RSS

भारतीय कम्पनीको नेपालमा अत्याचारको यो नमुना , बजारबाट फिर्ता आएको रियल जुसमा नयाँ उत्पादन मिति टाँस्ने गरिएको भेटियो

21 डिस

नेपालस्थित भारतीय राजदूत राकेश सूदले केही महिनाअघि कूटनीतिक सीमा नाघेर जसरी यो उत्पादनको गुणस्तर बचाव गर्दै आमनेपाली सञ्चार माध्यमलाई गाली-गलौज गरी अनधिकृत वक्तव्यबाजी गरेका थिए, त्यो कूटनीतिक आवरणको व्यापारिक सौदाबाजीमात्र थियो भन्ने छर्लङ्ग भएको छ । अब उनी के भन्छन् ?

डाबर नेपालको रियल जुसमा विभिन्न अखाद्य पदार्थ मिसिएको र कीराहरू भेटिएको भन्दै यसअघि विभिन्न मिडियामा खबर आएका थिए । अहिले आयोगले स-प्रमाण डाबरका कर्तुत फेला पारेपछि जुसलगायत उसका उत्पादनहरू फेरि शंकाको घेरामा तानिएका छन् ।डाबरको कारखानामा बजारबाट फिर्ता जुसमा नयाँ उत्पादन मिति टाँस्ने गरिएको भेटिनुले यसमा कम्पनीको हेलच्याक्रयाई अथवा लापरबाहीमात्रै नभई यो नियोजित र नियतवश गर्ने गरिएको गडबडी भन्ने प्रस्टै देखिन्छ । उसको नियत नेपाली उपभोक्ताको स्वास्थ्यमाथिको गम्भीर खेलबाडमा मात्र सीमित छैन, यसमा भ्रष्टाचारको आपराधिक थप उद्देश्य पनि देखिन्छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन र बिक्री वितरण गर्दै आएको रियल जुसको गुणस्तरमाथि आमरूपमा प्रश्न उठिरहेका बेला यो जुस उत्पादनका क्रममा कम्पनीले गम्भीर त्रुटि गर्ने गरेको खुलासा भएको छ । कम्पनीले आउनै बाँकी मितिलाई उत्पादन मिति उल्लेख गर्दै जुस भरिरहेको र बजारबाट फिर्ता गएका जुसमा नयाँ उत्पादन मिति पुन ँलेबल’ लगाउँदै पुरानै उत्पादन बजारमा पठाउने गरेको प्रमाण भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेर प्रमाणसहित बारा, रामपुरस्थित डाबर नेपालको कारखानामा सिल लगाएको छ । आयोगको केन्द्रीय कार्यालयबाट अन्य सरकारी निकायसहित गएको टोलीले छापा मार्दा त्यहाँ गैरकानुनी र अनुत्तरदायी क्रियाकलाप भइरहेको भेटिएको थियो । डाबर नेपालको रियल जुसमा विभिन्न अखाद्य पदार्थ मिसिएको र कीराहरू भेटिएको भन्दै यसअघि विभिन्न मिडियामा खबर आएका थिए । अहिले आयोगले स-प्रमाण डाबरका कर्तुत फेला पारेपछि जुसलगायत उसका उत्पादनहरू फेरि शंकाको घेरामा तानिएका छन् ।
डाबरको कारखानामा बजारबाट फिर्ता जुसमा नयाँ उत्पादन मिति टाँस्ने गरिएको भेटिनुले यसमा कम्पनीको हेलच्याक्रयाई अथवा लापरबाहीमात्रै नभई यो नियोजित र नियतवश गर्ने गरिएको गडबडी भन्ने प्रस्टै देखिन्छ । उसको नियत नेपाली उपभोक्ताको स्वास्थ्यमाथिको गम्भीर खेलबाडमा मात्र सीमित छैन, यसमा भ्रष्टाचारको आपराधिक थप उद्देश्य पनि देखिन्छ । विभिन्न सञ्चार माध्यममा बारम्बार रियल जुसमा अखाद्य पदार्थ मिसिएको समाचार आइरहेको र उपभोक्ता हित संरक्षण मञ्चले उक्त उत्पादनको गुणस्तर नापजाँचको माग गर्दै मुद्दासमेत हालेको पृष्ठभूमिमा खुलासा भएको डाबरको उपभोक्ता र बजारविरुद्धको क्रियाकलाप दण्डनीय छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित सरकारी निकायले गुणस्तरमाथि प्रश्न उठेको जुसको तत्काल बिक्री वितरण रोक्न आदेश दिंदै आवश्यक छानबिन प्रक्रिया अघि बढाउन आवश्यक छ ।

डाबरको कम्पनीमा सिल लागेपछि यसका उत्पादनहरू मात्रै गुणस्तर नापजाँचको दायरामा आएका छैनन्, यसबीच यो विवादित उत्पादनका पक्षमा विज्ञापन गर्ने र छापाहरूमा आएको खबरको खण्डन गर्ने संस्था र व्यक्तिहरूसमेत प्रश्नको घेरामा तानिएका छन् । खासगरी नेपालस्थित भारतीय राजदूत राकेश सूदले केही महिनाअघि कूटनीतिक सीमा नाघेर जसरी यो उत्पादनको गुणस्तर बचाव गर्दै आमनेपाली सञ्चार माध्यमलाई गाली-गलौज गरी अनधिकृत वक्तव्यबाजी गरेका थिए, त्यो कूटनीतिक आवरणको व्यापारिक सौदाबाजीमात्र थियो भन्ने छर्लङ्ग भएको छ । अब उनी के भन्छन् ? नेपाली उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने उत्पादनमाथि विभिन्न प्रश्न उठिरहेका बेला बिनासोचविचार त्यसको विज्ञापनमा झुल्कने नेपाली ‘सेलिबि्रटी’ हरू के भन्छन् ? नेपालको यो प्रकरणले डाबरजस्तो प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीको अन्तर्राष्ट्रिय छविलाई मात्रै आघात् पारेको छैन, उपभोक्तासँग जोडिएको विषयमा संवेदनहीन हुँदै आँखा चिम्लिएर रकमी काम गर्नेहरूमाथि पनि गम्भीर नैतिक प्रश्न तेर्सिएको छ ।

नेपालमा १२ वर्षदेखि उपभोक्ता अधिकार कानुनी दायरामा छ । तथापि यसको कार्यान्वयनको पक्ष निकै फितलो हुने गरेको पाइन्छ । यो कानुनले मूलतः सार्वभौम उपभोक्ताको वकालत गरेको छ । उपभोक्ता आफंै सचेत हुनु जति आवश्यक छ, त्यसभन्दा बढी सेवा तथा वस्तु प्रदान गर्ने निकाय जिम्मेवार हुनुपर्छ । बजारमा उपभोक्ताको सम्मान हुुनुपर्छ भन्ने सैद्धान्तिक र कानुनी मान्यता भए पनि सरकारी संयन्त्रको प्रभावहीनता र नियमित नियमनको अभावका कारण यहाँका उपभोक्ताहरू पीडित छन् । सरकारी संयन्त्रहरूको भूमिका उपभोक्ता अधिकारलाई स्थापित र संस्थागत गर्न पर्याप्त हुन नसकेकै कारण यस किसिमका प्रकरण दोहोरिने गरेका छन् । त्यसकारण सरकार र उसको नियमनकारी निकाय अब संवेदनशील हुनु आवश्यक छ । सरकारले डाबरका उत्पादनहरूको विषयमा गम्भीर ढंगले छानबिन प्रक्रिया अघि बढाउनुपर्छ । त्यस्तै उपभोक्ताको हित तथा स्वास्थ्यलाई ध्यानमा राख्दै बजार र उत्पादनको नियमित अनुगमन र नियमन जारी राख्नुपर्छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 21, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )