RSS

Monthly Archives: नोभेम्बर 2010

दलहरु माथी पुर्वप्रधानशेनापतिको कटुवालको आक्रोस, सरकारको आदेश मानिरहेको शेनाको लोकतान्त्रीकरण भनेको के ? युनियन खोल्ने भनेको ?, या दलहरुको समर्थनमा जिन्दावाद–मुर्दावाद बोल्न लगाउन खोजेको ?

मङ्सिर १३
पूर्व सेनापति रुक्माङ्गत कटुवालले सुरक्षा निकायमा गरिने भनिएको ‘लोकतान्त्रीकरण’ प्रष्ट नभएको बताएका छन्। उनले सरकारको आदेश मानिरहेको सुरक्षा निकायलाई पुन: लोकतान्त्रीकरण तथा प्रजातन्त्रीकरण गर्नुको औचित्य नभएको बताए।
राष्ट्रवादी संयुक्त मोर्चाको नारायणी अञ्चलस्तरीय भेलाको वीरगन्जमा सोमबार उद्‍घाटन गर्दै कटुवालले भने- ‘लोकतान्त्रीकरण भनेको के ? युनियन खोल्ने भनेको ?, या दलहरुको समर्थनमा जिन्दावाद–मुर्दावाद बोल्न लगाउन खोजेको ?’, उनले थप प्रश्‍न गरे- हैन भने सरकारको आदेश मानिरहेका सुरक्षा निकायलाई किन बारम्बार प्रजातन्त्रीकरण र लोकतन्त्रीकरणका कुरा गर्नुपर्‍यो ?’ उनले यो विषय निकै गम्भीर भएको पनि बताए।
राजवादीको बाहुल्यता रहेको उक्त भेलाको प्रमुख अतिथि बनेका कटवालले सञ्चालकले प्रधान सेनापति भन्दै सम्वोधन गरेपछि त्यसो नभन्न आग्रह गरेका थिए। ‘अवकास प्राप्त हो, अवकास प्राप्त ‘, सञ्चालकको सम्वोधनलाई सच्याउँदै उनले भने- अवकास प्राप्त प्रधान सेनापति भन्नुहोस्।’ कार्यक्रमको बीचमा अन्य कतिपयले समेत उनलाई पुन: त्यही सम्वोधन दोहोर्‍याएपछि उनले बोल्ने क्रममा सुरुमै आफू भूतपूर्व सेनापति भएको प्रष्टीकरण दिएका थिए।
‘म अवकास प्राप्त महारथी हुँ, बोल्ने क्रमको सुरुवातमै उनले भने- म यहाँ कुनै वाद समर्थन गर्न र कसैलाई गाली गर्न आएको हैन। उनले सुरुमा यसो भने पनि घुमाउरो पाराले राष्ट्रवादको नाममा राजसंस्थाप्रति नरम र दलप्रति कठोर बन्न पुगे। उनले वर्तमान दलहरुले देशलाई सही निकास दिन नसकेको बताउँदै मुलुकले नयाँ नेता खोजेको पनि बताए।’यो देशलाई कानुन पालना गराउन सक्ने इमान्दार सपुतको खाँचो छ ‘, उनले चर्को स्वरमा भने- त्यस्ता हिम्मत भएका नेपाल आमाका छोरा या छोरी हुनुहुन्छ ? उनले अहिले नेपालमा त्यस्तो व्यक्तित्वको आवश्यकता भइसकेको सुनाए। ‘अब ढिला गर्‍यो भने मुलुक नै नरहने स्थिति हुनसक्छ ‘, विज्ञापनको शैलीमा उनले भने- रगत, पसिना र आसु दिन सक्ने सपुतको खाँचो छ।’ त्यो सपुतले मुलुकका सबै वादलाई समेटेर सिङ्गो नेपालको निर्माण गर्ने उनले सुनाए।
कटुवालले कुन संस्थालाई कहाँ राख्‍ने भन्ने निधो जनताले गर्ने बताउँदै त्यसका लागि निर्धक्क ढङ्गमा चुनावको वातावरण बन्नुपर्ने सुनाए। उनले दलबीच सम्झौता हुने तर त्यसको पालना नहुनेप्रति व्यङ्ग्यसमेत हाने। ‘१२ बुँदे सहमति पूरा भएन, अब नयाँ गर्ने रे’, उनले भने- २४ बुँदे, २८ बुँदे या ७२ बुँदे गरे पनि सहमति पूरा नभए चाला यही हुनेछ।’
उनले शान्ति सम्झौता पूरा भएको ४ वर्ष बितिसक्दा पनि माओवादी लडाकु अझै क्यान्टोमेनमा रहनु दुर्भाग्यपूर्ण भएको बताए। ‘दुई–चार जनाका लहडमा सयौं लडाकु बन्धक जस्तै अवस्थामा क्याम्पभित्र बस्न बाध्य छन्’, सहानुभूतिको शैलीमा उनले भने- उमेरै नपुगी लडाकु बनेका ती कलिला किशोर-किशोरीलाई त्यहाँबाट मुक्त गरिनुपर्छ।’ यसो गरे उनीहरु आफूले रोजेको पेशामा गएर नयाँ जीवन जिउने उनले सुनाए। ‘कोही कतार जालान्, कोही गाउँ फर्केलान्, कोही नेपाली सेनामा आउलान् ‘, उनले भने- तर अहिले उनीहरु बन्धकजस्तै अवस्थामा छन्।’
कार्यक्रम सुरु हुनुभन्दा पहिला वीरगन्ज र आसपासका क्षेत्रका राजावादी र राष्ट्रवादीले जुलुससहित टाउन हल पुगेको थियो। हत्या, हिंसा बन्द गर, राजसंस्था कायम गर जस्ता नारा लगाउँदै उनीहरुले बजार परिक्रमासमेत गरेका थिए। कार्यक्रमको मुख्य अतिथि बन्न कटुवाल आइतबार वीरगन्ज आएका हुन्। उनले मङ्गलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।

 
१ टिप्पणी

Posted by on नोभेम्बर 29, 2010 in Uncategorized

 

नेपालसम्बन्धी अमेरिकी दूतावासको हजारौँ गोप्य कागजात सार्वजनिक हुँदै


काठमाडौँ, मंसिर १३
अमेरिकी सेनाको गोप्य कागजात सार्वजनिक गरेर हंगामा मच्चाइरहेको साइट विकिलिक्सले नेपालसम्बन्धी अमेरिकी दूतावासका हजारौँ गोप्य कागजातहरु सार्वजनिक गर्ने भएको छ। विकिलिक्ससित साढे दुई लाखभन्दा बढी गोप्य अमेरकी कूटनीतिक कागजात रहेका छन्, जसमध्ये केही उसले आइतबार सार्वजनिक गरेको थियो।

आइतबार सार्वजनिक गरिएको कागजातमा नेपालसँग सम्बन्धित कुनै पनि कागजात नपरे पनि उसको वेबसाइटमा नेपालसम्बन्धी २ हजार ६ सय कागजात रहेको उल्लेख छ। यी कागजातलाई सो वेबसाइटले ‘आगामी केही महिनाभित्र सार्वजनिक गर्ने’ बताएको छ।
विकिलिक्सका अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले पठाएका २ हजार २ सय ७८ मेमोहरु मध्ये ८४ लाई अति गोप्यको दर्जा दिइएको छ, १ हजार २ सय ९९ मेमो गोप्य हुन् भने ७९५ लाई चाहिँ कुनै वर्गीकरण गरिएको छैन।यी कागजातले अमेरिकी सरकारको वैदेशिक गतिविधि र जासुसी ’bout छर्लङ पार्ने बताइएको छ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 29, 2010 in Uncategorized

 

मनीषाको दाम्पत्य जीवन धरापमा ?


गत शुक्रबार फेसबुकमा आफ्नो वैवाहिक जीवनमा समस्यामा परेको स्टाटस मेटाए पनि उनीहरूको पारिवारिक समस्यामा भने सुधार नआएको उनीहरूको व्यवहारले दे खाएको छ। दसैंमा माइती आएपछि मनीषा बुढानीलकण्ठस्थित आफ्नो घरमा एकपटक मात्र पुगेकी थिइन्। ‘माइतीमा बस्नु नराम्रो होइन, तर र्फकंदा उनले बुढानीलकण्ठमा भएका आफ्ना सबैजसो सामग्री माइतीमा ल्याएकी थिइन्।’ पारिवारिक स्रोतले साप्ताहिकसँग भन्यो, ‘सबै सामग्रीसहित माइती आउनुचाहिँ केही असजिलो दृश्य थियो।’ त्यसबेला उनका नजिकका आफन्तले उनी लामो समय माइतीमै बस्ने हिसाबले आएको अनुमान गरेका थिए।
एक दशकभन्दा बढी समय हिन्दी चलचित्र उद्योगमा अभिनेत्रीका रूपमा माथिल्लो पोजिसन प्राप्त गरेकी अनि ५ महिनाअघि विवाह गरेकी मनीषा कोइरालाको वैवाहिक जीवन अप्ठयारो अवस्थामा पुगेको बताइन्छ । लाखौं खर्च गरेर तामझामका साथ गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा सरिक हुन बलिउडका चर्चित हस्तीहरू नेपाल आएका थिए । त्यसबेला मनीषा आफैंले विवाहलाई सम्झनायोग्य बनाउने भन्दै सोल्टी क्राउन प्लाजामा सबै राजनीतिक दलका नेता एवं नेपालका सबैजसो विशिष्ट व्यक्तिलाई पाँचतारे पार्टी दिएकी थिइन् । उनको विवाहको पार्टीमै करिब ४० लाख खर्च भएको थियो ।
५ महिना लामो चिनजान र प्रेमपछि भएको उक्त विवाहका विषयमा मनीषाले त्यसबेला साप्ताहिकसँग भनेकी थिइन्, ‘सम्राट मेरो संसार हो । ऊजस्तो श्रीमान् पाएर म धन्य भएकी छु ।’ अहिले तिनै मनीषाले आफ्नो विवाहप्रतिको धारणा परिवर्तन गरेकी छिन् । चर्चित सोसियल नेटवर्किङ साइट फेसबुकमार्फत उनले आफ्नो विवाहसम्बन्धी धारणा परिवर्तन भएको बताएकी हुन् । त्यतिमात्र होइन, उनले आफ्नो वैवाहिक जीवनको विकल्प पनि सोच्न थालेको कुरा सार्वजनिक गरेकी छिन् । गत शुक्रबार पोस्ट गरिएको उक्त स्टेटसमा आफ्नो जीवनमा केही प्रश्न गम्भीर रहेको बताउँदै आफ्नो पीडा अरूलाई भन्न नसक्ने अवस्थाको चित्रण गरेकी छिन् । विरक्तिएको तर अस्पष्ट अंग्रेजी भाषामा लेखिएको उक्त स्टेटस अचानक हजारौं व्यक्तिमाझ पुगेपछि पक्ष-विपक्षमा सयौं कमेन्ट आए ।

मनीषाको मात्र होइन, उनका श्रीमान् सम्राट, बुबा प्रकास एवं पारिवारिक फोन पनि लगातार बज्न थाले । एक घन्टामै मनीषामाथि यति ठूलो दबाब आयो कि उनी फेसबुकको उक्त स्टेटस मेटाउन बाध्य भइन् । फेसबुक स्टेटस मेटिए पनि उनको निर्णयलाई साथ दिने वा त्यसो नगर्न सम्झाउनेहरूको कथा भने फेसबुकभरि छरिरह्यो । त्यसमध्ये एक जनाले मनीषालाई सम्झाउँदै लेखे, ‘पहिलो केही महिना केही कुरा नराम्रा लाग्छन् । ’cause त्यसमा हाम्रो बानी परिसकेको हुँदैन । वैवाहिक जीवन पनि त्यस्तै हो ।’ तर केहीले मनीषाले आवेगमा इन्टरनेटमा राखेको पीडालाई साथ दिँदै लेखे, ‘यदि तिमीले छोडपत्र गर्ने निर्णय गरि नै सक्यौ भने ठिकै छ, हामी तिम्रो साथमा छौं ।’
कुनै चलचित्रको क्लाइमेक्सजस्तो मनीषाको यो कमेन्ट आउनुअघि बजारमा मनीषा गर्भवती भएको खबर छाएको थियो । उनी हँसिलो मुद्रामा विभिन्न सार्वजनिक कायर् क्रममा सरिक भैरहेकी थिइन् । उनी नेपाली चलचित्र धर्मा एवं एउटा स्याटलाइट च्यानलको विज्ञापनको प्रचारमा व्यस्त थिइन् । विवाहपछि थोरै समयका लागि मात्र उनी मुम्बई गएकी थिइन् । आफ्ना रहल-पहल काम सकेर तुरुन्तै फर्किएकी मनीषाको जोडीले नवविवाहिताको कुनै पनि धर्म तोडेको थिएन । दसैंअघिसम्म सम्राट र मनीषा एउटै गाडीबाट बुढानिलकण्ठस्थित घरबाट सहर आउँथे । सहर आएपछि मात्र उनीहरू आ-आफ्नो काममा लाग्थे । कार्यक्रम भएको दिन मनीषा सीधै कार्यक्रमह रूमा पुग्थिन् भने नभएको दिन माइतीमा बस्थिन् । साँझ उनीहरूसँगै बुढानीलकण्ठ र्फकन्थे । पारिवारिक स्रोतका अनुसार कहलेकाहीँ भने सम्राट पनि ससुरालीमै रात बिताउँथे ।

दसैंपछि भने उनीहरूमा केही समस्या आउन थालेको पारिवारिक सूत्रहरूले दाबी गरेका छन् । ‘हरेक घरमा श्रीमान्-श्रीमतीबीच असमझदारी हुनु कुनै नौलो कुरा हो इन ।’ परिवारका स्रोतले भन्यो, ‘अहिलेको समस्या त्यस्तै केही हुन सक्छ । अहिले सबै ठीक भैसकेको छ । यो तपाईंहरूले समाचार बनाउने विषय नै होइन ।’ मनीषा आफैंमा संसार खाएकी महिला हुन् । पारिवारिक सदस्यहरूले यसलाई साधारण समस्या बताए पनि मनीषा आफैंले भने फेसबुकमा आफ्नो पारिवारिक समस्या धरापमा परेको अवस्थालाई अहिले पनि अस्वीकार गरेकी छैनन् । चर्चित भारतीय पोर्टल बलिउडएक्ट्रेस डट कमसँग मनीषाले भनेकी छन्, ‘त्यसबेला म साह्रै रिसाएकी थिएँ । त्यसै को प्रतिक्रियास्वरूप मैले उक्त स्टेटस पोस्ट गरेकी हुँ । ’cause म रिसाएका बेला यस्तै सिल्ली काम गर्छु ।’ मुम्बईस्थित उनका साथीहरूले पनि मनीषा भावुक स्वभावकी भएकाले उनले मनको आवेग थेग्न नसक्ने प्रतिक्रिया दिएका छन् । साथीभाइहरूले समेत मनीषाको फेसबुक स्टाटसपछि उनीहरूको पारिवारिक जीवनको चिन्ता गरेका छन् । फिनल्यान्डमा उनीहरूको एकमहिने हनिमुन यात्राको तस्बिर प्रकाशित गरेको त्यहाँको सबैभन्दा बढी बिक्री हुने पत्रिका हेलसिन्की दैनिकका तस्बिरहरू मनीषाको नयाँ खबरसँगै फेरि एकपटक इन्टरनेट भरी छरिएका छन् ।

अहिलेको अवस्था के छ ?


गत शुक्रबार फेसबुकमा आफ्नो वैवाहिक जीवनमा समस्यामा परेको स्टाटस मेटाए पनि उनीहरूको पारिवारिक समस्यामा भने सुधार नआएको उनीहरूको व्यवहारले दे खाएको छ । दसैंमा माइती आएपछि मनीषा बुढानीलकण्ठस्थित आफ्नो घरमा एकपटक मात्र पुगेकी थिइन् । ‘माइतीमा बस्नु नराम्रो होइन, तर र्फकंदा उनले बुढानीलकण्ठमा भएका आफ्ना सबैजसो सामग्री माइतीमा ल्याएकी थिइन् ।’ पारिवारिक स्रोतले साप्ताहिकसँग भन्यो, ‘सबै सामग्रीसहित माइती आउनुचाहिँ केही असजिलो दृश्य थियो ।’ त्यसबेला उनका नजिकका आफन्तले उनी लामो समय माइतीमै बस्ने हिसाबले आएको अनुमान गरेका थिए ।
तिहारअघि सम्राट फोहोर व्यवस्थापनको एउटा गोष्ठीमा भाग लिन टर्की गएका थिए । त्यसबेला मनीषाले श्रीमान् लामो समय बाहिर बस्ने भएकाले तयारीसहित माइती आएको बताएकी थिइन् । यद्यपि श्रीमान् सम्राट भाइटीकाको दिन नेपाल फर्किए पनि उनले माइती छाडिनन् । बरु सम्राट नै कतिपय अवस्थामा ससुराली एवं आफ्नो महाराजगन्जस्थित घरमा बसेका थिए । लामो समय मनीषा बुढानीलकण्ठस्थित घर नफर्कंदा नै बजारमा मनीषाको मन फेरिसकेको अनुमान गरिएको थियो । यद्यपि पत्रकारहरूको प्रश्नमा उनले भनेकी थिइन्, ‘म विराटनगरमा जन्मिएँ, बनारसमा पढें अनि मुम्बईमा करियर बनाएँ । मेरो अधिकांश समय गर्मी स्थानमा बितेकाले मलाई जाडोमा समस्या पर्छ ।’ मनीषाले बुढानीलकण्ठस्थित घरमा अत्यधिक चिसो भएकाले आफू माइती सरेको र पारिवारिक जीवन सहज रहेको बताएकी छिन् ।

अचानक मुम्बई

बजारभरि आफ्नो पारिवारिक जीवन धरापमा परेको हल्ला चलेपछि मनीषा भने अचानक मुम्बई उडेकी छिन् । केही समयअघि मुम्बईस्थित फ्लाट बिक्री गरेर सधैंका लागि नेपाल बस्ने योजना बनाएकी मनीषाले उक्त फ्लाट नबेच्ने योजना रहेको मुम्बईस्थित साप्ताहिक पत्रिका विन्दाज न्यूजले लेखेको छ । मनीषा मुम्बई पुगेपछि त्यहाँका स-साना सञ्चारमाध्यमहरूले मनीषाको विवाहलाई गसिप बनाउन थालेका छन् । उनका समाचारहरू जुम, इटिसी, बलिउड बिजनेस एवं स्थानीय न्यूज च्यानलमा पनि प्रसारण हुन थालेका छन् । यद्यपि आफ्नो पारिवारिक अवस्था सहज भएको मनीषा र सम्राटले बताएका छन् । सकेसम्म सञ्चारमाध्यमका अगाडि मुख खोल्न नचाहने सम्राटसँग साप्ताहिकले दुई दिनसम्म लगातार सम्पर्क गर्ने प्रयास गरेको थियो । लामो प्रयासपछि मंगलबार राति सम्पर्कमा आएका सम्राटले सञ्चारमाध्यमको व्यवहारले आफूलाई अप्ठयारोमा पारेको प्रतिक्रिया दिए । ‘डिभोर्स एवं पारिवारिक खटपटका कुरा भारतीय मनोरञ्जन साइट एवं च्यानलहरूले चलाएका हल्ला हुन् ।’ सम्राटले भने, ‘ त्यस्तो केही छैन । एक दिन राम्रोसँग कुरा गरौंला, अहिले म एउटा विवाहको भोजमा छु ।’
सम्राट निकट व्यक्तिहरूका अनुसार मनीषा मुम्बई जाँदा उनलाई छाड्न सम्राट एयरपोर्ट गएका थिए । दुवैको अनुहारमा त्यस्तो कुनै तनाव थिएन, जुन यति धेरै हल्लाका बीच हुनुपथ्र्याे । ‘तपाईंका लागि यो गसिप रमाइलो समाचार बन्ला, तर सत्य के हो भने दुवै परिवारमा त्यस्तो कुनै समस्या छैन ।’ सम्राट र मनीषाको विवाहमा मुख्य भूमिका खेलेका एक जना नातेदारले भने, ‘नराम्रो भएको भए सम्राट मनीषालाई छोड्न एयरपोर्ट किन जाने ? किन भविष्यको योजना बनाउने ? तपाईंहरू हावामा तीर हानिरहनुभएको छ ।’
यद्यपि उनले पनि मनीषाको फेसबुक स्टाटस र पछिल्ला घटनाक्रममा केही सत्यता रहेको संकेत गरे । ‘पारिवारिक जीवनमा केही तलमाथि त परि नै हाल्छ, तर डिभोर्स नै हुने अवस्थाचाहिँ होइन ।’ ती सदस्यले भने, ‘सानातिना समस्या हुन् भने पनि केही दिनपछि ठिक हुन्छ ।’ पछिल्लो समयमा मनीषासँग सम्बन्धित भएर आएका खबरले उनीहरूबीचको समन्ध क्रमशः सामान्य हुँदै गएको देखाएको छ । यद्यपि त्यस्तो कुन कुरा थियो, जसले अचानक मनीषा डिभोर्स गर्ने मानसिकतामा पुगेर सार्वजनिक गरिन् ? योचाहिँ मनीषा र सम्राटले अहिलेसम्म कसैसँग बताएका छैनन् । मनीषा र सम्राटको पाँचमहिने दाम्पत्य जीवनमा आएको यो भुइँचालोको प्रसङ्ग भने दुवैले यसरी लुकाए, जुन सम्राट र मनीषाको गर्भमै रहन पुग्यो ।

मनीषाले फेसबुकमा पोखेको एउटा मार्मिक कथन

समय सधैं अहिलेको जस्तै हुन्छ जस्तो लाग्छ… अरूको पनि मेरो जस्तै होला भन्ने ठान्छु । म अरूको पीडा बुझ्न सक्छु, तर म अफैंलाई सोध्छु— के म आफ्नो पीडा बिर्सिऊँ ???? जब हामी वास्तविक प्रेम पाउँछौं तब खुसी, सुख पनि साथै पाइरहन्छौं भने दुःख र पीडा पनि त्यसको साथै हुन्छ । मैले पनि प्रेम र सम्मानको धरातलमा हिँडेर स्वर्गीय आनन्द पाउन चाहें…।मेरो जीवनलाई सूक्ष्म रूपमा हेर्ने हो भने के मैले राम्रोका लागि सम्झौता गरेको हो ? यदि त्यो समय अहिले हुने हो र अहिलेको समय त्यो दिन हुने हो भने घरमा प्रे मको पूजा गर्न सकिन्थ्यो । प्रेममा कहिल्यै सम्झौता नगर… तिमी सधैं राम्रो पाउनलाई योग्य छौं ।

 
१ टिप्पणी

Posted by on नोभेम्बर 27, 2010 in Uncategorized

 

यसरी मारे माओवादीले मुक्तिलाई

नागरीक न्यूजवाट
गुणराज लुइँटेल, दुराडाँडा (लमजुङ), मंसिर ११

धुम्म परेको दिन थियो त्यो। बिहान सिमसिम पानी परेकाले थोरै हिलो पनि। देवी सदन प्राथमिक विद्यालय, तुर्लुङका शिक्षक बुद्धराम दर्जीले पढाउँदै गरेको कक्षाको झ्यालबाट बाहिर हेरे। कालो रुमाल बाँधेर मुख ढाकेका पाँचछ जना स्कुलकै बाटो हिँडिरहेका थिए।’ओहो, आज यिनको किन चलखेल छ?’ मनमनै सोचे उनले। तर, बाहिर निस्केर सोध्ने हिम्मत भएन।ती अनुहार छोपिएका त्रासद आँखा सोझिएको बाटोतिर उनले हेरिरहे केहीबेर। उनको मनको शंका त्यतिबेला सत्य भयो, जब छुट्टीपछि अर्को स्कुलबाट केटाकेटी पानीट्यांकीको बाटो हुँदै बुद्धरामको स्कुलतिर आए।’पाणिनीको हेडसरलाई आज मारेछन्,’ ती स्कुले नानीहरूले भयभीत आवाजमा सुनाए।’कठै नवकुमार (अधिकारी) सर!’ उनले स्कुलका प्रधानाध्यापकलाई सम्झे।स्कुले नानीहरूले उनलाई यो घटना सुनाउँदा दिउसोको साढे दुई बजेको थियो आफूजस्तै अर्को शिक्षक मारिएको खबरले उनका हातखुट्टा गले। ‘अब के पढाउने र?’ भन्दै स्कुल बिदा गरेर सबै शिक्षक घटनास्थलतिर दौडे।’हे भगवान, यो के देख्नु परेको!’
पानीट्यांकीनजिकै उत्तिसको रूखमा पछाडि हात बाँधिएका। मफलरले बेरेर घाँटी रूखमा बाँधिएको। यस्तो हविगत देख्नेको मात्र होइन, सुन्नेको समेत मन उद्वेलित भयो।यातनापूर्ण मरणपछि भुइँमा घुँडा टेकेर आँखा चिम्लिरहेको सौम्य अनुहार पाणिनी संस्कृत माध्यमिक विद्यालयका नयाँ प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको रहेछ। घटनास्थल आइपुगुञ्जेल बुद्धरामलाई मुक्तिनाथ यो घटनामा परे होलान् भन्ने लागेकै थिएन। किनकि, अघिल्लो दिनसम्म नवकुमार नै त्यस स्कुलका प्रधानाध्यापक थिए।
०००
यो विधिको विडम्बना होइन। यसको कारक हो, अहिले पालुङटारको विस्तारित बैठकमा सक्रिय एकीकृत माओवादी। उसले गाउँगाउँमा शोसक-सामन्त उन्मुलनको नाममा समाजलाई जोड्ने व्यक्तिहरूको हत्या गर्‍यो।पालुङटारनजिकै लमजुङको दुराडाँडामा नौ वर्षअघि भएको यो घटना स्थानीयबासीको दिमागमा ताजै छ। दुराडाँडाको नेटो काटेर देशविदेश पुगेको यो घटनाका दोषीलाई अहिलेसम्म कारबाही भएको छैन।२०५८ माघ ३ को यो घटना एक दसक पुग्नै लागेको छ। तर, यी वर्षहरूले घाउ अझै पुर्न सकेको छैन। गाउँलेका आँसु ओभाएका छैनन्। भयको अँध्यारो पर्दाले गाउँलाई छोपेकै छ। ‘मुक्तिनाथजस्ता कसैको अहित नगर्ने, मेहनती र आदर्श व्यक्तिको त हत्या हुन्छ भने अरूको के गति होला!’ धेरैका मनमा यही प्रश्नले बास गरेको छ।
०००
मुक्तिनाथ माघ ३ गते बिहान आफ्नो घर नजिकैको बूढामावलीतिरका दाइ पर्ने बालकृष्ण न्यौपाने, ६६, का घर आए। भारतीय सेनाबाट अवकासप्राप्त न्यौपानेले उनलाई चिया ख्वाए।
त्यो दिन मुक्तिले भनेछन्, ‘मैले हेडमास्टर हुनुपर्ने भयो, गर्दिनँ भन्दा पनि सुख पाइएन।’पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक नवकुमार गाउँमा बस्न नसकेर हिँडेपछि उनलाई त्यो जिम्मेवारी लिन एक दिनअघि जिल्ला शिक्षा कार्यालयले बोलाएको थियो। उनी २ गते नियुक्ति लिन गए। र, त्यही दिन गाउँ फर्के।सदरमुकाम बेसीसहरका अरू शिक्षक साथीले एक रात त्यहीँ बसेर फर्कन आग्रह गरे पनि उनले मानेनन्। स्कुलको अवस्था लथालिंग भइसकेकाले त्यसलाई सुधार्नुपर्छ भन्ने खाका कोर्दै उनी फर्किहाले।’यही पिँढीमा बिहान चिया खाएर बिदावारी भएर गएकै दिन त्यो घटना भयो,’ सम्झँदा बालकृष्णका आँखा आँसुले डम्म भरिए, ‘घर गएर खाना खाई स्कुल गएको, उसलाई यस्तो घटना भयो भनेपछि मेरा खुट्टा लगलग कामे।’उनी खबर सुन्नेबित्तिकै आतंकित हुँदै मुक्तिनाथको घरतिर कुदे। तर, घर पुगेपछि तगारो नाघ्न सकेनन्। फरक्क फर्के। ‘म घटना भएको ठाउँसम्म पनि जान सकिनँ, लास लिएर आएपछि फूल चढाएर फर्कें,’ उनले भने।मुक्तिहत्याको खबरले कामेका बालकृष्ण कुनैबेला माओवादीसँग लडेका थिए। चन्द्रपाटास्थित नेपाल बैंक लिमिटेडमा गार्ड बसेका बेला बन्दुक खोस्न आउने माओवादीसँग उनको तानातानै परेको थियो। उनको हात र शरीरलाई खुकुरीले छियाछिया पारेपछि मात्र माओवादीले बन्दुक खोस्न सकेका थिए।
तर, बालकृष्णको त्यो बहादुरी मुक्तिहत्याको खबरले भयमा अनुदित भयो।’मेरो जिउमा ५४ टाँका लागेको थियो,’ उनले भने, ‘मलाई मर्छु भन्ने डर कहिल्यै लागेन, तर मुक्तिहत्याले साह्रै दुःखी बनायो।’
०००
लमजुङको चन्द्रेश्वर गाविस, छहरेपानीका ठाकुरप्रसाद तिवारी, ५३, आफ्नो बालसखा मुक्तिनाथलाई पढाइमा तेज व्यक्तिका रूपमा सम्झन्छन्, ‘उनी सानैदेखि अरूप्रति नचाहिँदो व्यवहार नगर्ने र आफू पनि त्यस्तो व्यवहार नसहने व्यक्ति थिए।”बाटामा खेलिरहेका केटाकेटी देखे मुक्ति समयतालिका बनाएर खेल्न र पढ्न सल्लाह दिन्थे। बूढापाकाले तास खेलेर बसिरहेको देखे समय सदुपयोग गर्नू भन्थे,’ ठाकुरले भने, ‘उनको सल्लाह हुन्थ्यो- समय सदुपयोग गरौं, राम्रा काम गरौं।’सानैमा बाबुआमा बितेपछि दीनहीन भएका मुक्तिनाथ अलि ठूलो भएपछि मात्र स्कुल गएका थिए। स्कुल गएपछि एकाएक यस्तरी चम्किए, उनले प्राथमिक कक्षामा धेरै दिन बस्नै परेन। प्रथम श्रेणीमा एसएलसी पार गरे। त्यसपछि बाँकी पढाइ पनि राम्ररी अघि बढाए। एसएलसीपछि गाउँकै स्कुलमा शिक्षक भए। कोलम्बो प्लानअन्तर्गत डाक्टरी पढ्न छात्रवृत्तिसमेत पाएका थिए। तर, अर्कै व्यक्तिलाई अवसर दिन आग्रह भएपछि उनले त्यो छाडेको गाउँलेहरू किंवदन्तीसरह सुनाउँछन्।गाउँलेहरू उनलाई कुनै स्वार्थ नभएको, अरूलाई सहयोग गर्न सधैं तत्पर व्यक्तिका रूपमा सम्झन्छन्। गाउँको एकताका निम्ति उनी निरन्तर क्रियाशील थिए। मारिएको समय उनी पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक भए पनि गणित र विज्ञान पढाउन जिल्लामै कहलिएका थिए। टाढा गाउँदेखि ट्युसन पढ्न विद्यार्थीहरू डेरै गरेर उनको गाउँमा बस्थे।गाउँमा वाचनालय खोल्नेदेखि कोही बिरामी पर्दा सबै गाउँलेले मिलेर खेती लाइदिने चलन उनैले सुरु गराएका थिए। ‘कोही बिमारी पर्दा पुरै गाम्ले भएर सहयोग गर्ने चलन थियो,’ छहरेपानीकी सरस्वती अधिकारी, ६३, भन्छिन्, ‘अहिले कसैको लास परे पनि सहयोग गर्ने मान्छे छैन।’मुक्तिनाथका यिनै गुणले हो, पाणिनी स्कुलदेखि पानीट्यांकीसम्मको झन्डै आधा घन्टा पैदल दुरीमा बस्ने हरेक गाउँलेका आँखामा उनलाई पछाडि हात बाँधेर र कञ्चटमा बन्दुक ताकेर लगेको स्मृति आलै छ।माओवादीले उनलाई लिएर गएको त्यही बाटोमा भेटिएका सर्वोदय उच्च माध्यमिक विद्यालयका शिक्षक जीवनाथ अधिकारीले भने, ‘उहाँजस्तो गुरु पाउन सकिँदैन।’
मुक्तिनाथले प्रधानाध्यापकको नियुक्ति लिन बेसीसहर गएको दिन उनी पनि सँगै थिए। उनले मुक्तिनाथलाई नियुक्ति नलिन आग्रह गरेका थिए। आफूले जिम्मेवारी लिनुपर्ने बाध्यता रहेको उनले त्यही बेला सुनाएका थिए।’त्यो नै हाम्रो अन्तिम भेट भइदियो,’ उनी सम्झन्छन्।
उनको हत्यास्थल नजिकैको खजेगाउँका नरजंग दुरा, ५३, भन्छन्, ‘उहाँ साह्रै सहयोगी भावनाको मान्छे। हामीलाई सधैं राम्रो सल्लाह दिनुहुन्थ्यो।’गाउँलेहरू मुक्तिको हत्यालाई केवल हत्या ठान्दैनन्, समाजलाई जोड्ने एउटा व्यक्तिको ‘सफाया’पछि आफ्नो राजनीति विस्तार गर्न सकिन्छ भन्ने उद्देश्यले प्रेरित भएर गराइएको जघन्य अपराध मान्छन्। र, उज्यालोविरुद्धको नियोजित घटना।किनकि, उनी संस्कृत स्कुलका हेडमास्टर भएकाले भन्दा पनि समाजसुधारक भएकाले मारिएका थिए। गाउँगाउँमा यस्ता व्यक्तिको हत्या गरेपछि माओवादीलाई आफ्नो आतंकपूर्ण छवि विस्तार गर्न मद्दत पुग्थ्यो। हुन पनि यसले एक गठ रहेका गाउँलेलाई एक्लो र भयभीत बनाइदियो।
‘यो गाउँको बत्ती निभ्यो बाबु,’ सुमित्रा न्यौपाने, ५९, भन्छिन्, ‘त्यो घटनापछि हामी गाउँमा बस्न सकेनौं।’
०००
त्यो दिन पाणिनी संस्कृत माध्यमिक विद्यालयमा धमाधम कक्षा चलिरहेको थियो। प्रधानाध्यापकको नियुक्ति लिएर आएकै भोलिपल्ट मुक्तिनाथ १० कक्षालाई पढाउँदै थिए। टिफिनको घन्टी लाग्नै लागेको थियो। दिउसो १ः१० मा केही व्यक्ति हेडसरलाई खोज्दै आए। कसैले उनी पढाउँदै गरेको कक्षा देखाएपछि उनीहरू त्यतै गए। तिनले ‘बाहिर आउनू’ भनेपनि उनले ‘कक्षा सकिएपछि कुरा गरौं’ भन्दै अध्यापनलाई निरन्तरता दिए।तर, उनीहरूले टेरेनन्। कक्षाकोठामा पसे। उनको हात पछाडितिर बाँधिदिए। विद्यार्थीहरू आत्तिएर रुन थाले। सबै शिक्षकलाई कार्यालयबाट चौरमा पठाइयो। विद्यार्थीलाई पनि बाहिर निकालियो। एकैछिनमा कञ्चटमा बन्दुक ताक्दै उनलाई लिएर गए। उनीहरूले ‘कसैलाई खबर नगर्न र पछिपछि नआउन’ धम्कीसमेत दिए।’नराम्रो काम गर्दै हिँड्ने प्रवृत्ति नभएकाले उहाँमा हक्की स्वाभाव थियो,’ उनलाई कक्षाकोठाबाट लैजाने बेलाको घटना सम्भि्कँदै अहिलेका प्रधानाध्यापक शुभाकर खतिवडा भन्छन्, ‘उहाँ समाजलाई पच्ने किसिमको मात्र व्यवहार गर्नुहुन्थ्यो।’घटनाका साक्षी शिक्षकहरूका अनुसार मुक्तिनाथलाई लग्ने समूहमा १०/१२ जना थिए। तिनले हातमा ग्रिनेड बोकेका थिए।’त्यो बेला हाम्रो बोली बन्द भयो,’ शिक्षकहरू भन्छन्, ‘तैपनि हामी छलिँदै-छलिँदै उनीहरूभन्दा केही पछि गइरहेका थियौं।’माओवादीले सबै शिक्षकबाट आफ्नो तलबको २५ प्रतिशत मागेका थिए। मुक्तिनाथले आफ्ना शिक्षक साथीहरूसँगको बैठकमा यो कुरा राखे। सबैबाट नदिने सहमति भयो। उनले शिक्षकहरूको यो सन्देश माओवादीलाई सुनाएका थिए।त्यो दिन उनलाई कक्षाकोठाबाट निकालेर लैजाँदा पनि एकदुई दिनमै फर्काइदिने बताइएको थियो। त्यत्रो ठूलो गाउँको बाटो हात पछाडि बाँधेर, कञ्चटमा बन्दुक ताकेर गाउँको सिरानमा रहेको पानीट्यांकीसम्म लैजाँदा पनि कसैले उनीहरूको सामना गर्न सकेनन्।अनि, केही बेरमै मुक्तिनाथको हत्या गरेर उनीहरू तुर्लुङतिर लागे। एक स्थानीयले दिएको जानकारीअनुसार, सिन्दुरे गाविसको जंगलमा एक महिला र आठ पुरुषगरी नौजना माओवादीसँग उनको भेट भएको थियो। लमजुङका देवेन्द्र पौडेल नामका माओवादीको नेतृत्वमा उनीहरू मुक्तिनाथको हत्या गरेर त्यो बाटो लागेका थिए। उनकै नाममा किटानी जाहेरीसमेत दिइएको थियो। तर, यो घटनामा दोषीलाई कारबाही गर्नेतिर कुनै प्रगति भएन।हत्यापछि उनीमाथि ‘जासुसी’ को आरोप लगाइयो। तर, उनले के जासुसी गरेका थिए, माओवादीले आजसम्म भन्न सकेको छैन। बरु माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले टेलिभिजन अन्तर्वार्ताका क्रममा ‘मुक्तिसरको हत्या गल्ती भएको’ स्विकारेका छन्।
०००
मुक्तिनाथलाई ‘क्रुसिफाई’ गरिएको उत्तिसको रूख अहिले छैन। हत्याको केहीदिनमै गाउँलेले एउटा अलच्छिनको रूपमा त्यसको जरैसम्म ढालिदिएछन्।शिक्षक बुद्धरामसँगै स्कुल गइरहेका जनसेवा प्रावि, हिलेका शिक्षक शिवराम खनियाले भने, ‘यो बाटो हिँड्दा हामीलाई जहिले पनि त्यो निर्मम हत्याको झल्को आउँछ।’

त्यो कारुणिक तस्बिर!

हत्यालगत्तै हात पछाडि लगेर रूखमा बाँधेको, मफलरले घाँटी बेरेर रूखमा बाँधेको, एउटा घुँडा टेकिरहेको र अर्को खुट्टा कान्लामा झुन्डिएको मुक्तिनाथ अधिकारीको तस्बिर अखबारमा आयो। भुइँमा उनको टोपी झरिरहेको छ। त्यो तस्बिर सबैका मनमा गढ्यो। र, आजपर्यन्त छापिइरहेको छ।त्यो तस्बिर खिच्ने व्यक्ति म हुँ भनेर अहिलेसम्म मैले भन्न सकेको छैन। तस्बिर खिचेपछिका तीन वर्ष म दसैंमा घर जान सकिनँ।यस्तो तस्बिर अभिलेखका निम्ति पनि आवश्यक हुन्छ भनेर मैले खिचेको हुँ। घटनाको राति हामी सबै लास कुरेर त्यही बस्यौं। राति ११ बजेतिर ठुल्ठुला मुढा बालेर उज्यालो पारी हामी त्यहाँबाट हिँड्यौं। तैपनि राति पटकपटक आएर हेर्‍यौं। लासलाई कसैले नचलाओस् भन्नेमा हामी थियौं।भोलिपल्ट बिहान फोटो खिच्न मैले स्थानीय फोटोग्राफरलाई अनुरोध गरेँ। उनी डरले त्यहाँ जान सकेनन्। म आफैं उनको क्यामरा लिएर गएँ र विभिन्न एंगलमा केही तस्बिर खिचेँ। बिहानको घाम लागिसकेको थियो। एउटा तस्बिरमा घामका कलिला किरणको प्रतिविम्बसमेत देखिन्छ। फोटो खिचिसकेपछि क्यामरा उनै फोटोग्राफरलाई फर्काएँ। उनैले ती तस्बिर धुलाएर मलाई दिए। पछि हिमाल खबरपत्रिकाका संवाददाता गाउँमा आएपछि उनले त्यसलाई लगेर छापे।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 27, 2010 in Uncategorized

 

वैद्य हावी, भट्टराई सुदृढ, दाहाल कमजोर

पालुङटार, मंसिर ११
माओवादीभित्र चर्चित भनाइ छ, पुष्पकमल दाहाल भनेको आगोको त्यस्तो ‘प्रचण्ड’ राप हो, जोसँग ठोक्किदा कि जलेर नष्ट भइन्छ, कि विलय। ०४८ सालको एकता महाधिवेशनयता पार्टीभित्र दाहाल साँच्चिकै ‘प्रचण्ड राप’झैं देखिए। जनयुद्ध सुरु नहुँदै दाहालले रामबहादुर थापालाई सांस्कृतिक कारबाहीमा पारे। १० वर्षे जनयुद्धका क्रममा उनीसँग बाबुराम भट्टराईका आधा दर्जनभन्दा बढी वैचारिक घम्साघम्सी परे। अन्ततः उनले पनि ०६२ असोजको चुनवाङ बैठकमा आफू दाहालमा विलय भएको स्वीकारे। दाहालसँग अन्तरविरोध राख्ने कैयन नेता कि पार्टी छाडेर हिँडेका छन्, कि जिम्मेवारविहीन।
पालुङटारमा भइरहेको छैठौं विस्तारित बैठकमा दाहालविरुद्ध उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले वैचारिक मतभेद दर्ज गरेका छन्। त्यो पनि दाहाल नेतृत्वको हेडक्वार्टरलाई चर्को आलोचना गर्दै, ‘नीति तथा नेतृत्व एउटै हुनुपर्ने’ मागसहित। विस्तारित बैठकको पाँच दिनको परिदृश्य मूल्यांकन गर्दा दाहालको २० वर्षे एकाधिपत्य अन्त्य भएको छनक मिल्छ।
पार्टीको महत्त्वपूर्ण मोर्चा अन्तर्राष्ट्रिय ब्युरोबाट विस्तारित बैठकमा दाहालतर्फबाट बोल्ने प्रतिनिधि कोही भेटिएन। अन्तर्राष्ट्रिय ब्युरोबाट बेल्जियमका विष्णु भुजेलले वैद्यतिर बोले भने भट्टराईका तर्फबाट कृष्ण आचार्यले। दाहालका ‘भित्रिया’ मानिने कृष्णबहादुर महरा इन्चार्ज रहेको अन्तर्राष्ट्रिय ब्युरोबाट पक्षमा बोल्ने मान्छे नहुनु उनका लागि कम्ति लाजमर्दो भएन।
०६५ मंसिरको खरिपाटी भेलामा दाहालको पक्षमा एक्लौटी वकालत गर्ने माओवादी जनमुक्ति सेना पनि अहिलेको विस्तारित बैठकमा विभाजित देखियो। तीन नम्बर डिभिजनका एक कमान्डर रविन्द्रले खुलेयाम दाहाललाई चुनौती दिए, ‘हामी क्रान्तिको उद्देश्यले जनमुक्ति सेना बनेका हौं, दायाँ-बायाँ गर्नुभयो भने बन्दुकको नाल तपाँइहरूतिरै सोझिन्छ।”चेन अफ कमान्ड’का नाममा दाहालले आफूहरूलाई सरकार पुग्ने ‘बार्गेनिङ कार्ड’का रूपमा प्रयोग गरेको आरोपसमेत कमान्डरहरूले लगाए।त्योभन्दा बढी दाहालको टाउको दुखाइको विषय अर्को बन्यो, लडाकुले भट्टराईको पक्षमा गरेको खुलेयाम वकालत। अधिकांश लडाकुका नजरमा भट्टराई ‘भारतप्रति लचिलो’ नेताका रूपमा चिनिन्थे। भट्टराईले विस्तारित बैठकमा ल्याएको फरक दस्तावेजमा सेना समायोजन’bout स्पष्ट खाका व्याख्या गरिदिएपछि उनका पक्षमा लडाकु आकर्षित भएका हुन्।

बैठकका सहभागीबीच तीनथरि कार्यकर्ता भेटिए। पहिलो- १० वर्षे ‘जनयुद्ध’मा अहोरात्र खटिएका, सपरिवार युद्धमा होमिएका कार्यकर्ता, जो अहिले नाजुक आर्थिक अवस्थामा छन् र सांगठनिक जिम्मेवारी अरूको तुलनामा कम पाएका छन्। ‘जनयुद्ध’लाई यहाँसम्म ल्याउन यो समूहले आफ्नो सन्तान गुमाएको, घरबार विचल्ली पारेको यथार्थ माओवादीभित्र कसैले नकार्न सक्दैनन्। अहिले यही समूह वैद्य पक्षधरका रूपमा चिनिएको छ।दोस्रो- पढाइमा सधैं अब्बल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्धिक ख्याति कमाएका भट्टराईलाई आदर्श मानेर एउटा वर्ग ‘जनयुद्ध’मा होमियो। उनलाई नायक ठान्दै बौद्धिक वर्गमा पर्नेहरू पूर्णकालीन (होलटाइमर) भए। होलटाइमर हुन नसक्ने (बुद्धिजीवी, सहरीया मध्यमवर्गीय) ले पनि माओवादीलाई प्रत्यक्ष-परोक्ष सहयोग गर्दै आए, र गरिरहेका छन्। द्वन्द्वको समयमा किताबी रटानमात्रै फलाक्ने, तर प्रत्यक्ष लडाइँमा कम सहभागी हुन नसक्ने आरोप यो समूहमाथि लाग्दै आयो। भट्टराईले फरक दस्तावेज ल्याएपछि यो समूह उनका पक्षमा ज्यान फालेर लागेको देखियो।तेस्रो- माओवादी युद्धका बेला ‘हार्डलाइनर’का रूपमा चिनिएका, तर शान्ति प्रक्रियामा आएपछि विलासी जीवनमा रमाइरहेकाहरू यो समूहमा पर्छन्। वैद्यको विश्लेषणमा, ‘क्रान्तिको ब्याज खानेहरू’ पालुङटार बैठकमा दाहालतिर खुल्मखुल्ला उभिए। जनसेना र वाइसिएलका नाममा ‘युद्ध सरदार’ (वार लर्ड) बनेकाहरू आफ्नो अकुत धन जोगाउन हिजोआज ‘हेडक्वार्टर’ निकट टाँसिएको वैद्य र भट्टराई पक्षधरको आरोप छ। शान्तिप्रक्रियापछि कम्युनिस्ट धु्व्रिकरणका एजेन्डामा माओवादीमा भित्रिएका नवप्रवेशी पनि अधिकांश दाहाल पक्षधर मानिन्छन्।
खरिपाटी भेलाताका कार्यकर्ताबीच यस्तो तीन वर्ग देखिएको थिएन। त्यो भेलाको एजेन्डा बनेको थियो, ‘रेड’ र ‘एक्सपर्ट’ बीचको लडाइँ। माओवादी भाषामा यसलाई ‘लाल’ र ‘निपूर्ण’ पनि भन्ने गरिन्छ। युद्धमा घाइते, अपांग, बेपत्ता तथा सहिद भएका परिवार शान्ति प्रक्रियामा उपेक्षित हुँदै गए। अन्तरिम व्यवस्थापिका, गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकार र माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारताका पढेलेखेका, ब्युरोक्रेसी बुझेका र राष्ट्रिय-अन्तर्राष्ट्रिय माहोल ठम्याउन सक्नेहरूले धमाधम अवसर पाउन थाले। द्वन्द्वको आलो घाउ बोकेकालाई औषधोपचार गर्नसमेत आफन्तसामु ऋण माग्नुपर्ने स्थिति बन्यो। विस्तारै घरबार त्यागेका होलटाइमर शान्ति प्रक्रियापछि भत्किएको पुरानो घर निर्माणमा लागे र पार्टीलाई पार्टटाइमका रूपमा लिन थाले।
दाहाल प्रधानमन्त्री भएकै बेला पार्टीभित्रका इमानदार कार्यकर्ताले ‘निपूर्ण’ले मात्र अवसर पाएको आरोप लगाए। दाहाल र भट्टराई खरिपाटी भेलामा संयुक्त क्याम्पमा रहेकाले वैद्य पक्षधरले दुवैलाई अवसरवादी, दक्षिणपन्थी पगरी गुथाए। खरिपाटी भेलाले दाहालको शान्ति र संविधानको कार्यदिशा परिवर्तन गरेर जनविद्रोहको लाइन पारित गर्‍यो। त्यही लाइनलाई दाहालले व्यवहारमा कार्यान्वयन नगरेको आरोप अहिले वैद्य पक्षधरले लगाइरहेका छन्।खरिपाटी भेलाताकाको दाहाल-भट्टराई क्याम्प यतिखेर भत्किसकेको छ। कुनै बेलाका ‘राजनीतिक गुरु’ वैद्यले पनि फरक दस्तावेज ल्याएर आफ्नै चेला दाहाललाई चुनौतीमात्र दिएका छैनन्, उनी क्रान्तिका लागि सैद्धान्तिक र व्यवहारिक रूपमा भट्टराईभन्दा बढी हानिकारक हुने दाबीसमेत गरेका छन्।
वैद्यले दाहाललाई ‘मध्यपन्थी धार’को आरोप लगाउँदै मुखमा क्रान्ति तर व्यवहारमा दक्षिणपन्थीसँग सम्झौता गर्ने व्यक्ति भनेर चित्रित गरेका छन्। उता वैद्य र भट्टराई दुवै अतिवादी भएको र आफ्नो लाइन नै नेपाली क्रान्तिको निर्विकल्प कार्यदिशा भएको दाहालको दाबी छ।विस्तारित बैठकमा दाहालको पक्षमा बोल्ने प्रतिनिधिले ‘जनयुद्ध’को मूल्य र मान्यतालाई नबिर्सिकन क्रान्तिको कार्यदिशा पारित हुनुपर्नेमा जोड दिएका थिए। दाहाल पक्षका केही वक्ताले घुमाउरो तवरमा सैद्धान्तिक रूपमा वैद्यको कार्यदिशा सही भएको र त्यसको नेतृत्व दाहालले गर्नुपर्ने जिकिर गरेका थिए। वैद्य पक्षधरका वक्ताहरूले आर्थिक हिसाबकिताब देखाउन दाहाललाई चुनौती नै दिए।
विस्तारितमा बोल्ने नौ दर्जनजति प्रतिनिधिले सांगठनिक रूपमा कमजोर मानिएका भट्टराईको यसपटक अभूतपूर्व सफलता हासिल भयो। भूगोल र जनवर्गीय संगठनमा उनका मान्छे कमजोर ठानिए पनि भेलामा उनका पक्षमा बोल्ने सहभागीको कमी थिएन। दाहालको प्रत्यक्ष कमान्डमा चल्ने वाइसिएल र लडाकुभित्र अहिले पनि भट्टराई कमजोर देखिए। लडाकुका चार डिभिजनबाट उनका पक्षमा कमान्डरले बहस गर्नु उल्लेख्य छ।यसआधारले पनि विस्तारित बैठकमा वैद्य पक्ष हाबी, भट्टराईको पक्ष सुदृढ र दाहालको स्थिति कमजोर भएको मान्न सकिन्छ। जिज्ञासा उठ्छ, के दाहालको २५ वर्षे नेतृत्वमाथि ‘थे्रट’ भएकै हो?
‘संसारका कुनै पनि वादमा नेतृत्व एकाएक बनेको इतिहास छैन, झन् कम्युनिस्ट पार्टीमा भीषण वर्गसंघर्षबाट नेतृत्व स्थापित हुने गर्छ,’ पालुङटार भेलाको उद्घाटन क्रममा दाहालले दाबीसमेत गरे, ‘रातारात नेतृत्व परिवर्तन हुने कुरा कसैले नचिताए हुन्छ।’माओवादीलाई नजिकबाट नियाल्नेहरू भन्छन्, दुई दसकदेखि दाहाललाई वैद्यले दर्शनमा र भट्टराईले ‘जनयुद्ध’को आर्किटेक्ट गर्नमा अविरल सघाइरहेका थिए, तर अब त्यो स्थिति नहुनसक्छ। दाहालको व्यक्तित्वलाई देवत्वकरण बनाइनुपर्छ भन्ने वैद्यहरू अहिले उनको कटु आलोचनामा लागेका छन्। पार्टीभित्र र बाहिर शक्ति सन्तुलन मिलाउन खप्पिस दाहाललाई यतिखेर पार्टीभित्रैबाट विश्वास गुम्दै गएको छ। त्यस अर्थमा दाहाल पक्कै कमजोर देखिएका छन्। भलै उपाध्यक्षद्वयले उनीमाथि अहिलै नेतृत्व हड्प्ने अभिव्यक्ति दिएका छैनन्, तर यही राग बढ्दै गए आगामी सम्मेलन वा महाधिवेशनमा उनको निर्विकल्प नेतृत्व गुम्ने निश्चित छ।
Nagarik news

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 27, 2010 in Uncategorized

 

बाघको दूध पोषिलो कि मुसाको ?

सिर्जना शर्मा
हरेक स्तनधारी जीवको दूध बच्चाका लागि अत्यन्त पोषिलो हुन्छ तर बिर्सन नहुने कुरा के हो भने आफ्नी आमाको दूध कुनै पनि जीव वा मनुष्यका लागि अन्य दूधभन्दा बढी पोषिलो हुन्छ। यसको अर्थ सबैभन्दा बलियो जीव बाघको दूधमा बढी पोषण तत्व हुने तर सानो वा कमजोर जीवको दूधमा पोषण तत्व कम हुने होइन। त्यसैले सानो तथा कमजोरको उदाहरणका रूपमा तिमीले लिएको मुसाको दूध अवश्य पनि उसको बच्चाका निम्ति कम पोषिलो हुँदैन। हरेक जीवको दूध उसको सन्तानका लागि उपयुक्त हुने गरी बनेको हुन्छ।
‘बालकलाई जन्मिएको २ वर्षसम्म स्तनपान गराउनुपर्छ।’ यही सन्दर्भमा म के भन्न चाहन्छु भने शिशु जन्मनासाथ उसले आमाको दूध खान पाउनुपर्छ। यो शिशुको जन्मसिद्ध अधिकार हो। कुनै पनि शिशु आफ्नो खुसीले पृथ्वीमा जन्मिएको हुँदैन। मानिसहरू सन्तान आफ्नो रहरले जन्माउँछन्। आफ्नो रहरबाट प्राप्त गरिएको सन्तानप्रति उनीहरूको कर्तव्य पनि उत्तिकै गम्भीर हुन्छ भन्ने कुरा कसैले बिर्सनु हुँदैन। अर्को महत्त्वपूर्ण कुरा शिशुलाई स्तनपान गराउँदा आमाको सौन्दर्य कम हुन्छ, उनी छिट्टै बूढी हुन्छिन् भन्ने कुरामा पनि कुनै सत्यता छैन। यो गलत मानसिकताको सोच मात्र हो। सृष्टिले हरेक स्तनधारी जीवका लागि आफ्नो सन्तानलाई ख्वाउन दूध बनाएको हुन्छ। तसर्थ दूध ख्वाउँदा बच्चा बलियो हुनुका साथै आमालाई पनि सकारात्मक प्रभाव पर्छ। स्वास्थ्य एवं सौन्दर्यमा स्तनपान नगराउँदा नकारात्मक असर पर्न सक्छ।
शिशुलाई दूध ख्वाउने आमाले कम्तीमा २ छाक पेटभरि पोषिलो खाना खान पाउनुपर्छ। विश्वभरका स्वास्थ्य विशेषज्ञहरू स्तनपानको महिमा गाउँदै हिँडेका छन्। ’cause स्तनपान शिशुका लागि ज्यादै आवश्यक कुरा हो। स्तनपानको महत्त्व वैज्ञानिक तथा सामाजिक रूपमा प्रमाणित भैसकेका कारण यसको वकालत सबै क्षेत्रबाट हुन थालेको छ। यस विषयमा आवश्यक जानकारी नपाएका कारणले मात्र आमाहरू आफ्ना सन्तानलाई दूध चुसाउने कुरामा महत्त्व दिँदैनन्। अब हरेक सचेत किशोर-किशोरीले यसको महत्व बेलैमा थाहा पाइराख्नुपर्छ र अरूलाई समेत जानकारी गराउनुपर्छ। बाहेक स्तनपान गराउँदा अन्य धेरै प्रकारका फाइदा हुन्छन्। नवजात शिशुलाई जन्मिएको एक घन्टाभित्रै छातीमा टाँसी दूध चुसाउँदा आमाको दूध बढी पगि्रन्छ। सुत्केरी आमाको पाठेघर खुम्चन मद्दत पुग्नुका साथै अति रक्तस्राब हुने खतरा कम भई साल छिटो र्झन मद्दत पुग्छ। शिशुलाई स्तनपान गराउने महिलालाई अन्य महिलाको तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ।
शिशुलाई आमाको पहेंलो बिगौती दूध ख्वाउनुपर्छ। बिगौती दूध अत्यन्त पोषिलो हुन्छ। जन्मिएको ६ महिनासम्म शिशुलाई आमाको बाहेक अन्य कुरा नख्वाउनु नै राम्रो हुन्छ। यसो गर्दा झाडापखाला तथा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ। यो उमेरका शिशुलाई आमाको दूधबाहेक अन्य कुनै खाने कुरा तथा पानी ख्वाउन आवश्यक हुँदैन। कम तौलको शिशुले लगातार धेरै बेर दूध चुस्न सक्दैन। त्यसैले कम तौलका शिशुलाई छिनछिनमा थोरैथोरै बेर दूध चुसाउनुपर्छ।
शिशुको उमेर छ महिना पुगेपछि आमाको दूधका साथै अन्य खाना पनि दिनुपर्छतर शिशुको उमेर २ वर्ष नपुगेसम्म आमाको दूध छुटाउनु हुँदैन। आमाको दूध खाएका शिशुहरू गाईवस्तु वा बट्टाको दूध खाएका शिशुको तुलनामा स्वस्थ हुन्छन्। आमाको दूध शिशुले सजिलै पचाउँछन्। शिशुले जनावरको दूध तथा बट्टाको दूध आमाको दूधजस्तो सजिलै पचाउन सक्दैन। आफ्नो शरीरलाई उपयुक्त पोषण तथा झोल तत्व शिशुले केवल आमाको दूधमा पाउन सक्छ। आमाको दूधले एन्टिवायोटिकको काम गर्छ। यस्तो शक्ति अन्य दूधमा हुँदैन। घरबाहिर काममा जाने महिलाले आफ्नो दूध दुहेर सफा भाँडोमा राखिदिए बच्चालाई त्यही दूध ख्वाउन सकिन्छ। यसरी दुहेको दूध ८ घन्टासम्म बिगँ्रदैन। एचआइभी संक्रमित महिलाले जन्माएको शिशुमा स्तनपानमार्फत एचआइभी सर्ने सम्भावना हुन्छ। शिशुलाई एचआइभी सरिसकेको अवस्थामा भने कम्तीमा ६ महिनासम्म दूध ख्वाउनुपर्छ।
यति धेरै फाइदा रहेको विषयलाई सबैले स्वीकार गरून् भनेर वकालत गर्न उपयुक्त छैन त ? विश्वका १ सय ५० राष्ट्रभन्दा बढी सम्मिलित विश्व स्तनपान संगठन तथा स्तनपानका लागि वकालतकर्ताहरू विगत२० वर्षदेखि हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाउँछन् । नेपालमा पनि यो दिवस हरेक वर्ष साउन महिनाको दोस्रो हप्ता अंग्रेजी क्यालेन्डरअनुसार मनाइन्छ ।
Nari magazine

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 26, 2010 in Uncategorized

 

आजकी मोडल

मोडल वोना राई

मोडल वोना राई

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 24, 2010 in Uncategorized

 

भारतसँग ‘राष्ट्रिय युद्ध’का लागि तयारी गरौं : दाहाल, वैद्यलाई फकाउने प्रयास

भोजराज भाट, पालुङटार, मंसिर ८
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाट भारतसँग हुनसक्ने सम्भावित ‘राष्ट्रिय युद्ध’ को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। पालुङटारमा चलिरहेको छैटौं विस्तारित बैठकको बन्दसत्रमा बोल्दै दाहालले राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।
विस्तारित बैठकमा माओवादी उपाध्यक्ष द्वय बाबुराम भट्टराई र मोहन वैद्यको फरक मतलाई सम्बोधन गर्नेक्रममा उनले भारत नै प्रधान शत्रु’ भएको किटानीसमेत गरे। अन्तराष्ट्रिय जनमत तयार गर्दै भारतले माओवादी पार्टी र क्रान्तिलाई सिध्याउने योजना बुनिरहेको दाहालले आरोप लगाए।
‘राजतन्तको अन्त्यसँगै प्रधानअन्तरविरोधको रुप फेरिएको छ। सम्पन दलाल, नोकरशाही र भारतीय विस्तारवाद नै हाम्रो मुख्य शस्त्रु हुन्,’ दाहालले भने, ‘अब राष्ट्रिय युद्ध तयारी गर्दै जनविद्रोहमा जानुपर्छ। यो भेलाले राष्ट्रिय प्रतिरोध गर्न सक्ने आन्दोलनको योजना बनाउनुपर्छ।’माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भारतको सत्ता पक्षबाट अनेक षड्यन्त्र रचिएको रहस्य पाँच हजार कार्यकर्तामाझ उनले खोले। ‘रौतहट हत्याकाण्डमा भारतकै मान्छेहरु आइ गोली चलाएका हुन्, यो कुरा उपेन्द्र यादवले पनि मलाई भन्नुभएको थियो’, दाहालले अगाडि भने, ‘रुकमांगत कटुवाल कारबाही भारतकै कारण भएको हो, कांग्रेस-एमालेका कारण होइन।’
अहिलेको सरकार गठन प्रक्रिया पनि भारतकै कारण अवरुद्ध भएको दाहालको दाबी छ। ‘अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गर्नु दुई साताअघि मात्र भारतले हामीले क्यान्टोनमेन्टमा भारतीय माओवादीलाई तालिम दिएको आरोप लगायो,’ उनले भने, ‘त्यतिमात्र नभइ हामीलाई लस्कर ए तोइबाजस्ता आंतकवादी संगठनसँग जोडेर अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याई सिध्याउने रणनीतिमा भारत छ, यस’bout हामी सचेत हुनुपर्छ।’दाहालले मंगलबार राखेको अढाई घण्टा लामो मन्तब्यमा ‘प्रधान शत्रु’ को विषयमा उनको मत वैद्यसँग मिलेको छ। वैद्यले सोमबार भारतीय संस्थापन पक्षलाई ‘न्युट्रलाईज’ गर्न त्यहाँका जनयुद्धरत माओवादी पार्टीसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए। उनले क्रान्ति सम्पन्नपछि सम्भावित भारतीय हस्क्षेपलाई त्यहाँकै अन्य शक्तिबाट रोक्न सकिने तर्क राखेका हुन्।
दाहाल र वैद्यको तर्कप्रति अर्का उपाध्यक्ष भट्टराई सहमत छैनन्। भट्टराईले अहिलेको अवस्थामा भारतलाई चिढ्याएर होइन, उसलाई न्युट्रलाईज गरेर मात्र विद्रोहको योजना बनाउनुपर्ने जिकिर गरेका थिए। भारतले हस्तक्षेप गरेकेा वेला राष्ट्संघले सघाउने खालको वातावरण नबनेसम्म क्रान्ति सफल नहुने भट्टराईको धारणा छ।राष्ट्रियता र जनवादको विषयमा भट्टराईको विश्लेषण बेठीक भएको दाहालको दाबी छ। ‘मेरो राजिनामाको ड्राफ्ट नै डा भट्टराईले गर्नु भएको हो, त्यहाँ विदेशी प्रभुको हस्तक्षेप स्वकार्ने दिन गयो भनिएको छ’, उनले भने, ‘विस्तारवादलाई विरोध गर्ने सवालमा भारतलाई छुट्टै राखेर हेर्नुपर्छ भनेर भट्टराईले भन्नुभएको छ, त्यो उहाको दृष्टिदोष हो। यसमा उहाँ क्लियर हुनुपर्छ, सच्चिनुपर्छ।’
शान्ति प्रक्रियाको चार वर्ष १० वर्षे जनयुद्धभन्दा बढी जोखिमपूर्ण रहेकेा दाहालले प्रष्टाए। उनले भने, ‘यसबीचमा पार्टीलाई जनव्यापी बनाउन सकेका छौं। यो एउटा घुम्ती हो, हामी त्यही घुम्तीमा यात्रा गरिरहेका छौं।’

वैद्यलाई फकाउने प्रयास

उजिर मगर, पालुङटार, मंसिर ८
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी विस्तारित बैठकमा मंगलबार आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई फकाउने प्रयास गरेका छन्। अर्का उपाध्यक्ष बाबुराम भट्टराईको विचारसँग भने आफू असहमत रहेको उनले प्रस्ट्याएका छन्।
‘बाबुरामजीसँग मेरो एकताभन्दा संघर्ष प्रधान भयो, किरणजीसँग संघर्षभन्दा एकताप्रधान रह्यो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले नागरिकसँग भने, ‘यति हुँदाहुँदै पनि हामी एक भएर अघि बढ्नुको विकल्प छैन।’सोमबार आफ्ना प्रतिवेदन राख्दै उपाध्यक्षद्वय वैद्य र भट्टराई अध्यक्षप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए। दाहालले वैद्य र आफ्नो लाइनबीच कुनै भिन्नता नरहेको दाबी गर्दै उपाध्यक्षद्वयको आलोचनाको सामान्य प्रतिरक्षामात्र गरे। ‘वैद्यजीले मलाई चुनौती दिन मिल्दैन, मेरो र उहाँको लाइनमा धेरै अन्तर छैन,’ मन्तव्यको सुरुमै दाहालले भने।वैद्यलाई फकाउने क्रममा दाहालले उनका विश्वासपात्र युवानेता नेत्रविक्रम चन्दलाई समेट्न नसकेको भन्दै बारम्बार आत्मालोचनासमेत गरेका थिए।
संगठनमा पकड राख्ने वैद्यसँग आफ्नो लाइन मिलाएर पार्टीमा थप पकड जमाउने रणनीतिमा दाहाल रहेको स्रोतको दाबी छ। वैद्यनिकट युवा नेता भने यसलाई दाहालको चालाबाजीकै निरन्तरता मान्छन्।पार्टी आफ्नै लाइनअनुसार अघि बढेको भन्ने वैद्य र भट्टराईको दाबीलाई दाहालले सुरुमै प्रतिवाद गरे।
‘उहाँ (वैद्य, भट्टराई) हरूले सधैँ लाइन आफ्नो भन्नुहुन्छ, तर, पार्टीलाई यहाँसम्म ल्याउने मुख्य भूमिका मेरै हो,’ दाहालले भने, ‘त्यसकारण पूरै टिम स्पिरिटमा हामीले काम गर्‍यौँ भन्नुपर्‍यो।’भारतलाई प्रधान अन्तर्विरोध नमानेकाले भट्टराई आत्मसमर्पणवादी रहेको दाहालले आरोप लगाए। विचार र प्रधान अन्तर्विरोधमा भट्टराईसँग आफ्नो मत नमिल्ने जिकीर गर्दै उनले भने, ‘अहिले राष्ट्रिय स्वाधीनताको आन्दोलन मुख्य बनेको छ, जसका लागि भारत घुलमिल भएर आएकाले अहिलेको हाम्रो प्रधान अन्तर्विरोध उहीसँग हो।’
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष भट्टराईले आफूले पार्टीको रूपान्तरणसहित एकता चाहेको बताए। ‘अध्यक्षको लाइन प्रस्ट छैन, त्यसैले मैले फरक प्रस्ताव राख्नुपरेको हो,’ उनले भने, ‘पार्टीको रणनीतिक, सैद्धान्तिक दीर्घकालीन महŒव राख्ने विषयमा सहमत हुन सकेन भने त्यसलाई महाधिवेशनमा टुंगो लगाउँछौं।’बैठकपछि वैद्यका विश्वासपात्र चन्दले अध्यक्ष दाहालको भनाईलाई उद्धृत गर्दै भने ‘क्रान्तिमा हामी जसरी आऔं त्यसलाई कार्यन्वयन गर्ने टिमलाई सँगसँगै लिएर जानु पर्ने थियो भन्ने अध्यक्षले महसुस गर्नुभयो।’
दाहालले आफ्नो राजनीतिक प्रस्तावविरुद्ध आएका उपाध्यक्षद्वयको सामना युवा नेताको प्रशंसाबाट गरेका छन्। उनी आफूविरुद्ध आएका प्रस्तावको जवाफ दिँदै र आफ्नो प्रस्तावसमेत राख्दै झण्डै करिब १५ मिनेट पार्टीका युवा नेतामा केन्द्रित भए।
उनले खासगरी वैद्य निकट मानिने नेत्रविक्रम चन्द र बीचको केही समय बाबुराम भट्टराई नजिक रहे पनि सँधै आफूनिकटका युवा नेता वर्षमान पुनको खुलेर प्रशंसा गरे। दाहाल प्रधानमन्त्री हुँदा पुन भट्टराई निकट पुगेका थिए।आफू सरकारमा जाँदा युवा नेताहरूलाई समेट्न नसकेकोमा गल्ती महसुस गर्दै दाहालले संविधानसभामा सबैले जानु पर्थ्यो भनेका छन्। यसरी दाहालले युवा नेताको प्रशंसा र संविधानसभामा पुगेर पनि राजीनामा गर्ने आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष वैद्यको नाम नदिई उनले आलोचना गरेका छन्।

Nagarik news

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 24, 2010 in Uncategorized

 

सेक्सटेप प्रकरणका सम्बन्धमा नायीका नम्रता श्रेष्ठले मुख खोलिन्, ‘मेरो के गल्ती थियो ? ,’कसैलाई माया गर्नु, कसैप्रति विश्वास गर्नु अथवा नायिका बन्नु वा नेपाल जस्तो पुरातन सोच भएको मुलुकमा जन्मिनु ?’

नायिका नम्रता श्रेष्ठको सेक्स टेप प्रकरण नेपाली चलचित्र उद्योगका निम्ति कालो पाटो थियो । खुला र उदार विदेशी चलचित्र उद्योगका सेलिब्रेटीहरूको पनि यस प्रकारको व्यक्तिगत यौनसम्बन्धको भिडियो विरलै सार्वजनिक हुने अवस्थामा नेपाली चलचित्र उद्योगकी आशलाग्दी नायिकाको उक्त प्रकरण वास्तवमै बिर्सनलायक घटना थियो । अगस्ट २००९ को उक्त घटनाले नेपाली समाजमा एक प्रकारको तरंग ल्याएको थियो ।

डिजे तान्त्रिकका नामले चिनिएका संगीतकर्मी किचमान चित्रकारसँगको सेक्स भिडियो सार्वजनिक भएलगत्तै नम्रताको करियर पनि धर्मराउन पुग्यो । नम्रताद्वारा अभिनीत सफल चलचित्र मेरो एउटा साथी छ प्रदर्शनमा आएलगत्तै उक्त टेप सार्वजनिक भएको थियो । उक्त टेप सार्वजनिक हुनुको कारण एवं दोषीका सम्बन्धमा भन्न सक्ने अवस्था अहिलेसम्म नभए पनि धेरैले नम्रताको जीवनमा डिजे तान्त्रिकले खेलबाड गरेको बुझे । स्वयं नम्रताले पनि आफूले विश्वास गरेको मानिसबाटै धोका पाएको कुरा आफ्ना निकटस्थहरूलाई बताइन् ।

टेप प्रकरणलगत्तै रेस्टुराँ व्यवसायमा सीमित भएकी नम्रतालाई साथी रेमन श्रेष्ठले बलियो साथ दिएका थिए, तर हाल नम्रता रेस्टुराँ व्यवसायमा रेमनसँग पनि अलग्गिसकेको बताइन्छ ।सेक्स टेप प्रकरण सार्वजनिक भएपछि नम्रता यो विषयमा सधैं मौन रहन चाहिन् । विभिन्न सञ्चारमाध्यमले उक्त टेप हेरेर त्यसका आधारमा समाचार बनाएको हुनाले उनले पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष स्पष्ट गर्ने योजना बनाए पनि त्यो योजना त्यत्तिकै तुहियो । त्यसपछि पनि उनले यसका ’boutमा कसैसँग कुरा गर्न चाहिनन् । केही समयअघि काठमाडौंबाट प्रकाशित हुने एक अंग्रेजी अखबारमा उनले सेक्सटेप प्रकरणका सम्बन्धमा मुख खोलिन्, जसमा उनले आफ्नो कुनै गल्ती नभएको बताउँदै उक्त घटनाप्रति ग्लानि नभएको बताएकी छिन् ।

अन्तर्वार्तामा भनिएको छ, ‘सेक्स टेप प्रकरणपछि धेरै पक्षको जोखिम लिएर पनि नम्रताले आघात सहन सक्ने साहस बटुलेकी छिन् ।’ उक्त प्रकरण सार्वजनिक भएको करिब एक वर्षपछि दिइएको भेटवार्तामा भनिएको छ- ‘सेक्स टेप प्रकरण छताछुल्ल भएपछि भर्खरै सुरु भएको उनको करियरमा गम्भीर धक्का पुग्यो । सेक्सटेप सार्वजनिक भएलगत्तै उनका सपोर्टर र प्रशंसकहरू नराम्रोसँग झस्किए । केही वर्षअघि सञ्चार माध्यममा नांगो तस्बिर छापिएका कारण एक नायिकाले आत्महत्या गरेको घटनालाई स्मरण गर्नुपर्ने बाध्यता नम्रताको सेक्स टेप प्रकरणले ल्याएको थियो । नम्रताले पनि तिनै नायिकाको बाटो समाउन बाध्य हुनुपर्छ भन्ने अनुमान धेरैको थियो, नम्रताले आत्महत्या गरेको समाचार पनि अफवाहका रूपमा उत्तिकै फैलिरहेको थियो ।’

अन्तर्वार्तामा सेक्स स्क्यान्डल बास्नादर बकबास मात्र भएको कुरा उल्लेख छ । यस अर्थमा नम्रताको भिडियो हेर्नेहरू भाग्यमानी ठहरिए, तर लेखले तत्कालै भन्छ, तर नम्रताका लागि त्यो केवल नराम्रो सपना थियो । उनी नकारात्मक खे लको सिकार भएकी थिइन् । कुराकानीका क्रममा नम्रताले आफू उक्त स्क्यान्डलपछि पनि जीवित रहेको, कहिल्यै आत्महत्याको बाटोमा नजाने कुरा बताउँदै जीवन सुन्दर भएकाले यसको पर्याप्त उपयोगमा लाग्ने बताएकी छिन् । घटनालगत्तैको ६ साता भूमिगत हुँदा नम्रताले आत्महत्या गरिन् भन्नेहरूलाई थप्पड दिन नै साहस बटुलेर आफू अगाडि आएको उनी बताउँछिन् । नम्रता पछिल्ला दिनमा नायक दिलिप रायमाझीले निर्माण गरिरहेको चलचित्र मिस युमा मुख्य कलाकारका रूपमा अभिनय गरिरहेकी छिन् । त्यस्तै प्रचण्डमान श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्र पर्पल डेजका लागि निर्माता प्रभुशम्सेर राणाले उनलाई पाँच लाख रुपैयाँ पारिश्रमिक दिने शर्तमा अनुबन्ध गरिसकेका छन् । यदि त्यसो हो भने उनी ने पाली चलचित्र क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक पारिश्रमिक लिने नायिका हुनेछिन् । वेश्यावृत्तिमा आधारित उक्त चलचित्रको कथा वास्तविक भएको बताइएको छ ।

‘वास्तविक सेक्सटेप प्रकरणले मलाई एक प्रकारको सक दियो,’ नम्रताले अंग्रेजी अखबारलाई भनेकी छिन्- ‘मेरो नितान्त व्यक्तिगत क्रियाकलापको भिडियो सार्वजनिक भैसकेपछि मेरो मस्तिष्कमा पनि लाखौं सोच मडराएका थिए ।’ सेक्सटेप प्रकरण सम्भ“mदै उनले भनेकी छिन्- ‘उक्त घटनालाई हल्का रूपमा लिन सकिने अवस्था थिएन । विभिन्न पत्रपत्रिकामा आएका समाचारका कारण म सडकमा हिँड्न सक्ने अवस्थामा थिइन् ।’
पत्रिका लेख्छ- ‘लाखौं सोच मनमा आएका कारण उनी अब के गर्ने भन्ने दुविधामा थिइन् । त्यसै बेला उनले प्रेस कन्फरेन्स गर्ने योजना बनाइन्, तर उक्त योजना स्थगित भयो । जतिबेला सेक्स टेप सार्वजनिक भयो, त्यसबेला उनी अध्ययनका लागि विदेश जाने तयारी गरिरहेकी थिइन्, तर त्यो ढोका पनि उनका लागि बन्द भैसकेको थियो । घटनाबाट आश्चर्यचकित भए पनि परिवारले नम्रतालाई बलियो ढाडस दियो । ‘यदि मेरा अभिभावक साथमा नभएका भए म मेरो अस्तित्व रक्षाको लडाइँमा सफल हुन्नथेँ,’ उनले भनिन् । जबकि उनका अभिभावक उच्च शिक्षाका लागि नम्रतालाई विदेशमा पठाउन चाहिरहेकै बेला उक्त घटना सार्वजनिक भएको थियो, तर अभिभावकले घटना सार्वजनिक भएलगत्तै निर्णय बदलेर नेपालमै बसेर भिडियो स्कान्डलविरुद्ध लड्न प्रेरित गरे । आफूलाई विदेश जान रोकेर परिस्थितिको सामना गर्न बाबुआमाले हौसला दिएको दाबी नम्रताको छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातक उत्तीर्ण नम्रताले सेक्स टेप प्रकरणमा आफूलाई मुछेर बनाइएका समाचारहरूलाई पीत पत्रकारिताको संज्ञा दिएकी छिन् । ‘मैले केही वर्षअघि एल्लो जर्नालिज्म पढेको थिएँ,’ उनले भनिन्- ‘अहिले त्यो भनेको के हो भन्ने थाहा पाएँ ।’
नेपाली समाजमा जहाँ महिलाहरू दबिएको भावना, धैर्यको जीवन बाँचिरहेका हुन्छन्, उनीहरूबाट धेरै कुराको अपेक्षा मात्र राखिन्छ, त्यहाँ टेपप्रकरणले सनसनी मच्चाएको थियो । त्यस्तो अवस्थामा एउटी नायिकाका रूपमा परिचित व्यक्तिले आत्मसम्मानका लागि लड्नुपर्ने उक्त घटना नम्रताका लागि महत्वपूर्ण पक्ष बनेको उनले बताएकी छिन् । नम्रताले भनेकी छिन्- ‘मैले विश्वास गरेका मानिसहरूले समेत मलाई त्यो कठिन यात्रामा सहयोग गरेनन् ।’घटनापछि नायिका एवं मोडलको उनको स्टारडमलाई तत्काल बचाउन नसके पनि उनले उक्त घटनाका कारण आत्मग्लानि नभएको बताएकी छिन् । ‘मेरो के गल्ती थियो ? उनले प्रश्न गर्दै भनेकी छिन्- ‘कसैलाई माया गर्नु, कसैप्रति विश्वास गर्नु अथवा नायिका बन्नु वा नेपाल जस्तो पुरातन सोच भएको मुलुकमा जन्मिनु ?’
केही समयअघि बीच नेपाली क्रिकेटको ब्रान्ड एम्बेसडर भएकी नम्रताले भनेकी छिन्- अब म पुरानै लयमा र्फकने प्रयासमा छु, त्यो घटनाले मलाई आहत गरे पनि अबको जीवनमा त्यो पीडालाई आत्मसाथ गरेर होसियारीका साथ कदम चाल्नेछु ।’ कुराकानीका क्रममा उनले भनेकी छिन्- ‘त्यो घटनाबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु, जीवनको उतारचढावको यो श्रृंखलाले मलाई मानवीय व्यवहारका लागि सचेत गराएको छ । म अझ बढी जिम्मेवार भएकी छु । मै ले के गर्ने के नगर्ने थाहा पाएकी छु । मैले सही ढंगमा जीवन चलाउने शिक्षा पाएकी छु, मैले म आफैंमा कति महत्वपूर्ण छु, अरू आममानिसका निम्ति कति महत्त्वपूर्ण छु भन्ने थाहा पाएँ, त्यसकारण मैले आफूले आफूलाई अझ धेरै माया गर्न थालेकी छु ।

 
3 टिप्पणीहरु

Posted by on नोभेम्बर 24, 2010 in Uncategorized

 

संग्राहलयविद तथा इतिहाँसकार भन्छन् ः हरेक झगडा र कुस्ती खेलेका सम्झना बनाइ संग्रहालयमा राख्ने हो भने नेपालमा छुट्टै कुस्ती संग्रहालयको स्थापना गरियोस्

ाठमाण्डौ मंसीर,७
अर्थमन्त्रीको भनाइ र गराइ भावनात्मक निर्णय हो । वर्तमान सरकारले यो घोषणालाई निम्न कारणले गर्दा रद्द गरेकै राम्रो हुनेछ ।
अनुशासनहीनताका कारण ब्रिफकेस च्यातिएको हो । यो घटनाले देशको राष्ट्रिय संग्रहालयमा राख्ने गरी कुनै राष्ट्रिय पुरुषार्थ देखाएको छैन । हरेक झगडा र कुस्ती खेलेका सम्झना बनाइ संग्रहालयमा राख्ने हो भने नेपालमा छुट्टै कुस्ती संग्रहालयको स्थापना गरियोस् । होइन भने वीरताको इतिहास भएका पृथ्वीनारायण शाह, वडाकाजी अमरसिंह थापा, भक्ति थापा, झांगल गुरुङ, बहादुर शाह आदिजस्ता इतिहास बनाउने श्रद्धेय व्यक्तिहरूको इतिहासले बास गरेको राष्ट्रिय संग्रहालयमा २१ औं शताब्दीका असभ्य र अनुशासनहीन काम गर्ने, लज्जास्पद इतिहास बनाउने सांसदहरू (सबै नहोलान्० को कुकृत्य झल्कने च्यातिएको ब्रिफकेस त्यहाँ राख्नु अनुचित कार्य हुनेछ । राष्ट्रिय संग्रहालय पार्टी कार्यालय त होइन नि ।
इतिहास बिगार्न संग्रहालयमा आक्रमण हुँदै छ । यो सरासर अन्याय हो । यस विषयमा पुरातत्त्व विभाग, पुरातत्त्वविद् तथा इतिहासकारहरू, त्रिभुवन विश्वविद्यालयको इतिहास र संस्कृति विभाग, राष्ट्रिय संग्रहालय, नागरिक समाज जस्ता व्यक्ति तथा संस्थासँग रायसुझाव लिइनुपर्छ ।

( बीपी सिंह, संग्रहालयविद् तथा इतिहासकार, गोल्फुटार काठमाडौं

 
१ टिप्पणी

Posted by on नोभेम्बर 23, 2010 in Uncategorized

 

साप्ताहिक मोडल

 
१ टिप्पणी

Posted by on नोभेम्बर 23, 2010 in Uncategorized

 

चरित्र अभिनेता, द्वन्द्व निर्देशक तथा कला निर्देशक गोपाल भुटानीको निधन

रविन प्रसाद थपलिया

चरित्र अभिनेता, द्वन्द्व निर्देशक तथा कला निर्देशक गोपाल भुटानीको आज निधन भएको छ । राजधानीको जनमैत्रि अस्पतालको उहाँको निधन भएको हो । ७८ वर्षका भुटानी आन्द्राको क्यान्सरवाट पिडीत थिए् । केहि दिन देखि झाडा पखाला समेत लागेकाले उनि झनै विरामी भएर गलेका थिए् । स्वयम्भु स्थीत धर्मपुत्रको घरमा वस्दै आएका भुटानीको आज विहान ११ वजे निधन भएको जनमैत्रि अस्पतालले जनाएको छ । एक दर्जन भन्दा वढी नेपाली चलचित्रमा द्धन्द निर्देशक रहेर काम गरेका भुटानीले धेरै नेपाली चलचित्र तथा टेलिसिरीयलमा समेत अभिनय गरिसकेका थिए् । सन १९४० को दशकमा मुम्वइवाट फिल्मी क्षेत्रमा प्रवेश गरेका भुटानी २०२९ सालमा मनको बाघ भन्ने चलचित्रबाट अभिनय यात्रा सुरू गरेका भुटानी चलचित्र क्षेत्रमा विभिन्न विशेषणले चिनिएका छन् । हुलाकीको सानो रोलबाट अभिनय यात्रा सुरू गरेका भुटानी द्धन्द्ध निर्देशक तथा कला निर्देशकको परिचयले चलचित्र उद्योगमा परिचित थिए । ६० वर्षअघि सिनेमामा खेल्ने रहर गरेर बम्बई पुगेका भुटानीले त्यहाँ बिँडी बनाएर बेचे र सर्कसमा घोडाको तबेला सफा गर्ने काम पनि गरे। सर्कसमा काम गर्दागर्दै चिनजान भएका अँधेरीको एमएनटी फिल्म स्टुडियोका कर्मचारीले उनलाई सिनेमामा काम गर्ने चाँजो मिलाइदिएका थिए। शुरुमा द्वन्द्वका दृश्यहरूमा फाट्टफुट्ट खेल्दाखेल्दै उनी काममा मिहिनेती एवं इमान्दार भएकाले पछि राम्रा भूमिका पाउन थाले र बम्बईको फिल्म नगरीमा छोटै समयमा आफूलाई स्थापित गर्न सफल भए। दारा सिंह, राजेश खन्ना, विनोद खन्ना, राजकपुर र शशि कपुरजस्ता कलाकारसँग धेरै सिनेमामा काम गरेका भुटानीद्वारा अभिनीत हकिकत, ललकार, ए रास्ते चीनके आदि हिन्दी चलचित्र ु सुपरहिट ु भएका थिए। उनी भन्छन्, “नायक बनेर खेल्न नपाए पनि खलनायकको भूमिकामा जमेको थिएँ।
नेपालमै सिनेमा बन्न थालेपछि यतै आएका भुटानीले नेपाली सिनेमामा द्वन्द्व, कला, भेषभुषा, शृङ्गारसम्बन्धी काम गरेका थिए। सयभन्दा बढी हिन्दी र झण्डै तीन सय नेपाली सिनेमामा काम गरेका छन् ।

आन्द्रको क्यान्सरवाट ग्रस्त कलाकार गोपाल भुटानीको वारेमा दशैमा तयार पारिएको यो सामग्री

कोही आउने आशमा गोपाल भुटानीको दशै
अनुप भट्टराई
Oct 19|02:00

काठमाण्डौको स्वयम्भु नाथको दायाँ पट्टी रहेको सानो खोल्सो त्यो खोल्सो संगै रहेका करिब दर्जन सुकुम्बासी झुपडी अनि त्यो झुपडीको बीचमा एक्लो जीवन विताईरहेका नेपाली चलचित्रका इतिहास पुरूष गोपाल भुटानीको आँखामा दशैको कुनै उमङ्ग देखिएको छैन् ।

सुप समेत खान नसक्ने अवस्थामा रहेका ७८ बर्षे भुटानीको सानो कोठामा दशै नआएको बर्षौ भइसक्यो । चलचित्र क्षेत्रमा ‘गुरू बा’ भनेर चिनिने भुटानीको हातबाट दशैको आशिर्वाद थाप्न कोही चलचित्रकर्मी जादा रहेनछन्, शिवाय राजेन्द्र खड्गी र एक जना उनका साथीको भाई । द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी उनका चेला भएकाले उनी कहिले काही भुटानीलाई भेट्न त्यो झुपडीमा देउता बनेर जादा रहेछन् ।

अल्सर रोगी भुटानी आफ्नो झुप्रोमा कोही आउने आशमा दिनभर आखा ट्टयाउन्जेल बाहिर हेर्छन, तर कोही नआएपछी उनी पुनः त्यो झुपडीमा गएर नयाँ विहानीको पर्खाइमा टोलाउदा रहेछन् । उनको दाह्री र कपाल सेतै भएर फुलिसकेका छन्, आँखा पनि मलिन छ , जिउहरू सुकिसकेकाछन्, अनुहारको छाला पुरै चाउरी परेको छ तर पनि हिम्मत हारेका छैनन् भुटानीले ।
२०२९ सालमा मनको बाघ भन्ने चलचित्रबाट अभिनय यात्रा सुरू गरेका भुटानी चलचित्र क्षेत्रमा विभिन्न विशेषणले चिनिएका छन् । हुलाकीको सानो रोलबाट अभिनय यात्रा सुरू गरेका भुटानी द्धन्द्ध निर्देशक तथा कला निर्देशकको परिचयले चलचित्र उद्योगमा परिचित छन् ।

उनी एक्लो जीवन खोला किनारको सुकुम्बासी बस्तीमा विताई रहेका छन् । इन्डियन श्रीमतीसंग सम्बन्ध विच्छेद भएको ३५ बर्ष भईसकेछ भुटानीको तर पनि कुनै स्त्रीसंग बिवाह गर्ने सोच आएन उनलाई । किन विवाह नगर्नु भएको भन्ने प्रश्नमा उनी भन्छन ‘म स्त्री जातिलाई विश्वास गर्न सक्दीन ।’ जीवन गुजारा गर्न अझै पनि काम गर्न पछि नपर्ने भुटानी विरामी शरिर नभनी चलचित्रमा अझै काम गर्दा रहेछन् । उनले पछिल्लो पटक शिवजी लामिछानेको चलचित्र जलजलामा काम गरेका छन् । जलजलालाई सम्झदै उनले भने ‘सायद यो मेरो जीवनको अन्तिम चलचित्र हो ।’

सुकुम्बासी बस्ती भएपनि कोठा चिटिक्क छन् उनका नायिका जल शाह देखि उच्च चलचित्रकर्मीसंग खिचेका फोटा तथा अवार्डहरूले भरिभराउ छ त्यो झुपडी । ‘मैलै अवार्ड र प्रमाण पत्र त धेरै पाए तर त्यसलाई सम्मान गर्न सकिन्’ खाटमुनी कोचेर राखिएको सयौ सम्मान पत्र देखाउदै भुटानीले भने । उनले पाएको ती सम्मान पत्र यदि सजाएर राख्ने हो भने एउटा ठूलो घरको आवश्क्ता पर्दछ तर बिचरा त्यो एउटा कोठमा कति थोक अटाओस ?उनका साथी भन्नु नै मोबाईल र रेडियो रहेछन् । काम परेका बेला कसैलाई फोन गरिहाल्ने भर पर्दो साथी र हरेक खबर दिईरहने रेडियो उनको जीवनको सवै भन्दा प्यारो बस्तु रहेछन् ।
मुर्म्बईमा पनि विभिन्न चलचित्रमा काम गरिसकेका भुटानीलाई सिबि गुरूङ भन्ने एक ब्यक्तिले निकै सहयोग गर्दा रहेछन् । गुरूङलाई देउताको संज्ञा दिदै भुटानी भन्छन् ‘मेरो आफ्नो छोरो भई दिएको भए पनि यस्तो सेवा गर्दैनथ्यो । उ मेरो लागि भगावान सरह छ ।’ गुरूङले दैनिक २ तीन पटक भुटानीलाई फोन गर्दा रहेछन् र अप्ठयारो परेको खण्डमा मान्छे पठाएर नभए आफै उपस्थित भएर उनको सेवा गर्दा रहेछन् । चलचित्र क्षेत्रभन्दा फरक क्षेत्रका ती मानिस गोपाल भुटानीको साथीको भाई रहेछन् ।
निकै गरिब आफ्नो जीवन दानमै बाचेको बताउने भुटानी यो समय जीवन र मृत्युको दोषाधमा छन् । उनी केही खान सक्ने अवस्थामा छैनन् । एक प्याकेट चाउचाउको सुप सक्न पनि उनलाई चार टाईम लाग्छ । अतितका दिनहरू र शुभचिन्तक सम्झदै भुटानी भन्छन् ”मलाई गुरू बा गुरू बा भन्नेहरूले आज एक कल फोन पनि गर्दैनन् ।”
उनको सम्पतीको नाममा एउटा साधारण खाट, प्लष्टिकको एउटा कुर्सी, बासको एउटा मुडा टि-टेबल एउटा, दुईवटा दराज तथा हजारको संख्यामा रछयान भएर बसेका सम्मान पत्र रहेका छन् ।
अल्सरले निकै च्यापिसकेको छ उनलाई कुनै पनि बेला सदाको लागि संसार छाड्ने अवस्थामा पुगिसकेका छन् भुटानी । उनले भात नखाएको तीन महिना भईसक्यो । शरिर भाटो जस्तो भईसकेको छ भुटानीको । पुराना कुनै पनि लुगा ठिक हुदैनन् उनलाई । दराजमा मिलाएर राखेको लुगा देखाउदै उनले भने ‘अहिले यो लुगामा तीन वटा गोपाल भुटानी अट्छ ।’
जुन सुकै बेला तेह त्यग्ने अवस्थामा रहेका भुटानी अल्सरको कारण जीवन र मृत्युको दोषाधमा छन् । सदाको लागि अस्ताउने अवस्थामा रहेका भुटानी सायद यो दशै सम्म रहन सक्छन वा सक्दैनन् केही भन्न सकिने अवस्था छैन् ।

‘हाइटले धोका दिनाले हिरो बन्न पाइनँ’ गोपाल भुटानी

विनोदविक्रम केसी


घर छैन उनको । परिवार छैन । अझ, नागरिकता नहुनुका सन्दर्भमा त, देश पनि छैन । आफ्ना दर्शक, प्रशंसक र ‘फिल्म लाइनका मान्छेहरू’को माया नै उनको ‘जेथापुँजी’ हो, सबथोक हो । दुई वर्ष अल्सरले थलिँदा उनलाई त्यही ‘जेथापुँजी’ काम लागेको थियो । सोझा, विनम्र र शालीन गोपाल भुटानीको काम भने झगडा गर्न सिकाउनु हो । नेपालका पहिलो द्वन्द्वनिर्देशक उनी । नेपाली फिल्ममा ‘सिस्टमेटिक तरिका’ले कुट्ने, कुटाइ खाने, लड्ने, पछारिने, बजारिने, भुइँमा च्यापु जोत्ने, लात/मुक्का बर्साउने कला भित्र्याउने मान्छे हुन् भुटानी । आज नेपाली फिल्म उद्योगमा द्वन्द्वनिर्देशकका रूपमा जो-जो जमेका छन्, अधिकांश उनैका चेला हुन् । राजेन्द्र खड्गी, एनबी महर्जन आदि सालिन्दै गुरुपूणिर्मामा गुरुभक्ति व्यक्त गर्न आफूकहाँ आउँदा उनी अत्यन्त भावुक हुन्छन् । ‘मलाई फिल्म लाइनका मान्छेहरूले असाध्यै माया गर्छन् । मेरो घर/ परिवार/इष्टमित्र/नातागोता जे भने पनि उनीहरू नै हुन्,’ उनी भन्छन् । अझ, द्वन्द्वकलाकार (फाइटर) हरूका लागि त ७७ वर्षीय सेतै फुलेका भुटानी भगवानै हुन् ।
घर छैन उनको । परिवार छैन । अझ, नागरिकता नहुनुका सन्दर्भमा त, देश पनि छैन । आफ्ना दर्शक, प्रशंसक र ‘फिल्म लाइनका मान्छेहरू’को माया नै उनको ‘जेथापुँजी’ हो, सबथोक हो । दुई वर्ष अल्सरले थलिँदा उनलाई त्यही ‘जेथापुँजी’ काम लागेको थियो । घरपरिवारका सवालमा उनी त्यति सुखी रहेनन् । सानैमा बाआमा खसे । बाआमाको मायाको त्यति हेक्का छैन उनलाई । वैवाहिक जीवन पनि सफल भएन उनको । गोवाकी क्रिस्चियन ‘लड्की’सँग बिहे गरेका थिए । उनीहरूका एक छोरा र एक छोरी भए । ‘इगो टक्करले हाम्रो गृहस्थी भताभुंग भयो,’ भन्छन् भुटानी । घरपरिवारको प्रसंग कतै उठ्यो भने उनलाई एकप्रकारको नरमाइलोले छोपिहाल्छ ।

***
भ्रम नपरोस्, गोपाल भुटानी भुटानमा जन्मेका होइनन् । इलामको फिक्कलमा जन्मेका हुन्, सन् १९३२ मा । अनुहारको बुनोटले व्यक्त गर्ने थोरै समानताबाहेक भुटान र भुटानीहरूसँग उनको कुनै साइनो छैन । गोपाल घिसिङ हो उनको खास नाम । बम्बई फिल्म इन्डस्ट्रीमा आफ्नो संघर्षकालमा जडेका हुन् उनले ‘भुटानी’ । ‘मेरा गुरुको नाम सतीश भुटानी थियो । उहाँको अन्डरमा हामी ५/६ जना एसिस्टेन्ट फाइट मास्टर थियौँ । हामी सबैले उहाँको ‘भुटानी’ थर सेयर गरेका थियौँ,’ भुटानी थर हुनुको कारण खुलाउँछन् उनी ।
उनको बाल्यकाल बंगलादेशमा बितेको हो । बाआमा नभएकाले काकाको रेखदेखमा ढाकामा हुर्किए उनी । किशोरावस्थामा प्रवेश गर्न नपाउँदै उनलाई फिल्मको चस्का लागि सकेको थियो । ‘सन् १९४५ तिर होला, सौकत भन्ने एकजना साथीसँगै म ढाकाबाट भागेँ । इन्डिया गएर हिरो बन्ने भूत सवार थियो ममाथि,’ विगत सम्झन्छन् भुटानी । दुई किशोर ढाकाबाट भागेर कलकत्ता पुगे । तर, कलकत्ता पुगेपछि भने उनीहरूलाई थाहा भयो- कलकत्तामा त फिल्मै नबन्ने रहेछन् । दनादन फिल्म बनाउने काम त बम्बईले गर्दारहेछ । कलकत्ताबाट अब बम्बई जाने निधो गरे उनीहरूले । घुम्दा, टहल्लिँदा, बरालिँदा गोपालले काकाको बगलीबाट उडाएको पैँतीस भारु सकियो । उनको ‘लंगौटिया यार’ सौकत बिँडी बनाउन जान्दथे । हिरो बन्ने लफडामा पर्नुभन्दा बिँडी, खैनी बेचेर दुई-चार पैसा कमाउनु बुद्धिमानी हो भन्ने ठानिसकेका थिए सौकतले । तर, हिरो बनेरै छाड्ने स्फूर्तिसहित इन्डिया पसेका भुटानीले सौकतको सूर्तीजन्य पदार्थको व्यापारमा हात बढाएनन् । ‘म बिँडी बेचेर बस्ने मान्छे हो ? म त हिरो बन्न आएको !’ उनी सौकतलाई यस्तै जवाफ दिन्थे ।

कलकत्ताबाट बम्बई पुग्न उनीहरूलाई ४० दिन लाग्यो । ‘स्टेसनैपिच्छे हामी रोकिन्थ्यौँ । विनाटिकट रेल चढ्थ्यौँ र टिटीले हामीलाई निकाल्थ्यो,’ भुटानीले विगतको यात्राप्रसंग सम्झे । जे होस्, बम्बई पुगे उनीहरू । सौकत आफ्नो धन्दामा लागे भने गोपाल आफ्नो सपनाको खोजीमा ।बम्बई टेकेको एक हप्तापछि उनी एकदिन जेमिनी सर्कस पुगे । फिल्मको नसा लागेको मान्छेलाई सर्कसको जादुमय संसार पनि कम्ती रोमाञ्चक लागेन । जेमिनी सर्कसको लाला नामको पालेलाई उनले यहाँ काम पाइँदैन ? भनेर सोधेछन् । उसले भोलि आइज भनेपछि उनी भोलिपल्ट हुर्दुराउँदै पुगे । लालाले उनलाई यामानको पहलमानकहाँ पुर्‍यायो । पहलमान जेमिनी सर्कसको मालिकको सहायक रहेछ । उसले- ए, केटा कहाँबाट आइस् भन्दा उनी चकित भए । ‘ऊ पनि नेपाली नै रहेछ । उसले मलाई के-के आउँछ, गरेर देखा भन्यो । मैले समरसल्ट (पल्टनबाजी) गरेर देखाएँ । किकसिक हानेर देखाएँ,’ भुटानी सम्झन्छन् । उनले सर्कसमा काम पाए । काम त पाए, तर हिरो बन्नका लागि सहायक सिद्ध नहुने काम पाए । ‘रिङमा घोडाले बिस्टायो भने गएर टिप्नुपर्ने । अनि, सर्कसको तबेला सफा गर्नुपर्ने । खानबस्नका टन्टै खतम हुने देखेर काम भने गरेँ ।’ हिरोका लागि आवश्यक शारीरिक तन्दुरुस्ती र मजबुती हासिल हुनेखालका अभ्यास खुब गरे उनले जेमिनी सर्कसमा । उनले काम गर्न थालेको आठ महिनापछि जेमिनी सर्कस रुस जाने भयो । तर, उनी भने गएनन् । ’cause, उनी त हिरो बन्न बम्बई गएका मान्छे, सर्कसको पुच्छर समातेर किन हिँड्थे र ?

***

अब उनको काम थियो बम्बईका स्टुडियोहरूको चक्कर लाउनु । ‘महालक्ष्मी, रन्जित, रूपतारा, श्रीसाउन्ड, एमएनटी स्टुडियोहरूको चक्कर लाउनु, स्टुडियोको गेटमा कलाकारहरू भित्र/बाहिर गरेको हेर्नु र सपना देखेर बस्नु… मेरा कामै यस्तै थिए,’ उनले भने । स्टुडियोभित्र जो पायो त्यही पस्न पाउँदैनथ्यो । अँधेरीमा रहेको एमएनटी स्टुडियोबाहिर होटेलमा फाइटरहरू बसिरहेका हुन्थे । गोपालको उनीहरूसँग दोस्ती हुन थाल्यो । पर्सा, गौली, धन्दु, हनुमान आदि फाइटरलाई उनी आफ्ना ‘कला’ देखाउन थाले । उनीहरू पनि गोपाललाई मन पराउन थालेका थिए । चिया-खाजा पनि खुवाउँथे । र, एकदिन उनीहरूले एमएनटी स्टुडियोका हेड फाइटमास्टर बुरानभाइकहाँ गोपाललाई पुर्‍याए । बुरानभाइले गोपाललाई देख्नेबित्तिकै ‘इसका हाइट छोटा है । ए कुछ नही कर पाएगा’ भनेर पहिले नै घोषणा गरिदिए । तर, उनले यौटा नरिवलको रूखमा यस्तो फुर्तीसाथ चढेर देखाइदिए कि बुरानभाइ ‘लड्के मे दम है’ भन्न बाध्य भए । त्यही दिन उनले त्यहाँ काम पाए । ‘केटीको लुगा लगाएर भित्ता फोरेर आठ/दस फिट तल खस्नुपर्ने । म तल त खसेँ, तर लड्नुपर्नेमा उभिदिएँ । अर्के टेकमा ओके गरेँ । सुटिङ स्पटमा भएका सबैले ताली बजाए,’ आफ्नो सुरुवाती सफलता सम्भिए उनले । अब उनले फाइटर र स्टन्टम्यानको काम पाउन थाले । ‘यौटा स्टन्ट गरेको सात रुपैयाँदेखि ३५ सम्म पाइन्थ्यो ।’ यौटा ग्यारेजमा बिहान तीन बजेदेखि ६ बजेसम्म गाडी धुने काम पनि गर्थे उनी । दिउँसो भने फाइट र स्टन्ट गर्न जान्थे । यस्तैमा, महालक्ष्मी फेमस स्टुडियोका प्रोड्युसर प्रकाश मेहराको गाडी पनि चलाए उनले । समी कपुर नायक भएको सिंगापुर नामको फिल्ममा एक चाइनिज पात्रको रोल पनि पाए उनले ।

***
सन् साठीको दशकमा भारतमा प्रोपागान्डिस्ट फिल्महरू बन्न थालेका थिए । ‘सारी जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ थिममा बन्ने यी चलचित्रमा भारतका चीरप्रतिद्वन्द्वी पाकिस्तान र चीनलाई होच्याइन्थ्यो । यस्ता केही फिल्मका चिनियाँ प्रमुख खलपात्रका भूमिकामा भुटानीलाई लिन थालियो । ‘हाइटले हिरो बन्न नदिए पनि मेन भिलेन भने बनिछाडेँ,’ भुटानी भन्छन् । हकिकत, ललकार, उडिक्का आदिमा उनी मेन भिलेन बने । केही नाम र दाम कमाउन थाले उनी । धर्मेन्द्र, विनोद मेहरा आदिसँग उनको राम्रो मित्रता हुन थाल्यो । तर, तासकन्द घोषणाले उनलाई डुबायो । सन् १९६६ मा भारत र पाकिस्तानबीच रुसको तासकन्दमा भएको शान्ति-सम्झौता हो तासकन्द घोषणा । तत्कालीन भारतीय प्रम लालबहादुर शास्त्री र पाकिस्तानी राष्ट्रपति मोहम्मद अयुब खानले तासकन्द घोषणामा हस्ताक्षर गरेपछि यी दुई देशले तत्काललाई प्रोपागान्डिस्ट फिल्म नबनाउने भए । यता, भुटानीले साइन गरिसकेका तीन राम्रा फिल्म अब नबन्ने भए । ‘लालबहादुर शास्त्रीले त मलाई चुर्लुम्मै पो पारे त, हाऊ !’ उनले हाँस्दै भने ।

***
बम्बईमा अभिनय, स्टन्ट र फाइट गरेर कमाएको पैसाले उनले जुहुबिचमा यौटा घर जोडेका थिए । त्यो घर बम्बईमा संघर्ष गर्न गएका नेपाली कलाकारको आश्रयस्थल थियो । ‘जुहुचर्च एरियामा गोपालभाइ भनेपछि नचिन्ने कोही थिएन । रवाफै बेग्लै थियो मेरो । कसैसित नदब्ने मान्छे थिएँ म । जवानीमा त एक्लैले सात-आठ जनासम्मलाई फाल्न सक्थेँ नि । रिल लाइफमा भन्या होइन, रिएल लाइफमा,’ हाँस्दै आफ्नो बहादुरी सुनाए उनले । एकचोटि, उनले सोले फिल्ममा साम्भाको भूमिकामा खेल्ने म्याकमोहनलाई कुटिदिएछन् । ‘तास खेलिरहेका थियौँ । कुरै-कुरामा उसले ‘कल तेरी जातवाली के साथ बहुत मस्ती किया’ भन्यो । मलाई यति रिस उठ्यो कि म्याकमोहनलाई बेस्कन ठटाइदिएँ,’ उनले आफ्नो झोँकको परिचय दिए ।

***
बम्बईमा उनले खासै स्टारडम हासिल नगरे पनि फिल्म निर्माणका विभिन्न पक्षका भने राम्रा जानकार भए उनी । अब आफ्नै मुलुकमा केही गर्नुपर्छ भनेर उनी नेपाल फर्किए । ‘खासमा, मलाई नेपाल ल्याउने निर्देशक प्रकाश थापा हुन्,’ आफ्नो नेपाल आगमनको कारण बताए उनले । मनको बाँधमा हुलाकीको छोटो अभिनय गरेर नेपाली चलचित्र-जगत्मा प्रवेश गरेका उनी जीवनरेखामा द्वन्द्वनिर्देशन गरेर नेपालको पहिलो द्वन्द्वनिर्देशक भए । ‘त्यतिबेला फाइटर पाउनै गाह्रो ! खाइलाग्दो जिउडाल भएको जोसुकैलाई पनि लिएर काम गरियो,’ उनले त्यतिखेरको अप्ठ्यारो सुनाए । उनले ७० वटा जति चलचित्रमा द्वन्द्वनिर्देशन र सय जतिमा कलानिर्देशन गरेका छन् ।उनलाई सोधियो- नेपाली फिल्मका फाइटरहरूको भविष्य के ? ज्यान र उमेर छउन्जेल त गोदागोद गर्लान्, लड्लान्-पड्लान्, तर त्यसपछि के त ? भुटानीका विचारमा नेपाली फाइटरहरू चलचित्रमा अनुहार देखाउने सोख पूरा गर्न मात्रै आउने हुन् । ‘नेपालका फाइटरहरू ‘लल्लुपन्जु’ छैनन् । उनीहरू आर्थिक रूपले राम्रै छन्,’ भन्छन् भुटानी । कुटाइ खानु, शरीरलाई सन्तुलनमा राखेर लड्नु ‘ग्रेट आर्ट’ हो भन्ने भुटानीका अनुसार नेपाली फिल्मका फाइटरहरूले यौटा फाइट गरेको रु. तीन हजार लिन्छन् भने द्वन्द्वनिर्देशकहरू तीन/चार लाखसम्म कमाइरहेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 23, 2010 in Uncategorized

 

दैनिक पाँच घण्टा भन्दा वढी फोनमा कुराकानी हुन्छ ः गायीका अञ्जु

काठमाण्डौ मंसीर,७

चचित नेपाली गायीका अञ्जु पन्त दैनिक ५,६ घण्टा टेलिफोनमा विताउने गर्दछिन् । उनको गायनको समय मिलाउने मुख्य माध्यम टेलिफोन भएकाले उनि वढी समय मोवाइलमानै खर्चने गर्दछिन् । ७ सय भन्दा वढी एल्वममा काम गरीसकेकी पन्तले फिल्ममा मात्र ४ सय भन्दा वढी गित गाइसकेकी छन् । २ दाजु २ दिदी पछिकी कान्छी छोरी रहेकी अञ्जु पन्त अहिलेको भन्दा अझै पृथक तरीकाले साँगीतिक क्षेत्रमा लागेर नाम कमाउने तरखरमा रहेकी छिन् ।

दाजुबहिनी कति जना ?
जम्मा ६ जना थियौं। एक दाजुको निधन भइसक्यो । त्यसैले हाल २ दाजु, २ दिदी र म गरी ५ जना छौं। मचाहिँ सबैभन्दा कान्छी छोरी हुँ।

कतिवटा एल्बम निकाल्नुभयो?
मैले एकल एल्बम दुइटामात्र निकालेकी छु। काम चाहिँ ७ सयभन्दा बढी एल्बममा गरिसकेकी छु। फिल्मकै झन्डै ४ सय गीत गाएकी छु। फिल्मी गीतले नै श्रोतामाझ परिचय दिलाएको हो। अब केही फरक गीत गाउने इच्छा छ।

कति घन्टा सुत्नुहुन्छ?
साधारणतया ६ घन्टा निदाउँछु। कहिलेकाहीँ धेरथोर पनि हुनसक्छ। बिहान सबेरै उठ्न सके शरीर दिउँसोभर फ्रेस हुन्छ। त्यसैले चाँडै उठ्ने गर्छु। जाडोमा चाहिँ ओछ्यान छाड्न मन लाग्दैन।

स्कुलमा कतिपटक फेल हुनुभयो?
स्कुले जीवनमा कहिल्यै फेल भएको छैन। म जहिले पनि फस्ट वा सेकेन्ड हुने विद्यार्थी थिए। अझ गणित मेरो मन पर्ने विषय थियो। कहिलेकाहीँ थोरै नम्बर आउँदा नरमाइलो लाग्थ्यो।

दिनमा कति कप चिया?
आजकल ६ कप कालो चिया नभई हुन्न। गर्मीमा पनि तीन पटक पिउँछु। जाडोमा मसरूम सुप र कालो चियाको लत लाग्दो रहेछ।

शरीरको तौल कति?
करिब तीन महिनाअघि ४२ केजी थिएँ। जाडोमा केही मोटाएको अनुभव गरेकी छु। सबैभन्दा बढी तौल भनेको बच्चा पाउँदा थियो होला। मेरो तौल ४१ र बच्चाको २ केजी थियो।

दिनमा कति मिनेट पैदल हिँड्नुहुन्छ?
लगभग एक घन्टा हिँड्छु। बिहान वाककै बहानामा कहिले पशुपति त कहिले स्वयम्भु हिँडेरै जान्छु। धुम्बाराही ’round पनि धेरै हिँड्छु।

हरेक दिन फोनमा लगभग कति घन्टा बित्छ?
धेरै काम फोनबाटै हुने हुदा लगभग पाँच घन्टा त सामान्य नै हो। फोन भएन भने मैले कामको समय मिलाउन गाह्रो पर्छ।

लक्की नम्बर कुन हो?
म नम्बरमा विश्वास गर्छु। ५ र ६ मेरा लक्की नम्बर हुन्। यो दुवै नम्बर ज्योतिषीले जुराइदिएका हुन्। शुभकार्य गर्दा यसै दिनमा गर्ने गरेकी छु।

Nagarik

 
टिप्पणी छोड्नुहोस्

Posted by on नोभेम्बर 23, 2010 in Uncategorized