RSS

Monthly Archives: जनवरी 2010

युकेको लागि बिद्यार्थी भिसा बन्द

तुलसा कोइराला युके

बिगत केही महिना देखि ठुलो मात्रामा नेपालबाट बेलायतमा विद्यार्थी आउने क्रम निकै बढेको थियो |कतिपय अबस्थामा गलत काउन्सिलिङको कारण दु:ख बेहोर्नु परेको अवस्था नभएको हैंन |तर हिजोबाट बेलायतले नेपाल ,उत्तरीभारत र बगलादेशमा बिद्यार्थी भिसा बन्द गरेको छ |दुताबासबाट प्रकासित बिज्ञप्तीमा बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौँमा आवेदन लिने काम सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको जनाइएको छ |

दूतावासले आज जारी गरेको विज्ञप्तिमा ‘अस्थायी’ रुपमा बन्द गरिएको आवेदन पुनः कहिले लिन सुरु गरिनेछ भन्ने स्पष्ट पारिएको छैन। बेलायतले टायर फोर प्वाइन्ट बेस्ड सिस्टम अन्तर्गत विद्यार्थी भिसा बाँड्न थालेपछि नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट ठूलो संख्यामा विद्यार्थीहरु त्यहाँ पुगेका थिए। ‘अप्रत्याशित रुपमा विद्यार्थी भिसाको आवेदन बढेका कारण नेपाल र उत्तरी भारतबाट आवेदन लिन बन्द गरेको’ विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ कार्यालयमा भिसाका लागि आवेदन दिन अप्वाइन्टमेन्ट पाइसकेकाहरुको अप्वाइन्टमेन्ट पनि अनिश्चितकालका लागि रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ। बी बी सीका अनुसार अनिस्चितकालका लागि रोकिएको भिसा दिने काम लामो समय जानसक्ने जनाइएको छ |बिधार्थीहरुको चाप अत्याधिक भएको कारण र धेरै बिद्यार्थीहरु जेन्युयन नभएको कारण रोकिएको बताएको छ |यसबाट साँच्चै पढ्नको लागि आउने बिद्यार्थीको लागि भने ठुलो समस्या हुने छ |
http://news.bbc.co.uk/1/hi/uk/8489349.stm

 

 
2 टिप्पणीहरु

Posted by on जनवरी 31, 2010 in Uncategorized

 

अयोग्य लडाकु मातृका समुहमा प्रवेश

अन्मीनले अयोग्य ठहर्याई विदायी गरेका माओवादीका २० लडाकु मातृका यादवले नेतृत्व गरेको माओवादीमा प्रवेश गरेका छन् । अन्मीनले केहि दिन अघि माओवादीको दुधौली सिवीरवाट विदायी गरेका ति माओवादीका अयोग्य लगाकुहरु मातृका यादवले नेतृत्व गरेको माओवादीको जनमुक्ति सेनामा प्रवेश गरेको माओवादीका धनुसा जिल्ला सेक्रेटरी दिनेश यादवले पुष्टी गरे ।

यादवका अनुसार मातृका यादव समुहमा प्रवेश गरेका अयोग्य लडाकुहरुलाई तालीम तथा पार्टीका विभिन्न गतिविधीमा लगाउनको लागी अज्ञात स्थान तर्फ लगीएको वताउनुभयो ।
अयोग्य लडाकुको प्रवेश वारेमा माओवादीका एक नेतासंग जिज्ञासा राख्दा त्यस वारेमा आफुहरुलाई जानकारी नभईसकेको वताए ।

 

माओवादी विरुद्ध भारतमा प्रर्दशन

maoist chairman prachanda

आफनो राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै नेपालमा माओवादी विरुद्ध भारतीय जनता उत्रिएका छन् । नेपालका सिमावर्ती क्षेत्रमा केहिदिन यता उत्रिएका भारतीय जनताले नेपालका माओवादी विरुद्ध नारावाजी समेत गरेका छन् । उनिहरुले आफनो राष्ट्रिय झण्डाको अपमान गर्ने गरि वनाइएको पोष्टरलाई समेत सार्वजनीक रुपमा जलाएका छन् । आफुहरुले भारतीय हस्तक्षेपको समर्थन गरेको नभई राष्ट्रिय झण्डाको अपमान गरेकाले विरोधमा उत्रिएको एक भारतीय सिंजर रहजमानले वताए । उनले भने हाम्रो राष्ट्रिय झण्डाको अपमान गर्ने माओवादी तथा तिनका प्रमुख प्रचण्डलाई नेपाल सरकारले कारवाही गर्नुपर्छ ।
हिजो विहानै देखि नेपाल सिमार्वर्ती रुपौडीयामा भेला भएका माओवादीले माओवादीको विरुद्ध नारावाजी तथा सार्वजनीक भएको पोष्टर जलाएका थिए । भारतीय जनताहरु सिमावर्ती क्षेत्रमा भेलाभएपछि नेपालसरकारले सिमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा वनाएको थियो भने थप प्रहरीवलको तयारी समेत गरेको थियो । स्थानीय प्रसासनले सिमार्वती रुपौडीयाका समकक्षी प्रसासन संग छलफल समेत छलफल गरेको थियो ।
रुपौडीयामा आज विहानै देखि शान्त रहेको भएपनि त्यहाँका प्रहरीले नेपाल भित्रने सवारीसाधनलाई भने रोक लगाएका छन् । अहिले रुपौडीया तथा नेपाली सिमावर्ती क्षेत्रको जनजिवन सामान्य रहेको छ ।
यता नेपालका माओवादीले भने आफुहरुले भारतीय झण्डाको अपमान गरेको नभई भारतीय हस्तक्षपको विरोधमात्र गरेको वताएका छन् ।

 

माघ महिनामै फुल्यो लालीगुराँस


जलवायु परिवर्तनको असर वारेमा विश्वमा चर्चा चलिरहंदा नेपालका हिमाल तथा हिमाली क्षेत्रमा यसको नकारात्मक असर देखा पर्न थालेको छ । नेपालका अग्ला हिमाल ’round काला पत्थरहरु देखिन थालिएको तथा जनजिवनमा समेत नकारात्मक परिर्वतन आउन थालेको विज्ञहरुको भनाई रहेको छ ।
नेपालका म्याग्दी र मुस्ताङ जिल्लाका जंगलहरुमा चैत, वैसाखमा फुल्ने लालीगुराँस फुलहरु यसपटक भने माघ महिनामै फुलेको स्थानीय वासीन्दाहरुको भनाई रहेको छ । म्याग्दीका स्थानीय वृद्ध तुलवहादुर छन्त्यालका अनुसार आफनो जिवनभरीमै माघ महिनामा फुलेको गुराँस देख्न पाएको पहिलो क्षण रहेको बताँउछन् । जलवायु परीवर्तनका कारण त्यहाँका जंगली जनावरहरु वसाँईसराँई गरेर उत्तरी भेग तर्फ लाग्ने गरेको वताइन्छ । मौसममा आएको अप्रत्यासीत प्रभावका कारण अन्न उत्पादनमा ४० प्रतिसतले कमि आएको तथा माटोमा अम्लको प्रभाव वढदै गएको जिल्ला कृषी कार्यालय म्याग्दीले जनाएको छ । उत्पादीत अन्न तथा फलफुलहरुमा पोष्णतत्वहरुको कमी रहने गरेको तथा जन्मीएका वच्चा तथा सुत्केरी महिलाको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ ।
जलवायु परिवर्तनको समस्या विश्वव्यापी भएपनि नेपालका हिमाली तथा विकट जिल्लाहरुमा यसको प्रभाव नकारात्मक रुपमा पदैगएको वताइन्छ ।
विकसीत मुलुकले हरितगृह ग्याँसको उत्पादन वढाएको तथा वढी सुविधा सम्पन्न वस्तुहरुको प्रयोगले गर्दा विश्वमानै जलवायु परिर्वतनले असर पारीरहेको छ । नेपालमा पनि समयमा पनि नपर्ने तथा जाडोे तथा गर्मी समय तालीकामा समेत यसको प्रत्यक्ष प्रभाव पारेको छ ।

 
१ टिप्पणी

Posted by on जनवरी 5, 2010 in Uncategorized

 

रामदेव चैतमा नेपाल आउने

काठमाडौं, योगगुरु स्वामी रामदेव आगामी चैतमा नेपाल आउने भएका छन्। उनी दुई वर्षअघि योग शिविर सञ्चालनका लागि नेपाल आएका थिए। आगामी चैत १४ देखि १९ गतेसम्म काठमाडौँको टुँडिखेलमा उनले योगशिविर सञ्चालन गर्ने कार्यक्रम छ। शिविरमा ४० हजारभन्दा बढीको सहभागिता रहने मूल समारोह समितिका संयोजक शालिग्राम सिंहले बताए। समितिका सहसंयोजक ओमप्रकाश वंसलका अनुसार उनीसँगै आएका आयुर्वेदाचार्यले शिविरलगत्तै बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निःशुल्क स्वास्थ्य जाँच गर्नेछन्।
पतञ्जली योगपीठ नेपालको केन्द्रीय कार्यालय र आश्रम पनि छिट्टै काठमाडौंमा खोल्ने तयारीसमेत भइरहेको सहसंयोजक बंसलले बताए। ६ दिने शिविरमा सहभागी हुनका लागि २ हजार १ सय, एकहजार १ सय र पाँच सय एसबिआइ बैकमार्फत दानपत्र बुकिङ खुल्ला भइसकेको समितिले जनाएको छ। शिविरमा सञ्चालनबाट संकलन भएको रकमले नेपालकै योग विज्ञान, आयुर्वेद चिकित्सा एवं स्वास्थ्यका निम्ति खर्च गरिने संयोजक सिंहले बताए। शिविर अवधिभर असहाय एवं निम्नआय भएका व्यक्तिको प्रवेशका लागि सिफारिसका आधारमा निःशुल्क पासको व्यवस्था गरिएको छ।
स्वामी रामदेव, आयुर्वेदाचार्य बालकृष्णले नेपाल बसाइँ अवधिमा नेपालमा निकट भविष्यमा निर्माण हुन लागेको योगभवन एवं जडिबुटी प्रशोधन केन्द्र मध्ये तीन वटाको उद्‍घाटन एवं तीन थप केन्द्र शिलान्यास गर्ने कार्यक्रम छ। ती केन्द्रमा जडिबुटी प्रशोधनको तालिमसमेत सञ्चालन गरिने योगपीठले जनाएको छ।

 

फेरी बढयो रक्तचन्दनको तस्करी

फेरी बढयो रक्तचन्दनको तस्करी
यसरी हुन्छ रक्तचन्दन तस्करी । चन्दन तस्करीको पर्दाफाँस
जतिबेला मिडीयामा रक्तचन्दन बरामद भएको समाचार प्रकाशनमा आँउथ्यो त्यस बेलामा रक्तचन्दनको चर्चा निकै चल्ने गर्दथ्यो । तर हिजो आज रक्तचन्दनको ’boutमा समाचार कहि कतै पढन पाइन्न । कतिलेत रक्तचन्दनको तस्करी हुन छाडीसकेको कुरा पनि बताँउदै आएका छन् । तर रक्तचन्दन हिजो आज समाचार बाहिर नआए पनि यसको तस्करी भने रोकीएको छैन् । राजनैतिक दलहरुको बिबाद अनि खिचातानीको फाईदा उठाँउदै रत्तचन्दनका तस्करीहरुले अहिले पनि तातोपानी नाका हुदै चिन तर्फ रक्तचन्दन निकासी गरिरहेका छन् । सिन्धुपाल्चोक बाह्रबिसेका सुर्य दुलालका अनुसार अहिले पनि बिभिन्न सामानमा बिभिन्न आकार जस्तै बनाएर स्थानीय निकायका सुरक्षाकर्मी राजनैतिक कार्यकर्ता, गुण्डा तथा अन्य आपराधीक गिरोहको मिलेमतोमा रक्तचन्दनको कारोबार भईरहेका ेछ । केहि सयमा अगाडीमात्र ठुलो मात्रामा इलाका प्रहरी कार्यालय बाह्रबिसेले बसमा बिभिन्न आकारमा टुक्रा पारेर तातोपानी तर्फ लैजाँदै गरेको अवस्थामा चेक जाँच गर्दा सो रक्तचन्दन बरामद गरेको छ । दुलालका अनुसार तस्करहरुले दर्जानौ गुण्डाहरुको प्रयोग गरि मध्य राती अझैपनि रक्तचन्दन तातोपानी नाका हुदै चिन पठाउने गरेका छन् ।
को हुन रक्तचन्दनका माफिया ?
भारतबाट नेपालको बाटो हुदै चिन निकासी हुने बास्नादार वनस्पती रक्तचन्दन निकासी दिन प्रतिदिन बढदै गईरहेको छ । भारतका माफीया मिलेर नेपालको बाटो हुदै नेपाली तस्करहरुको सहयोगमा चिन तर्फ रक्तचन्दन निकासी भईरहेको छ । नेपालका राजनैतिक दलका केहि नेता, आपराधीक समुह तथा गुण्डा समुहहरु, सुरक्षा निकायका केहि माथील्ला तहका अधिकारी तथा स्थानीयनिकायका प्रमुखहरुले समेत रक्तचन्दनका अबैध कारोबारमा सहयोग गरेको बापतमा कमिसन लिने गरेका छन् । त्यस’boutमा आगामी अंकमा अग्निबाँण मासिकले बिशेष रिपोटीङ गदै जानेछ । भारतको बाटो हुदै नेपाल आउने रक्तचन्दनलाई हाईवेमा बस्ने सुरक्षा निकायका अधिकारी तथा त्यस जिल्लाका नामोद गुण्डा, प्रहरी, प्रशासन तथा जिल्लाका केहि राजनैतिक दलका नेताले समेत चन्दन निकासी गर्न सहयोग गरेको बापत रकम पाउँदै आएका छन् । एक व्यापारी भन्छन् रक्तचन्दनको ’boutमा यसका तस्करी खोज्दै जाने हो भने नेपालका धेरै जसो नाम चलेका नेता तथा सुरक्षा निकायका अधिकारीहरु समेत मुछीने छन् ।
माओबादी शान्तिप्रक्रियामा आए लगतै उसको भातृसंगठन वाईसिएलले नेपालका बिभिन्न स्थानबाट रक्तचन्दन बरामद गरि सर्वाधीक चर्चामा रहयो । चाहे त्यो निकासीको लागि लगिदै गरेको रक्तचन्दन होस चाहे रसुवाको एउटा गाँउमा गाडेर राखेको रक्तचन्दनहोस । तर यतिका रक्तचन्दन बरामद हुदा पनि त्यसमा संलग्न हुदै आएको गिरोहलाई भने नत वाईसिएल नत युथफोर्सले समात्न सक्यो नत सुरक्षा निकायले यसबाट पनि पुष्टी हुन्छकी चन्दन तस्करहरुलाई राजनैतिक संरक्षण रहेको छ ।
कसरी हुन्छ रक्तचन्दन तस्करी ?
अन्तराष्ट्रिय बजारमा अतिनै महंगो मुल्यमा बिक्रिहुने बास्नादार बनस्पती रक्तचन्दन नेपालको बाटो हुदै प्रयोग गर्नको लागि प्रतिबन्धीत छ । नेपालका केहि गिरोहको मिलेमतोमा भारतवाट आउने रक्तचन्दन उनिहरुको सहयोगमा चिन सम्म निकासी हुने गरेको छ । सुगन्धीत हुने भएकाले सम्पन्न मुलुकका व्यक्तिहरुले रक्तचन्दनको प्रयोग गरि घरका झयालढोका तथा बिलासीताको सामान बनाउनको लागि प्रयोग हुन्छ । त्यस्तै चिनको बजारमा भने सुगन्धीत तेल र सृङगार एवं सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको छ ।
माग भन्दा अन्तराष्ट्रिय बजारमा निकैकम निकासीहुने रक्तचन्दनको हाल अन्तराष्ट्रिय बजारमा प्रतिकेजी ६ हजार भन्दा बढीमा बिक्रि हुने गरेको बताईन्छ । सामान्य परिश्रम गरि लाखौ रुपैया कमाउने आसमा आज नेपालका हजारौ बेरोजगार युवा समुह देखि कयौ यसको अवैध कारोबार गर्नेहरुबाट रकम आसुल्नको लागि लागीपरेका छन् ।
प्रत्यक्षर्दसीहरुका अनुसार मध्यरातीको समयमा गुण्डाहरुको स्कटीङमा रक्तचन्दन तस्करी हुने गरेको छ । जस्लाई रोक्न प्रहरी प्रशासनले काम गर्ने होईन उल्टै सहयोग गरिरहेको स्थानीयबासीहरुको आरोप छ ।
कहाँबाट आँउछ रक्तचन्दन ?
नेपालको तराईका बिभिन्न जिल्ला हुदै भारतबाट नेपालमा रक्तचन्दन भित्रिने गरेका छन् । जानकारहरुका अनुसार भारतको आन्द्रप्रदेशमा रक्तचन्दन बढीमात्रामा पाईन्छ । आन्ध्रप्रदेशको चार जिल्लाका ६ हजार भन्दा बढी बर्गकिलोमिटर क्षेत्रमा रक्तचन्दनको खेती हुने गरेको छ भने कर्नाटक र तमिलनाडुका जंगलमा पनि रक्तचन्दनपाईने गरेका छन् । नेपालमा रक्तचन्दनको कारोबार पुर्णत बन्देज लगाईएको भएपनि भारतमा भने संगीत सामग्री बनाउन मात्र छुट रहेको छ । नेपालमा भने यो रक्तचन्दन बिक्रि बितरणमा प्रतिबन्ध लगाएको भएपनि औषधीको रुपमा भने बिगत लामो समय देखि प्रयोगमा आईरहेको छ । यसरी भारतको बाटो हुदै नेपाल भित्रिने गरेको रक्तचन्दन भारतका कुख्यात तस्करहरुले चोरी तस्करी गरि नेपालको बाटो हुदै चिन पठाउने गरेका छन् । यसमा नेपालका राजनैतिक दलका नेता,मन्त्री, तस्कर, पुलीस प्रशासन एवं बिभिन्न ठाँउमा स्कटीङ गर्न गुण्डाहरुले सघाएका हुन्छन् त्यसबापतमा लाखौ रुपैया तस्करहरुबाट उनीहरुले खाने गरेको बताईन्छ ।
पक्राउ पर्लान रक्तचन्दनका माफियाहरु
अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेको नेपालले रक्तचन्दनको माफीयाहरुलाई पक्राउ गरेर कारबाहि गर्न सक्ने अवस्था रहेको छैन् । अवैध रुपमा रक्तचन्दन निकासी गरिदीए बापत करोडौ रुपैया कमाउने माफियाहरुले धेरै राजनैतिक दलका माथील्ला निकाय सम्म पुर्याउने गरेका छन् भने स्थानीय निकाय तथा सुरक्षा निकायमा पनि उनिहरुले ठुलो रकम बुझाउने गरेको एक व्यापारीले नाम उल्लेख नर्गने सर्तमा बताएका छन् । यसरी सवै क्षेत्रमा पैसा बुझाएर कालो धनलाई चोखो बनाउन लागि परेका नेपालका माफीयाहरु उनीहरुको संरक्षणमा पक्राउ पर्न सक्ने अवस्थामा रहेका छैनन् । त्यसैले यदि महासन्धीहरुमा हस्ताक्षर गरेको नेपालले अव यस्ता माफियाहरुलाई जतिसक्दो चाँडो पक्राउ गरेर यसको निकासीमा रोक लगाउनुपर्ने देखिन्छ । एक पछि अर्को सन्धीमा हस्ताक्षर गर्ने तर व्यवहारमा कार्यान्वयन गर्न नसक्ने नेपालको अन्तराष्ट्रिय क्षेत्रमा छबि धमिलीने निश्चीत छ ।

 

देखिएला है

नेपाली चलचित्रमा अङ्ग प्रर्दशनको नाममा विकृति फैलीएको छ नायीका रेखा थापा

“नेपाली चलचित्रमा अङ्ग प्रर्दशनको नाममा विकृति फैलीएको छ नायीका रेखा थापा”

 

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी भन्नुहुन्छ ‘यो रहस्यमय छ’

इतिहासकै रहस्यमय घटनाहरूमध्ये एक मानिएको राजदरबार हत्याकाण्डलाई दरबारकै सदस्यले ‘रहस्यमय’ भएको दाबी गरेकी छन् । तत्कालीन राजा त्रिभुवनकी भित्रिनी सरला शाहले १९ जेठ २०५८ को घटनालाई रहस्यमय भन्नुभयो । दरबार हत्याकाण्डका रूपमा चिनिएको सो घटनामा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश भएको थियो । सो घटनामा वीरेन्द्र शाहका अतिरिक्त ऐश्वर्य शाह, दीपेन्द्र शाह, नीराजन शाह, श्रुति शाह, शान्ति शाह, शारदा शाह, जयन्ती शाह, खड्गविक्रम शाहको मृत्यु भएको थियो । उपचारका क्रममा ब्लुक्रस नर्सिङ होममा भर्ना हुनुभएकी शाहले पत्रकारको नाम, ठेगाना, पत्रकारिताको अनुभव सोधेपछि जवाफ दिन थाल्नुभएको थियो ।
स्मरणीय छ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरबार सङ्ग्रहालय प्रदर्शनीको फागुन १५ गते उद्घाटन गर्दै दरबार हत्याकाण्डको पुनः छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको नियमित भोजमा उपस्थित सरला शाहलाई दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले समेत सोधपुछ गरेको थिएन । समितिले हत्याकाण्डको दोषी भने तत्कालीन युवराज दीपेन्द्रलाई ठहर्याएएको थियो । दरबार हत्याकाण्ड कसले गर्योद भन्ने गोरखापत्रको प्रश्नमा सरलाले भन्नुभयो- ‘यो रहस्यमय छ ।’
युवराज दीपेन्द्रले गोली चलाएका हुन् भनिएको छ नि भन्ने अर्को प्रश्नमा सरला शाहले भन्नुभयो- “कस्ले गर्यो , कस्ले गर्योा ? अझै पनि रहस्यमय छ । घटनाका बेला पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नसँगै आफू रहेको र घटनाको प्रत्यक्षदर्शी भएको जानकारीसमेत उहाँले दिनुभयो । उहाँले दीपेन्द्रले गोली चलाएको भनाइको खण्डनसमेत गर्नुभयो- “यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन, गोली कसले चलायो रहस्य छ । राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापना गर्न योगदान दिएका राजा त्रिभुवनकी भित्रिया भए पनि सरला शाहले कहिल्यै पनि ‘श्री ५’ को पदवी भने पाउनुभएन ।
अन्तर्वार्ताका क्रममा सरला शाहलाई सोधियो- तपाईंले कहिल्यै ‘श्री ५’ को पदवी माग्नुभएन ? प्रत्युत्तरमा उहाँले जवाफ दिनुभयो- श्री ५ को इच्छा त कसलाई हुँदैन तर भाग्यले दिएन । त्रिभुवनको पदवी दिने इच्छा थियो तर मलाई पदवी दिनुअघि नै उहाँको मृत्यु भयो । पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बहिर्गमन हुँदासम्म थोरै मानिसको मात्रै जानकारीमा रहनुभएकी सरला शाह तत्कालीन राजा त्रिभुवनकी भित्रिया भएको समाचार पहिलोपटक गोरखापत्र दैनिकबाटै सार्वजनिक भएको थियो । नेपालमा २३८ बर्षिय राजतन्त्रको अन्त्य भएको विषयमा सरला शाहलाई सोधिएको प्रश्नमा उहाँको जवाफ थियो- “म त केही बोल्दिनँ ।”
“यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन”
अहिले अस्पतालमा भर्ना हुनुहुँदो रहेछ, खर्च तपाइँलाई कहाँबाट आउँछ ?
मेरो खर्च रत्नबाटै आउँछ ।
तपाइँ दुवैजना सँगै बस्नुहुन्छ ?
उहाँ -रत्न) नारायणहिटी थान -नारायणहिटी सङ्ग्रहालय) भित्रतिर बस्नुहुन्छ, म बाहिर ।
राजा त्रिभुवनको सम्झना लायकको केही कुरा छ ?
मलाई केही सम्झना छैन ।
भनेपछि सबै बिर्सनुभयो ?
सबै बिर्सिसकेँ, उहाँ स्वर्गे भएको पनि यतिका वर्ष भइसक्यो ।
दरबारले तपाइँलाई श्री ५ को पदवी किन नदिएको होला ?
अब किन नदिएको यो उनीहरूलाई नै सोध्नुपर्ने, मसँग के ? मलाई पदवी देउ, यो देउ, उ देउ भन्ने हुँदैन, उहाँ -त्रिभुवन)को विचार दिने थियो ।
त्रिभुवनपछि महेन्द्र, वीरेन्द्रले दिँदा पनि हुन्थ्यो नि ?
त्यो कुरा मलाई नसोध्नुस्, थाहा पनि छैन, जानकारी पनि छैन ।
तपाइँलाई त्यो पाउने इच्छा पनि भएन ?
इच्छा त कसलाई हुँदैन ? हुने खाने इच्छा हुँदैन ? गर्ने मान्छे थिएन भने के गर्ने ?
दरबारमा तपाइँको खानपानको व्यवस्था कसले गर्छ ?
रत्नबाट ।
ए रत्नबाट ?
अँ, त्यहीँबाट ।
ज्ञानेन्द्र राजाबाट हट्नुअघि दरबारबाट आउँथ्यो । अहिले रत्नबाट आउँछ ?
अहिले पनि दरबारबाटै आउँछ होला, मलाई चासो पनि भएन, मलाई थाहा पनि छैन, त्यहीँ बसिराखेको छु ।
अनि तपाइँलाई राजतन्त्र समाप्त भएकोमा केही खल्लो अनुभव भा छैन ?
मलाई यादै हुँदैन त्यस्ता कुरा ।
तपाइँको अनुभव ?
अनुभवै छैन । अब भाग्यमा नभएको, म दुखीले के गर्ने, उहाँ बसेको भए त बसिन्थ्यो होला, उहाँले छोडेपछि । त्यो कुरा सबै बिर्सियो ।
सबै कुरा बिर्सिनुभयो ?
अब बिर्सिनै पर्योभ नि, घरमा लोग्ने स्वास्नी त छुटिनुपर्छ अब उहाँ -त्रिभुवन) नभएपछि के गर्ने ?
त्रिभुवन नभए पनि दरबार त थियो नि ?
के भनेको ?
त्रिभुवन नभए पनि महेन्द्र, वीरेन्द्र हुनुहुन्थ्यो नि, उहाँहरूबाट पनि दरबारमा तपाइँले इज्जत पाउनुभएन ?
पाएन, भाग्यले दिएन ।
मलाई सम्मान चाहिन्छ ‘श्री ५’को पदवी चाहिन्छ भनेर कहिल्यै माग्नुभएन ?
भनेको छैन मैले, मलाई यो राखिदेउ, यो गरिदेउ भनेको छैन ।
हजुरको दरबारबाहिर आफन्त कोही छैन ?
आफन्त सबै छन् ।
९० वर्षको उमेर खानपान के गर्नुहुन्छ ?
सादा खाना खान्छु, पकाउने, खुवाउने उनीहरूले नै गर्छन्, म त घरमै हुन्छु ।
रत्नसँग भेट हुन्छ ?
हुन्छ, बीचबीचमा भेट हुन्छ ।
ज्ञानेन्द्रले गद्दी छोडेर गएको विषयमा कुरा हुन्छ ?
त्यो मलाई थाहा हुँदैन ।
राजदरबार काण्डमा वीरेन्द्रको बंश विनास भयो । तपाइँ पनि त्रिभुवन सदनमा हुनुहुन्थ्यो होइन ?
कसले भन्यो ?
प्रतिवेदनमा छ नि Û त्यसमा तपाइँ प्रत्यक्षदर्शी हुनुहुन्थ्यो ?
घटना देखेको हो । यसो नगर भनी छेक्न जाने अवस्था त्यहाँ थिएन । गोली कसले चलायो रहस्य छ ।
त्यो घटना कसले गरेको रै छ त ?
रहस्य छ ।
यो मान्छेले गर्योे भन्ने कहीँ खुल्छ ?
छैन, छैन ।
दीपेन्द्रले गरेको हो भनेर प्रतिवेदन आयो नि ?
कस्ले गर्यो , कस्ले गर्यो ? अझै पनि रहस्यमय छ ।
यो घटनाले रत्नलाई पनि चिन्तित बनाइराख्छ होला नि ?
खै थाहा छैन, अब कहिले काहीँ भेट्न जान्छु, भेटे पनि उहाँले मसँग आएर केही भन्नुहुन्न ।
त्यो विषयमा कुरा हुँदैन ?
न मलाई थाहा छ, न उहाँलाई ।
अहिले त नारायणहिटी सङ्ग्रहालय बन्यो, तपाइँ बसेको ठाउँ छोड भनेर सरकारले भन्यो भने के गर्नुहुन्छ ?
खै थाहा छैन, सरकारले के गर्छ ।
तपाइँलाई कहाँ जाने व्यवस्था गर्दा राम्रो हुन्थ्यो ?
सरकारले जहाँ जान भन्छ, त्यहाँ जाने, फलानो ठाउँमा जाउ भन्यो भने त्यहीँ जाने ।
तपाइँ सन्यास बस्ने, काँसी बास बस्ने, धर्मकर्म गर्ने इच्छा छैन ?
काँसी जान मन लागेको छ, कसले पठाउँछ ?
काँसीमा त रणबहादुर शाहले ठूलो आश्रम बनाएका छन् नि परिवारका लागि ।
मैले त के भन्ने, मलाई थाहा पनि छैन ।
सरकारले खर्च गर्यो भने इच्छा छ ?
सरकारले काँसी जा भन्यो भने त जान्छु नि, यो उमेरमा काँसीमा गएर पनि के गर्ने, घर चाहियो, सबै चाहियो ।
सबै व्यवस्था भयो भने ?
भयो भने त भाग्यको कुरा काँसीमा गए पनि बम्बइमा गए पनि जहाँ गए पनि ।
विवाहअघि माइती मानन्धर की गोर्खाली ?
म श्रेष्ठ ।
त्रिभुवनले तपाइँलाई कहाँ मन पराएको ?
दरबारमा भेट भयो ।
दरबारमा, तपाइँ त्यहीँ सेवा गर्नुहुन्थ्यो ?
अँ । त्यहीँ दरबारमा हो । म त दरबारमा काम गर्थें । त्रिभुवनले त्यहीँ मन पराए, अब भयो । बाबु जानुस् ।

जय आले (कुवेत)

 

सुन्दर शान्त नेपाल


श्रम, सिप र मेहनत गरौ यो पवित्र भुमि नेपालमा

 

कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव नआएको दाबी

उपप्रधान एवं परराष्ट्र मन्त्री सुजाता कोइरालाले अहिले मुलुकमा माओवादी नेतृत्वको सरकार बन्ने नसक्ने ठोकुवा गरेकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री कोइरालाले
माओवादीलाई वर्तमान सरकारमा आउन आह्वान गरिन् । उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई माओवादीले आधिकारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताइन् । ‘गिरिजाबाबुलाई माओवादीले आधिकारिक रुपमा प्रधानमन्त्रीको प्रस्ताव गरेकै छैन,’ उनले भनिन्– यो मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने चालबाजी मात्र हो ।
मन्त्री कोइरालाले गिरिजाप्रसाद कोइराला वर्तमान सरकार नै बलियो होस् भन्ने पक्षमा रहेको बताइन् । ‘प्रधानमन्त्री बन्ने हल्ला राजनीति छवि गिराउन गरिएको प्रचार हो,’ उनले भनिन्– उहाँमा कुनै सत्तामोह छैन । आफैंले बनाएको सरकार गिराउन उहाँ लाग्नुहुन्न । माधवकुमार नेपाल नेतृत्वको सरकारकै पालामा शान्ति र संविधान बन्ने उनको धारणा थियो । ‘माओवादी सरकारमा आए उपप्रधानमन्त्री दिन तयार छौं,’ उनले भनिन् ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र विद्यमान समस्या समाधानमा वरदान सावित भएको उनले बताइन् । संयन्त्रकै पहलमा माओवादीको अनिश्चितकालीन हडताल फिर्ता भएपछि विश्वासको वातावरण बढेकाले बाँकी समस्या पनि चाँडै समाधान हुने दाबी उनले गरिन् । ‘संयन्त्र समानान्तर सरकार होइन,’ उनले भनिन्– यसलाई अन्तर्राष्ट्रिय सहयोग र समर्थन छ । मन्त्री कोइरालाले माओवादीको सहयोगविना शान्ति र संविधान सम्भव नभएकाले उसलाई संयन्त्रमा समेट्नुपरेको स्पष्ट पारिन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी शाखाका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा माओवादी लडाकुको समायोजन अघि संविधान बनाउन नसकिने पनि बताइन् । ‘मापदण्ड पुगेजतिलाई सेनामा पनि राख्न सकिन्छ, बाँकीलाई अन्य सुरक्षा निकायमा समायोजन गर्न सकिन्छ, तर संविधानअघि समायोजन हुनैपर्छ,’ उनले भनिन् ।
मन्त्री कोइरालाले अर्को देशका विरुद्ध आन्दोलन गर्नु माओवादीको अपरिपक्वता भएको बताइन् । ‘माओवादीको राष्ट्रिय स्वाधीनताको आन्दोलनको कुनै औचित्य छैन,’ उनले भनिन्– जोगवनीमा माओवादीविरुद्धको प्रदर्शन उसकै गलत कार्यको उपज हो ।
पत्रकारहरुको अर्को जिज्ञासामा उनले आफ्ना प्रमुख स्वकीय सचिव भरत सापकोटालाई पदबाट हटाएको जानकारी दिइन् । ‘भरत बिरामी थिए, मसँग सम्पर्क पनि गरेका हुन्’ उनले भनिन्– उनका ’boutमा विभिन्न किसिमका समाचार आएपछि मैले अनुसन्धान गर्न प्रहरीलाई भनिसकेकी छु ।

 

१० वर्ष पछि नेपालमा लोडसेडिङ हुन्न रे पत्याउनु हुन्छ ?

हिउँद लाग्यो । यतिबेला हामीलाई विद्युत धेरै चाहिन्छ । ठीक यसैबेला अब विद्युत पुग्नेगरि आपूर्ति हुदैन । त्यसैकारण अब अँध्यारा रातहरु सुरु भएका छन् र बिहान दिउंसो पनि उद्योग धन्दा बन्द गरेर बस्ने अवस्था आएकोछ । हामीले अब उज्यालो नै देख्न नपाउने भन्ने कुरा त भएन, तर जबसम्म नीति निर्माता, कर्मचारी संयन्त्र, राजनीतिकर्मी र शक्ति केन्दमा बस्ने मन्त्रीहरुले समय र समयको आवश्यकतालाई सहिरुपमा पहिचान गर्न सक्दैनन् यो अध्याँरो हट्दैन । हाम्रा नीति निर्माताहरु यही ढर्राबाट अगाडि बढिरहे भने एउटा कुरा के चािहं सुनिश्चित छ भने अबको दश बर्षमा लोडसेडिङ एक दिनमा २४ घण्टा चाँही नाघदैन १ अनि हामीहरु यसैमा खुसी भएर रमाउनु पर्ने हुनसक्छ ।

पाँच बर्षपछि लोडसेडिङ हुन्न
हाम्रा ऊर्जामन्त्रीले किटानीका साथ अबको पाँच बर्षपछि लोडसेडिङ हुँदै हुँदैन भन्नु भएको छ । उहाँले यो तर्क पुष्टाई कसरी गर्नु भयो भने त्यत्तिंजेलमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी तयार हुन्छ र त्यस्तै अन्य आयोजनाहरुको पनि सम्पन्न हुन्छन् । अहिले जडित क्षमता ६ सय ८९ मेगावाट छ । अब ५ वर्षमा उहाँहरु आठ सय मेगावाट जडित क्षमता थप हुन्छ भन्नुहुन्छ । यसरी अबको पाँच बर्ष पछाडि कूल जडित क्षमता करिब १५ सय मेगावाट हुन्छ र नेपाल बिद्युत प्राधिकरणको प्रक्षेपण अनुसार त्यतिबेला माग करिब १२ सय ७१ मेगावाट हुन्छ । सतही रुपमा हेर्दा लोडसेडिङ हुँदैन । वहांहरुको हिसाब ठीकै देखिन्छ । तर यसमा मेरो भनाई के छ भने यो हिसाब त्रुटीपूर्ण छ । ऊर्जामन्त्रीले सही कुरो नबुझेका कारणले वा नबुझाइएको कारणले यो गलत तर्क अगाडि सारिरहनु भएको छ र जनतामा भ्रान्ति छरिरहनुभएकोछ ।

ऊर्जामन्त्रीले के कुरा बुभुनु भएन भने पोहोर हिउँदमा ८ सय १२ मेगावाट बिजुलीको माग थियो र मध्य मस्र्याङ्दी निर्माण भइसकेकाले जडित क्षमता ६ सय ८७ मेगावाट थियो । तर पोहोर हिउँदमा १६ घण्टा लोडसेडिङ भयो । आठ सय १२ मेगावाट मांग भएको ठाउँमा ६ सय ८७ मेगावाट जडित क्षमता हुँदा १६ घण्टा लोडसेडिङ किन भयो यो प्रश्नको जवाफ खोज्न त्यति गाह्रो छैन । जडित क्षमता ६ सय ८७ मेगावाट भए पनि उक्त समयमा विद्युत उत्पादन तीन सय मेगावाटको हाराहारीमा मात्र भएकोले मांग अनुसार बिजुली आपूर्ति भएन र जनताले लोडसेडिङको मार खेप्न पर् यो ।

यदि भगवानको कृपाले सन् २०१३र१४ सम्ममा ८ सय मेगावाट जडित क्षमतामा थपियो भने त्यो बेला जडित क्षमता १५ सय मेगावाटको हाराहारीमा हुन्छ । माग १२ सय ७१ मेगावाट हुने विद्युत प्राधिकरणको नै प्रक्षेपण छ । उक्त समयमा पनि हिउँदमा सात सय मेगावाटको हाराहारीमा मात्र बिजुली उत्पादन हुन्छ । ’cause जलविद्युतको नियम नै के हुन्छ भने जलप्रवाहमा आधारित आयोजनाबाट जडित क्षमताको ६० देखि ६५ प्रतिशत र कुलेखानी जस्तो जलाशययुक्त परियोजना बाट जडित क्षमताको ३० देखी ४० प्रतिशत मात्र बिजुली उत्पादन हुन्छ । त्यसकारण औषत उत्पादन ५० प्रतिशत भन्दा नाघ्दै नाघ्दैन । अनि हाम्रो माग १२ सय ७१ मेगावाट र उत्पादन सात सयको हाराहारीमा मात्र भएपछि लोडसेडिङ कहाँबाट हट्छ

हामीले माथि नै चर्चा गर् यौँ कि हिउँदमा कूल जडित क्षमताको ५० प्रतिशत भन्दा कम मात्र विद्युत उत्पादन हुन्छ । यस्तोमा यदि १२ सय ७१ मेगावाटको मांगलाई लोडसेडिङ नगरिकन विद्युत उपलब्ध गराउने हो भने हाम्रो जडित क्षमता २५ सय मेगावाट हुनुपर्छ । त्यसकारण मेरो हिसाबले के देखाउँछ भने अर्को पाँच बर्षपछि यदि सरकारी योजना अनुसार विद्युत आयोजनाहरु सम्पन्न भएभने पनि लोडसेडिङ अवश्यंभावी छ । मेरो हिसाब कसैले पनि गलत सिद्ध गर्न सक्यो भने म मेरा सबै शैक्षिक योग्यताका प्रमाणपत्रहरु सार्बजनिक रुपमा च्यातेर आगो लगाउँनेछु । म अमेरिकामा पढेर चार्टर्ड एकाउनटेन्ट भएको हुं । म कानुन व्यावसायी पनि हुँ । मैले व्यवस्थापनमा स्नातकोत्तर पनि गरेकोछु । अबको पाँच बर्ष पछि लोडसेडिङ शुन्यमा झार्ने हो भने १२ सय ७१ मेगावाटको उच्च मागलाई धान्ने गरेर अबको पाँच बर्ष भित्रमा १८ सय मेगावाट जडित क्षमतामा थप गर्नुपर्छ । जुन कुरा वर्तमान नेतृत्व, मानसिकता र प्रबृत्तिले सम्भव छैन । हाम्रो दुर्भाग्य नै यही हो ।
१० बर्षपछि लोडसेडिङ हुन्न
प्राधिकरणको प्रक्षेपण अनुसार अबको १० बर्ष पछि नेपालमा बिजुलिको माग १९ सय ६ मेगावाट हुन्छ । १९ सय मेगावाट भन्दा बढी बिजुलीको मागलाई धान्न त्यो समयमा कूल जडित क्षमता ४ हजार मेगावाटको हाराहारीमा हुनुपर्छ । अहिलेको ७ सय मेगावाट जडित क्षमतालाई ४ हजार मेगावाट बनाउन ३३ सय मेगावाट जडित क्षमतामा थप गर्नुपर्छ । गिरिजाप्रसाद देखि प्रचण्ड र माधव नेपाल सरकारको रबैया र ढर्रा हेर्ने हो भने अबको १० बर्षमा नेपालमा खपत गर्ने गरेर थप ३३ सय मेगावाट निर्माण गर्न सक्दै सक्दैनन् । त्यसैले अबका दश बर्ष पछि जसरी अरु उज्यालो हुने कुरा गरिन्छ तर म त त्यो भन्दा पनि बढी अनुपातमा अँध्यारो बढ्ने सम्भावना देखिरहेको छु ।

पंचेश्वर
अहिले हामीले पंचेश्वरका गफ सुनिरहेका छौँ । अब बनिहाल्ने भयो भन्ने हौवा िफंजाइएको छ । पंचेश्वरबाट नेपाल तर्फ ३३ सय मेगावाट बिजुली उत्पादन हुन्छ भनिएको छ । तर पंचेश्वरको बिजुली नेपालका लागि होइन भारतका लागि हो । पंचेश्वरमा १ सय ११ अरब रुँपैया लगानी गर्नुपर्छ । त्यो नेपालको क्षमताभन्दा बाहिरको कुरा हो । यदि हामीले १० बर्षमा लोडसेडिङ अन्त्य गरेर नेपाली जनतालाई उज्यालोमा बस्न दिने हो भने त्यति पैसाको जोहो गरेर ३३ सय मेगावाट थप नेपालमा खपत गर्ने गरि आयोजना निर्माण गर्नुपथ्र्यो । पंचेश्वरले नेपालको होइन भारतको लोडसेडिङ हटाउँछ ।

हामी एकछिन आशावादी कुरा गरौँ । जस्तो १० बर्ष भित्रमा पंचेश्वर निर्माण भयो । उक्त बिजुली नेपालमै खपत गर्न सकिने भयो । यसो हुँदा पनि लोडसेडिङको बढी चाप, मांग बढी भएको ठाउँसम्म उक्त बिजुली ल्याउन ४ सय केभीको प्रशारण संजाल बनाउनुपर्छ । यो निकै महंगो हुन्छ । यो क्षमताको प्रशारण संजाल बनाएननौं भने आधीभन्दा बढी त चुहिएर प्रशारणमै सकिन्छ । त्यसकारण बुद्धिमतापूर्ण कार्य त के हुन्छ भने नेपालमा १० बर्षभित्रमा लोडसेडिङ हटाउन नेपालको खपतको लागि ३३ सय मेगावाट जडित क्षमता थप निर्माण गर्नुपथ्र्यो । यसका लागि बिजुलीको अत्याधिक माग भएका पूर्वााचल, मध्यमााचल ररया पश्चिमााचल बिकास क्षेत्रमा ३३ सय मेगावाट क्षमताको थप आयोजना निर्माण तिर लाग्नु पथ्र्यो ।

क्षेत्रिय मांग र आपूर्ति
अहिलेकै सन्र्दभमा हेर्दा पनि सुदुरपश्चिमााचल बिकास क्षेत्रमा लोडसेडिङ छैन ९चौबिसै घण्टा, बाह्रै महिना अंध्यारोमा बस्नेहरु बाहेक० । टनकपुरबाट आएको बिजुली पनि पहिले धेरैजसो खेर जान्थ्यो । अब क्षेत्रगत रुपमा हेर्ने हो भने पूर्वााचलमा विद्युत खपत २ सय ५० मेगावाट जति छ । त्यो ठाउँमा बिजुली उत्पादनमा जम्मा १४ मेगावाट मात्र छ । पूर्वााचलका सबै उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा संचालनमा आउने हो भने थप २ सय मेगावाट बिजुली त्यहाँ अहिले नैं चाहिन्छ । अर्थात आजकै मितिमा तयार गरेर दिने हो भने पनि ४ सय ५० मेगावाट बिजुली पूर्वााचलले तत्काल खपत गर्न सक्छ ।

अरुण तेस्रो
अहिले अरुण तेस्रो परियोजनाको चर्चा फेरि चलेको छ । यदि सबै कुरा सुचारु र सामान्य ढंगले चल्ने हो भने ३र४ बर्षमा अरुण तेस्रो बनिसक्छ । अब तथ्यांकलाई संयोजन गरेर हेर्ने हो भने पूर्वमा अहिले तत्काल चार सय मेगावाट विजुली चाहिन्छ र अबका ३र४ बर्षमा २र३ सय मेगावाट थप बिजुली पूर्वले माग्छ । भन्नुको मतलब के भयो भने अरुण तेस्रो निर्माण भइसक्ने बेलासम्ममा पूर्वााचललाई ६ सय मेगावाट भन्दा बढी बिजुली चाहिन्छ । हाम्रो सरकारले अरुण तेस्रोलाई निकासीमूलक बनाएको छ । यसो हुँदा के हुन्छ भने अरुण तेस्रोबाट बिजुली उत्पादन भएर भारत जान्छ । भारतको लोडसेडिङ घट्छ । पूर्वााचल अझ अँध्यारो हुन्छ । उद्योगहरु संचालन हुन सक्दैनन् रोजगारीको अभावमा नेपाली युवा बिदेशमा दुख खेप्नेले निरन्तरता पाउनेछ ।

मगन्ते नीित
हाम्रो नीति नै मगन्ते नीति छ । ’cause निकासीमूलक आयोजना बनाउन दिने र त्यसबाट निशूल्क बिजुली पाउने आशामा केन्द्रित हाम्रो नीति हो । अरुण तेस्रोबाट नेपालले ८८ मेगावाट निशूल्क बिजुली पाउंछ । अहिले उत्पादन भइरहेको १४ मेगावाट र अरुण तेस्रो सम्पन्न भएपछि निशूल्क आउने बिजुली ८८ मेगावाट गरेर जम्मा १ सय २ मेगावाट मात्र जडित क्षमता हुन्छ पूर्वांचलमा । ६ सय मेगावाट भन्दा बढी माग भएको बेलामा जम्मा एक सय २ मेगावाट मात्र जडित क्षमता हुँदा संकट त झन् बढ्ने निश्चित छ । यस्तो मगन्ते नीतिले लोडसेडिङको समस्या समाधान हुँदैन । यो कुरा न हिजोकाले बुझे, न आजकाले बुझ्न सकेका छन् । र म के निष्कर्षमा पुगेको छु भने यिनीहरुसँग बुझ्ने क्षमता नै छैन । म भगवानसंग प्रार्थना गर्दैछु कि नीति निर्माताहरुले यस्तो मगन्ते नीतिले लोडसेडिङ हट्दैन भन्ने बुझ्ने क्षमता र बुद्धि प्राप्त गरुन् ।

४३ हजार मेगावाट नेपालले खपत गर्न सक्दैन
नेपालको ४३ हजार मेगावाट जलविद्युत आर्थिक रुपमा सम्भाव्य छ भन्ने कुरा हामी सबैले सुनेका छौँ र यिनीहरु भन्छन् कि यो बिजुली हामी खपत गर्न सक्दैनौँ । यसलाई निर्यात गर्नुपर्छ । प्रमुख समस्या नै यही सोचमा छ । ’cause अहिले नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत ७० किलोवाटघण्टा ९युनिट० छ । हाम्रा नेताहरु युरोपको गफ गर्छन् । आइसल्याण्डमा प्रतिव्यक्ति वार्षिक ३० हजार युनिट खपत हुन्छ, नर्वेमा २५ हजार युनिट । यदि हाम्रा नेताको सद्बुद्धी आयो र ४३ हजार मेगावाट बिजुली पूरै निर्माण भयो र नेपालमा मात्रै खपत गर्ने भयो भने पनि अहिलेको नेपालको जनसंख्या २ करोड ७० लाखको हाराहारीमा मान्दा विद्युत खपत गर्न प्रतिव्यक्ति ७ हजार युनिट मात्र उपलब्ध हुन्छ । हाम्रो ४३ हजार मेगावाट विद्युत सन् २०३० सम्ममा निर्माण भइसक्यो भने त्यो बेलामा, अहिलेको प्रक्षेपण अनुसार, नेपालको जनसंख्या ४ करोड पुग्छ । यसो हुँदा उक्त ४३ हजार मेगावाट बिजुली सबै नेपालमै खपत गर्दा पनि प्रतिव्यक्ति ४ हजार ७ सय युनिट मात्रै हुन्छ । अर्को किसिमले हेर्ने हो भने १० हजार युनिट बिजुली प्रतिव्यक्ति खपत पुर् याउन नेपाललाई मात्रै ९० हजार मेगावाट भन्दा बढी जडित क्षमता चाहिन्छ । यो कुरा हाम्रा धेरै नीति निर्माताले बुझेनन् । उनीहरु के भनिरहेका छन भने ४३ हजार मेगावाट भनेको साह्रै धेरै हो । यो सबै खपत हामीले गर्न सक्दैनौँ । त्यसकारण एक मात्र विकल्प भारत निकासी गर्नु नै हो ।

निष्कर्श
हाम्रा नीति निर्माताको दिमागमा यो ज्ञान भरिए हुन्थ्यो कि देशमा ऊर्जा खपतको बृद्धि सँगै आर्थिक सम्बृद्धि पनि बढ्छ । अर्थात ऊर्जा खपत बढेपछि मात्रै आर्थिक बिकास बढेर जान्छ । यो कुरा नबुझेकै कारण हाम्रा राम्रा राम्रा आयोजनालाई भारत निकासीको लागि भनेर राख्ने र त्यसबाट केहि प्रतिशत निशुल्क बिजुली लिएर नेपालको लोडसेडिङ हटाउँछु भन्ने मुख्र्याई यहाँ भइरहेको छ । तथ्यांक नै हेर् यो भने पनि पश्चिम सेतिबाट १० प्रतिशत अर्थात ७५ मेगावाट, माथिल्लो कर्णालीबाट १२ प्रतिशत अर्थात ३६ मेगावाट र अरुण तेस्रोबाट २१।९ प्रतिशत अर्थात ८८ मेगावाट गरेर कूल एक सय ९९ मेगावाट बिजुली नेपाललाई निशूल्क आउँछ । यो मगन्ते तरिकाबाट एक सय ९९ मेगावाट बिजुली नेपाललाई उपलब्ध गराएर नेपालको लोडसेडिङ पाँच बर्ष भित्रमा शून्यमा झर्दैन ।

त्यसकारण मेरो भनाई के हो भने हाम्रो बिकासको दर्शन नै गलत भयो । उहाँहरु ४३ हजार मेगावाट बिजुली नेपालले खपत गर्न सक्दैन भन्नु हुन्छ त्यो दर्शन नै गलत छ । यसो भन्दै गर्दा मैले बिजुली निकासी गर्नु नै हुँदैन भनेको होइन । मेरो भनाई के हो भने आपुूलाई पुग्ने भएपछि मात्र बिजुली निर्यात गर्नुपर्छ भन्ने बुझाई सबैमा आउनुपर्छ । ऊर्जाको खपत र उर्जा खपत गर्ने क्षमता बृद्धिसँगै आर्थिक सम्बृद्धि जोडिएको हुन्छ ।

बिजनेस प्लसको वर्ष ३ अंक १० २०६६ पौष १ मा प्रकाशित ( वार्तामा आधारित