RSS

३७ मानवतस्कर म्यानपावर ब्ल्याक लिस्टमा

28 मे

हरिराम भेटुवाल
बैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पार्ने ३ दर्जन म्यानपावर एजेन्सीलाई नेपाली दुतावासले कारवाही सिफारिस गरेको छ ।गत बर्ष २९ अगष्टदेखि हालसम्म नेपाली दुतावासले ३७ वटा म्यानपावर एजेन्सीलाई कारवाही गरेको जनाएको छ ।नेपाली कामदारहरुलाई एउटा कम्पनीको भिषा लगाएर अर्को कम्पनीको काममा पठाउने, तोकिएको तलव सुविधा नदिने, समयमा तलव नदिने कतारस्थित यस्ता स्थानिय कम्पनीहरुमा नेपाली कामदारहरुलाई पठाएर ठगि गर्ने, अलपत्रमा पार्ने नेपालस्थित विभिन्न म्यानपावर एजेन्सीहरुलाई नेपाली राजदूतावासले विभिन्न समयमा नेपाल सरकारका विभिन्न निकायमा कारवाहीको लागि सिफारिश गर्दै आएको छ ।
२९ अगष्ट २०१० मा एसओएस म्यानपावर सर्भिस प्राईभेट लिमिटेड र कारावान इम्प्लोइमेन्ट सर्भिस प्राइभेट लिमिटेड गरी २ वटा, ६ सेप्टेम्वर २०१० मा रिभाइभ नेपाल प्राइभेट लिमिटेड, सिद्धार्थ वुद्ध ओभरसिज प्राइभेट लिमिटेड, यति ओभरसिज प्राइभेट लिमिटेड, डायना ओभरसिज प्राइभेट लिमिटेड, बज्र हुम्यान रिसोर्स प्राइभेट लिमिटेड, फ्युचर इम्प्ल्योइमेन्ट सर्भिस प्राइभेट लिमिटेड, क्लासिक ओभरसिज सर्भिस प्राइभेट लिमिटेड, टिम फोर्स प्राइभेट लिमिटेड र पायोनियर ओभरसिज प्राइभेट लिमिटेड गरी ९ वटा, २० फेव्रुवरी २०११ मा गल्फ मनेजमेन्ट इन्टरनेशनल प्राइभेट लिमिटेड, आयुष इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड, अल जफर इन्टरनेशनल प्राइभेट लिमिटेड, अल दाहावीय ओभरसिज प्राइभेट लिमिटेड, अल अरव ओभरसिज प्राइभेट लिमिटेड र क्षितिज इन्टरनेशनल सर्भिस प्राइभेट लिमिटेड गरी ६ वटा, ७ मार्च २०११ मा एस भि एशोसियट्स प्राइभेट लिमिटेड, जव प्लेसमेन्ट सर्भिस प्राइभेट लिमिटेड, रेड रोज इन्टरनेशनल प्राइभेट लिमिटेड र ड्रिम्स अनलिमिटेड एण्ड कम्पनी प्राइभेट लिमिटेड गरी ४ वटा, १३ मार्च २०११ मा साउण्डलाइन्स रिक्रुटमेन्ट प्राइभेट लिमिटेड, इन्टरनेशनल ट्रेड लिंक नेपाल प्राइभेट लिमिटेड, रेम्वो ओभरसिज प्राइभेट लिमिटेड गरी ३ वटा, ९ मे २०११ मा क्रियटिभ प्लेसमेन्ट सर्भिस, आर।पी इन्टरनेशनल कन्सल्टेन्सी सर्भिस, कन्टिनेन्टल ह्युमान रिर्सोस, जव स्पट प्राइभेट लिमिटेड, विराड एशोसिटेस प्राइभेट लिमिटेड, पानडोरा इनकर्पोरेशन प्राइभेट लिमिटेड र मुनड्रप्स ओभरसिज प्राइभेट लिमिटेड गरी ७ वटा, १६ मे मा फोकस नेपाल ओभरसिज सर्भिसेज, अनमोल ओभरसिज, जव लिंक इन्टरनेशनल, जव सर्च प्राली र वर्क फोर्स सर्भिस प्राइभेट तथा १९, मेमा सप्तकोशी हयूमान रिर्सोस प्राइभेट लिमिटेडलाई कारवाही गरेको दुतावासको तथ्यांकमा जनाइएको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: