RSS

Monthly Archives: अप्रील 2011

नेपालका अर्थ राज्यमन्त्रीनै भारतीय नागरीक !!! हेरौ उनको पासपोट सहित

ध्रुव दंगाल, सिन्धुपाल्चोक,
वैशाख ४- नवनियुक्त अर्थ राज्यमन्त्री ल्हारक्याल लामाविरुद्ध राष्ट्रियता ‘भारतीय’ उल्लेख गरी भारतको राहदानी लिएकोसहित १० बुँदे आरोप लगाएर ६ वर्षअघि नै गृह मन्त्रालयमा उजुरी परेको खुलेको छ। यथार्थ बुझेर जानकारी दिन गृहले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई उतिबेलै गरेको परिपत्र बिनाकारबाही थन्काएर राखेको भेटिएको छ। उजुरीमा राष्ट्रियता, नाम, ठेगाना र उमेर ढाँटेर नेपाल र भारतबाट राहदानी, तिब्बती शरणार्थीको परिचयपत्र लिएको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ। उजुरीमा दुबै राहदानी र शरणार्थी परिचयपत्रको प्रतिलिपिसमेत छ। उनले सात वर्षअघि परराष्ट्र मन्त्रालयबाट ११२१५८८ नम्बरको राहदानी लिएका थिए। काठमाडौं-६, बौद्धको ठेगानामा उनले मिस्टर वाङचुक रिम्पोछेको नाममा नेपाली राहदानी लिएका छन्।
जन्ममिति सन् १९६७ जुलाइ २९ उल्लेख गरी नेपाली राहदानी लिएको छ वर्षअघि नै उनले खेम्पो छिमे छिरिङ नाममा भारतीय राहदानी लिएको भेटिएको छ। उनले भारतीय नागरिककै हैसियतमा गुवाहाटीबाट राहदानी लिएका थिए। ‘ए’ २१२९८१२ नम्बरको यो राहदानीमा उनको राष्ट्रियता भारतीय, ठेगाना भारत कुलिगल र जन्ममिति सन् १९६५ अक्टुबर १ उल्लेख छ।


राज्यमन्त्री लामाले लिएको भारतीय पासपोर्टको फोटोकपी। फोटो साभारः माइसंसार

उनले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नाम राखी शरणार्थी परिचयपत्र लिएका थिए। गुम्बा विकास समितिको अध्यक्ष हुँदा उनले लाजिम्पाटमा बज्रनेट कम्पनी खोलेर आर्थिक हिनामिना गरेको र नभएको ठाउँमा गुम्बा भएको उल्लेख गर्दै भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताले लगाएका छन्।
बौद्धका फुन्चोक लामा, तेन्डुप लामा र ग्याल्जेन लामाले २०६२ वैशाख ६ गते लामाविरुद्ध गृहमा उजुरी गरेका थिए। सोही वर्ष जेठ १५ गते नै गृहले उजुरीको मिसिलसहित यथार्थ बुझेर जानकारी दिन निर्देशन दिँदै सिन्धुपाल्चोक प्रशासनलाई परिपत्र गरेको थियो।

तत्कालीन शाखा अधिकृत जीतेन्द्रबहादुर खड्काको हस्ताक्षर रहेको पत्रमा ‘ल्हारक्यालकै उपस्थितिमा यथार्थ बुझ्न’ भनिएको थियो। प्रशासन स्रोतका अनुसार उनीसँग सम्पर्क नभएको भन्दै गृहमा जवाफ पठाइएको थियो। उनी सदरमुकाम आएका बेला नबिराई प्रशासन कार्यालय छिर्दै आएका छन्।

उनले कुन जिल्लाबाट नागरिकता लिए भन्ने अझै पुष्टि भएको छैन। जिल्ला प्रशासनको नाबालक नाम दर्ता रेकर्डमा उनको नाम भए पनि सिन्धुपाल्चोकबाट नागरिकता नलिएको पुष्टि भएको छ। २०३४-३५ मा हेलम्बुमै गरिएको नाबालक दर्तामा त्यतिबेला उनको उमेर १२ वर्ष उल्लेख छ। प्रशासनका नायव सुब्बा रमेश घिमिरेका अनुसार त्यतिबेला प्रशासनले नाबालक नाम दर्ता रेकर्डको नाममा रेजा लगाएरमात्र नागरिकता दिने गरेको थियो। उनको नाममा रेजा लगाइएको छैन।

 
 

नयाँ बर्ष देशभर बिभिन्न कार्यक्रम गरी मनाइदै/शान्ति र स्थायीत्वको कामना

काठमाडौ बैशाख १ -आज २०६८ साल बैशाख १ गते अर्थात नयाँ बर्ष । नयाँ बर्षको अवसरमा एक आपसमा शान्ति, स्थायीत्य, सुख समृदिको कामना गर्दै नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले आज नयाँ बर्ष मनाइरहेका छन् । आजको दिन नयाँ काम सुरु गरेर त्यसले सफलता पाउने जनमानसमा विस्वास रहेको छ । आजको दिन राम्ररी पढे बर्षभरी पढ्न जागर चल्ने भन्दै बिद्यार्थीहरु आजको दिन पर्ढाईमा बिशेष जोड दिने गर्दछन् । यस्तै व्यापारी, कर्मचारी, मजदुरहरुले पनि आफ्नो उदेश्य पूर्तिका लागी नयाँ योजना निर्माण गर्ने गर्दछन ।

नयाँ बर्षको अवसरमा एस एम एस द्धारा शुभकाम आदान प्रदान भइरहेको छ । आज नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेकाले नागरिकहरु नयाँ बर्ष मनाउन आफन्त, साथीभाई तथा आफन्तहरुसँग भेला भएका छन । नेपाल टेलिकम स्रोतका अनुसार नयाँ बर्षको अवसरमा पठाइने एस एमएस् हृवात्तै बढेको छ । नयाँ बर्षको अवसरमा आदान प्रदान भएका कतिपय मोवाइल एस एमएसहरुमा भने राजनीतिक दलका नेताहरुको गतिबिधि प्रति असन्तुष्टि व्यङग गर्दै त्यस्तो कहिले नहोस् भन्दै शुभकामना व्यक्त गरिएको पाइएको छ ।

हिजोदेखि अत्याधिक रुपमा नयाँ बर्षको शुभकामना मोबाइल एस एमएस आदान प्रदान प्रदान भएको टेलिकमले जनाएको छ । यस्तै फेसबुकमा पनि एसएमएमको बाढी आएको छ । नयाँ बर्ष मनाउन होटल, पार्टी प्यालेसहरु खचाखत भरिएको छ भने पार्क र मठमन्दिरहरुमा भक्तजन तथा मानिसहरुको भिड लागेको छ ।

नयाँ बर्षको शुभकामना प्यारी सुन्तलीलाई

उमाकान्त पाण्डे
यूएई
दिन आज गयो, भोली गयो जती दिन बितेपनी आफ्नै दिन बितेका छन सँगसङै भित्तामा झुन्डिएको पत्रोका पन्ना हरु मासिक रुपमै बदलियएका छन। पल्टाइन्छ सबै भित्ते पत्रोका पन्ना हरु खुशी खुशी का साथ् । तर आज गए आफ्नै दिन भोली गए आफनै दिन चिन्ता कस्को ? हुन त गएका बिगत ल्लाई सम्झेर तड्पीन भन्दा बरु नसम्जेको नै बेश ।
तर यो कलम कस्तो अप्जसिलो ? सधैं बिगतका घटनालाई घच्घघचाइ रहन्छ । नुतन दिनको नयाँ ताजा खबर पनि यही कलमले पस्किन्छ । त्यसैले होला तिहारमा म प्रदेशी भाईको पत्र सबै दिदिहरुलाई म बिशेष रूपमा उठाएकी अछामकी प्रहरी युबती सुन्तली धामिको प्रसँग आज पनि कोट्टाऊन मन लाग्यो । समयले पात्रोको अस्मिता बुझाए कै करण हामी पत्रोका पन्ना पल्टाउन वाध्य छौ । तर यहाँ दिनदहाडै त्यो पनि सुरक्षर्था खटिएकी महिला प्रहरिको पेटिकोट पल्टाउने ति अपराधी लाई आजसम्म कारबाही नहुँदा नयाँ बर्षको शुभकनना दिन पनि अल्छि लगिरहेको थियो । त्यसर्थ शुभकामनाका शब्द पनि ढिलाई गरेर प्रेशित गर्दैछु ।
आखिर नेपालको सुरक्षा प्रशान , कानुनी ब्यबस्था र आस्थिरताको प्रसँग कस्तो दयानिय रहेछ भनेर पुर्पुरोमा हात लगाउन पर्दैन । बेकार तालुको रौ किन झार्ने ? ए होइन म पनि कहाँ भुत्तुक्कै भाबनामा बिलिन भएछु । आखिर बहिनी , श्रीमती , भान्जी , बुहारी , छोरी ,नातिनी माथि गिद्दे आँखा लगाउनेलाई के भन्नुहुन्छ ? एक पटक पनि नसोच्ने ति अपराधी प्रहरिलाई मेरो फेरी पनि पिच्च पिच्च ! अनी पटक पटक थुक्क थुक्क पनि ।
तर जे होस् ति बलत्किरित सुन्तली धामिलाई म त न्याएको लागि लड्ने र पुरस्क्रित हुनु पर्ने दरिलो मुटु भएकी विश्वकै स्वर्बश्रेस्ठ नारी भन्छु । अछामकी महिला प्रहरी सुन्तली धामी पूर्वकी उमा सिंह र पश्चिम रुकुम कि पत्रकार टिका बिष्ट , यी नेपाली आकाशका नक्ष्यत्र हुन। जो भौतिक रूपमा एस संसारमा रहेपनी नरहेपनी सधैं अंमर रहनेछ र रहनु पनि पर्छ।

 
 

आफनै पार्टीका कार्यकताले नचिनेका मन्त्री

किरण भण्डारी, काठमाडौं, चैत ३०- बल्लतल्ल सोमबार भएको तेस्रो चरण मन्त्रिपरिषद् विस्तारमा एमालेबाट अर्थ राज्यमन्त्री बनेका डा. ल्हारक्याल लामालाई प्रायः एमाले नेता-कार्यकर्ता नै चिन्दैनन्। सहायक/राज्यमन्त्री विरलै नियुक्त हुने महत्वपूर्ण मन्त्रालयमा जिम्मेवारी पाएका यिनी’bout अहिले एमालेमै खोजीनिती छ- लामा को हुन्?

प्रधानमन्त्रीको रोजाइमा राज्यमन्त्री बनेका लामा ‘स्वतन्त्र तिब्बत अभियान’मा विवादास्पद् हुन्- प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख
म तीन वर्ष अघिमात्र पार्टी सदस्य भएको हुँ। जन्मँदै कसैले जानेर आउने हैन, सिकेर राम्रो गरौंला भन्ने विश्वास छ- लामा

अघिल्ला तीनपटक एक्लै अर्थ हाँकेका भरतमोहन अधिकारीलाई सघाउने अवसर दिइएका लामा’bout मंगलबार दिनभर एमाले केन्द्रीय नेता र प्रधानमन्त्री सल्लाहकार समूहका सदस्यले जवाफ थुप्रैलाई चिनाउनुपर्‍यो।

‘लामा लामो समयदेखि पार्टी सम्पर्कमा हुनुहुन्थ्यो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पुरुषोत्तम पौडेलले नागरिकसँग भने, ‘समानुपातिक सभासद् पनि हुनुहुन्छ, अपरिचित भन्न मिल्दैन।’ पार्टीभित्र/बाहिरका धेरैले लामा’bout चासो राखेको उनले स्वीकारे।

‘लामालाई किन मन्त्री बनाएको र किन अर्थकै जिम्मेवारी दिइएको भन्ने जवाफ धेरैलाई दिइसकेँ,’ पौडेलले भने, ‘अर्थशास्त्रमा राम्रो दखल भएकाले प्रधानमन्त्रीले उपयुक्त ठान्नुभएको हो।’

लामाकै अनुसार उनले भारत मैसुरको निंगमा विश्वविद्यालयबाट ११ वर्षअघि बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन्। अल्पसंख्यक ह्याल्मो जातिबाट पहिलोपटक मन्त्री भएका उनको जन्मथलो सिन्धुपाल्चोक हो।

वर्षौँदेखि गुम्बामा बसेर बौद्वधर्म प्रचारमा संलग्न उनी कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री हुँदा २०५८ सालमा गुम्बा विकास समिति अध्यक्ष भएका थिए।

प्रधानमन्त्री निकटका एमाले युवा नेता योगेश भट्टराई पनि मंगलबार दिनभर लामा’bout जिज्ञासाको अधकल्चो जवाफ दिँदादिँदै हैरान भए। ‘समानुपातिकको सभासद् हुन् भन्नेबाहेक पार्टीको हैसियत’bout थाहा नभएकाले कसैको पनि चित्त बुझाउन सकिनँ,’ उनले भने।

संविधानसभामा समानुपातिक कोटाबाट सभासद् भएका लामा संसद्को मानवअधिकार तथा अन्तर्राष्ट्रिय समितिमा सदस्य छन्। संसद्, समिति र संविधानसभा बैठकमा सहभागी हुन नरुचाउने भएकाले उनको ‘ल्याकत’ ’bout सहकर्मी/संसद् कर्मचारीसमेत कम जानकार छन्।
प्रधानमन्त्रीको ‘कोटरी’ मात्र होइन, पार्टीका वरिष्ठ नेता पनि अर्थको चुनौतीपूर्ण जिम्मेवारीलाई लामालाई रोजेको देखेर अचम्मित छन्।

एमाले प्रचार विभागप्रमुख प्रदीप ज्ञवालीका अनुसार लामा खनालकै एकलौटी रोजाइमा मन्त्री बनाइएका हुन्। पार्टीका अरू शीर्ष नेता लामाको योग्यता अनभिज्ञ रहेको उनले बताए।

‘राजधानी र जिल्लाका नेता/कार्यकर्ताले लामाको परिचय मागिरहेका छन्,’ ज्ञवालीले भने, ‘स्वतन्त्र तिब्बत अभियानलगायत विवादमा उहाँको नाम जोडिएको पनि छ, तर यस’bout मलाई प्रशस्त जानकारी छैन।’

सिन्धुपाल्चोकका जिल्ला नेताले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार लामा पार्टी नेता अमृत बोहराको सिफारिसमा विवादबीच सभासद् बनेका हुन्। सिन्धुपाल्चोककै बोहराको सिफारिसमा खनालले मन्त्री बनाएको उनीहरूले ठोकुवा गरेका छन्।

सिन्धुपाल्चोक एमाले जिल्ला कमिटी सदस्य टासी लामाले नवनियुक्त मन्त्री पार्टीको संगठित सदस्य रहेको बताएका छन्। पार्टीमा भूमिगतकालदेखि रगत/पसिना सिँचिएका अल्पसंख्यक/जनजातिको भाग काटेर लामालाई सभासद् नियुक्त गर्दा सिन्धुपाल्चोकमा चर्को विरोध भएको थियो।

‘अहिले उनैलाई मन्त्री बनाइएको छ,’ एक जिल्ला नेताले नागरिकसँग भने, ‘पार्टीलाई आर्थिक सहयोगका नाममा उनी फास्ट ट्र्याकबाट मन्त्री भएका छन्।’

लामाले २०६४ सालमा एमाले नेता सरेस नेपाल र हस्त पण्डितबाट पार्टी सदस्यता लिएका हुन्। ‘पार्टीमा उनले वैचारिक, सांगठनिक र अरू के-कस्ता योगदान गरे, थाहा भएन,’ ती नेताले भने।

लामाले नागरिकसँग संक्षिप्त कुराकानी गर्दै सभासद् भएपछि पार्टीको संगठित सदस्यता लिएको बताए। दस वर्षअघि कांग्रेस निकट भएकोमा पछिल्ला केही वर्ष एमालेसँग सम्पर्क बढेको उनले खुलासा गरे।

‘म पहिले शेरबहादुर देउवासँग निकट भएकाले नै खुमबहादुरजीको पालामा गुम्बा समितिमा नियुक्त भएको हुँ’ लामाले भने, ‘एमाले नेताहरूसित सम्पर्क बढेपछि उहाँहरूले पनि मलाई जिम्मेवारी दिनुभएको छ।’

पिछडिएको अल्पसंख्यक समूहबाट संघर्षको शृंखला पार गर्दै आएकाले अर्थको जिम्मेवारी पनि सहजै निर्वाह गर्ने अठोट उनले व्यक्त गरे। ‘जन्मँदै कसैले जानेर आएको हुँदैन,’ लामाले भने, ‘ह्याल्मो जाति हो, जान्दैन भन्ने मानसिकताले हेरिदिनुभएन।’

यसअघि कांग्रेसका महेश आचार्य र राजाको प्रत्यक्ष शासनकालका रूप ज्योति फुल मन्त्रीकै हैसियतमा अर्थ राज्यमन्त्री थिए। महत मन्त्री रहँदा २०५२ मा चिनकाजी श्रेष्ठ र २०५८/५९ मा भरतबहादुर शाह राज्यमन्त्री थिए।

 
 

जसले बिदा लिए

चिन्तकहरूले भनेका छन्, जीवित मानिस मृत्युको छायाँ मात्र हो । जन्मने मानिसको मृत्यु निश्चित हुन्छ । यद्यपि सबै मृत्यु महत्वका हुँदैनन्, न त सावर् जनिक चासोका विषय नै बन्छन् । वर्ष २०६७ मा हजारौं नेपालीले संसार छाडे । तीमध्ये केही मात्र देश र समाजको चासोभित्र परे ।
वर्ष २०६७ मा सबैभन्दा महत्त्व पाएको मृत्यु सन्त नेता कृष्णप्रसाद भट्टराईको हो । नेपाली राजनीतिमा करिब ६० वर्ष सक्रिय एव्ां सादा जीवनका पर्याय बनेका भट्टराईको मृत्युले पाएको चर्चा भ्रष्ट समाजका लागि ठूलो सन्देश थियो । दुई-दुई पटक प्रधानमन्त्री बनेका, करिब दुई दशक नेपाली कांग्रेसको सभापति भएका कृष्णप्रसाद भट्टराईको जम्मा सम्पत्ति भनेको एउटा बाकस, एउटा पानी खाने सुराही र एउटा छातामात्र थियो । प्रधानमन्त्री निवासबाट बाहिर निस्कँदा उनको बस्ने ठाउँ पनि थिएन । विवाह समेत नगरेका भट्टराईका आफन्त पनि सीमित थिए । यद्यपि उनको मृत्युले जति चर्चा पायो, त्यो अतुलनीय थियो । भट्टराईको मृत्युले नेपाली समाजलाई सादगी र नैतिकताको पाठ पढाएको छ । यस अर्थमा वर्ष २०६७ शोकमा पनि सन्देश दिन सक्ने वर्ष सावित भयो । वर्षको पूर्वसन्ध्या -२०६६ चैत २७) मा पत्रकार भरत भुर्तेलको अप्रत्याशित आत्महत्याले लेखक जगत् स्तब्ध भयो । झापामा जन्मिएका भुर्तेलको पत्रकारिता जीवन ‘विवेचना’बाट प्रारम्भ भएको थियो । यद्यपि उनको परिचय कविका रूपमा पनि २०३४ सालतिरै प्रख्यात भैसकेको थियो । केही वर्ष कानुन व्यवसायी भएर काम गरेका भुर्तेल लामो समय सुरुचि साप्ताहिकमासक्रिय रहे । राष्ट्रपति डा. रामवरण यादवको जीवनीपरक कृति ‘टाकुरामा एक्लो मान्छे’ का लेखक भुर्तेल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिकका व्यङ्ग्यकार पनि थिए ।
गत वर्ष ऐतिहासिक उपन्यासकार डायमन्डशमशेरको मृत्यु पनि समाजलाई तरंगित बनाउने घटना थियो । सातवटा ऐतिहासिक उपन्यास लेखेका डायमन्डको सबैभन्दा महत्वपूर्ण कृति सेतोबाघ थियो । जंगबहादुर राणाका छोराहरूको जीवन घटनाको रोमाञ्चक वर्णन भएको सेतोबाघ अंग्रेजीलगायत करिब १० भाषामा अनुवाद भएको छ । त्यही एउटा कृतिको रोयल्टीले नै आफूलाई समृद्ध बनाएको राणा बताउँथे । राणाकालमा राणाकै विरोध गरेर जेल परेका डायमन्ड बीपी कोइरालाको निधनअघिसम्म नेपाली कांग्रेसप्रति समर्पित थिए ।
नेपाल सद्भावना पार्टीको नाममा आनन्दीदेवी सबैभन्दा बिकाउ नाम हो । मधेसवादी राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने गजेन्द्रनारायण सिंहको म ृत्युपछि उनकी श्रीमती आनन्ददेवीलाई थपना राखेर धेरै गुट-उपगुटले राजनीति गरे । धेरैले सभासद् एवं मन्त्री पद हासिल गरे । यद्यपि गएको फागुन ३० मा उनको मृत्यु हुँदा तिनै दलका नेता-कार्यकर्ता उपस्थित भएनन् ।
पुराना राजनीतिज्ञ एवं विश्व हिन्दू महासंघका अध्यक्ष भोलानाथ झाको मृत्यु पनि यसै वर्ष भयो । ७८ वषर्ीय झाको मृत्यु विश्व हिन्दँ महासंघको लाहानमा आयोजित एउटा कार्यक्रमबाट फर्किरहेको बेला लड्दा लागेको चोटका कारण भएको हो । उनले पटक-पटक गरेर उद्योग, वन, शिक्षा एवं स्वास्थ्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए ।
वर्ष २०६७ मा धेरै विधामा संलग्न डा. हृषिकेश उपाध्यायको पनि निधन भयो । उपाध्याय साहित्य, राजनीति, समाजसेवा एवं चिकित्साशास्त्रमा सक्रिय थिए । उनी नेकपा -प्रजातन्त्रवादी) का केन्द्रीय सदस्य थिए । उनीसँग साहित्यिक लेखनको साढे पाँच दशक लामो अनुभव थियो । डा. हृषिकेशका जेठा छोरा अखिलेश उपाध्याय कान्तिपुर पब्लिेकसन्सको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टका सम्पादक हुन् ।
झापा क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित गौरीशंकर खड्काको गत वर्ष नै निधन भयो । उनी माओवादीभित्र ‘राजेन्द्र’ का नामले परिचित थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका थिए । झापाको गरामुनी स्थायी घर भएका खड्काले ०३६ सालदेखि राजनीति गर्दै आएका थिए । उनी जनमोर्चाको केन्द्रीय सदस्य हुँदै ०६० सालमा माओवादीको केन्द्रीय सदस्य भएका थ्ािए ।
राजनीतिइतरमा जतिसुकै योगदान गरे पनि नाम नचल्ने रोग पुरानै हो । वर्ष ०६७ मा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भीमादेवी पाण्डेको निधनले पनि खासै चर्चा पाएन । आफूले पढ्न नपाएको पीडामा २०२२ सालदेखि स्याङ्जास्थित आफ्नै घरमा विद्यालय खोलेर भीमादेवीले शिक्षाको चे तना प्रारम्भ गरिन् । घरमा केटा र केटीका लागि छुट्टै छात्रावास निर्माण गरेकी भीमादेवीको विद्यालयबाट धेरैले उच्च शिक्षाको बाटो खोले ।

महिला अधिकारका क्षेत्रमा गतिलो काम गरेकी शान्ता थपलियाको ७० वर्षको उमेरमा यसै वर्ष निधन भयो । सन् १९९४ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा थपलियाको प्रस्तुतिले उनको छवि उज्यालिएको थियो । नेपालमा महिलासम्बन्धी सयभन्दा बढी विभेदकारी कानुन रहेको कुरा उनले उजागर गरेकी थिइन् । पैत्रिक सम्पत्तिमा महिला अधिकार, गर्भपतन, नागरिकता, नीति-निर्माण तहमा महिलाको कम्तिमा एकतिहाइ सहभागिताजस्ता मुद्दामा थपलियाको महत्त्वपूर्ण योगदान छ ।

बि्रटिस सुरक्षा सेवामा लामो समय सेवा गरेका हर्ष बुढामगरको गत वर्ष ८३ वर्षको उमेरमा निधन भयो । उनी मगर परम्परा, इतिहास एवं संस्कृतिका विद्वान् थिए । मगर जातिबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हर्षका करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई चिनाउने पहिलो धावक गंगाबहादुर थापाको ८४ वर्षको उमेरमा निधन भयो । उनी सन् १९६४ मा जापानको टोकियो ओलम्पिकमासहभागी भएका थिए ।
नेपाली साहित्यमा विशिष्ट स्थान राख्ने फणीन्द्रराज खेतालाको ८९ वर्षको उमेरमा निधन भयो । वि.स. १९९४ देखि लेखनमा सक्रिय खेतलाको सम्पादनमा फिलिङ्गो दैनिक पत्रिका निस्कन्थ्यो । उनले जगदम्बाश्रीलगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए ।
मुटुमा पेसमेकर राखेर करिब २५ वर्ष नेपाली चलचित्रमा सक्रिय शान्ति मास्केको पनि गत वर्ष निधन भयो । चलचित्र सन्तानको एउटा दृश्यमा पुलबाट हामफाल्दा उनको छाती ढुंगामा ठोकिएको थियो । त्यसपछि मुटुसम्बन्धी विभिन्न रोग प्रारम्भ भए पनि उनी सधैं कलाकारितामा सक्रिय रहिन् । शान्तिले ६० वटा ठूला चलचित्र एवं केही भिडियो चलचित्रमा अभिनय गरेकी थिइन् ।
संविधानसभामा नयाँ संविधान’bout आफ्नो भनाइ राखेर घर र्फकंदा गत पुसमा सभासद् डम्बरबहादुर खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । २०३६ सालपछि राजनीतिमा प्रवेश गरेका डम्बर संखुवासभाका चर्चित युवा नेता थिए ।
नेपाली चित्रकलामा विशिष्ट स्थान बनाएका डीबी चित्रकारको ८२ वर्षको उमेरमा निधन भयो । करिब ५ हजार चित्र बनाएर देश विदेशमा आफ्नो छवि बनाएका डीबीलाई पछिल्ला चित्रकार पनि आदर्श मान्छन् ।
नेपालका पहिलो द्वन्द्व निर्देशक एवं कलाकार गोपाल भुटानीको पनि गत वर्ष निधन भयो । चार वर्षको उमेरमा जन्मस्थान इलाम छाडेर भारत प्रवेश गरेका भुटानीले आफ्ना गुरुको सम्झनामा तामाङ थर हटाएर भुटानी बनाएका थिए । ७८ वर्षको उमेरमा निधन हुँदा उनले अभिनय गरेको चलचित्र संख्या २ सय नाघेको थियो । भारतमा श्रीमती र छोराछोरी हुँदा पनि उनले आफ्नो अधिकांश जीवन एक्लै नेपालमा बिताए । मृत्युका बेला पनि उनी एक्लै थिए ।

 
 

साईबाबा सिकिस्त

(एएफपी)

हैदरावाद,भारत , चैत्र २३ – अनुयायीमाझ चामत्कारिक धार्मिक गुुरुका रूपमा परिचित सत्य साईबाबाको स्वास्थ्य नाजुक बन्दै गएको छ । स्वास्थ्यस्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
मृगौला र फोक्सोमा खराबी आएर श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी आफ्नै संस्थाको पुट्टपर्तीस्थित अस्पतालमा गत साता भर्ना भएका थिए ।डायलसिस गराइरहेका साईबाबाको स्वास्थ्य नाजुक बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको श्री सत्य साई इन्स्िटच्युट अफ हाइअर मेडिकल साइन्सेजको बुलेटिनमा उल्लेख छ । साईबाबा अस्वस्थ भएको खबरले आन्ध्र प्रदेशको पुट्टपर्तीस्थित आश्रममा हजारौं अनुयायी आउन थालेका छन् । उनीहरूमध्ये कतिपयले यथार्थ सूचना नपाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।
‘शरीरको मुख्य प्रणालीले राम्ररी काम गरेको छैन, उनको अवस्था चिन्ताजनक छ, चिकित्सकहरूको समूहले सक्दो प्रयास गरिरहेका छन्,’ अस्पतालका निर्देशक ए एन सफायाले एक वक्तव्यमा भनेका छन् । साईबाबाको संवेदनशील अवस्थालाई सरकारले भने खासै प्रचारमा ल्याउन चाहेको छैन ।
प्रहरीले सहरमा समूहगत रूपमा भेला हुन रोक लगाएको छ । भारत र विदेशका दसौं लाख अनुयायीमध्ये केहीले उनलाई ‘जीवित देवता’ का रूपमा विश्वास गर्छन् । सन् १९१८ मा निधन भएका सिर्दीका साईबाबाको पुनर्जन्म भएको उनीहरूको विश्वास छ । सयभन्दा बढी मुलुकमा उनका अनुयायी छन् । मृत्यु टार्नेसहितका अनगिन्ती चमत्कार देखाएको दाबी उनको संस्थाको छ । साईबाबाका अनुयायीमा भारतका पूर्वप्रधानमन्त्री, ठूला व्यवसायी र चर्चित क्रिकेट खेलाडीहरूसमेत छन् । सुन्तला रंगको पहिरन र कपालमा देखिने साईबाबाको भारतीय धार्मिक गुरुमध्ये अलग्गै पहिचान छ । उनको संस्थाले भारतमा विभिन्न अस्पतालसहित स्वास्थ्य र शिक्षा परियोजनामा आर्थिक सहयोग गरेको छ ।

 
१ टिप्पणी

Posted by on अप्रील 6, 2011 in Uncategorized

 

प्रधानमन्त्री झलनाथ खनालद्धारा अचानक राजिनामा , काँग्रेस र मधेसी दलहरु सहित सँसदमा प्रतिनिधीत्व गर्ने सम्पुर्णदलहरु सम्मेलीत सरकार आज साँझ गठन हुने । नयाँ सँबिधान जेष्ठ १४ अगाडीनै जारी हुने ।

प्रधानमन्त्री झलनाथ खनालद्धारा अचानक राजिनामा , काँग्रेस र मधेसी दलहरु सहित सँसदमा प्रतिनिधीत्व गर्ने सम्पुर्णदलहरु सम्मेलीत सरकार आज साँझ गठन हुने । नयाँ सँबिधान जेष्ठ १४ अगाडीनै जारी हुने ।

आज अप्रिल 1st हो । त्यसैले यो समाचार शिर्षक मात्र मनोरञ्जनको लागि हो । मनोरञ्जनको लागि लेखिएको यस समाचारबाट कुनै पक्षलाई चोट पर्न गएमा क्षमा चाहन्छु ।।

 
१ टिप्पणी

Posted by on अप्रील 1, 2011 in Uncategorized