RSS

चेपाङ बालकलाई पाल्ने भए सेनापतिले

22 Jun


काठमाडौं/चितवन, असार ८ – उनी अबोध छन् । मुखबाट बोली फुट्न सकेको छैन । जिब्रो सुन्निएर ठोस पदार्थ खानसमेत सकेका छैनन् । तर, पनि उनको जीवनले नयाँ मोड लिँदैछ ।
चितवनस्थित कविलासको झुपडीबाट उनी बिहीबार प्रधानसेनापति निवास शशिभवन आइपुगेका छन् । अब उनको जीवनका दिनहरू त्यहींबाट सुरु हुनेछन् । हो, आमा-बुवासहित परिवारका पाँच सदस्य गुमाएका दुईवर्षे चोकमान चेपाङको जीवन नयाँ मोडमा पुगेको छ, नयाँ नाम पनि पाएका छन्, ‘प्रभास ।’ ‘प्रभासको अर्थ बिहानीको उज्यालो हुँदोरहेछ,’ प्रधानसेनापतिकी पत्नी कमला गुरुङले भनिन्, ‘के नाम थियो थाहा भएन, मलाई अब उनको जीवनमा उज्यालो आउनुपर्छ जस्तो लाग्यो र यो नाम जुराएँ ।’ सेनापति छत्रमानसिंह गुरुङको आँखा बिहीबार बिहान जब कान्तिपुरको मुखपृष्ठमा छापिएको तस्बिरमा पर्‍यो उनी भावविह्वल भए । उनले तुरुन्तै चितवनस्थित सेनाको ब्यारेकमा फोन गरेर खोजी गर्न र सहमति ल्याउन निर्देशन दिए । बेलुका सात बजेतिर आफ्नै निवासमा बालक ल्याइपुर्‍याएपछि प्रधानसेनापति दम्पती खुसी थिए । त्यो त दिउँसै बालकका लागि कपडा, चप्पल किनिसकेका थिए । ‘फरर बोल्छन् होला भनेको जिब्रो सुन्निएर बोल्नै नसक्ने पो रहेछन्’ गुरुङले भनिन् । शशिभवन आइपुगेको लगत्तै बालकलाई उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएको छ । ‘अब हामीसँगै बस्छ, सकेको पढाउने र राम्रो मान्छे बनाउने कोसिस गर्नेछौं,’ सेनापति दम्पतीले एकै स्वरमा भने । केही दिनअघि विशाक्त च्याउ खाँदा आमा-बुवासहित तीन दाजु गुमाएपछि चोकमान बिचल्लीमा परेका थिए । ‘बिचल्ली बालकको तस्बिर देखेर चिफसापलाई छोयो र मलाई आदेश भो, त्यो बच्चाको बारेमा बुझ र अभिभावकले अनुमति दिए पालन-पोषणका लागि म कहाँ पठाऊ’ भरतपुरस्थित शमशेरदलका गणपति ज्योतेन्द्र महतले भने, ‘हामी बिहानै उनको घर कविलास पुग्यौं र बच्चालाई लिएर आयांै ।’ बिहान १० बजेतिर सेनाको टोली विपन्न चेपाङ बस्ती पुगेको थियो । एक्कासि सैनिकहरू पुग्दा शोकमा डुबेको गाउँले अचम्मित भएका थिए । चोकमानका हजुरबुवा मैतलाल, हजुरआमा, उनका ठूलो बुवा, गाविस सचिवलगायतको अनुमतिमा गणपति महतको टोलीले उनलाई भरतपुर ब्यारेकसम्म ल्याए । ‘हजुरबुवाले लैजानुस्, हामी आफैं त पालिने मेसो छैन यसलाई कसरी पाल्ने ? दुःख छ भन्नुभयो,’ मैतलाललाई उद्धृत गर्दै महतले भने, ‘कान्छो भाग्यमानी रैछ, यसको भविष्य राम्रो हुन्छ लैजानुस् ।’ हजुरबुवा मैतलालले च्ाोकमानलाई १३ औं दिनमा बच्चालाई च्ाोख्याउन घरमा ल्याइदिन आग्रह गरेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: