RSS

अस्पतालको चरम लापरवाही , सुत्केरी गराउँदा शिशुको पेट काटियो/पोस्टमार्टममा शल्यक्रियाको घाउ

21 Dec

रविन थपलिया

नेपालका प्राय अस्पतालहरु सेवा भन्दा पैसा मुखि हुदै गएका कारण दिन प्रतिदिन मानिसहरुले अकालमा ज्यान गइरहेको छ । साथै अस्पतालकै चरम लापरवाहीका कारण कतिले अपाङ जिवन समेत विताउन वाध्य भइरहेका छन् । यो पंक्तिकार स्वयम विएण्ड वि अस्पतालको सेवा भन्दा पैसा मुखी भावनाको कारण आफनो सध्य गोडा काटनु परेको पिडा लिएर वस्न वाध्य छ । मानिसमा नैतिकता हराँउदै गएपछि वोल्नेले वोल्ने र लेख्ने ले लेखेरनै के अर्थ लाग्दो रहेछर । मेरो वारेमा धेरै ठाँउमा अवाज उठाए मिडीयाले पनि लेखे तर अस्पतालमाथी कुनै कारवाही भएन् । अरु वोल्ने मानिस कोहि भएनन् मात्र म एक्लो भए । तर आज मेरो पिडा भन्दा पनि एक जना अवोध वालकको अस्पतालको कारण ज्यान गुमाउनु परेको पिडा लेख्न गइरहेको छु । यति सम्मकी २६ हप्ता सम्म सकुसल रहेको वच्चा अप्रेसनको क्रममा डक्टरको लापरवाहीले भुडि काटींदा उनले आफनो आमाको अनुहार समेत देख्न पाएनन् । अप्रेसनको क्रममा ति वालकको भुडि चिरीएकाले वाहिर निकाल्दा उनको आन्द्र र भुडि सवै निस्कीएर मृत्यु भएको थियो ।
लौ पढौ ति अवोध वालकको ज्यान गुमेको काहानी ।
ओम अस्पतालमा अभिभावकद्वारा सुत्केरी गराउन आमाको शल्यक्रियामा बच्चाको पनि पेट काटिएपछि मृत्यु भएका शिशुको पोस्टमार्टममा बच्चाको शल्यक्रिया भएको घाउ देखिएको छ ।
हाल केही भन्न नसकिने उल्लेख गर्दै पोस्टमार्टममा संलग्न चिकित्सकहरूले उक्त बच्चाको के भएर शल्यक्रिया गरेको हो भन्ने अस्पतालको रेकर्डमा हेरेपछि मात्र भन्न सकिने जनाएका छन् । ‘शल्यक्रिया कक्षको रेकर्डमा सबै कुरा लेखेको हुन्छ, हामी आधिकारिक प्रमाण हेरेर मात्र केही भन्न सक्छौं,’ डा. हरिहर वस्तीले भने, ‘ती शिशु कुनै रोगको प्रभावमा यस्तो भएको कुराको लागि चिकित्सा साहित्य समेत हेर्नुपर्ने हुन्छ, अहिले केही भन्न मिल्दैन ।’
मृत शिशुका बुवा तेन्जिङ लामाले सोमबार पोस्टमार्टमपछि बच्चाको दाहसंस्कार गरेको बताए । ‘पोस्टमार्टमपछि अपरेसन गरेर मृत्यु भएको कुरा प्रमाणित भयो’ लामाले भने, ‘प्रहरीमा केस गरिसकेको छु, भोलि कानुनी उपचारका लागि सीडीओ कार्यालयमा निवेदन दिनेछु ।’ उनले यस्तो प्रकरणबाट अन्य व्यक्ति पीडित नहोस् भन्ने उद्देश्यले आफ्नो कानुनी लडाई जारी रहने बताए ।
ओम अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा अल्ट्रासाउन्डको रिपोर्ट अनुसार ३७ सातासम्म बच्चाको अवस्था साधारण देखिएको उल्लेख छ । अस्पतालले बच्चाको नाइटोको दाहिनेपट्टीको कमजोर भागबाट आन्द्रा बाहिर निस्किने रोग ‘ग्यास्ट्रो स्केसिस’ सधैं अल्ट्रासाउन्डबाट नदेख्न समेत सकिने जनाएको छ । एकपटक आमाको शल्यक्रिया भएकाले दोस्रोपटक समेत बिरामी पक्षको सल्लाहमै शल्यक्रिया गरी बच्चा निकाल्दा बच्चामा आन्द्रा निस्किने रोग देखिएको उल्लेख गर्दै अस्पतालले समयमै बच्चाका बुबालाई अवगत गराएको र देखाएको समेत जनाएको छ । अस्पतालले उपचारको सिलसिलामा बच्चाको बुवासँग सल्लाह गरी बच्चाको बाहिर निस्केको आन्द्रालाई भित्र यथास्थानमा राखेर टाँका समेत लगाएको बताएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 21, 2010 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: