RSS

त्यो कालो रात्री

13 जुन

रबिन प्रसाद थपलिया 
मुनस्टार जर्मनी २०६९ जेष्ठ ३१ गते


मान्छेको जीवनका कतिपय यस्ता घटनाहरु घटदा रहेछन् चोट एकजनालाई लाग्ने तर दुखाई धेरैलाई हुने । मेरो जीवनको त्यो काहाली लाग्दो एउटा घटना जस्ले जीवन भर निको नहुने चोट मलाई दियो र दुखाई मेरो परिवार, साथीभाई लाई । एउटा यस्तो तितो भोगाई र जीवन भताभुंग भएको काहानी आज म फेरी लेख्न बिबस भएको छु ।
संयोगबस आज म जर्मनको मुन स्टार सहरमा बसेर मेरो बिगतलाई स्मरण गर्न गइरहेको छु । आजकै दिन अर्थात २०६६ साल जेष्ठ ३१ गते मेरो जीवनमा एउटा अकल्पनीय घटना घटन पुग्यो । अफीसको काम सकेर घर र्फकने क्रममा अचानक बालाजुमा बन्द आव्हान गरीएको रहेछ । आजकै साँझ नेपालको झण्डै पौने ७ बजेको थियो एक जना मेरो साथीलाई छाडन जाने क्रमम म दुर्घटनामा पर्न गए । त्यो दुर्घटनाको दर्दनाक अवस्था मात्र महसुस गर्न सक्छु तर यथार्थमा उतार्न सक्दीन ।
अचानक बालाजु बन्द भएपछि साँझको समयमा अलपत्र परेको मेरा एक जना साथी र बच्चालाई कलंकी सम्म छाडन जाने क्रममा बालाजु चोकमा एउटै दिशाबाट गुडीरहेको ट्रकले मेरो मोटरसाइकललाई अचानक ठक्कर दिएर धेरै अगाडी सडकमा पछारी दियो । म चिच्याउन नपाँउदै ट्रकले म र मेरो मोटरसाइकलको पछाडी रहेको साथी तथा संगै रहेको बच्चालाई समेत किच्न पुग्यो । ट्रकले मेरो दाहिने गोडामाथी कुल्चीयो साथीको चाँही दुई वटै तिघ्रामा च्यापी दियो भने बच्च गाडीको टायरमा पुगेर सुरक्षित भएछ । लोड गाडीले थिचेकाले मेरो खुटटाको हाड पडकीयो,आवाज आयो, छलल रगत बग्यो अनि म कराँउन पुगें । म दुर्घटनामा परे मलाई बचाइदिनु होस म बाँच्न चाहन्छु भन्दै चिच्याउन लागें । त्यती भन्न नपाँउदै अगाडी रोक्कीएको ट्रकबाट त्यो र्निदयी खलाँसी तल उत्रिएर मलाई ए जिँउदै रहेछ गाडी पछाडी हटाउं मारी दिँउ भन्दै कराउ थाल्यो । म रोए चिच्याएं त्यो पापी खलाँसीले उल्टै घिसारेर टायर मुली लैजाँदै थियो अनि सडकमा भएका मानीसहरुलाई बचाइदिन गुहार मागें तब मेरो चित्कार सुनेर पैदल यात्रीहरुले मलाई बाचाई दिए । संयोगले दुर्घटना स्थलमा पुगेका मेरा सहयात्री पत्रकार साथी प्रतिक लामिछाने तथा माधब तिमिल्सीनाले मलाई ट्रकको चक्का मुनीबाट झिकेर जनमैत्री अस्पताल बालाजु सम्म पुर्याएर । त्यहाँबाट मलाई मेरो भाइ प्रबिन तथा केसब र गोकर्ण दाइले अस्पताल सम्म लैजाने काम गरे । दुर्घटना पछि नेपालकै हडडी सम्बन्धी प्रख्यात भनिएको बिएण्ड बि अस्पतालमा लगेर मेरो घाउहरु निको पार्ने प्रयास गरीयो तर अफसोच अस्पतालका डक्टरहरुको क्षणभरको सानो गल्ती ले गर्दा आज म जीवनभर निको नहुने चोट लिएर बाँच्न बिबस भएको छु ।
दुर्घटनाको घाउ हेर्ने बित्तीकै अस्पतालका डक्टरहरुले खुटटा सुरक्षित छ पैसा १४,१५ लाख लाग्छ भनेका थिए । मेरो परिवारले सबै सम्पत्ती बेचेर भएपनि मेरो उपचार गर्ने अवस्थामा थियो तर मेरो गोडाको घाउमा लागेको फोहरहरु राम्रो संग सफा नगरेकाले अन्तीम अवस्थामा इन्फेक्सन भएर खुटानै गुमाउनु पर्यो । झन्डै ज्यान समेत गुमाउनु परेको अवस्था थियो । बिएण्डवि बाट इन्फेक्सन भएपछि मेडिकेयर अस्पतालमा पुगेर मेरो खुटा काटीयो । असार ६ गते मेरो खुटटा काटिएको थियो । २०६६ सालको ।
दुर्घटनाको प्रारम्भीक अवस्थामा गोडा सुरक्षित छ भने पनि ६ दिन पछि बिएण्डबिले खुटा काटनुपर्ने अपत्यारीलो र अकल्पनीया कुरा सुनाएपछि मेरो खुटटा बचाउनको निम्ती हामी त्यहाँबाट डिस्चार्ज गरेर मेडिकेयर अस्पताल पुगियो । असार ६ गते साँझ मेडिकेयरमा डा चक्रराज पाण्डेले राती १२ बजे सम्म खुटटा नकाटीए म बाँच्नै नसक्ने भन्ने कुरा बताएपछि नयाँ जीवन पाउनको निम्ती म खुटै काटेर भएपनि बाँच्न तैयार भए । म १२ बर्ष देखि पत्रकारीता गदै आएको व्यक्ति भएकाले दुनिँयामा म जस्ता खुटा नभएका अपाङता भएकाहरुले धेरै ठुला कामहरु गरेका छन् भन्ने मैले देखेको थिए । झमक कुमारी जस्ता खुटालेनै पुस्तक लेख्ने हाम्रा प्रेरणा दायी पात्रहरु छन भने म किन त्यसरी जिउन तैयार नहुने भन्ने अठोट र बिश्वासको साथ म खुटटा फाल्ने अवस्था सम्म पुगेँ ।

बाँचे पनि जिँउदै मर्नुपर्ने अवस्था


हामी सानो मानसीकताले बाँचेका मान्छेहरु मैले अपाङता भएर जीवन जीउन थालेपछि पनि धेरै पिडाहरु खप्नु पर्यो । आफन्ता र नजीक ठान्नेहरुको गलत सोच र तिता बचनहरुले गर्दा म बाँचेर पनि पटक पटक मर्नुपरीरहेको छ । कहिले काँही नराम्रा सोचहरु पनि आँउथेँ तर म मेरो सफलता नरुचाउनेहरुको अगाडी केहि गर्नेछु भन्ने हिम्मत लिएर अगाडी बढीरहेको छु । बाँचेर पनि बाँकी जीवनमा म जस्ता धेरै अन्याय, अत्याचार, कुसंस्कार र कुबिचारहरुको सिकार भएर बाँचेकाहरुको निम्ती त्यस्ता गलत सोचहरुलाई चिरफार गदै समाजमा परीवर्तनको निम्ती मेरो कलम चलीरहने छ ।
काँडाको बिचमा फुलेको जीवन


३ बर्षको दुर्घटना भएको अन्तरालमा मेरो जीवनमा धेरै उतार चढाबहरु आए झण्डै तिन महिना अगाडी मेरो बिबाह भयो । मेरो दुईवटा जीवन देखेकी मेरी प्यारी श्रीमतीले मलाई उनको धेरै सुख सुबिधालाई त्यागेर साथ दिने निर्णय गरीन् । बिबाहको क्रममा संकिर्ण मानसीकता भएका केहि व्यक्तिहरुले अनाबश्यक हल्लाहरु गरेर बिबाहनै हुन नदिने अतिरंजति घटनाहरु पनि भए तै पनि ति सबै कुराहरुलाई चिंदै म बिबाह गर्न पनि सफल भए ।
काँडाहरुको बिचमा सुन्दर कमलको फुल फुल्छ भने झै दुखै दुखको अवस्थामा मेरो जीवनमा आज बिबाह पछिको दोस्रो खुसीको बहार आएको छ । म आज संघर्षकै बिचबाट जर्मनमा आएर कृतिम गोडा लगाउनको लागि सफल हुदैछु । म जर्मन आएको १५ दिन जती भयो अवको केहि दिनमा मेरो कृतिम खुटटा लाग्ने छ अनि म नेपालबाट टेकेर आएको बैसाखी छाडेर फेरी बिना बैसाखी हिडन सक्ने अवस्थामा पुग्ने छु । मलाई जर्मन जस्ले ल्याउनु भयो उहाँहरुलाई सम्बोधन गर्ने म संग कुनै शव्दहरुनै छैनन भोली व्यवहारमा उतादै जाने छु यहाँ बस्दामा प्रवासमा रहनु भएका नेपाली दाजुभाई दिदीवहिनीहरु तथा सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गर्दछु ।
मलाई त्यो अवस्थाबाट उठाएर जर्मनको मुनस्टार सम्म ल्याउने व्यक्ति को को हुन त ?

मेरा मित्र लाल नेपाली जस्लाई म नेपाल देखि नै चिन्ने गर्दथें । मेरो दुर्घटना पछि बेल्जीयममा रहेका लाल ले मलाई फेसबुक मार्फत सम्पर्क गरे र आफुले सक्ने सहयोग गर्ने बताए । त्यस पछि उनले केहि समय पछि आफनी भान्जी तारा संग मेरो सम्पर्क गराए । मैले आफनो अवस्था बताँए र उहाँको संस्थालाई पत्र लेखेँ । हामी बिचमा सम्पर्क भइनै रहन्थ्यो । जर्मनबाट नेपाल जानु भएको दुई जना डक्टरका दम्पतीलाई भेटाउने काम नेपालमा रहनु भएका एक बिद्धान डा धु्रुवेस सरले गराउनु भयो । त्यसपछि आज झन्डै दुई महिना अगाडी नेपाल पुग्नु भएका तारा थापा तथा लव थापाले मलाई नेपालबाट यहाँ सम्म ल्याउन सफल हुनु भएको छ ।
को हुन तारा र लव थापा

तारा थापा जो सानै देखि समजमा केहि गर्नुपर्दछ भन्ने मानसीकता राख्ने नेपाली चेली हुन् । उहाँको जन्म नेपालमा भएपनि हाल जर्मनीको नागरीक हुनुहुन्छ । प्रवासमा बसेर सुख सयलमा बिताउने कयौ नेपालीहरुको अगाडी यहाँ धेरै समाज सेवाका काम गरेर उदाहारणीय बन्नु भएको छ तारा थापा । ताराको पहलमा नमस्ते इ फाउ नामक संस्था स्थापना गरेर मुस्ताङ जिल्लामा शिक्षा क्षेत्रमा धेरै सहयोग पुर्याउनु भएको छ । ताराका बुबा धनबहादुरले पनि मुस्ताङमा आफनो निजी जग्गा बिद्यालयलाई दिएर समाज सेवा प्रतिको उदाहारण प्रस्तुत गर्नुभएको छ । जर्मनमानै बिगत २५ बर्ष देखि बस्दै आउनु भएको धनबहादुरले मुस्ताङमा समस्यामा परेका धेरैलाई सहयोग गर्नुभएको छ । बुबाको समाजसेवा प्रतिको प्रेरणाले तारा पनि सानै उमेर देखिनै केहि गर्नुपर्दछ भन्ने मानसीकता राख्ने नेपाली चेली हुन् । झन्डै मेरै उमेर रहनु भएकी ताराले हिजो मात्र मलाई भन्नु भएको छ अब म नेपालमानै गएर बसेर केहि गरौकी भन्ने लागि रहेको छ । जर्मनमा रहंदामा यहाँ अध्ययन गर्न आउने विद्याथीहरुलाई पर्ने समस्या तथा अरु नेपालीहरुलाई पर्दाको बखतमा पनी सहयोग गदै आउनु भएको छ । साँगीतिक क्षेत्र प्रति आस्था राख्ने तारालाई नेपालका ख्याती प्राप्त कलाकारहरु तुलसी घिमीरे देखी धेरैले नजिकबाट चिन्दछन् । त्यस्तै उहाँका श्रीमान लव थापा पनि साँगीतिक क्षेत्रमा ख्याती कमाएका एक जना सफल कलाकार हुन् । हालै मात्र अन्तराष्ट्रिय कलाकार संघ जर्मनको अध्यक्ष रहनु भएका लवले पनि तारा संगै समाज सेवाको क्षेत्रमा लागि पर्नुभएको छ लब, तारा तथा उहाँका बुबा धनबहादुरको सहयोगमा म आज जर्मनमा आएर खुटटा लगाउने अवस्था सम्म पुगेको छु । धनबहादुर उहाँ आफै बिभिन्न रोगले ग्रस्त व्यक्ती उहाँसंगै बसेर उहाँका बिगतलाई बुझने मौका मैले पाएको छु । धनबहादुरको समाज सेवी भाबनाको म गैर आवासीय नेपाली संघका राम प्रताप थापाले समेत प्रसंसा गर्नुहुन्छ । जे होस मेरो जीवनमा उतारचढाब ल्याएर यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने तारा थापाको परीवार प्रति धन्यवातका दुइशव्द व्यक्त गर्दछु ।

साथै बिगतमा मलाई नेपालमानै कृतिम खुटटा लगाउनको लागि सहयोग गर्ने प्रबासमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवात नेपाली बिद्याथी समाज जापान, नेपाली पत्रकार समाज अमेरीका, rabi roshi qatar, rabindra mishra BBC Nepali sewa, ganesh prasai iralland, ramprasad khanal america, koraia ko Gimhae ra Busan ka nepali haru hari dai, madhu dai, nabin shai and another sathi haru इजरायलमा रहनु भएका दिदीबहिनी दाजुभाई, नेपाली समाज युएइ तथा चित्र केसी दाई, लगायत नाम लेख्न छुटनु भएका धेरै सहयोगीहरुलाई धेरै धेरै धन्यवात दिन चाहन्छु । 


मेरो आफनो परिचय लेख्दा ……..

म बिगत १२ बर्ष देखि पत्रकारीता क्षेत्रमा लागेर आफनो कलम चलाँउदै आएको छु । हाल म नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद छु । पत्रकारीतामा लागे पस्चात मृत्युदण्डको धम्की देखि रिपोटीङको साही कालमा प्रहरीबाट पक्राउ भई केहि दिन जेलमा समेत बसेको छु । नुवाकोटबाट प्रकाशीत भएको नयाँ रुपरेखा साप्ताहिकबाट पत्रकारीता सुरु गदै एचबिसी ९४ एफ एम, गोर्खा एफ एम लगायतका एफ एम र पत्रपत्रिकामा काम गरीसकेको छु । हाम मैले नै सम्पादन र प्रकाशन गरेको अग्निबाँण पाक्षिक प्रकाशन भइरहेको छ ।
पत्रकारीतामा पुरयाएको योगदानको कदर गदै उपराष्ट्रपति परमानन्ध झाबाट प्रसंसा पत्र तथा धेरै संघ संस्थाहरुबाट सम्मान पाएको छु ।

Advertisements
 

ट्यागहरु: , , , , , , , ,

3 responses to “त्यो कालो रात्री

  1. MANI RAM KANDEL

    जुन 13, 2012 at 4:01 अपराह्न

    TODAY I KNEW ..”LIFE IS A STRUGGLE”…..WISH YOU ALL THE BEST FRIEND.

     
  2. Tirtha karki

    जुन 13, 2012 at 7:15 अपराह्न

    wishing u recovery as soon and all the best friend

     
  3. Milan Raj Nepali

    जुन 25, 2012 at 2:46 बिहान

    Wishing u recovery as soon and Pray for ur good health. Thank you. @Milan Raj Nepali@

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: