RSS

एक समाचारले तीन सय बालबालिकाको अध्ययन प्रभावित

01 अगस्ट

रन्जु दाहाल
काठमाडौं, श्रावण १५ – बन्दी सहायता नेपाल नामक संस्थामा संरक्षित बालिका र किशोरीहरुमाथि यौन दुर्व्यवहार हुने गरेको समाचार सार्वजनिक भएपछि त्यहाँ संरक्षित झण्डै तीन सय बालिका र किशोरीहरुको अध्ययन सँगै सामाजिक जीवनसमेत प्रभावित बन्न पुगेको छ ।
हालै सन्चारमाध्यमले सो संस्थाको संरक्षण छाडेर गएकी एक किशोरीलाई उद्यृत गर्दै सो संस्थामा सामूदायिक कार्यकर्ता पदमा कार्यरत सागर थापाले आफूलाई नियमित यौन शोषण गर्ने गरेको र अन्य बालिका र किशोरीको अवस्था पनि त्यस्तै भएको भनि समाचार आए पछि त्यहाँ आश्रय लिइरहेका तीन सय बालिका र किशोरीहरुलाई अहिले ‘विद्यालय र बजार जाँदा पनि यूवाहरुले राति आउँछौ तयार बस्नु’ जस्ता अश्लिल शब्द बोलेर यौन दुर्व्यवहार गर्ने गरेकोले विद्यालय जान पनि नसक्ने अवस्थामा पुगेका छन् ।

संस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सन्चालकदेखि संस्थामा आश्रय लिइरहेका किशोरीहरुले समेत संस्थामा यौनर्दुब्यवहार हुने गरेको आरोप निराधार, कपोकल्पित भएको र यसले आफूहरुका जीवनमा नकारात्मक असर पारेको गुनासो गरे ।

पत्रकार सम्मेलनमा सोही संस्थाको आश्रयमा बसिरहेकी आफूमाथि यौन शोषण भएको भनि आरोप लगाउने यूवतीकी बहिनी विमला केसीले आफ्नो दिदीको चरित्र नै ठिक नभएको भन्दै आरोपको खण्डन गरिन् । उनले गाँउकै एक जनासँग हिडेकी दिदी होष्टल फर्केर आएपछि यौनजन्य कुरा गर्न थालेको र त्यसपछि घरबाट दाजुहरु आएर फिर्ता लगेपछि नभएको यौनदुब्र्यवहारको आरोप लगाईन ।

कक्षा दशमा अध्ययनरत उनले दिदीकै कारण अहिले विद्यालयमा आफूलाई सहपाठीनै ‘राति आउँछु है’ जस्ता कुरा गरेर यौन दुुब्र्यवहार गर्ने गरेको विद्यालय पनि जान नसक्ने अवस्था आएको गुनासो गरिन्

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: