RSS

सरकारी निर्लज्जताको पराकाष्ट ,जिवन धान्नकै निम्ती अपाङ्ग महिलाहरु यौन पेसामा

02 डिस


रबिन प्रसाद थपलिया

जिवन धान्नकै निम्ती सवलाङ्ग महिलाहरुले यौन पेशा गरेको समाचारहरु हाम्रा निम्ती सामान्य भइसक्यो तर जस्लाई भाग्यलेनै ठगेर अपाङ्ग बनाइदियो उनिहरुनै पेट पाल्नको निम्ती यौनपेशा अंगालीरहेका छन भन्दा कस्को मनमा पिडा हुन्न र ?
राजधानी काठमाण्डौ लगायतका केहि सहरी क्षेत्रमा रहेका अपाङ्ग दिदी बहिनीहरुले बाँच्नकै निम्ती देहव्यापार गरीरहेको दुखद तर अत्यन्त मार्मीक रहस्य अग्निबाँणले सार्वजनीक गदैछ ।
काठमाण्डौ, पोखरा, धरान, बिराटनगर जस्ता मुख्य सहरमा बस्ने अपाङ्ग दिदीवहिनीहरुले बिशेष गरि यस्तो पेसा अंगालेका रहेछन् । अपाङ्गता भएकै कारण सहज रुपमा रोजगारी नपाउने भएकाले बाध्यता बस यस्तो घृणीत कार्य गर्न परीरहेको उनिहरुको गुनासो छ ।
काठमाण्डौको बत्तीसपुतलीमा बस्दै आएकी सिता (नाम परीवर्तन) शारीरीक रुपमा अपाङ्ग छिन् । उनको ३ वटा बच्चा छन् । श्रीमान तिन बर्ष अगाडी सवारी दुर्घटना पछि निधन भएछ् । कमाउने श्रीमानको निधन भएपछी बालबच्चाको शिक्षा त के खान र कोठाभाडा समेत तिर्न नसके पछि आफुले बाध्यता बस यो पेशा अंगाल्न पुगेको उनले बताइन् ।
यौन पेशा अंगाले पछि भने उनले तिन सन्तानलाई सरकारी स्कुलमा पढाँउदै आएकी छन् । कोठाभाडा समेत सजिलै तिर्न सक्ने र साथीभाइको अगाडी पनि आफु कुनै कमी नभएको महसुस गरेको सिताको दावी छ ।
सिताले भनिन श्रीमानको निधन भएपछि मैले भुइ पुस्ने तथा पिएन सम्मको काम पाउनको लागि धेरै ठाँउमा धाँए मलाई कसैले रोजगारी दिएनन र बाध्यता वस यो पेशा अंगालेको हुं । उनि भन्छीन यो पेशालाई घृणीत पेशा ठान्नु भएन म जस्ता अपाङ्गता भएर केहि गर्न नसकेकाहरुको लागि यो बाँच्ने आधार बनेको छ ।
आफु र आफनो बच्चको बाँच्ने किसीमको आधार भएमा भोलीनै यो पेशा छाडने सिताको दावी छ । म के गरौ सर आत्महत्या गरौ भने यि साना बच्चको कस्ले हेरचाह गर्दछ ? म बाध्यताले यो पेशा अंगाल्न बाध्य भए ।
अपाङ्गको नाममा नेपालमा सञ्चालीत एनजीओहरु मात्र हुन हाम्रा निम्ती उनिहरुले केहि गदैनन् सिता थप्छीन म अपाङ्ग महासंघ देखि केहि एनजिओ सम्म पुगें रोजगारीको लागि पहल गरिदिनु पर्यो, मेरो बच्चा भोक भोकै मर्न लागे भनेर तर मेरो कुरा कसैले सुनेन । यौन धन्दा गलत काम हो मलाई थाहा छ तर बाँच्नकै निम्ती मैले अरु केहि गर्न नसक्ने भएर यस्तो काम गदै आएको हुं ।
अपाङ्गता भएकाले कसरी ग्राहक खोज्नु हुन्छ त भन्ने हाम्रो प्रश्नमा सिता भन्छीन् बिभिन्न रेडियोहरुमार्फत प्रसारण हुने कार्यक्रमबाट साथीहरु बनाउने र त्यसै मार्फत भेटहुनेहरु संग संगत गरेर यो व्यवसाय गदै आएकी छु । त्यस्तै उनकी एक मिल्ने साथी मनु मार्फत पनि बेला बेलामा ग्राहकहरु आउने गरेका रहेछन् । पहिलो पटक आउने ग्राहकहरु अपाङ्गता देख्दा मन खुम्चाउने गरेको भएपनि पछि पछि भने त्यस्तो व्यवहार नदेखाउने सिताको भनाइछ ।
सिताकै मार्फत धरानबाट टेलिफोन सम्पर्कमा आएकी आर्की सदिक्षा नामकी अपाङ्ग महिलाले पनि आफुले दुई बर्ष देखि यो पेशा अंगाल्दै आएको बताइन् । पोलीयोका कारण श्रम गर्न नसक्ने भएकाले आफुले यो पेशा अंगाल्नु परेको बताइन् । राज्यले अपाङ्गको लागि दिने भत्ता पाउन समेत कठिन भएको उल्लेख गदै सदिक्षाले भनिन् हामीलाई राज्यले पनि नहेर्ने र परिवारले पनि उपेक्षा गर्ने हो भने हामी कसरी बाँच्ने ?
श्रम गर्न नसक्ने भएपछि परिवारबाट बारम्बार मानसीक तनाब खेप्नु परेकाले आफुले परिवारनै छाडेर लामो समय देखि धरानमा बस्दै आएको सदिक्षाले बताइन् ।
सिता र सदिक्षाका अनुसार नेपालका शहरी क्षेत्रमा धेरै अपाङ्ग दिदीवहिनीहरु बाँच्नकै निम्ती यो पेशा अंगाली रहेका छन् । राज्यले हामीलाई न रोजगारी दिन्छ न त परिवारहरुबाट राम्रो व्यवहार नै त्यसैले बाँच्नको निम्ती हाम्रो यो बाध्यता हो उनीहरुको कथन थियो ।
एउटी अपाङ्ग नारी बाँच्नकै निम्ती वेश्याबृत्ती जस्तो घृणीत कार्य गर्न बाध्य हुन्छे भने यो देशमा सरकारको के अस्थीत्व छ । हात गोडा सध्यहुनेहरुले तथा राजनैतिक पहुचको आधारमा राज्यमा रोजगारीको अवसर पाइने हो भने के अपाङ्गता भएका मानिसहरुले नबाँचे पनि भयो यो देशमा ? हाम्रो प्रश्न राज्यका जिम्मेवार निकाय तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई छ । विश्वका धेरै देशमा अपाङ्गता भएकाहरुको लागि राज्यले सेवा सुबिधा दिएको छ तर नेपाल सरकारले पुर्ण अपाङ्गता भएकाहरुलाई दिएको भत्ता समेत सवैले पाउन सकीरहेका छैनन् । पाँच प्रतिसत आरक्षणको व्यवस्था राज्यले गरेको भएपनि यो व्यवहारमा लागु हुन नसक्दा धेरै अपाङ्गताता भएकाहरुको अवस्था दयनीय रहेको छ । यदी राज्यले बोलेका प्रतिबद्धता व्यवहारमा लागु हुन नसक्ने हो भने अझै कति अपाङ्गता भएका दिदीबहिनीहरु यौन व्यवसायमा लाग्न बाध्य हुने हो ठेगान छैन् । त्यसैले राज्यले तत्काल पाँच प्रतिसत आरक्षणको व्यवस्था सम्पुर्ण निकायमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
शारीरिक रुपमा सक्षम भएकाहरुले त जे गरेर पनि खान सक्छन तर अपाङ्गता भएकाहरुको निम्ती राज्यले भत्ता तथा रोजगारीको निम्ती अवसर श्रृजना गर्नुपर्ने हुन्छ । नेपालमा अपाङ्गता भएकाहरुको निम्ती सञ्चालीत एनजि ओ र आइएन जिओ हरुले ल्याउने डलरहरुको ’boutमा पनि राज्यले खोजी गर्नुपर्ने हुन्छ । बर्षेनि करोडौ रुपयाँ भित्रीने डलरहरु सेमिनार र गोष्ठीमा खर्च भइरहेका छन् । सिता र सदिक्षा जस्ता महिलाहरु यौन व्यवसाय गर्न बाध्य छन भने रत्नपार्कमा कला देखाएर माग्ने अपाङ्गहरु पनि कम छैनन् । बाँच्नकै निम्ती यौन पेशा सम्म गर्नुपर्ने महिला दिदी बहिनी र कला देखाएर बाँच्ने अपाङ्गहरुलाई ति एनजिओ र आइएनजीओ ले के गरेका छन ?
त्यसैले राज्यले यि बिषयमा गम्भीरताको साथ कदम चाल्नु पर्ने हुन्छ । फेरी हामीले यस्ता दुखद समाचार लेख्न नपरोस ।

Advertisements
 
१ टिप्पणी

Posted by on डिसेम्बर 2, 2011 in Uncategorized

 

One response to “सरकारी निर्लज्जताको पराकाष्ट ,जिवन धान्नकै निम्ती अपाङ्ग महिलाहरु यौन पेसामा

  1. विष्णु प्रसाद गौतम

    मे 14, 2012 at 5:00 बिहान

    सर्व शिक्षा मातृभाषामा नहुनु सुक्ष्म गतिमा दास हुनु हो |

    मातृभाषाको सम्मान राष्ट्रको सम्मान |

    माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ सृष्टिलाई प्रकाशको गतिमा |

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: