RSS

महाभुकम्प र सुनामी पिडीत बिद्यार्थीको उद्धारमा भएको ढिलाई प्रति नेपाली बिद्यार्थी समाज जापानको अपत्ती

27 Mar

जापानको महाभुकम्प र सुनामी पिडीत बिद्यार्थीको उद्धारमा नेपालका कन्सल्टेन्सीले बेवास्ता गरेको प्रति जापानमा रहेको नेपाली बिद्यार्थीहरुको सँगठन नेपाली बिद्यार्थी समाज जापान नेसाजले ध्यानाकर्षण भएको जनाएको छ । नेसाजले एउटा बिज्ञप्ती प्रकाशीत गदै बिशेष गरि सुनामी ग्रस्त क्षेत्र सेन्दाई र फुकुसिमाको जापानिज भाषा बिद्यालयमा अध्ययन गर्ने बिधार्थीहरुले यस्तो विपतको बेलामा पनि आफुहरुलाइ ल्याएको कन्सल्टेन्सीले बेवास्था गरि गैर जिम्मेवार भएको प्रति बिधार्थीहरुले असन्तुष्ट जनाइरहेको बेला नेसाजले आफ्नो ध्यनाकर्षण गरेको हो ्र
अध्यक्ष्य सरोज कंडेल द्वारा प्रकाशित उक्त बिज्ञप्तिमा भनिएको छ ( जुनसुकै मुलुकमा गएका नेपाली बिधार्थी हुन् या कामदार उनीहरुको रेखदेख प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सम्बन्धित कन्सल्टेन्सी तथा म्यान पावरहरुले लिइरहेका हुन्छन र कठिनाइ परेकोबेला भरसक उद्दार तथा सहयोग गरेको दृष्टान्तहरु प्रयाप्त छन् तर जापानमा आएको महा भूकम्प तथा सुनामीको मार खेपिरहेका बिधार्थिहरुप्रति सम्बन्धित कन्सल्टेन्सीले कुनै चासो नदेखाएको र गैर जिम्मेवार बनेको गुनासो आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ्र त्यसैले सम्बन्धित कन्सल्टेन्सीहरुलाई आफ्नो मुनाफा मात्र नहेरी आपतको बेलामा मानबिय सहयोग गरि ति बिधार्थिहरुको उद्दार तथा उनीहरुको उचित ब्यबस्थापनमा सहयोगी र जिम्मेवारी बनिदिन हार्दिक अनुरोध गर्दछ ्र
साथै नेपाली दुतावास टोक्यो बाट अन्यत्र सारिएको बिषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउदै बिज्ञप्तिमा भनिएको छ ( नेपाली राजदूताबाशले अस्थायी रुपमा ओसाका बाट कार्य सञ्चालन गर्दा नेपाली बिद्यार्थी संगठन जापान ९नेसाज० लाई कुनै अप्ठ्यरो नपरेको तर तत्काल दुतावासको ठेगाना र फोन नम्बर उपलब्ध गराउन गरेको अनुरोधलाई अन्यारूप बाट समाचार प्रकाशित भएकोमा आपति जनाउदै उक्त क्षेत्रमा बस्ने नेपाली बिद्यार्थी तथा अन्य समुदायलाइ दुतावास संग सम्पर्कमा रही सहकार्य गर्नु हुनेछ भन्ने मा बिश्वाश लिएका छौ

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: