RSS

जुवाको खालमा चेक कारोबार

01 Aug

केदार नेपाल
काठमाडौं, साउन १५ – बैंकको चेकबुकै बोकेर जुवा खेल्न पार्टी प्यालेस पुगेका छजनालाई प्रहरीले ७४ हजार नगदसहित शनिबार पक्राउ गरेको छ। टेकुको भिभा ब्यान्क्वेट पार्टी प्यालेसमा पुगेको प्रहरीले उनीहरूको साथबाट ३ सयवटा क्वाइनका साथै छवटा बैंकको चेकसमेत बरामद गरेको छ।
आरोपीले जुवा हारेको रकम नगद नपुगे चेकबाट भुक्तान गर्न चेक बुक ल्याएको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।पक्राउ परेका अमृतलाल श्रेष्ठबाट इन्भेस्टमेन्ट बैंकको खाली चेक, अमितकृष्ण जोशीको काष्ठमाण्डप डेभलपमेन्ट बैंकको खाली चेक र राजु शाक्यबाट आफ्नै नाममा एक लाख ५० हजार रकम भरिएको नबिल बैंकको चेक बरामद भएको छ।

प्रहरीका अनुसार राजु शाक्यकै नाममा आइसिएफसी फाइनान्सको नामको खाली चेक, सञ्जय प्रधानको नामको काष्ठमण्डपकै र त्वाःदेवा बचत तथा ऋण सहकारी संस्थाको सुनिल शाक्यका नाममा रहेको चेक बुक बरामद गरिएको छ।

प्रहरीले जुवा अखडाहरूमा छापा मार्दा क्वाइन र नगद बरामद गरे पनि चेक नै बरामद गरेको भने यो पहिलोपटक हो। ठूलो परिमाणको नगद बोक्दा जोखिम बढी हुने भएकाले उनीहरूले चेकमा कारोबार गर्ने गरेको प्रहरी अनुमान छ।

प्रहरीका अनुसार पार्टी प्यालेसमा अवैध जुवा खाल सञ्चालन हुने गरेको जानकारीका आधारमा शनिबार मध्याह्न साढे ३ बजे प्रहरी पुग्दा पाँचजना जुवा खेलिरहेका अवस्थामा फेला परेपछि प्रहरीले खालमा रहेका पाँचजनासहित पार्टी प्यालेसका सञ्चालक मणिराज कर्णिकारलाई समेत पक्राउ गरेको छ।

जुवा खालबाट बरामद भएको क्वाइन ५ सयदेखि एक सयसम्मका रहेका छन्। ‘नगद सकिएपछि चेक काटेर दिने गरेको देखियो,’ काठमाडौं परिसरका एसपी केदार रिजालले भने, ‘उनीहरूले जुवाका लागि क्यासिनोकै स्तरको क्वाइन निर्माण गरेको देखियो।’

प्रहरीका अनुसार पार्टी प्यालेस सञ्चालकले निश्चित प्रतिशत लिएर जुवा खेल्नेलाई अखडा उपलब्ध गराउँदै आएका थिए। सो प्यालेसमा ६ महिनादेखि अवैध जुवा खेलाउने गरेको प्रहरीको दाबी छ।

क्यासिनोमा नेपाली प्रवेशमा कडाइ भएपछि घरेलु जुवा अखडा बढेको एसपी रिजालले बताए। क्यासिनोमा पक्राउ परेका नेपालीलाई कारबाही गर्ने भएपछि क्यासिनो जाने तल बसेकाहरूले व्यक्तिगत घरमा अखडा सञ्चालन गर्ने गरेको अप्रेसनका क्रममा पक्राउ अभियुक्तहरूबाट खुलेको रिजालले बताए।

रिजालका अनुसार असारमा मात्र प्रहरीले काठमाडौंको ३० स्थानमा सञ्चालित जुवा अखडामा छापा मारेर एक सय २० भन्दा बढीलाई पक्राउ गरिसकेको छ। ‘अहिलेसम्म जुवा अखडाबाट १३ लाख नगद फेला परिसकेको छ,’ रिजालले भने, ‘प्रहरीले छापामार्ने क्रम बढाए पनि जुवा अखडा घटेका छैनन्।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: