RSS

२६ वर्षदेखि ओछ्यानमै

02 डिस

आश गुरुङ
लमजुङ

चितवन रत्ननगर नगरपालिका वडा नं। १२ लौरीघोलकी रसिला तामाङ २६ वर्षदेखि ओछ्नामा सुतिरहेकी छन् । शारीरिक अपांग भएका कारण उनी न हिँड्डुल गर्न सक्छन् न बोल्न नै । अरुले बोलेको पुरै बुझ्ने रसिला जन्मेदेखि ओछयनवाट परसम्म जान सकेकी छैनन् । लौरीघोलस्थित बौद्ध विहार गुम्बाछेउ करीब एकवर्षदेखि वस्दै आएकी रसिलाको साथ आमा र एउटा भाइमात्रै छन् । आमा शान्ति तामाङको दिनचर्या अहिले रसिलाको हेरचाह गर्दैमा बितेको छ । भाइ सानो भएकाले उनको दिनचर्या विद्यालय र खेल्नमा वित्ने गरेको छ दिदीलाई सहयोग गर्न सकेका छैनन् । चितवनको भण्डरा घर भएकी शान्तिको आधा उमेर आप्mनो छोरी रसिलाको स्याहरसुसारमै वितेको छ । श्रीमान्को छ वर्षअघि क्यान्सरवाट मृत्यू भएपछि शान्तिले कहिल्यै शान्तिको महसुस गर्न पाएनन् । एकातिर नाबालक छोराको भविश्य अनि अर्कोतर्फ छोरीको समस्या शान्तिको अगाडि उभिएको छ। श्रीमान्को उपचारका लागि घरखेत सवै वेचेका शान्तिले न श्रीमान् पाईन् न आफूले चाहेजस्तो भविश्य नै । उनी अहिले आप्mनो छोरोको भविश्य र छोरीको समस्यासंग संघर्ष गर्दैछिन् ।
२०४२ साल असारमा जन्मेकी रसिलाको बायाँ हात केहीमात्रामा छल्छ भने अरु एउटा हात र दुईखुट्टा कित्तपनि चल्दैन। ुखान खुवाउनेदेखि लिएर दिसापिसाव लैजान आफैँले गर्नुपर्छु शान्ति भन्छिन् ुसँधै झैँ मन कुँढिएर आउँछ आप्mनो भाग्य नै यस्तै रहेछ ।ु केही काम गरौँ भनेपनि छोरीलाई कस्ले हेर्ने काम नगरौँ त खानलाउन पनि मुस्किल उनी दुखेसो पोख्छिन् ।
जन्मेदेखि नै अपांग रसिला अर्धउठेर वा केही वसेर साधनमा हिँडडुल गर्ने भाव ब्यक्त गर्छिन् तर कसैले उनको चाहना बुझेको छैन । आमा शान्तिलाई पनि कहाँ गएर कस्लाई के भन्दा के हुन्छ भत्रेवारे केही थाह छैन अनि सम्बन्धित निकायले पनि चासो दिएका छैनन् । अपाङ्गका लागि राज्यले सहयोग गर्छ भत्रे थाहा छैन परिवारलाई । २४ वर्षदेखि ओछ्यानमा सुतेरै अपांग जीवन विताईरहेका रसिलालाई कुनै संघसंस्थाले अहिले सम्म सहयोग गरेको छैन । ुबरु गुम्बामा आउने कसैलाई थाह भएमा पाँच÷दश रुपैँया छोडेर जान्छन् अरु कसैले केही सहयोग गरेको छैनु शान्ति भन्छिन् ।
गणतान्त्रिक सरकारले जिल्लाका सवै अपांगलाई मासिक भत्ताको ब्यवस्था गरेपनि रसिलासामु एकरुपैँया पनि पुग्न सकेको छैन । सामाजिक काम गर्ने आर्थिक अवस्था कमजोरी साथै अपांगहरुको सेवा र सहयोगमा तल्लीन हुने कसम खाएर धरातलमा उत्रिएका सरकारी एवं गैरसरकारीहरुका कर्मचारीहरुलाई रसिलाले चुनौति दिएकाछन् ताकि ती कर्मचारीहरुले अपाङ्गको लागि के गरेका छन् त त्यसो त चितवनका राजनीतिक दल नागरिक समाज एवं अन्य जातीय समुदायले पनि रसिलाको लागि केही गरेको छैन ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on डिसेम्बर 2, 2011 in Uncategorized

 

टिप्पणी छोड्नुहोस्