RSS

ताजा समाचार

तौल घटाउन खानामा ध्यान

गायत्री खतिवडा
मोटोपनबाट टाढा रहनका लागि अब भोको बसिरहन आवश्यक छैन । खानामा ध्यान लगाएर तपाईं एक महिनामै स्लिम हुन सक्नुहुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पछिल्लो अध्ययनमा ‘खाना खाइरहेको बेला अन्य कुरा सोच्नुको सट्टा सम्पूर्ण ध्यान खानेकुरामै केन्दि्रत गर्दा स्लिम बन्न सजिलो हुने’ तथ्य पत्ता लगाएका छन् ।

वैज्ञानिकहरूका अनुसार शरीरले पर्याप्त भोजन गरिसकेको कुराको सूचना मस्तिष्कसम्म पुग्न करिब २० मिनेट लाग्छ । यसको अर्थ, तपाईं छिटछिटो खाना खानुहुन्छ भने मस्तिष्कमा संकेत ढिलो पुग्छ र बढी खाना खानुहुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार एकाग्रचित्त भएर खाँदा मस्तिष्कले शरीरसँग तालमेल बसाउँछ । यही कारण मस्तिष्कले तृप्त भएको रासायनिक सन्देश सजिलै सुन्छ ।

उक्त अध्ययन अनुसार, जसले छेउछाउमा भइरहेका गतिविधिको कुनै पनि ख्याल नगरी धमाधम खाना खान्छ, उसको तौल औसत रूपमा ६.३ किलोग्रामभन्दा बढी कम हुन्छ ।

मोटोपन घटाउन मेलाटोनिनसुत्नु र जाग्नुलाई नियन्त्रित गर्ने हार्मोन

मेलाटोनिन तौल घटाउनमा सहयोगी हुन सक्ने एउटा अनुसन्धानमा देखिएको छ । मेलाटोनिन प्राकृतिक हार्मोन हो, जो धेरै कम मात्रामा जामुन, बदाम, सूर्यमुखीको बीउ, अलैंची, धनियाँ र चेरी जस्ता फल, मसला र सब्जीमा पाइन्छ । खानपानमा यी खानेकुरा सामेल हुँदा मोटोपना र कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग मिल्छ ।

स्पेनको युनिभर्सिटी अफ ग्रेनाडाका अनुसन्धानकर्ताहरूले मधुमेह प्रभावित मुसामा मोटोपना, कोलेस्ट्रोल र उच्च रक्तचापको सन्दर्भमा मेलाटोनिनको प्रभावको विश्लेषण गरे । मुसाका लागि मेलाटोनिन फाइदाजनक पाइयो । उनीहरूमा मुटु रोग पाइएन । अनुसन्धानकर्ताहरूका अनुसार मेलाटोनिनले मोटोपना र कोलेस्ट्रोलको बढी स्तरको कारण हुने मुटु रोगलाई रोक्नसमेत सहयोग गर्छ । यो हार्मोन मोटोपनासहित अन्य खतरासँग जुध्न पनि सक्षम छ ।

खानाको गुणस्तर ख्याल गरौं तौल कम गर्न के तपाईं भोको बस्ने वा कम खाने तरिका अपनाउनुहुन्छ ?

वैज्ञानिकहरूका अनुसार गुणस्तरयुक्त खाना (जस्तो, दही, ओखर आदि) बढी प्रभावकारी हुन्छन् । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले अध्ययनमा के पाएका छन् भने, खाना जति राम्रो हुन्छ, त्यो ग्रहण गर्ने व्यक्तिको त्यति नै कम हुँदै जान्छ । तर समय लाग्छ ।

वैज्ञानिकहरूका अनुसार, शरीर छरितो बनाइराख्न खाना कम गर्नुको सट्टा स्वस्थ खाना आवश्यक छ । उनीहरूले यो निष्कर्षमा पुग्नुअघि १ लाख २० हजार व्यक्तिमा अध्ययन गरे । तीमध्ये ८३ प्रतिशत महिला थिए । अध्ययनमा पाइयो— दही, ओखर, फल र सब्जी सेवन गरे तौल कम गर्न सहज हुन्छ ।

 

टिप्पणी छोड्नुहोस्