RSS

तीन पुस्ते परिवारमा ४० जनाको एउटै भान्छा

01 Aug

निसा कंडेल

काठमाडौ, श्रावण १५ – गुलरिया- संयुक्त परिवारमा बस्ने चलन हराउँदै गएका बेला बर्दियामा भने ४० जनाको एउटै परिवार पुस्तौदेखि सगोलमै बस्दै आएको छ ।गुलरिया नगरपालिका ५ बेचैपुरका ७० वर्षे होलिराम थारूको परिवार चार पुस्तादेखि सँगै बस्दै आएको हो । उनीहरूको एकार्कामा मिल्न सक्ने खुबी देखेर गाउँले पनि छक्क पर्छन् । घरमा झगडा भए पनि सबै परिवार मिलेर तत्कालै समाधान गर्छन् ।

यो परिवारमा होलिरामपट्टीका चार छोरा, तीन बुहारी र पाँच नाति छन् । उनका चार छोरी भने बिहे गरेर श्रीमानको घरमा गइसकेका छन् । होलिरामकी श्रीमती तीन वर्षअघि बितिसकेकी छन् । उनका दुई भाइ कांग्रेस र जांग्रेसपट्टीका परिवार पनि सँगै बस्छन् । भाइ कांग्रेसका श्रीमतीलगायत तीन छोरा, दुई बुहारी, दुई नाति र दुई छोरी, तीन नाति र एक नातिनी छन् भने जांग्रेसका पनि श्रीमती, दुई छोरा, एक बुहारी, तीन छोरी, एक नाति र एक नातिनी छन् ।

थारूका छोरा सीतारामले परिवार ठूलो भए पनि एउटै भान्सामा साँझ र बिहान गरी दिनमा ३० किलो बढी चामल पाक्ने गरेको बताए । तर पाहुुना आउँदा सहायक भान्सा प्रयोग

गरिन्छ । उनले घरपरिवारका थुप्रै इष्टमित्र भएकाले जसका पाहुुना आउँछन्, उसकै भान्सा प्रयोग हुने बताए । पाहुुनाका लागि सहायक भान्सामा माछामासु पकाउँदा घरमा सरसल्लाह हुने गर्छ ।

खान पकाउन दुई महिनामा पालो पालो बुहारीले सघाउने गर्छन् । भाइ बुहारी सुन्दरीयाका अनुसार ठूलो परिवार भएकाले खाना पकाउन एकै पटक चार घन्टा लाग्छ । सुत्नका लागि उनीहरूका तीन घर छन् ।

घरमुली थारूका अनुसार प्रायःजसो एक/दुई जना पाहुुना नआएको दिनै हुँदैन । परिवारमा मासु खान चाड पर्व कुर्नुपर्ने हुन्छ । परिवार ठूलो भएका कारण ५/१० किलो मासुले पुग्दैन । ‘करिब २५ किलो मासु एक छाकमा चाहिन्छ,’ होलिरामका माइला भाइका छोरा कालीरामले भने । खसीको भन्दा बंगुर त्यसपछि कुखुराको मासु मन पराउने धेरै सदस्य छन् ।
परिवारको मुख्य आम्दानीको स्रोत भनेकै खेतीपाती हो । थारूको जम्मा ६ विघा जग्गा छ । ६ विघा जग्गाले वर्ष दिन पनि खान नपुगेकाले अरूको जग्गा बटैया गरेको उनले बताए । थारूका परिवारमा कोही पनि जागिरे छैनन् । घरमा राखेको पसलबाट केही घर खर्च टर्ने गरेको उनीहरू बताउँछन् । वर्षमा एक पटक सबैका लागि कपडा खरिद गर्छन् । त्यसरी खरिद गर्दा करिब ६० हजार रुपैयाँ खर्च हुने उनीहरूको दाबी छ । पुरानो पुस्ताले लेखपढ नगरे पनि नयाँ पुस्ताका झन्डै दुई दर्जन बालबालिका पढ्न जाने गरेका छन् । ‘केटाकेटी बढी भएकाले साँझ सबैलाई एकै ठाउँमा राखेर गन्नुपर्छ’, होलिरामकी आफ्नै बुहारी सुष्माले भनिन् । गत फागुनमा जिल्लाको गोला गाविसबाट विवाह गरी आएकी उनी कक्ष्ाा १२ मा पढ्छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: