RSS

नेपाली बिद्यार्थी समाज जापान-नेसाज)को अध्यक्षमा विमल अधिकारी निर्वाचित

31 Mar

सन्देश पोखरेल
३० मार्च, नागोया । जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज जापानमा नयाँ नेतृत्व चयन भएको छ ।
नेसाजको १३ कार्यसमितिको अध्यक्षमा निर्वाचनमार्फत बिमल अधिकारी चुनिनुभएको छ भने अन्य पदमा सर्बसम्मत भएको छ । अधिकारी १२ औं कार्यसमितिमा होन्सु क्षेत्रबाट उपाध्यक्ष्यमा रहनुभएका अधिकारीले प्रतिद्धन्दी मदनकुमार पौडेललाई पराजित गर्नुभएको हो । आइतवार भएको निर्वाचनमा खसेको कुल मत ८५ मध्ये अधिकारीले ५६ र पौडेलले २९ मत पाउनुभएको थियो । आइतवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा सदस्यहरुले घरमै बसि बसि इ-भोटिङ सिष्टमबाट मतदान गरेका थिए ।
जापानका बिभिन्न चार क्षेत्रबाट एक एक जना उपाध्यक्ष चुनिने नियमअनुसार उपाध्यक्षहरुमा जीवकराज बज्राचार्य(होन्सु क्षेत्र) जष्टिन श्रेष्ठ(होक्काइदो क्षेत्र) युवराज पौडेल(शिकोकु क्षेत्र) र बद्री पौडेल(क्युसु क्षेत्र) चयन हुनुभएको छ ।
यस्तै सचिवमा कृष्णकुमार भेटुवाल, सहसचिवमा कुमार डल्लाकोटी र कोषाध्यक्षमा सन्देश पोखरेल चयन हुनुभएको छ ।सदस्यहरुमा पुष्करजंग थापा, रुपेश मास्के, देवेन्द्र न्यौपाने, अजय सिंह, केशव शर्मा र बिदुर ढुंगेल चयन भएका छन् ।
निर्वाचित अध्यक्ष बिमल अधिकारीलाई बधाई दिंदै अध्यक्षका प्रतिस्पर्धी मदनकुमार पौडेलले सवै क्षेत्रका नेपाली बिद्यार्थीहरुलाई सम्बोधन गरेर अघि बढ्न आग्रह गर्नुभयो ।नवनिर्वाचित अध्यक्ष अधिकारीले सवै साथीहरुको सल्लाह सुझावअनुसार आफ्नो कार्यकालको मार्गचित्र तयार पार्ने बताउनुभयो । जापानको होक्काइदोदेखि ओकिनावासम्मका साथीहरुलाई समेटेर अगाडी बढ्ने भन्दै अधिकारीले मतदान प्रकृयामा सहभागी हुने सवैलाई धन्यवाद दिनुभयो ।
यसैवीच नेसाजका निवर्तमान अध्यक्ष सरोज कँडेलले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिनुभएको छ । सो अबधिमा नेसाजको अलग पहिचान कायम गराउन सहयोग गर्नुहुने तथा चन्दादाताहरुप्रति पनि कँडेलले आभार प्रकट गर्नुभएको छ ।यस्तै इभोटिङ सिष्टम सुरु गरि १३ कार्यसमिति चयनमा सहयोग पुराउनुहुने निर्वाचिन समितिका संयोजक डा. बेदप्रसाद काफ्ले तथा सदस्यहरु डा. उज्जवल न्यौपाने र मधुसुदन कायस्थप्रति पनि कँडेलले आभार प्रकट गर्नुभएको छ ।
tokyo nepal

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: