RSS

Category Archives: Uncategorized

‘अमिताभ बच्चनको कार दुर्घटनामा मृत्यु’ भएको समाचार प्रति इन्डियन मेडियाबाट खण्डन


अमिताभ बच्चनको कार दुर्घटनामा परी निधन भएको समाचार आएको छ । तर यो समाचारको पुष्टि भन्दा पनि समाचार गलत भएको भन्दै खण्डन आएको छ । ‘ग्लोबल एसोसिएटेड न्यूज’ले अमिताब बच्चनको २६ जुनमा न्यु जर्सी, अमेरिकामा निधन भएको उल्लेख गरेको छ । तर भारतका अरु कुनै पनि मिडियाले यो खबर छापेका छैनन् । भारतीय मिडियाले त यो कपोकल्पित र भ्रामक समाचार भन्दै खण्डन गरेका छन् । यद्यपी, बेवसाइटमा भने मेरिस टाउन र रोजवेल को बिचमा कार दुर्घटनामा हुदा अमिताब बच्चन र उनको एक साथी (जसले कार चलाइरहेका थिए) उनको मृत्यु भएको उल्लेख गरेको छ । कार अनियन्त्रित भएर दुर्घटना भएको उक्त वेबसाइटले जनाएको छ ।

जुन बेवसाइटमा भएको समाचार भने यस्तो छ

 http://amitabh.bachan.swellserver.com/news/top_stories/auto80.php 

Amitabh Bachan Dies In Car Crash

THIS STORY IS STILL DEVELOPING…

(Local Team News 9) Amitabh Bachan died in a single vehicle crash on Route 80 between Morristown and Roswell. He was pronounced dead at the scene by paramedics responding to the vehicle accident and was identified by photo ID found on his body. Alcohol and drugs do not appear to have been a factor in this accident – June 27, 2012Highway Safety Investigators have told reporters that Amitabh Bachan lost control while driving a friend’s vehicle on Interstate 80 and rolled the vehicle several times killing him instantly. The vehicle was believed to have been traveling at approximately 95 miles per hour in a 55mph zone at the time of the accident.  Witnesses have stated that Amitabh Bachan’s car crossed the double lines several times prior to the accident and hit the center lane divider causing the vehicle to flip and roll. Toxicology tests will be performed to determine whether he was driving under the influence, however initial findings indicate that durgs or alcohol did not contribute in any way to this accident as it was more likely to been caused by road conditions. 

 Memorial services for Amitabh Bachan have not yet been announced. The service is expected to be a closed casket funeral due to the severe head trauma.Additional details and information will be forthcoming as they become available.


http://navbharattimes.indiatimes.com/fake-stories-of-big-bs-death-doing-rounds-of-net/articleshow/14428736.cms

 इंटरनेट पर अमिताभ बच्चन की मौत की फर्जी खबर

नई दिल्ली।। इंटरनेट की दुनिया में अफवाह फैलाने वालों की कोई कमी नहीं। ये किसी की मौत की अफवाह फैलाने में भी पीछे नहीं रहते। खासकर सिलेब्रिटीज की। इनका मकसद सनसनी फैलाकर सिर्फ मजा लेना रहता है। लता मंगेशकर और राजेश खन्ना की मौत की अफवाह के बाद उन्होंने बॉलिवुड के सुपरस्टार अमिताभ बच्चन पर निशाना साधा। मंगलवार को एक ब्लॉग ने ऐसी खबर दी थी कि अमिताभ बच्चन की सड़क हादसे में मौत हो गई है। यह खबर इंटरनेट की दुनिया में तेजी से फैली।

इस ब्लॉग पर ऐसी खबर आई कि अमिताभ बच्चन की कार हादसे में मौत हो गई है। उनकी कार न्यू जर्सी के मॉरिस टाउन और रोजवेल के बीच 26 जून को दुर्घटनाग्रस्त हुई। इसके मुताबिक, अमिताभ एक दोस्त की गाड़ी चला रहे थे और गाड़ी पर कंट्रोल खो बैठे और दुर्घटना हो गई।
गौरतलब है कि ठीक पिछले हफ्ते नेट की दुनिया में यह खबर फैली थी कि गुजरे जमाने के सुपरस्टार राजेश खन्ना की मौत हो गई है। इसी साल के शुरू में ऐसी ही अफवाह लता मंगेशकर के ’bout में फैलाई गई थी। इस बार इनका निशाना अमिताभ बच्चन रहे।

 

जागिर लगाइदिने भन्दै यौन दुव्र्यवहार गर्ने पक्राउे


काठमाडौ, असार ७ –
‘पोखरा र चितवनमा लेडिज मोडल चाहियो,’ ‘अफिसमा लेडिज रिसेप्सनिस्ट र क्यासियर चाहियो,’ भन्दै राष्ट्रिय दैनिक पत्रपत्रिकामा मोबाइल नम्बरसहितको विज्ञापन छापी महिलालाई झुक्याएर बोलाई यौन दुव्र्यवहार र लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको कालिमाटी सेल र कालिमाटी वृत्तले दैलेखका थुमबहादुर चन्दलाई पक्राउ गरेको छ ।
डीएसपी टेकबहादुर तामाङका अनुसार उनले यसरी विज्ञापनमार्फत झुक्याउँदै काठमाडौं र पोखरामा महिलामाथि यौन दुव्र्यवहार र लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चन्दले गत जेठ १२ गते एक राष्ट्रिय दैनिकमा लेडिज रिसेप्सनिस्ट, क्यासियर तथा पोखरा र चितवनमा मोडल चाहिएको विज्ञापन छपाएका थिए । विज्ञापनमा उल्लेखित मोबाइल नम्बर डायल गरेर जागिर खान गएकी एक युवतीलाई चन्दले यौन दुव्र्यवहार गरेका छन् । उनले टोखाकी एक युवतीलाई जागिर लगाइदिने भन्दै बोलाएर दुव्र्यवहार गरी उनले लगाएका सबै गरगहना लुटेर लगेका छन् । ‘फोनमा कुरा भएपछि ती युवती जागिरका लागि अन्तर्वार्ता दिन पतिसँग त्यहाँ गइछन्,’ डीएसपी तामाङले भने, ‘त्यो दिन सामान्य सोधपुछ गरेर भोलि पुनः अन्तर्वार्ता लिने भन्दै पठाएछ ।’ उनले भाटभटेनी सुपरमार्केटको नयाँ शाखा कलंकी र कोटेश्वरका लागि क्यासियर चाहिएकाले जागिर लगाइदिने आश्वासन दिएका थिए । भोलिपल्ट ती महिला एक्लै जागिर पाउने आसमा त्यहाँ पुगेकी थिइन् । चन्दले कलंकीको लुम्बिनी गेस्टहाउसमा बोलाएर अफिस माथिल्लो तलामा छ भन्दै लिएर गएका थिए । होटलको कोठामा पुगेपछि ढोका बन्द गरेर दुव्र्यवहारको प्रयास गरेका थिए । युवती कराउन थालेपछि जुत्ताको मोजा भित्रबाट चक्कु निकालेर आफू गुण्डा भएको बताउँदै कराएमा ज्यान मार्ने धम्की दिएका थिए । ‘जबरजस्ती गरेपछि युवतीसँग भएका सुनका गरगहना, मोबाइल फोन सबै लुटेर बाथरुमभित्र थुनेर भागेछ,’ तामाङले भने, ‘युवतीले बाथरुम भित्रबाट धेरैबेर कराएपछि मात्र बाहिरका व्यक्तिहरूले सुनेर ढोका खोले छन् ।’ चन्दले युवतीसँग भएको एक तोलाको सुनको सिक्री, आधा तोलाको कानमा लगाउने रिङ, नगद २ हजार र मोबाइल फोन लगेको प्रहरीले जनाएको छ । पीडित युवतीले कालिमाटी प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चन्दले यसअघि पनि विभिन्न स्थानमा गएर स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिकामा विज्ञापन छापी त्यही मार्फत युवतीहरूलाई फसाउँदै आएको प्रहरीले जनाएको छ ।

‘उसको सम्पर्कमा गएर दुव्र्यवहार भएका युवतीहरूलाई पुनः ब्ल्याकमेलसमेत गर्ने गरेको रहेछ,’ तामाङले भने, ‘हरेक विज्ञापनमा फरकफरक मोबाइल नम्बर राख्ने गरेको पाइयो ।’ चन्दले जागिरका लागि नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र र फोटो ल्याउन लगाई पीडितहरूकै फोटो र नागरिकताबाट नयाँ सिम लिने गरेका थिए ।

काठमाडौंमा ठगी गरेपछि चन्द पोखरा पुगेका थिए । त्यहाँ पनि उनले स्थानीयस्तरको पत्रिकामा विज्ञापन प्रकाशित गरी काठमाडौंमा जसरी नै ठगी गरेका थिए । पोखराको महेन्द्रपुलस्थित एक कार्यालयलाई महिला कर्मचारी चाहिएको र ७ हजार रुपैयाँ तलब दिने भन्दै विज्ञापन छापेर मोबाइल नम्बर दिएका थिए । त्यो नम्बरमा सम्पर्क गरेर जागिर खान गएकी कास्की छारेपाटनकी एक युवतीलाई पृथ्वीचोकमा बोलाएर बसपार्कको एक होटलमा लगि यौन दुव्र्यवहार गर्दै गरगहनाहरू लुटेर भागेका थिए ।

चन्दको मोबाइल कल डिटेलका आधारमा अन्य पीडितलाई सम्पर्क गर्दा उनीहरूले आफ्नो नाम बाहिर सार्वजनिक नगरिदिन र चन्दका विषयमा कुरा नगर्न आग्रह गरेका थिए । प्लस टु उत्तीर्ण २३ वर्षे चन्दले आफू राष्ट्रिय अनुसन्धानको असई भएको बताउँदै विभिन्न व्यक्तिलाई सेनामा जागिर लगाइदिने भनेर पनि ठगी गरेको भेटिएको छ ।

सेनामा जागिर लगाइदिने भन्दै सल्यान माझकाडाका रविनबहादुर ओलीबाट २ लाख रुपैयाँ लिएर उनी फरार भएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

 

naturally nepal

 

चेपाङ बालकलाई पाल्ने भए सेनापतिले


काठमाडौं/चितवन, असार ८ – उनी अबोध छन् । मुखबाट बोली फुट्न सकेको छैन । जिब्रो सुन्निएर ठोस पदार्थ खानसमेत सकेका छैनन् । तर, पनि उनको जीवनले नयाँ मोड लिँदैछ ।
चितवनस्थित कविलासको झुपडीबाट उनी बिहीबार प्रधानसेनापति निवास शशिभवन आइपुगेका छन् । अब उनको जीवनका दिनहरू त्यहींबाट सुरु हुनेछन् । हो, आमा-बुवासहित परिवारका पाँच सदस्य गुमाएका दुईवर्षे चोकमान चेपाङको जीवन नयाँ मोडमा पुगेको छ, नयाँ नाम पनि पाएका छन्, ‘प्रभास ।’ ‘प्रभासको अर्थ बिहानीको उज्यालो हुँदोरहेछ,’ प्रधानसेनापतिकी पत्नी कमला गुरुङले भनिन्, ‘के नाम थियो थाहा भएन, मलाई अब उनको जीवनमा उज्यालो आउनुपर्छ जस्तो लाग्यो र यो नाम जुराएँ ।’ सेनापति छत्रमानसिंह गुरुङको आँखा बिहीबार बिहान जब कान्तिपुरको मुखपृष्ठमा छापिएको तस्बिरमा पर्‍यो उनी भावविह्वल भए । उनले तुरुन्तै चितवनस्थित सेनाको ब्यारेकमा फोन गरेर खोजी गर्न र सहमति ल्याउन निर्देशन दिए । बेलुका सात बजेतिर आफ्नै निवासमा बालक ल्याइपुर्‍याएपछि प्रधानसेनापति दम्पती खुसी थिए । त्यो त दिउँसै बालकका लागि कपडा, चप्पल किनिसकेका थिए । ‘फरर बोल्छन् होला भनेको जिब्रो सुन्निएर बोल्नै नसक्ने पो रहेछन्’ गुरुङले भनिन् । शशिभवन आइपुगेको लगत्तै बालकलाई उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएको छ । ‘अब हामीसँगै बस्छ, सकेको पढाउने र राम्रो मान्छे बनाउने कोसिस गर्नेछौं,’ सेनापति दम्पतीले एकै स्वरमा भने । केही दिनअघि विशाक्त च्याउ खाँदा आमा-बुवासहित तीन दाजु गुमाएपछि चोकमान बिचल्लीमा परेका थिए । ‘बिचल्ली बालकको तस्बिर देखेर चिफसापलाई छोयो र मलाई आदेश भो, त्यो बच्चाको ’boutमा बुझ र अभिभावकले अनुमति दिए पालन-पोषणका लागि म कहाँ पठाऊ’ भरतपुरस्थित शमशेरदलका गणपति ज्योतेन्द्र महतले भने, ‘हामी बिहानै उनको घर कविलास पुग्यौं र बच्चालाई लिएर आयांै ।’ बिहान १० बजेतिर सेनाको टोली विपन्न चेपाङ बस्ती पुगेको थियो । एक्कासि सैनिकहरू पुग्दा शोकमा डुबेको गाउँले अचम्मित भएका थिए । चोकमानका हजुरबुवा मैतलाल, हजुरआमा, उनका ठूलो बुवा, गाविस सचिवलगायतको अनुमतिमा गणपति महतको टोलीले उनलाई भरतपुर ब्यारेकसम्म ल्याए । ‘हजुरबुवाले लैजानुस्, हामी आफैं त पालिने मेसो छैन यसलाई कसरी पाल्ने ? दुःख छ भन्नुभयो,’ मैतलाललाई उद्धृत गर्दै महतले भने, ‘कान्छो भाग्यमानी रैछ, यसको भविष्य राम्रो हुन्छ लैजानुस् ।’ हजुरबुवा मैतलालले च्ाोकमानलाई १३ औं दिनमा बच्चालाई च्ाोख्याउन घरमा ल्याइदिन आग्रह गरेका छन् ।

 

 

 

अन्तराष्ट्रिय कलाकार मँच जर्मनीको अध्यक्षमा थापा

अन्तराष्ट्रिय कलाकार मँच को शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ :
अन्तराष्ट्रिय कलाकार मंच, जर्मनी कार्यसमिति
अध्यक्ष : लब थापा
उपाध्यक्ष : संतोष राज गुरुङ्
महासचिव : बेल गुरुङ्
सचिव : नोर्बु छिरिङ् गुरुङ्
कोषाध्यक्ष : लक्ष्मण जोशि

सदस्यहरु :
१ – सुरेश कटुवाल क्षेत्री
२ – भाबुक मैनाली
३ – गोकुल शर्मा
४ – प्राप्ति घिमिरे
५ – सन्जु लामा
६ प्रेम गुरुङ्
७ – दिपेश कार्की
८ – सचिन के सी
९ – सारदा राई
१० – ममता गौतम
११ – खुम राज पुन
१२ – लोटस भट्टराई

सल्लाहकारहरु :
१ ध्रुब शाक्य
२ पंचुरत्न घिमिरे
३ यज्ञराज सुबेदि
४ बिजय मोक्तान
५ दयाराम पौडेल
७ चप्चा राई
अन्तराष्ट्रिय कलाकार मँचले एक प्रेस रिलिज जारी गर्दै भनेको छ : अन्तराष्ट्रिय कलाकार मँच युरोप महा शाखाका उपाध्यक्ष पुष्प बरुवाल मँचमा नरहनुभएको सुचित गर्दै वहाँको हाल सम्मको योगदान को उच्च कदर गर्दै केन्द्रिय समिती हार्दिक बिदाइ र वहाँको उत्तरोत्तर प्रगती को कामना गर्दछ। अध्यक्ष निता श्रेष्ठको योगदान को अती सम्मान गर्दै केन्द्रिय समिती वहाँलाई नेपाल जाने सन्दर्भमा हार्दिक बिदाइ गर्दै सम्रक्षाक को रूपमा भने रहिरहन आग्रह गर्दछ । रिक्त अध्यक्ष पदमा महा सचिब उज्ज्वल केसी लाई काबा अध्यक्ष को रूपमा र बाँकी सबैलाई यथाबाट रूपमा रही कार्य अगाडि बढाउन केन्द्र निर्देश गर्दछ। तीन महिना भित्र कलाकार भेला गरी निर्बाचित कार्य समिति निर्माण गर्न केन्द्र युरोप महा शाखालाई निर्देश गर्दछ।

 

कता जादैछ नंपाल ( Save Nepal)

collection photo by rabin thapaliya





 

नेपाल को यो दुर्दसा कहीले सम्म ?

दसगजा छेउको पिलर एसएसबिले भत्कायो
निर्मल घिमिरे, बर्दिया, असार ३- भारतीय सीमा सुरक्षा बलले गुलरिया नपा-१२ टेपरीस्थित गायत्रि सामुदायिक वनका उपभोक्ताले लगाएको पिलर र तार भत्काएको छ। दसगजादेखि करिब १५ मिटरभित्र नेपाली भूमिमा लगाएको २ सय वटा पिलर र काडे तार भत्काएको हो। सीमामा रहेको सामुदायिक वन असुरक्षित महसुस गरेपछि वनको स्रोतले पिलर गाडेर उपभोक्ताले सिमाकंन गरेका थिए। नेपालको भूमिमा पर्ने हुनाले पिलर गाडेर वनलाई सुरक्षित गरेका थियौं, सामुदायिक वनका एक उपभोक्ताले भने, ‘भारतीय प्रहरीले नेपाली भूमिमा लगाएको पिलर भत्काएर ज्यादति गरेको छ।’ हामीले संरक्षण गरेको वनमा लगाएको पिलर भत्काएर भारतीय पक्षको अतिक्रमण गर्ने योजना भएको उनले बताए। रातिको समयमा ठूलो दलबलसहित आएर उक्त सामुदायिक वनको पिलर भत्काएको स्थानीयले बताए। नेपाली भूमिमा लगाएको पिलर भत्काउँदा उपभोक्ता त्रसित भएका छन्। हामीलाई विभिन्न बाहानामा सीमा बस्ने प्रहरीले दुःख दिइरहँदासमेत स्थानीय प्रशासनले बेवास्ता गरेको स्थानीयको आरोप छ। पोल भत्काएको विरोधमा स्थानीय उत्रेको खबरपछि एसएबीले सीमा आवाजावतमा कडाइ गरेको थियो।

आइरन चक्की र जीवनजल छैन कञ्चनपुरमा
कञ्चनपुर, असार ३- गर्भवती महिलालाई रक्तअल्पताबाट बचाउने आइरन चक्कीको कञ्चनपुरका स्वास्थ्य संस्थामा अभाव भएको छ। स्वास्थ्य संस्थाका लागि वार्षिकरुपमा २४ लाख आइरन चक्की आवश्यक पर्ने भए पनि विभागले छ लाख चक्की मात्रै पठाएकाले अभाव भएको हो। जिल्लामा जीवनजलको पनि अभाव छ। कार्यालयमा रहेका तीन लाख ३० हजार आइरन चक्की एक महिनाका लागिसमेत नपुग्ने भएकाले समस्या परेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवदत्त भट्टले बताए।उनका अनुसार यहाँका प्रत्येक स्वास्थ्य संस्थालाई प्रतिमहिना १० हजार आइरन चक्की आवश्यक पर्दछ। गर्भवती महिलामा देखापर्ने रक्तअल्पताको समस्या हटाउनका लागि स्वास्थ्य विभागले नेपाल परिवार स्वास्थ्य कार्यक्रममार्फत निःशुल्क आइरन चक्की वितरणको व्यवस्था गर्दै आएको छ।

देशकै ठूलो सिमेन्ट उद्योग नियमित सञ्चालन नहुँदा करोडौंको घाटा
गाईघाट (उदयपुर), असार ३- नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुरस्थित जलजले सिमेन्ट उद्योग नियमित सञ्चालन हुन नसक्दा करोडौँको घाटा हुँदै आएको छ। एक महिनाभित्रमा पटकपटक गरी १५ दिनभन्दा बढी सिमेन्ट उद्योग बन्द हुँदै आएपछि पर्याप्त सिमेन्ट उत्पादन हुन नसक्दा उद्योग निरन्तर घाटामा गइरहेको सिमेन्ट उद्योगका कर्मचारीको भनाइ छ।उद्योगको मेसिन पटकपटक बिग्रिँदा पनि उद्योग प्रशासनले मर्मतमा उचित ध्यान नदिएका कारण उद्योग धेरै पटक बन्द हुन पुगेको उद्योगका एक कर्मचारी मानबहादुर राउत बताउँछन्।

हिमाली जिल्ला हुम्लामा समेत खानेपानीको अभाव
हुम्ला, असार ३- हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित बृहत् खानेपानी आयोजनाका मूलहरु खडेरीले सुक्दा त्यहाँ खानेपानीको हाहाकार भएको छ। सदरमुकामका बजार तथा गाउँटोलहरुमा विगत एक हप्तादेखि खानेपानी बन्द हुँदा उपभोक्ताहरुले ठूलो सास्ती बेहोर्नु परिरहेको छ।यसैबीच, नेपाल खाद्य संस्थान शाखा कार्यालयको कोटाअनुसार फागुनमै खाद्यान्न सकिएपछि कर्मचारी तथा सर्वसाधारणले चरम खाद्य सङ्कट भोग्नु परेको छ।सदरमुकाम सिमकोटमा रहेका कर्मचारी र स्थानीय बासिन्दा चीनको सीमा क्षेत्रबाट मैदालगायतका खाद्य सामग्री खरिद गरेर ल्याई खान बाध्य भएका छन्। रासस

आङकाजी एमालेबाट निकालिए
मणि दाहाल, काठमाडौं, असार २ – नेकपा एमाले स्थायी समितिको शनिबार बसेको बैठकले एमालेका सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टी साधारण सदस्यताबाटसमेत निस्कासन गरेको छ। जनजाति महासंघका महासचिवसमेत रहेका उनी जातीय राजनीतिमा चर्कोगरी उत्रेपछि विवादित रहँदै आएका थिए।
स्थायी समितिको बैठकले विपक्षीका सभामा गएर उत्तेजित भाषण गरेको र पत्रकारमाथि आक्रमण गर्न उक्साएको भन्दै कारवाही गरेको हो। शुक्रबार राजधानीमा एकीकृत माओवादीले आयोजना गरेको सभामा जनजाति महासंघतर्फबाट सम्बोधन गरेका थिए। सभामा उनले एमाले र कांग्रेस उत्पीडित जातिको अधिकार विरोधी भएको आरोप लगाएका थिए।

कंग्रेसका जनजाति नेताले पार्टीको कार्यक्रम बहिस्कार गर्ने
गोविन्द परियार, काठमाडौं, असार २ – कांग्रेस निकट विभिन्न जातीय संगठन, पूर्व सभासद् र केन्द्रीय सदस्यहरुले संघीयताका विषयमा पार्टीले स्पष्ट धारणा नबनाएसम्म पार्टीले आह्रावन गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन्। शनिबार कांग्रेस निटक विभिन्न आठ भातृ सस्था, पूर्व सभासद् र सदस्यहरुको भेलाले पार्टी सभापति सुशील कोइरालालाई यसअघि बुझाएको ज्ञापनपत्रका ’boutमा सुनुवाई नभएको भन्दै पार्टीको कार्यक्रममा सहभागी नहुने निर्णयमा पुगेका हुन्। ‘हामीले ज्ञापनपत्र बुझाएपछि भएको पार्टी केन्द्रीय समितिको वैठकमा पार्टीको आन्तरिक झगडा र भागवन्डाले मात्रै स्थान पाएको तर हाम्रो ११ वुँदे ज्ञापनपत्रले प्रवेश नै नपाएकोले हामी सम्पूर्ण आदिवासी जनजातिहरुले आफ्नै पार्टीबाट अपमानित भएको महशुस गरेका छौ,’ शनिबार जारी गरिएको सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी जातीय पहिचानको आन्दोलनकमा लागेकाहरु वाध्यभइ हाम्रो पूर्ववत निर्णयअनुसार देशभरि हुन गैरहेको पार्टीको सबै कार्यक्रममा उपिस्थिति नहुने र हाम्रो पार्टीभित्र रहनुभएका पहिचान सहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पूर्व सभासद साथै अन्य सबैलाई कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनुहुन अपील गर्दछौं।

वैद्य पक्षले भोलि नयाँ पार्टी घोषणा गर्ने, नाम’bout छलफल जारी
काठमाडौं, असार ३ (नागरिक)- माओवादीका वैद्यपक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले भोलि नयाँ पार्टी घोषणा गर्ने भएको छ। बौद्धमा शनिबारदेखि जारी भेलाले अहिले पार्टीको नाम के राख्‍ने भन्ने’bout छलफल गरिरहेको जानकारी एक सहभागीले दिएका छन्।
उनका अनुसार नयाँ पार्टीको नाम नेकपा माओवादी क्रान्तिकारी राख्‍ने’bout छलफल अघि बढिरहेको छ। यसबाहेक पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्‍ने’bout पनि सुझाव आएको छ। पार्टीको महाधिवेशन फागुन १ गते गरिने निर्णय भएको जानकारी पनि ती सहभागीले दिए।

अध्यादेश जारी नभए मुलुक कालोसूचीमा
काठमाडौँ, असार २ – सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणलगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मुलुक कालोसूचीमा पर्ने जोखिम बढेको छ। सरकारसँग अध्यादेशबाट विधेयक ल्याउनुको विकल्प नभएकाले देशको गरिमा जोगाउन तीनवटा विधेयक जारी गर्नैपर्ने परिस्थिति सिर्जना भएको छ। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को आगामी सोमबारदेखि शुक्रबारसम्म इटालीको रोममा हुने बैठक अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अध्यादेशबाट जारी नभए मुलुक कालोसूचीमा पर्नेछ।वित्तीय कारोबार पारदर्शी बनाउन तथा अन्तर्राष्ट्रियजगतमा व्यक्त प्रतिबद्धता पूरा गर्न नेपालले सम्पत्ति शुद्धीकरण, प्रतिआतङ्कवाद सुपुर्दगी एवम् सङ्गठित अपराध निवारण तथा पारस्परिक सहयोगसम्बन्धी कानुन नबनाउँदा कालोसूचीमा पर्ने जोखिम बढेको हो।

गाउँमा म्याद नाघेका औषधि
पर्वत , अषाढ ३ – जिल्ला स्वास्थ्य कार्यालयले गाउँका उपस्वास्थ्यचौकीमा म्याद सकिएका औषधि पठाएको पाइएको छ । दक्षिणमा पर्ने भोर्ले उपस्वास्थ्यचौकीमा कार्यालयले म्याद सकिएका औषधि पठाएको स्थानीयले बताएका छन् । गाउँ स्वास्थ्य समितिले औषधिको पोको खोल्दा ७ थरीका औषधि प्रयोग गर्ने समय कटेको अवस्थामा फेला परेको समितिका सदस्य तोया भुसालले बताए । भुसालका अनुसार लिगनेट, एमोक्सीलिन, सिप्रोमेक्स, जिङ्क, एमोक्सीलिङ सुप्रामोक्स, मेट्रोनाइजोल र अर्थाडिन औषधि म्याद सकिएको अवस्थामा भेटिएको हो । दैनिक प्रयोगमा आउने धेरैजसो औषधि वैशाखमै म्याद सकिएको पाइएको छ ।

रोपाइका लागि पानी ल्याउन रातभरी डयुटी
जनक केसी, जाजरकोट, असार ३- लामो खडेरीले खोलामा पानी सुकेपछि जाजरकोटका किसानले रोपाइ गर्ने पानी ल्याउन रातभरी डयुटी गर्न थालेका छन्। वाली लगाउने बेला पानी नपरेर हैरान भएका किसानहरु यति वेला पानीको लागि कुलोको मुहानमै रातभरी डयुटी बस्न थालेका हुन्। पानी पर्छ कि भनेर लामो समय सम्म पर्खिदा पनि आकासबाट पानी नपरेपछि व्याडमै विउ सुक्न थालेपछि पानी पैंचो गरेर रोपाइका लागि पानीको जोहो गर्नु परेको खलंगा ६ का किसान कृष्णबहादुर कार्कीले बताए। रोपाइका लागि पानी ल्याउन रातभरि झगडा गर्नु पर्छ यति गर्दा पनि पुग्ने जति पानी आउदैन कार्कीले भने।खडेरी र खोलामा पानीको अभावका कारण केही समय अगाडि लगाइएका धानको विउ व्याडमै सूक्न थालेका किसानहरु बताउँछन्। अहिले रोपाइका लागि कुलोको पानीलाइ पैंचोको रुपमा प्रयोग गर्ने गरिएको छ। जुन दिन जसको रोपाइ हुन्छ त्यसले अघिल्लो दिननै कुलोको मुहानमा गएर पानीको जोहो गर्नु पर्ने वाध्यता रहेको किसान टीकाराम खड्काले बताए।

माछा मार्ने विवादमा झडप भएपछि एक युवकको मृत्यु
रमेश खतिवडा, रामेछाप, असार २- दुई समूहबीच माछा मार्ने विषयमा विवाद भएपछि रामेछाप भलुवाजोर-२ हात्तिटारकाका स्थानीय २५ वर्षीय सोमबहादुर माझीको मृत्यु भएको छ। विगत चार वर्षदेखि तामाकोसीमा माछा मार्ने विषयमा मसानटार र हात्तिटारका स्थानीयबीच एकअर्काको क्षेत्रमा माछा मारेको विषयलाई लिएर विवाद चल्दै आएको थियो। हिजो राति माछा मार्न गएका हात्तिटारका युवालाई ढुंगैढुंगाले प्रहार गरेर मारेको थियो।हत्यामा संलग्न मसानटारका ९ जना युवालाई उनीहरुको घरबाटै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामकुमार माझी, शान्ति माझी, श्यामबहादुर माझी, नरेश माझी, बलराम माझी, सागर माझी, कालुराम माझी, बुद्धिराज माझी र सुतिराज माझी रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी सञ्जीव शर्माले जानकारी दिए।

सात विद्यालयको प्रवेशिका नतिजा शून्य
थप ४ एसएलसी परीक्षार्थीद्वारा आत्महत्या
िराटनगर, असार २-मोरङ जिल्लाका सातवटा विद्यालयको यस वर्षको एसएलसी परीक्षा परिणाम शून्य रहेको छ। तीमध्ये छवटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन्।जिल्ला शिक्षा कार्यालयका अनुसार सामुदायिक विद्यालयमा कल्याणकारी मावि सिंहदेवी, शिक्षा सदन मावि वयरवन, भोगटेनी मावि भोगटेनी, रामपुर मावि भोगटेनी, महेन्द्र मावि मझारे, सार्वजनिक मावि वैजनाथपुर र संस्थागतमा बालवाटिका बोर्डिङ स्कुलबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।कार्यालयबाट उपलब्ध विवरणअनुसार यस वर्ष जिल्लामा नियमिततर्फ ४५ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी कुल १५ हजार ४८६ विद्यार्थीमध्ये ६ हजार ९४२ मात्र उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरुमा विशिष्टतर्फ ९१२, प्रथम श्रेणीमा तीन हजार १९७, द्वितीयमा दुई हजार ५३१ र तृतीय श्रेणीमा ३०२ जना उत्तीर्ण भएका बताइएको छ।
काठमाडौं, असार २ (नागरिक)- एसएलसी परीक्षामा असफल थप ४ परीक्षार्थीले आत्महत्या गरेका छन्। बाँके, कञ्चनपुर र सिन्धुपाल्चोकका परीक्षार्थीले आत्महत्या गरेका हुन्। बिहीबार सात परीक्षार्थीले आत्महत्या गरेका थिए। प्रहरी प्रधान कार्यालयका अनुसार बाँके शमशेरगन्ज-७ का १६ वर्षे नेत्रबहादुर थापाले बिषादी खाएर आत्महत्या गरेका छन्। एसएलसी परीक्षामा असफल भएका उनलाई बिहीबार बेलुका बिषादी खाएर असक्त भएको अवस्थामा फेला पारेपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। कन्चनपुर, सुडा-२ की २० वर्षे आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले पनि बिहीबार बेलुका घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्।

पढाइ इन्जिनियरिङ, पेसा कृषि
समुन्द्र पौडेल, तनहुँ, असार २- हरेक नेपाली बाबुआमा आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्छन्। पढेलेखेपछि जागिरै खानुपर्छ खेतीपातीतिर आँखै लाउन हुन्नजस्तो गर्छन् युवाहरु पनि। तर, इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका यहाँका एक युवा सगुन बाँस्तोला गाउँमै खेतीपाती गरेर नमुना किसान बनेका छन्। खैरेनीटार-७, काउँलेका २१ वर्षे सगुनलाई गाउँमै उत्पादित च्याउ र गोडभेंडा बेच्न भ्याइनभ्याई छ। ‘किन्नेहरु घरमै आउँछन्,’ उनले भने, ‘आम्दानीसमेत निकै राम्रो भइरहेको छ।’ गत असोजबाट व्यावसायिक च्याउखेती गरेका सगुनले ८० हजार रुपैयाँ नाफा गरिसकेको बताए। पोखरा इन्जिनियरिङ कलेजबाट डिप्लोमा तहको परीक्षा सकेलगत्तै उनले घर पुर्ख्यौली जग्गामा च्याउखेती सुरु गरेका हुन्।
‘२ वटा फार्म बनाएर च्याउ खेती गरेको थिएँ,’ उनले भने, ‘राम्रो आम्दानी भएपछि भाडामा जग्गा लिएर फार्मलाई विस्तार गर्दैछु।’ इन्जिनियरिङ पढेर पनि खेतीपाती गर्न तम्सिँदा सगुनसँग बेखुसी भएका बाबुआमाले नै अहिले दिनरात उनलाई सघाइरहेका छन्।

राखेप भ्रष्टाचारको छानविन अलपत्र
अजय फुयाल, काठमाडौं, असार २- संविधानसभा भंग भएपछि सुदूरपश्चिममा फागुनमा भएको छैटौं राष्ट्रिय खेलकुदमा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथिको छानबिन अलपत्र परेको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा माओवादीबाहेक सबै राजनीतिक दलका स्थानीय नेतृत्वले छैटौं राष्ट्रिय खेलकुदमा व्यापक भ्रष्टाचार भएको भन्दै चैत पहिलो साता उजुरी गरेका थिए। लेखा समितिले भानुभक्त जैशीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाई छानबिन सुरु गरे पनि अब संसदकै हैसियत समाप्त भइसकेका कारण छानबिन स्वतः निस्क्रिय बनेको छ। राजनीतिक दलका स्थानीय नेतृत्वले सार्वजनिक लेखा समितिका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खेल प्रशासनविरुद्ध उजुरी गरेको थियो। उजुरी परेपछि लेखा समितिले चैत १२ मा एक साताभित्र सबै पेश्की फर्छ्योट गराई चैत २५ सम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। राखेपले एक साता समय कम हुने भन्दै थप समय माग गरी वैशाख पहिलो साता १३ करोड १८ लाख ८ सय ७१ रुपैयाँको पेश्की फर्छ्योट विवरणसहित प्रतिवेदन बुझाएको थियो। लेखा समितिले वैशाख ७ मा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेटका साथ जैशीको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमिति सदस्यमा कमला पन्त, अलाउद्दिन अन्सारी, प्रमोद गुप्ता र टेकबहादुर बस्नेत थिए।

 

जर्मनको वान आइकलमा प्यार बेच्दै रेजीना…… !

 

                                                                                                                                                     जर्मनको वान आइकल सहर स्थीत काइजर हलमा जुलाई ११ मा छुटटै रौनक थियो । कार्यक्रम हल फुल माला र व्यानरहरुले सजिसजावट थियो, नेपाली झण्डा अनि नेपाली गित संगतिहरुले हल गुन्जी रहेका थिए । कार्यक्रम हलको प्रवेसद्धारमानै उभिएका आयोजकहरुले नमस्ते भन्दै हात जोडेर स्वागत गर्दा नेपाली पनको आभास हुन्थ्यो ।
राष्ट्रिय गानको धुन बजाएर सुरु भएको सो कार्यक्रममा नेपालबाट आउनुभएका बरिष्ठ संगितकार तथा गायक प्रदिप बम्जन तथा नायीका रेजीना उप्रेतीको प्रस्तुती हेर्नको लागि आफनो कामनै छाडेर टाढा टाढाबाट नेपालीहरु जम्मा भएका थिए ।
सगरमाथा समाज, हिमालयन आइज जर्मन, चौतारी सोसाइटी इभि जर्मनी, लाली गुराँस परिवार, गेल्जेन किरचन, जनसम्पर्क समिति युरोप लगायत आधा दर्जन नेपाली संस्थाले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए । छोटो तयारीमा गरीएको भनिएको सो कार्यक्रम व्यवस्थीत र भव्य थियो । नेपाली गित संगितलाई प्रवासी नेपालीहरुले कति माँया गर्दा रहेछन भन्ने कुरा उनिहरुको उपस्थीतिले बताइरहेको थियो ।
दुई महिना देखि युरोपका बिभिन्न देशहरुमा कार्यक्रम गदै जर्मन पुग्नु भएका बरिष्ट संगितकार एवं गायक प्रदिप बम्जनले कार्यक्रममा “नेपाल माँ नेपाल, यो मुटु नेपाल” बोलको राष्ट्रिय भाबको गित गाउनु भएको थियो । कला र गलाका धनी गायक बम्जनको राष्ट्रिय भाबले ओतप्रोत भएको गितले प्रवासी नेपालीलाई एक छिन भएपनि भाबुक बनायो । कार्यक्रम भरीनै उहाँले नेपाली राष्ट्रिय गितहरुनै गाउनु भयो ।
गित संगै बिचबिचमा बम्जनले नेपालको राजनैतिक अवस्था र सारा नेपालीहरुको पिडाहरु पनि सुनाइरहनु भयो । तपाँइले छाडेर आउनु भएको देशको कल्पना गरेर मैले गित गाँए नेपालमा संबिधान आएन, सबै जाती समुदायलाई मान्य हुने संबिधान जारी नभई बिचैमा तुहियो भन्दै नेपाली राजनीतिलाई स्मरण गराइरहंदा कार्यक्रममा उपस्थीत दर्शकहरु आफनो मात्री भुमिलाई नेपाललाई सम्झिएर एकछिन स्तव्ध समेत भए । तपाँइहरु जन्म भुमि छाडेर परदेशमा बसेपनि नेपाल अनि नेपाली कला संस्कृतिलाई नभुल्नु होला देशलाई यसै गरी माँया गरीरहनु होला बम्जनले प्रवासी नेपालीलाई सुझाब दिनुभयो । दुई महिना युरोप यात्राको अन्तिम कार्यक्रम जर्मनमा सिध्याएर नेपाल र्फकन लाग्नु भएका बम्जनले “वारी जमुना पारी जमुना, जमुनैको फेदैमा मनकामना” भन्ने गित गाएर दर्शकलाई नचाँउदै बिदा भए । रेजीना र बम्जनको दुई महिना युरोप यात्राको अन्तीम कार्यक्रम यहि थियो । नेपाली चलचित्रकी नायीका रेजीना उप्रेतीले भने प्राय आफुले बिदेशको कार्यक्रमहरुमा सहभागी हुदा नाँच्ने गरेको म प्यार बेचि दिन्छु .. भन्ने गितमा नृत्य गरीन् । रेजीनाको प्रस्तुतिलाई हेर्नका निम्ती प्रतिक्षारत प्रवासी नेपालीहरुको अगाडी छोटो स्कर्ट र टिर्सट लगाएर देखा परेकी रेजीनाले कार्यक्रमको अन्तीम सम्म दर्शकलाई नचाइन । उनीसंगै कार्यक्रमा सहभागी प्रवासी नेपालीहरु साथै कार्यक्रममा सहभागी केहि जर्मनी नागरीक समेत रेजीना संगै नाँचेका थिए । रेजीनाले तिन वटा नेपाली गितमा नृत्य गरीन सबै गितमा उनलाई दर्शकहरुले साथ दिएर नाँचे ।
रेजीना र प्रदिपका प्रस्तुतिहरुको बिच बिचमा जर्मनका स्थानीय कलाकारहरु निलु पौडेल, इसा पौडेल, गोमा शर्मा, जिल्भीया श्रेष्ठ, आल्सीया श्रेष्ठले नृत्य गरेर दर्शकलाई मनोरन्जन दिएका थिए । त्यस्तै स्थानीय चर्चीत कलाकार बेल गुरुङले
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले लगायत आधा दर्जन नेपाली गित गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए । प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिलाई जर्गेना गरीराखेको भन्दै स्थानीय कलाकारहरु प्रति धन्यवात दिदै संगितकार बम्जनले उनिहरुसंग पनि गित गाएका थिए । प्रदिपले तामाङसेलो गाँउदा जर्मनमा रहेका कलाकार तथा वाध्यवादनमा लक्ष्मण जोसी, नोर्वु गुरुङ, हानुप दर्नाल, र प्रवीधिमा ध्रुव शाक्यले साथ दिएका थिए ।
कार्यक्रमको सन्चालन आयोजक संस्था सगरमाथा समाज जर्मनका संयोजक दयाराम पौडेलले गर्नुभएको थियो । कार्यक्रम मा स्वागत मन्तव्य व्यक्त गदै लालीगुराँस परिवारका भुपु अध्यक्ष तथा जेष्ठ नागरीक राम बहादुर गुरुङले कार्यक्रम सफल बनाउनको निम्ती मुख्य सहयोगी बिजय मोत्तान , स्थानीय संघ संस्था, आर्थीक सहयोग गर्ने सहयोगीहरु तथा कार्यक्रमलाई सफल बनाउनको निम्ती सबै भन्दा धेरै आर्थीक सहयोग गर्ने जनसम्पर्क समिती युरोपका सभापति दिल गुरुङलाई धन्यवात दिनु भयो ।
चौतारी समाजका अध्यक्ष कृष्ण प्रसाद गौतमले छोटो समयमा उत्कृष्ट र उदाहारणीय कार्यक्रम भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा प्रचारप्रसारमा सहयोग गर्ने लाली गुराँसका सचिब प्रकाश शर्मालाई धन्यवात दिनु भयो ।
नेपाली कला संस्कृति संगै कार्यक्रममा सरीता आचार्यले नेपाली खाना खुवाएर प्रवासी नेपालीलाई नेपाली पनको आभास दिलाउनु भएको थियो ।
त्यस्तै यातायत व्यवस्थापनमा सहयोग गरीदिए वापत हिमालय आइका अध्यक्ष दिपक लामालाई आयोजकले धन्यवात दिएका थिए । स्थानीय कलाकार सन्जु लामाले गित गाँउदा दर्शकहरु पनि सँगै नाँचेका थिए ।
जर्मनको वान आइकल देखी ४०० किलो मिटर टाढा रहेको हाम्बुक सहर देखी पनि प्रवासी नेपालीहरु साँस्कृतिक कार्यक्रममा सहभागी हुन आएका थिए ।
साँस्कृतिक कार्यक्रमा बिदा माग्नु अगाडी बरिष्ठ संगितकार तथा गायक प्रदिप बम्जनले प्रवासी दर्शकसामु नेपालमा सडक दुर्घटनामा खुटा गुमाएका पत्रकार रबिन थपलिया र उहाँलाई जर्मन सम्म ल्याएर खुटा लगाउन प्रयत्न गरीरहेका नमस्ते संस्थाका तारा थापा र उहाँका श्रीमान लव थापालाई मन्चमानै बोलाएर बम्जनले धन्यवात दिनु भयो । उहाँले भन्नु भयो यहि हो नेपाल प्रति देखाउने माँया भनेको अनि नेपाली प्रतिको माँया पनि यहि हो आफना लागि धन सम्पती मात्र हैन समाजको निम्ती पनि केहि गरौ भनी प्रवासी नेपालीहरुलाई सुझाब दिनुभयो ।
कार्यक्रमा पत्रकार रबिन थपलियाले कृतिम खुटा लगाउनको निम्ती सहयोग गर्ने तारा तथा लव थापालाई धन्यवात दिदै एक जना श्रमजीवि नेपाली पत्रकार माथी देखाएको त्यो सहयोगी भाबनाबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले जर्मनमा आफनो निम्ती सहयोग गरीदिनु हुन एनआरएन जर्मन तथा प्रवासी नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।
पत्रकार थपलियाको तिन बर्ष अगाडी काठमाण्डौको बालाजुमा ट्रकले ठक्कर दिएर दाहिने खुटटा गुमेको थियो । उहाँको अवस्थाको ’boutमा मिडीयाबाट जानकारी पाएपछि तारा तथा लव एक महिना अगाडी नेपाल गएको अवस्थामा थपलियालाई उपचार गराउन सँगै जमन ल्याएका हुन् ।

 

आङ्काजीको कांग्रेस, एमालेका जनजाति नेताहरुप्रति आक्रोश, मन्त्रीको लोभमा उनीहरुले पहिचानको बिरोधमा बोलिरहे जिब्रो थुतेर असनको भुस्याहा कुकुरलाई दिनेछौ

  •   आङ्काजीले नेता र सभासदलाई आची खाने कुकुरको संज्ञा पनि दिए । स्वर्गमा सँगुरले आची खान पाइन्छ भनेर सोध्छ भन्ने किस्सा सुनाउँदै संविधान बनाउन गएका सभासदहरु सुँगुर जस्तै गरी आची खान प्रधानमन्त्रीको कुर्सीमा घुमेको भन्दै व्यंग्य गरे
  • कमल थापा, अब पनि राजा ल्याउने कुरा गरिरहनुभयो, त्यसलाई छाड्नुभएन भने हतकडी लगाएर मुद्दा चलाउनेछौं ।
  • माओवादी नेताहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अरु दलका नेताहरुलाई उछित्तो काढे । 
  • कांग्रेस-एमालेको सभामा मान्छे जनजाति भएपनि विचार बाहुनवादी र माओवादी सभामा मान्छे बाहुनबादी भएपनि व्यवहार जनजाति भएको बताए 

अक्सर चर्को र अराजक बोलेर बिबादमा आउने जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नै समुदायका नेताको जिब्रो थुतेर कुकुरलाई दिने चेतावनी दिएका छन् । माओवादीले खुलामञ्चमा आयोजना गरेको सभामा बोल्दै शेर्पाले भने-’मन्त्रीको लोभमा उनीहरुले पहिचानको बिरोधमा बोलिरहेका छन, खबरदार यसैगरी बोल्ने हो भने तिमीहरुको जिब्रो थुतेर असनको भुस्याहा कुकुरलाई दिनेछौं ।’ जातीयताको बिरोधमा रहेका कांग्रेस, एमालेका जनजाति नेताहरुप्रति उनको आक्रोश थिए ।शेर्पाले राजाको पक्षमा बोलिरहने हो भने कमल थापालाई ताम्सालिङ राज्यको पहिलो कैदी बनाउने चेतावनी दिए । ‘कमल थापा, अब पनि राजा ल्याउने कुरा गरिरहनुभयो, त्यसलाई छाड्नुभएन भने हतकडी लगाएर मुद्दा चलाउनेछौं ।’
आङ्काजीले नेता र सभासदलाई आची खाने कुकुरको संज्ञा पनि दिए । स्वर्गमा सँगुरले आची खान पाइन्छ भनेर सोध्छ भन्ने किस्सा सुनाउँदै संविधान बनाउन गएका सभासदहरु सुँगुर जस्तै गरी आची खान प्रधानमन्त्रीको कुर्सीमा घुमेको भन्दै व्यंग्य गरे । प्रधानमन्त्रीको कुर्सीको आची खाने काम छाडेर सहमति र सहकार्यमा लाग्न उनले जोड दिए । उनले प्रचण्ड, झलनाथ खनाल र सुशील कोइरालाले सहमतिको नाममा राजधानीका सबै रिसोर्ट गएर अण्डा र टोस्ट खाँदा पनि प्रगति नभएको भन्दै व्यंग्य पनि गरे । उनले संविधानसभामा बहुमतीय प्रकृया शुरु किन भएन भन्दै पूर्व सभामुख र शीष नेताहरुसित प्रश्न पनि गरे । उनले माओवादी एकताले मात्र जातीय पहिचान सुनिश्चित हुन्छ भन्दै पार्टी एकतामा लाग्न मोहन वैद्यलाई आग्रह गरे ।
उनले मुख्य तीन पार्टीलाई जनजातिको दल बनाउने दावी गरेका छन् । ‘माओवादी, कांग्रेस र एमालेलाई अब आदिवासी जनजाति बनाएरै छाड्नेछु’ उनले भने -’यसकै लागि म सभामा भाग लिन आएको हो ।’ उनले आदिवासी जनजाति कुनै पार्टीको अधिनमा नबस्ने, सबैमा आफूहरुको नेतृत्व बनाउने दावी पनि गरे । माओवादी नेताहरुको मुक्त कण्ठले प्रशंसा गर्दै अरु दलका नेताहरुलाई उछित्तो काढे । कांग्रेस-एमालेको सभामा मान्छे जनजाति भएपनि विचार बाहुनवादी र माओवादी सभामा मान्छे बाहुनबादी भएपनि व्यवहार जनजाति भएको बताए । जातीय पहिचानको लागि सभा भएको भन्दै उनले माओवादीको प्रशंसा गरे । जातीय संघीयतामा जोड दिएको भन्दै उनले एमालेका मंगलसिद्धि मानन्धर र रामचन्द्र झाको पनि प्रशंसा गरे ।

 

संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट तिब्र , ककसले भेटे पूर्व राजा शाहलाई

  •   संविधानसभा विघटनपछि पूर्वराजा निर्मलनिवासमै
  • संविधानसभा विघटनपछि उनी ‘पर्ख र हेर’ को अवस्थामा रहेको स्रोतले बतायो
  • भेट गर्ने नेताहरूमध्ये अधिकांशले नयाँ परिवेशमा आºनो भूमिका खोज्न सल्लाह
  • राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजासँग भेट गरेको पुष्टि गरेका थिए । ‘अब केही दिन तपार्इं धैर्य गर्नुहोस् । लाखाँै जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउनेछन् भनेर मैले भनेको हुँ,’ थापाले भनेका थिए ।

 

संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटको क्रम बढाएका छन् । उनलाई भेट गर्ने नेताहरूमध्ये अधिकांशले नयाँ परिवेशमा आºनो भूमिका खोज्न सल्लाह दिएको स्रोतको दाबी छ । पूर्वपञ्चदेखि कांग्रेसका केही नेताले समेत पूर्वराजालाई भेटेर यस्तो सल्लाह दिएका हुन् । संविधानसभा विघटन भइसकेको अवस्थामा ‘राजसंस्था’को सक्रियता बढाउनुपर्ने उनीहरूले बताउने गरेका छन् । यद्यपि, पूर्वराजा स्वयंले भने यस विषयमा मुख खोलेका छैनन् । संविधानसभा विघटनपछि उनी ‘पर्ख र हेर’ को अवस्थामा रहेको स्रोतले बतायो । जेठ १४ यता उAनी कुनै सार्वजनिक कार्यक्रममा गएका छैनन् भने भेट्न आउनेहरूसँग खुलेर कुरा पनि गर्दैनन् । ‘खाली अरूका कुरा सुन्नुहुन्छ र टाउको हल्लाएर हो, हो भन्नुहुन्छ,’ स्रोतले भन्यो । पछिल्लो समय पूर्वराजालाई भेट्नेमा कमल थापा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, दुर्गा पोखरेल, याङकिला शेर्पालगायत केही शाहीकालीन मन्त्री छन् । यसैगरी, कांग्रेसका पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, तारानाथ रानाभाटलगायतले पनि उनलाई
भेटेको स्रोतको दाबी छ । ‘संंविधानसभा विघटन भइसकेपछि मुलुक ०६२/६३ सालकै अवस्थामा फर्किएको छ । संविधानसभाले गरेको सबै काम स्वत: अवैध भएका छन् । त्यसैले राजसंस्था भूमिकामा फर्कन सक्ने अवस्था बनेको छ,’ भेट््न जानेहरूमध्ये शाहीकालीन मन्त्रीहरू यसै भन्छन् । कांग्रेसका नेताहरूले शाहीकालीन मन्त्रीलेझँै राजासंस्था फर्किसकेको नभने पनि नेपालको भौगोलिक, सांस्कृतिक र धर्म दृष्टिकोणबाट कुनै न कुनै रूपमा राजसंस्था आवश्यक रहेको धारणा राख्ने गरेका छन् ।
नेताहरूलाई भेट गराइदिने र समय मिलाइदिने काम पूर्वराजाको स्वकीय सचिव सागर तिमिल्सिना र मधु तिमिल्सिनाले गरिरहेका छन् । अधिकांशलाई साँझ ७ बजेपछिको समय छुट्टयाउने गरेको स्रोतले बतायो ।
‘संविधानसभाको औचित्य सिद्धिसकेपछि यसले गरेको सबै काम स्वत: खारेज हुन्छ । त्यसैले मुलुक अब ०६२/६३ को स्थितिमा फर्किसकेको छ । यही कुरा मैले सरकारसँगको दर्शन भेटमा राखेँ,’ पूर्वराजाका सहयोगी तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले सौर्यसँग भने, ‘सरकारले केही बोलिबक्सेन । खाली टाउको हल्लाएर मात्र सुनिबक्सियो’ ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा थानकोटको एउटा मन्दिरमा जाने कार्यक्रम तय गरिएको थियो । तर, अकस्मात् रद्द गरिएको छ । थानकोट जाने कार्यक्रम संविधानसभा विघटन हुनुभन्दा पहिले नै तय भएको थियो । सार्वजनिक कार्यक्रममा गइसकेपछि संविधानसभा विघटनपछिको स्थिति’bout बोल्नुपर्ने हुन सक्ने ठानेर स्थगन भएको स्रोत बताउँछ । तत्काल कुनै जिल्ला जाने कार्यक्रम पनि छैन,’ स्रोतले भन्यो ।
जेठ २७ गतेको आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजासँग भेट गरेको पुष्टि गरेका थिए । ‘अब केही दिन तपार्इं धैर्य गर्नुहोस् । लाखाँै जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउनेछन् भनेर मैले भनेको हुँ,’ थापाले भनेका थिए ।
स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा निर्मलनिवासमै छन् । संविधानसभा विघटनपछिको अवस्थालाई उनले अभिरुचिपूर्वक नियालिरहेका छन् ।

 

त्यो कालो रात्री

रबिन प्रसाद थपलिया 
मुनस्टार जर्मनी २०६९ जेष्ठ ३१ गते


मान्छेको जीवनका कतिपय यस्ता घटनाहरु घटदा रहेछन् चोट एकजनालाई लाग्ने तर दुखाई धेरैलाई हुने । मेरो जीवनको त्यो काहाली लाग्दो एउटा घटना जस्ले जीवन भर निको नहुने चोट मलाई दियो र दुखाई मेरो परिवार, साथीभाई लाई । एउटा यस्तो तितो भोगाई र जीवन भताभुंग भएको काहानी आज म फेरी लेख्न बिबस भएको छु ।
संयोगबस आज म जर्मनको मुन स्टार सहरमा बसेर मेरो बिगतलाई स्मरण गर्न गइरहेको छु । आजकै दिन अर्थात २०६६ साल जेष्ठ ३१ गते मेरो जीवनमा एउटा अकल्पनीय घटना घटन पुग्यो । अफीसको काम सकेर घर र्फकने क्रममा अचानक बालाजुमा बन्द आव्हान गरीएको रहेछ । आजकै साँझ नेपालको झण्डै पौने ७ बजेको थियो एक जना मेरो साथीलाई छाडन जाने क्रमम म दुर्घटनामा पर्न गए । त्यो दुर्घटनाको दर्दनाक अवस्था मात्र महसुस गर्न सक्छु तर यथार्थमा उतार्न सक्दीन ।
अचानक बालाजु बन्द भएपछि साँझको समयमा अलपत्र परेको मेरा एक जना साथी र बच्चालाई कलंकी सम्म छाडन जाने क्रममा बालाजु चोकमा एउटै दिशाबाट गुडीरहेको ट्रकले मेरो मोटरसाइकललाई अचानक ठक्कर दिएर धेरै अगाडी सडकमा पछारी दियो । म चिच्याउन नपाँउदै ट्रकले म र मेरो मोटरसाइकलको पछाडी रहेको साथी तथा संगै रहेको बच्चालाई समेत किच्न पुग्यो । ट्रकले मेरो दाहिने गोडामाथी कुल्चीयो साथीको चाँही दुई वटै तिघ्रामा च्यापी दियो भने बच्च गाडीको टायरमा पुगेर सुरक्षित भएछ । लोड गाडीले थिचेकाले मेरो खुटटाको हाड पडकीयो,आवाज आयो, छलल रगत बग्यो अनि म कराँउन पुगें । म दुर्घटनामा परे मलाई बचाइदिनु होस म बाँच्न चाहन्छु भन्दै चिच्याउन लागें । त्यती भन्न नपाँउदै अगाडी रोक्कीएको ट्रकबाट त्यो र्निदयी खलाँसी तल उत्रिएर मलाई ए जिँउदै रहेछ गाडी पछाडी हटाउं मारी दिँउ भन्दै कराउ थाल्यो । म रोए चिच्याएं त्यो पापी खलाँसीले उल्टै घिसारेर टायर मुली लैजाँदै थियो अनि सडकमा भएका मानीसहरुलाई बचाइदिन गुहार मागें तब मेरो चित्कार सुनेर पैदल यात्रीहरुले मलाई बाचाई दिए । संयोगले दुर्घटना स्थलमा पुगेका मेरा सहयात्री पत्रकार साथी प्रतिक लामिछाने तथा माधब तिमिल्सीनाले मलाई ट्रकको चक्का मुनीबाट झिकेर जनमैत्री अस्पताल बालाजु सम्म पुर्याएर । त्यहाँबाट मलाई मेरो भाइ प्रबिन तथा केसब र गोकर्ण दाइले अस्पताल सम्म लैजाने काम गरे । दुर्घटना पछि नेपालकै हडडी सम्बन्धी प्रख्यात भनिएको बिएण्ड बि अस्पतालमा लगेर मेरो घाउहरु निको पार्ने प्रयास गरीयो तर अफसोच अस्पतालका डक्टरहरुको क्षणभरको सानो गल्ती ले गर्दा आज म जीवनभर निको नहुने चोट लिएर बाँच्न बिबस भएको छु ।
दुर्घटनाको घाउ हेर्ने बित्तीकै अस्पतालका डक्टरहरुले खुटटा सुरक्षित छ पैसा १४,१५ लाख लाग्छ भनेका थिए । मेरो परिवारले सबै सम्पत्ती बेचेर भएपनि मेरो उपचार गर्ने अवस्थामा थियो तर मेरो गोडाको घाउमा लागेको फोहरहरु राम्रो संग सफा नगरेकाले अन्तीम अवस्थामा इन्फेक्सन भएर खुटानै गुमाउनु पर्यो । झन्डै ज्यान समेत गुमाउनु परेको अवस्था थियो । बिएण्डवि बाट इन्फेक्सन भएपछि मेडिकेयर अस्पतालमा पुगेर मेरो खुटा काटीयो । असार ६ गते मेरो खुटटा काटिएको थियो । २०६६ सालको ।
दुर्घटनाको प्रारम्भीक अवस्थामा गोडा सुरक्षित छ भने पनि ६ दिन पछि बिएण्डबिले खुटा काटनुपर्ने अपत्यारीलो र अकल्पनीया कुरा सुनाएपछि मेरो खुटटा बचाउनको निम्ती हामी त्यहाँबाट डिस्चार्ज गरेर मेडिकेयर अस्पताल पुगियो । असार ६ गते साँझ मेडिकेयरमा डा चक्रराज पाण्डेले राती १२ बजे सम्म खुटटा नकाटीए म बाँच्नै नसक्ने भन्ने कुरा बताएपछि नयाँ जीवन पाउनको निम्ती म खुटै काटेर भएपनि बाँच्न तैयार भए । म १२ बर्ष देखि पत्रकारीता गदै आएको व्यक्ति भएकाले दुनिँयामा म जस्ता खुटा नभएका अपाङता भएकाहरुले धेरै ठुला कामहरु गरेका छन् भन्ने मैले देखेको थिए । झमक कुमारी जस्ता खुटालेनै पुस्तक लेख्ने हाम्रा प्रेरणा दायी पात्रहरु छन भने म किन त्यसरी जिउन तैयार नहुने भन्ने अठोट र बिश्वासको साथ म खुटटा फाल्ने अवस्था सम्म पुगेँ ।

बाँचे पनि जिँउदै मर्नुपर्ने अवस्था


हामी सानो मानसीकताले बाँचेका मान्छेहरु मैले अपाङता भएर जीवन जीउन थालेपछि पनि धेरै पिडाहरु खप्नु पर्यो । आफन्ता र नजीक ठान्नेहरुको गलत सोच र तिता बचनहरुले गर्दा म बाँचेर पनि पटक पटक मर्नुपरीरहेको छ । कहिले काँही नराम्रा सोचहरु पनि आँउथेँ तर म मेरो सफलता नरुचाउनेहरुको अगाडी केहि गर्नेछु भन्ने हिम्मत लिएर अगाडी बढीरहेको छु । बाँचेर पनि बाँकी जीवनमा म जस्ता धेरै अन्याय, अत्याचार, कुसंस्कार र कुबिचारहरुको सिकार भएर बाँचेकाहरुको निम्ती त्यस्ता गलत सोचहरुलाई चिरफार गदै समाजमा परीवर्तनको निम्ती मेरो कलम चलीरहने छ ।
काँडाको बिचमा फुलेको जीवन


३ बर्षको दुर्घटना भएको अन्तरालमा मेरो जीवनमा धेरै उतार चढाबहरु आए झण्डै तिन महिना अगाडी मेरो बिबाह भयो । मेरो दुईवटा जीवन देखेकी मेरी प्यारी श्रीमतीले मलाई उनको धेरै सुख सुबिधालाई त्यागेर साथ दिने निर्णय गरीन् । बिबाहको क्रममा संकिर्ण मानसीकता भएका केहि व्यक्तिहरुले अनाबश्यक हल्लाहरु गरेर बिबाहनै हुन नदिने अतिरंजति घटनाहरु पनि भए तै पनि ति सबै कुराहरुलाई चिंदै म बिबाह गर्न पनि सफल भए ।
काँडाहरुको बिचमा सुन्दर कमलको फुल फुल्छ भने झै दुखै दुखको अवस्थामा मेरो जीवनमा आज बिबाह पछिको दोस्रो खुसीको बहार आएको छ । म आज संघर्षकै बिचबाट जर्मनमा आएर कृतिम गोडा लगाउनको लागि सफल हुदैछु । म जर्मन आएको १५ दिन जती भयो अवको केहि दिनमा मेरो कृतिम खुटटा लाग्ने छ अनि म नेपालबाट टेकेर आएको बैसाखी छाडेर फेरी बिना बैसाखी हिडन सक्ने अवस्थामा पुग्ने छु । मलाई जर्मन जस्ले ल्याउनु भयो उहाँहरुलाई सम्बोधन गर्ने म संग कुनै शव्दहरुनै छैनन भोली व्यवहारमा उतादै जाने छु यहाँ बस्दामा प्रवासमा रहनु भएका नेपाली दाजुभाई दिदीवहिनीहरु तथा सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गर्दछु ।
मलाई त्यो अवस्थाबाट उठाएर जर्मनको मुनस्टार सम्म ल्याउने व्यक्ति को को हुन त ?

मेरा मित्र लाल नेपाली जस्लाई म नेपाल देखि नै चिन्ने गर्दथें । मेरो दुर्घटना पछि बेल्जीयममा रहेका लाल ले मलाई फेसबुक मार्फत सम्पर्क गरे र आफुले सक्ने सहयोग गर्ने बताए । त्यस पछि उनले केहि समय पछि आफनी भान्जी तारा संग मेरो सम्पर्क गराए । मैले आफनो अवस्था बताँए र उहाँको संस्थालाई पत्र लेखेँ । हामी बिचमा सम्पर्क भइनै रहन्थ्यो । जर्मनबाट नेपाल जानु भएको दुई जना डक्टरका दम्पतीलाई भेटाउने काम नेपालमा रहनु भएका एक बिद्धान डा धु्रुवेस सरले गराउनु भयो । त्यसपछि आज झन्डै दुई महिना अगाडी नेपाल पुग्नु भएका तारा थापा तथा लव थापाले मलाई नेपालबाट यहाँ सम्म ल्याउन सफल हुनु भएको छ ।
को हुन तारा र लव थापा

तारा थापा जो सानै देखि समजमा केहि गर्नुपर्दछ भन्ने मानसीकता राख्ने नेपाली चेली हुन् । उहाँको जन्म नेपालमा भएपनि हाल जर्मनीको नागरीक हुनुहुन्छ । प्रवासमा बसेर सुख सयलमा बिताउने कयौ नेपालीहरुको अगाडी यहाँ धेरै समाज सेवाका काम गरेर उदाहारणीय बन्नु भएको छ तारा थापा । ताराको पहलमा नमस्ते इ फाउ नामक संस्था स्थापना गरेर मुस्ताङ जिल्लामा शिक्षा क्षेत्रमा धेरै सहयोग पुर्याउनु भएको छ । ताराका बुबा धनबहादुरले पनि मुस्ताङमा आफनो निजी जग्गा बिद्यालयलाई दिएर समाज सेवा प्रतिको उदाहारण प्रस्तुत गर्नुभएको छ । जर्मनमानै बिगत २५ बर्ष देखि बस्दै आउनु भएको धनबहादुरले मुस्ताङमा समस्यामा परेका धेरैलाई सहयोग गर्नुभएको छ । बुबाको समाजसेवा प्रतिको प्रेरणाले तारा पनि सानै उमेर देखिनै केहि गर्नुपर्दछ भन्ने मानसीकता राख्ने नेपाली चेली हुन् । झन्डै मेरै उमेर रहनु भएकी ताराले हिजो मात्र मलाई भन्नु भएको छ अब म नेपालमानै गएर बसेर केहि गरौकी भन्ने लागि रहेको छ । जर्मनमा रहंदामा यहाँ अध्ययन गर्न आउने विद्याथीहरुलाई पर्ने समस्या तथा अरु नेपालीहरुलाई पर्दाको बखतमा पनी सहयोग गदै आउनु भएको छ । साँगीतिक क्षेत्र प्रति आस्था राख्ने तारालाई नेपालका ख्याती प्राप्त कलाकारहरु तुलसी घिमीरे देखी धेरैले नजिकबाट चिन्दछन् । त्यस्तै उहाँका श्रीमान लव थापा पनि साँगीतिक क्षेत्रमा ख्याती कमाएका एक जना सफल कलाकार हुन् । हालै मात्र अन्तराष्ट्रिय कलाकार संघ जर्मनको अध्यक्ष रहनु भएका लवले पनि तारा संगै समाज सेवाको क्षेत्रमा लागि पर्नुभएको छ लब, तारा तथा उहाँका बुबा धनबहादुरको सहयोगमा म आज जर्मनमा आएर खुटटा लगाउने अवस्था सम्म पुगेको छु । धनबहादुर उहाँ आफै बिभिन्न रोगले ग्रस्त व्यक्ती उहाँसंगै बसेर उहाँका बिगतलाई बुझने मौका मैले पाएको छु । धनबहादुरको समाज सेवी भाबनाको म गैर आवासीय नेपाली संघका राम प्रताप थापाले समेत प्रसंसा गर्नुहुन्छ । जे होस मेरो जीवनमा उतारचढाब ल्याएर यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने तारा थापाको परीवार प्रति धन्यवातका दुइशव्द व्यक्त गर्दछु ।

साथै बिगतमा मलाई नेपालमानै कृतिम खुटटा लगाउनको लागि सहयोग गर्ने प्रबासमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवात नेपाली बिद्याथी समाज जापान, नेपाली पत्रकार समाज अमेरीका, rabi roshi qatar, rabindra mishra BBC Nepali sewa, ganesh prasai iralland, ramprasad khanal america, koraia ko Gimhae ra Busan ka nepali haru hari dai, madhu dai, nabin shai and another sathi haru इजरायलमा रहनु भएका दिदीबहिनी दाजुभाई, नेपाली समाज युएइ तथा चित्र केसी दाई, लगायत नाम लेख्न छुटनु भएका धेरै सहयोगीहरुलाई धेरै धेरै धन्यवात दिन चाहन्छु । 


मेरो आफनो परिचय लेख्दा ……..

म बिगत १२ बर्ष देखि पत्रकारीता क्षेत्रमा लागेर आफनो कलम चलाँउदै आएको छु । हाल म नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद छु । पत्रकारीतामा लागे पस्चात मृत्युदण्डको धम्की देखि रिपोटीङको साही कालमा प्रहरीबाट पक्राउ भई केहि दिन जेलमा समेत बसेको छु । नुवाकोटबाट प्रकाशीत भएको नयाँ रुपरेखा साप्ताहिकबाट पत्रकारीता सुरु गदै एचबिसी ९४ एफ एम, गोर्खा एफ एम लगायतका एफ एम र पत्रपत्रिकामा काम गरीसकेको छु । हाम मैले नै सम्पादन र प्रकाशन गरेको अग्निबाँण पाक्षिक प्रकाशन भइरहेको छ ।
पत्रकारीतामा पुरयाएको योगदानको कदर गदै उपराष्ट्रपति परमानन्ध झाबाट प्रसंसा पत्र तथा धेरै संघ संस्थाहरुबाट सम्मान पाएको छु ।

 

ट्यागहरु: , , , , , , , ,