RSS

कथा भित्रको वास्तवित्ता . यस्तो भ्रममा नपरौ………………।

07 Sep

रबिन प्रसाद थपलिया

एक जना युबक आफनो परिबारको राम्रो उन्नती र प्रगतीको लागि भन्दै हत्या हिँसा, जे गर्न पनि पछि नपर्ने रहेछन् । जहिले पनि आफनो परिबारको खुसी, श्रीमतीको इच्छा र बालबच्चाको भबिश्यको लागि भन्दै हजारौको मन रुवाएर एउटा परिबारको खुसीको लागि गल्ली गल्लीमा बसेर लुटपाट गर्ने, मानिस अपहरण गर्ने र फिरौती रकम माग्ने जस्ता गलत काम गर्ने गर्दा रहेछन ।

एक दिन उनको भेट बिद्धानसँग हुन पुगेछ । बिद्धानले नियमीत आफनोमा आउन सल्लाह दिएछन् जुन सल्लाहले तिमी र तिम्रो परिबारको खुसी हुने छ भनेछन् । तव उ ति सारा कुरा छाडेर बिद्धानको घरमा धाउन थालेछन् । बिद्धानलाई ति युवकले सारा राम्रो नराम्रो कुरा आफुले परिबार र परिवारको खुसीको लागि गरेको भनेछन् । उनी दिन, रात, हप्ता हुदै महिनै दिन सम्म बिद्धानकोमा जाने गर्न थाले । बिद्धानका सबैकुरा बडो उत्सुकताको साथ सुन्दा रहेछन् अनि टाउको हल्लाई हल्लाई सर्मथन जनाउने रहेछन् । तर बिद्धानको त्यो एउटा कुरा उनलाई कहिले पनि मन पर्ने रहेनछ त्यो के कुरा भने यो दुनियाँ स्वार्थी छ, सबै स्वार्थका लागिनै केहिन केहि गरीरहेका छन् ।
घर, परिबार, नातेदार सवै स्वार्थीछन् त्यसैले हामीले अरुको लागि भन्दा पनि आफनै लागी केहि गर्नुपर्दछ । उनी सधै बिद्धानकोमा जाने गर्दथे तर बिद्धानको त्यो कुरा उनलाई पटक्कै मन पर्ने रहेनछ तर पनि उनले केहि भन्न सकीरहेका रहेनछन् । एक दिन बडो हिम्मतका साथ उनले आफनो कुरा बिद्धानसामु राखेछन् । हे गुरुजी म हजुरको सबै कुरामा सहमत छु तर हजुरले भनेको त्यो एउटा कुरामा म कहिले पनि सहमत हुन सकिन् भनेछन । त्यो के कुरा भने घर परिबार र आफन्ताहरुनै स्वार्थी हुन भन्नेकुरा मलाई पटक्कै मन परेन । किन भने म दिनभरी काम गरेर र्फकन्छु आँदा ढिलो भयो भने श्रीमतीले खाना नखाई मलाई कुरीरहेको हुन्छीन् , बिहान पनि म उठनु भन्दा पहिलानै उठेर घरको काम सवै गर्ने गर्दछीन ओछ्यानमानै चिया ल्याइपुर्याँउछीन् । मेरो बाबा आमा पनि केहि सन्चो भएन भने के भयो बाबु भनेर सधै चिन्तीत हुन्छन् । नातादारहरु पनि मेरो सफलता देखि ज्यादै खुसी हुन्छन् । मेरो काममा सबैले सहयोग गर्ने गर्दछन् तर मेरो यस्तो परिबारमा कसरी परिबार तथा आफन्तहरु स्वार्थी भए गुरु सधै मेरै चिन्ता गर्छन केहि सानो चोट लाग्यो भने सबै दुखी हुन्छन ।
ति युबकको कुरा सुनेर झटपट ति गुरुले सुनाए बाबु साँच्चै हो त त्यो कुरा म तिमीलाई प्रमाणीतनै गरेर देखाइदिन्छु लौ आउ भनेर उनले ति युवकलाई एउटा आइडीया सिकाइदिएछन् ।
गुरुको सिकायत अनुसार उनि घर गए । ढिलो पुगेकाले उनको श्रीमतीले खाना नखाई बसीरहेको रहीछन् । ति युवक गएर सोफामा पल्टीए गुरुले सिकाए जस्तै गरेर उनी पल्टीए । श्रीमतीले खान बोलाइन तर उनि उठेनन श्रीमानलाई हेर्दा इन्तु चिन्तु । सासु, ससुरा सबैलाई बोलाइन । सवैको रुवाबासी भयो छातीमा छामे स्वास छैन सबै छातीपिटी पिटी रुन थालेछन् । मेरो प्राण मलाई आज छाडेर जानुभयो अव म को भनेर बाँच्ने ? भन्दै श्रीमती अलाप बिलाप गदै रुन लागिन । बुढा बुढी यो उमेरमा हामीजानु पर्ने छोरो गयो भन्दै रुन थाले । त्यतीकैमा ति गुरु त्यहाँ पुगे । सबैको रुवाबासी थियो के भयो भन्दा सबैले घटनाको बारेमा बताए । त्यसपछि बिद्धानले युवकलाई हेरेछन् र भनेछन म यि युवकलाई बचाउन सक्छु तर त्यसको लागि एउटा सर्त छ भनेछन् । उ बाँच्छ भने हामी जे सुकै पनि मान्न तयार छौ भनेर सबैले भनेछन् । तब बिद्धानले भनेछन उसलाई म बचाँउछु तर उसको बदलामा तपाँइहरु मध्य कोहि मर्नुपर्ने हुन्छ् उसलाई बचाउनको लागि कस्ले आफनो ज्यान दिन सक्नु हुन्छ भनेर बिद्धानले सोधेछन् । सबै मुखामुख गर्न थालेछन् । कसैले पनि म मर्न तयार छु भन्न सकेनछन् । बुढीले भनिछन् म मरि भने मेरो बुडाको स्याहार सुसार गर्ने कोहि हुदैनन घरको हेरबिचार गर्ने कोहि हुदैनन म त मर्दीन भनेर पन्छीछन् । बुढाले भनेछन् मेरो यो अवस्था छ फेरी छोरो पनि मर्यो बुहारी अल्लारे बल्लारे छे उसलाई घर व्यवहार पनि थाहा छैन् म मरे भने त मेरो श्रीमती, बुहारी र परिबारकै बिजोग हुन्छ भनेछन् । सासु ससुराको कुरा सुनेपछि युवककी श्रीमतीले भनिछन म मरे भने यी लाला बाला छोराछोरीहरुको बिजोग हुन्छ् । म मरे र उहाँ बाँच्नु भयो भने उहाँले यि बच्चाको हेरचाह गर्न सक्नु हुन्न म मेरो मलाई उहाँले असाध्यै माँया गर्नुहुन्छ त्यसैले मेरो मृत्युको पिडामा उहाँले खप्न सक्नु हुन्न । जम्मा भएका उनका नातेदार कोहि मर्नेवाला नभएपछि ति युबक अचानक उठन पुगे । त्यहाँ भएका सबै मानिस अचम्ममा पर्न गए । त्यस पछि ति युवकले बिद्धानका कुरामा सहमत जनाए । र त्यसै दिन देखि अरुको खुसीको लागि भन्दै नराम्रो काम गर्न छाडने प्रतिबद्धता व्यक्त गरे र उनी त्यहाँबाट निस्कीए ।
त्यसैले यो दुनियाँमा जोडीने नाता भनेको स्वार्थको बन्धन मात्र हो । केहि हैनन् आफना । यहि माँयाको बन्धन र मोहमा फसेर मानिसले धेरै नराम्रा कामहरु गरीरहेका छन् । कसैको माँयामा लगेर आफुलाई बबाद पारीरहेका छन् । अरुको लागि भनेरनै आफुलाई बर्बाद पारीरहेका छन् । आफनो अमुल्य ज्यान आफैले फालीरहेका पनि छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 7, 2011 in Uncategorized

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: