RSS

राष्ट्रबैकमा अपांङको पाँच प्रतिसत आरक्षण व्यवस्था, निर्णयको अपांङता सम्बन्धी संस्थाहरुद्धारा स्वागत

10 Nov

अग्निबाँण समाचारदात,
२३, कार्तीक
राष्ट्र बैकले आज निकालेको बिज्ञापनमा पहिलो पटक अपांगता भएका व्यक्तिहरुलाई आरक्षणको व्यवस्था गरेको छ । यस अघि बैकले आवश्यकता सम्बन्धी बिज्ञापनमा अपांगता भएकाहरुलाई आरक्षणको व्यवस्था गर्ने गरेको थिएन् । राष्ट्र बैकको इतिहाँसमानै पहिलो पल्ट अपांगलाई आरक्षणको व्यवस्था भएको हो । यस अघि दलित, जनजाती, मधेशी, महिलाहरुको लागि मात्र बैकले आरक्षणको व्यवस्था गदै आएको थियो ।
बैकले आज गोरखापत्रमा बिज्ञापन प्रकाशन गदै यस अघि गरेको बिज्ञापनमा संसोधन गदै अपांगको लागि १ कोटा थप गरेर नयाँ बिज्ञापन प्रकाशन गरेको छ । यस अघि बैकले असोज १८ गते बिभिन्न दैनिक पत्रिकाहरुमा प्रशासन सेवा तर्फ अधिकृति तृतिय श्रेष्णीको लागि बिज्ञापन प्रकाशन गरी आवेदन मागेको थियो । आवेदनमा महिला, जनजाती, दलित र मधेशीलाई आरक्षणको व्यवस्था गरे पनि अपांग र पिछडा बर्गाको आरक्षण व्यवस्था भने गरेको थिएन् ।
बैकको नियमावलीमा बिज्ञापन प्रकाशन गर्दा आरक्षणको व्यवस्था गरेको भएपनि बैकले सो नियमको उल्लंघन गदै अपांगता भएकाहरुलाई रोजगारीबाट बञ्चीत गराँउदै आएको थियो । अपांगता भएका पत्रकारहरुको सञ्जाल अपाङ्गता सञ्चार मञ्च, नेपाल ९म्क्ष्क्ब्द्यक्ष्ीत्थ् ःभ्म्क्ष्ब् ँइच्ग्ः ल्भ्एब्ी० का महासचिब रबिन थपलियाले प्रधानमन्त्रीको कार्यालय तथा राष्ट्र बैकको जनशक्ति व्यवस्थापन बिभागमा दबाद दिएपछि बैकले सो व्यवस्था गरेको हो । बैकको जनशक्ति व्यवस्थापन बिभागका झलक शर्मा अर्यालले अपंगता भएकाहरुको आरक्षण नभएको बिषयमा दबाब आएकोले उहाँकै निर्देशनमा अपांगको निम्ती एउटा कोटाको व्यवस्था गरीएको बताउनु भयो ।
बैकले निकालेको आज पुन प्रकाशन गरेको आवश्यकता सम्बन्धी बिज्ञापनमा असोज १७ गते प्रकाशीत सुचना अनुसार पुर्ति गरिने अधिकृत तृतीय पदसंख्या १९ मा १ पद थप गरी नियम अनुसार समावेशी समुह तर्फ बाँडफाँड गर्दा निम्नानुसार हुने गरी पदपुर्ति गरिने भएको हुदा सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशीत गदैछौ भन्ने उल्लेख गरेको छ । यस अघि १९ जनाको पद रहेकोमा समाबेशीताको आधारमा दलित २, मधेशी २, आदीवासी २, महिला ३ र खुल्ला १० गरी १९ जना कर्मचारी माग गरेको थियो ।

दवाव पछि बैकले आज संसोधन गरी निकालेको बिज्ञापन । जहाँ अपांङको निम्ती १ वटा कोटा थपिएको छ । यस अघि प्रकाशन गरेको बिज्ञापनमा १९ जनाको आवश्यकता रहेको भन्दै बिज्ञापन गरीएको थियो ।

बैकको नियमावलीमा के छ ?
नेपाल राष्ट्रबैकको कर्मचारी नियमावलीमा कर्मचारी आवश्यकता सम्बन्धी दफा १६ को उपदफा ४ मा यस्तो उल्लेख गरिएको छ । बैक सेवालाई समाबेसी वनाउनको लागि खुल्ला प्रतियोगिताद्धारा पुर्ती हुने पदहरु मध्य ४५ प्रतिसत पदहरु छुट्याएर सो प्रतिसतलाई सत प्रतिशत मानी देहाएका बमोजीमका उमेदवारहरु बिच मात्र छुट्टा छुटै प्रतिस्पर्धा गरी पदपुर्ती गरीने छ ।
महिला ३३ ,आदिवासी, जनजाती २७,मधेशी २२, दलित ९, अपांग ५ ,पिछडावर्ग ४ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । तर बैकले यस अघि निकालेको बिज्ञापनका अपांग र पिछडाबर्गको एक वटा कोटा पनि व्यवस्था गरेको थिएन् ।

बैकले यस अघि बिभिन्न पत्रपत्रिकामा प्रकाशन गरेको बिज्ञापन । हेरौ त यो बिज्ञापनमा कहि कतै अपांङको निम्ती आरक्षणको व्यवस्था गरेको छैन् ।

यसै बिच राष्ट्र बैकले अपांगता भएकाहरुको निम्ती आरक्षणको व्यवस्था गरेको प्रति अपांगता भएका पत्रकारहरुको सञ्जाल अपाङ्गता सञ्चार मञ्च, नेपाल आज एउटा बिज्ञप्ती निकाल्दै बैकको निर्णयको स्वागत गरेको छ । मञ्चका अध्यक्ष गजेन्द्र बुडाथोकीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ नेपाल राष्ट्र बैंककै समेत भौतिक पूर्वाधार अपाङ्गतामैत्री नभएको तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं । नेपालभर सञ्चालित सबै बैंक तथा वित्तीय संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच बढाउनका लागि अनिवार्य रूपमा कम्तिमा एउटा काउन्टर अनिवार्य व्हीलचेयरमैत्री बनाउन, अपाङ्गता भएका व्यक्तिहरूका लागि छिटो सेवा उपलब्ध गराउने व्यवस्था गर्न, अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वरोजगार अभिवृद्धि गर्ने ऋण र अन्य वित्तीय सेवा प्रदान गर्न, राष्ट्र बैंकबाट निष्कासित हुने सबै दरका नोटहरूमा ब्रेल संकेत राख्नका लागि आवश्यक व्यवस्था गर्न पनि हामी माग गर्न चाहन्छौं ।
त्यस्तै राष्ट्रिय लोकतान्त्रीक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठले ढिलै भएपनि बैकको निर्णयले समग्र अपंगता क्षेत्रको सम्मान गरेको बताउनु भयो । उहाँले राष्ट्रबैकले जस्तै अन्य बैकहरुले पनि आरक्षणको व्यवस्था गरेर समग्र अपांगता क्षेत्रको सम्मान गर्न आग्रह गर्नुभयो ।

 
१ टिप्पणी

Posted by on नोभेम्बर 10, 2011 in Uncategorized

 

One response to “राष्ट्रबैकमा अपांङको पाँच प्रतिसत आरक्षण व्यवस्था, निर्णयको अपांङता सम्बन्धी संस्थाहरुद्धारा स्वागत

  1. विष्णु प्रसाद गौतम

    मे 14, 2012 at 5:04 बिहान

    सर्व शिक्षा मातृभाषामा नहुनु सुक्ष्म गतिमा दास हुनु हो |

    मातृभाषाको सम्मान राष्ट्रको सम्मान |

    माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा |

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: