित गर्दै आफूलाई ‘मेन्ड्याक्स’ नाम दिए । लगत्तै असान्जले दुई अरु ह्याकरसँग ‘इन्टरनेसनल सवभर्सिभ’ समूहखडा गरे । कम्प्युटर प्रोग्राममा असाधारण क्षमताका असान्जलाई क्यानडेडी फोन कम्पनी नोर्टेलको अस्ट्रेलियास्थित कार्यालयको कम्प्युटर सञ्जालमा अनधिकृत छिरेको आरोपमा त्यतिबेलै मुद्दा चलाइएको थियो । उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामाथियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराध’bout सिक्दै थिए ।निश्चित काम नगरेका र १८ वर्षमै बिहे गरे पनि केही वर्षमै छुट्टएिका असान्जले पूर्वपत्नीबाट छोरामाथिको आधिकारकालागि लामो तर सफल कानुनी लडाइँ लड्नुपर्‍यो ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका थिए । साइट चलाउन उनलाई ज्ञात-अज्ञात थुप्रै मानिसले पैसा, समय र सीप सहयोग गरेका छन् । उनी आफूलाई कुनै जासुरी एजेन्सीहरुले फेला नपारुन् भन्नेमा अत्यन्त सजग छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 5, 2010 in Uncategorized

 

टिप्पणी छोड्नुहोस्