RSS

जापानका नेपाली बिद्यार्थीलाई चुनाबी रन्को

26 Mar

सन्देश पोखरेल

२६ मार्च, नागोया । जापानमा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरुलाई यतिबेला चुनावी रन्कोले छोएको छ । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज जापान(नेसाज)को १३ औं कार्यसमिति चयनका लागि निवार्चनको तयारी भइरहेको छ ।

१२ औं कार्यसमितिमा होन्सु क्षेत्रबाट उपाध्यक्ष्य बन्नुभएका बिमल अधिकारी र क्युसु क्षेत्रबाट उपाध्यक्ष्य बन्नुभएका मदनकुमार पौडेल १३ औं कार्यसमितिको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रिएका छन् ।
आइची श्युकुतोकु बिश्वबिद्यालयबाट विद्यावारिधि गरिरहेका अधिकारी नेसाजको ३ कार्यकालमा विभिन्न पदमा रहेर काम गरिसकेको अनुभब सहित चुनाबी मैदानमा छन भने क्युसु बिश्वबिध्यालयबाट स्नाकोत्तर गर्दैगरेका पौडेल २ कार्यकालको अनुभब सहित चुनाबी दौडमा उत्रेका छन् ।
हाल जापानको विभिन्न क्षेत्रको भाषा बिद्यालयमा बिधार्थीको संख्यामा उलेख्य बृद्दी भएकोले भाषा बिद्यालय सकेपछि पर्ने समस्याका बारेमा उनिहरुसंग क्षेत्रगत रुपमा समन्वय गरि उचित परामर्श दिनु र नेसाजको दर्ता प्रक्रियालाई पुरा गर्नुलाई आफ्नो मुख्य चुनाबी एजेन्डा बनाएका अधिकारीले विभिन्न क्षेत्रमा रहेका नेसाजका सदस्य साथीहरुलाई अहिलेसम्म गरेको कामको मुल्याङकन गरि नयाँ नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।
अर्का प्रतिस्पर्धी पौडेल नेसाजलाई विकेन्द्रीकरणको सिद्दान्तमा रहेर जापानको सबै क्षेत्रमा नेसाजको सक्रिय उपस्थिति गराउनुनै आफ्नो मुख्य चुनाबी एजेन्डा भएको र बिगतमा पनि सोहीअनुसार काम गरेकोले सम्पूर्ण क्षेत्रका सदस्य साथीहरुलाई मतदान गरि सहयोग गर्न अपिल गरेका छन् । नेसाजका वर्तमान अध्यक्ष्य सरोज कंडेलले दुवै प्रतिस्पर्धी अध्यक्ष्यको एजेन्डालाई सुक्ष्म अध्ययन गरि सम्पूर्ण सदस्यलाई मतदान प्रक्रियामा भाग लिन अपिल गरेका छन् ।

नेसाजको अन्य पदहरुमा भने सर्वसम्मतरुपबाट पदाधिकारी चयन हुने भएको छ । अध्यक्ष्य पदका लागि २७ तारिक आइतवार बिहान ९ बजेबाट २८ तारिक सोमबार बेलुकी ५ बजेसम्म मतदान समय तोकिएको छ । नेसाजले इ-भोटिंग माध्यमबाट निर्वाचन प्रक्रिया गर्ने छ जुन इन्टरनेटको माध्यमबाट घरमा बसी बसी चाहेको व्यक्तिलाई मत दिन सकिने प्रक्रिया हो । यो मतदान प्रक्रिया graduate University for advance studies बाट विद्यावारिधि गरिसक्नुभएका कम्प्युटर इन्जिनियर डा. बेदप्रसाद काफ्लेले नेपाली इन्जिनियर्स एसोशियसन, जापानको कार्यसमिति चयन प्रक्रियाका बेला प्रयोगमा ल्याउनु भएको सफ्टवेयर हो ।
मतदान प्रक्रियाको बारेमा जानकारी दिदै डा.काफ्लेले यसको प्रयोगबाट मतदान गर्दा मतदाताले हालेको मतको गोपनियता र आफुले हालेको मतगणना भए/नभएको जानकारी लिन सकिने पारदर्शिता दुवै हुने भएकाले निर्वाचनमा धाँधलीको सम्भावना नरहेकाले यो सफ्टवेरलाइ प्रयोगमा ल्याइएको बताउनु भयो ।नेसाजले डा.काफ्लेकै संयोजकत्वमा डा.उज्ज्वल न्यौपाने र मधुसुधन कायस्थ सदस्य रहेको ३ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।

tokyonepal.com

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: