RSS

सवारी दुर्घटना गराउने चालकलाई कैद सजायको फैसला

29 Mar


काठमाडौं, चैत १५ – दुई जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने चालक जयराम श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई पुनरावेदन अदालतले सदर गरेको छ। शुक्रबार पुनरावेदन अदालतका न्यायाधीशद्धय देवेन्द्र गोपाल श्रेष्ठ र इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको हो। स्वयम्भू यातायालको बा २ ख ५९३ नम्बरको बस दुर्घटना हुँदा फागुन २ गते चाबहिलमा थुप्रै घाईते हुनुको साथै रिता बस्याल र डम्बरकुमार नेपालीको ज्यान गएको थियो।
सवारी दुर्घटना गराउने चालकलाई क्षतिपूर्तिका आधारमा नभई कानुन अनुसार दण्ड जरिवाना गर्नुपर्छ भन्दै अदालतमा परेको मुद्दामा चालकलाई कैद सजायको फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ। सधै क्षतिपुर्तिकै आधारमा छुट्दै आएका चालकलाई पनि कानुनी बमोजिम सजाय हुनुपर्ने भन्दै मृतक रिताका पति शंकरले चालक श्रेष्ठबिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका थिए। उक्त मुद्दामा जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्न दिएको आदेश उल्टाइपाउँ भन्दै चालक श्रेष्ठले पुनरावेदन गर्न पाटन अदालतमा निवेदन दिएका थिए।
उता यातायात व्यवसायीले भने ब्रेक फेल भएका कारण घटना हुन गएको भन्दै त्यसमा चालकको दोष नभएको जिकिर गरेका छन्। सडक किनारमा उभिइरहेका यात्रुको ज्यान गएकोले त्यो बे्रक फेल नभई चालककै लापरवाही भएको दाबी पीडित पक्षले गर्दै आएका छन्। आफूभन्दा अघिल्लो बसलाई उछिनेर धेरै यात्रू आफ्नो बसमा चढाउने गलत मनसायले नियन्त्रण बाहिर गई चलाएकोले त्यसतो घटना भएको तर्क पीडित पक्षको रहेको छ। श्रेष्ठका पक्षले दुर्घटनावश घटना भएको भन्दै धरौटीमा छुट्न पुनरावेदनमा माग गरेका छन्। उक्त घटनामा सडक किनारमा उभिएका दुई ब्यक्तिलाई स्पीडमा आएको गाडीले लगार्दै ला”दा मृत्यू भएको थियो।
हालसम्म यसरी गाडी दुर्घटनाबाट मृत्यू हुँदा चालक धरौटी दिएकै भरमा छुट्ने चलन छ। चालकको त्यही मनसायले थुप्रै सर्वसाधारणको दुर्घटनाबाट मृत्यू हुने गरेको मृतक रिताका श्रीमान् शंकर बस्यालले दुखेसो पोखे। उनले भने,’मानिसको ज्यानै गएपनि कानुनी उपचार छैन भन्ने ड्राइभरको मनसायकोे सिकार मेरो आफ्नै श्रीमति भईन्।’
‘सबैलाई गल्ती गरे कानुन लाग्छ, चालकहरुले चाहिँ यात्रु धेरै बटुल्छु भन्ने गलत प्रतिस्पर्धा गरेर मानिसको ज्यानै लिए पनि सजाय हु”दैन,’ बस्यालले भने, ‘धरौटीमै छुटिहालिन्छ भन्ने ढुक्क भएर पनि सवारी दुर्घटना बढेको बढ्यै छ। चालकलाई पनि मुद्दा हेरी सजाय र जरिवाना दिनुपर्छ।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: