RSS

Monthly Archives: सेप्टेम्बर 2011

पदाभित्रकी अर्की अनुराधा

यीनै हुन आसा नेपालकी अध्यक्ष बिमला थापा जस्को पहलमा तिन दर्जन भारतीय बेश्यालयबाट उद्धार गरी ल्याइएको चेलीहरुको भबिश्यको जिम्मेवारी काँधमा बोकेर हिडीरहेकी छन् । सयौलाई उद्धार गरीसक्नु भयो तर मिडीयाहरुले देखेनन यि पर्दा पछाडीकि आर्की अनुराधालाई


रबिन प्रसाद थपलिया

ललितपुरको गोदावरी स्थीत सुनसान गाँउको पुछारमा दुईवटा भवनहरु न कुनै साइनवोर्ड नै राखिएको छ । गाडिको ब्रेक अचानक लाग्छ गाडीमा रहनु भएकी बिमला दिदीले भन्नुभयो लौ ओर्लीउ यही हो हाम्रो गन्तव्य । भवनको आँगनमा राखिएको सानो पिङमा एक छिन बसीयो त्यहाँ बिमला दिदीले आसा नेपालको ’boutमा मलाई सामान्य जानकारी दिनुभयो । उहाँको हाउभाउ र सँस्था प्रतिको जीम्मेवारी भावलाई उहाँको मुहारले छर्लङग पारीरहेको थियो । सँस्थामा बस्ने दिदीबहिनीहरु बिमला दिदीलाई आमा भन्दै ढोग गदै थिए उहाँले आर्शिवाद भन्दै अभिबादन र्फकाइरहनु भएको थियो ।
केहिबेर पछि बिमला दिदीको आग्रहमा उहाँको कोठामा पसेँ । मलाई उहाँले भेटघाट र सँस्था हेर्नको निम्ती बोलाउनु भएकाले म कुनै तयारी बिनानै सँस्थामा पुगेको थिए । यति ठुलो भवनमा राखिएको सँस्था भित्र सुन्दर सजावट होलान, प्रमाणपत्र र प्रसंसापत्रहरुको डंगुर होलान भन्ने लागेको थियो तर मेरो त्यो मनोभावना एकै छिनमा झुट्टो साबीत भयो । ति सारा चिज केहि थिएनन् । अतिथीहरुको स्वागतका निम्ती सोफाहरु राखिएका थिए कुनामा एउटा टेवल र कुसी थियो भित्तामा उद्धार गरेर ल्याइएका दिदीबहिनीहरुका फोटोहरु टाँसीएका थिए ।
मेरो पत्रकारीता यात्राको क्रममा मैले धेरै यस्ता भवन र अफीसहरु चाहारेका थिए बिदेशीले पत्याएका त्यस्ता अफिसहरु धेरै लगानी गरेर सिँगारीएको हुन्थे । तर यहाँ मैले केहि देखिन् । यत्रो अफीसको कोठामा कम्प्युटर समेत थिएन् ।

aasa Nepal child home

[

आसा नेपाल के हो ?
आसा नेपाल भारतीय बेश्यालयमा बेचिएर नारकीय जिवन बिताई उद्धार गरेर ल्याइएका तिन दर्जन बढी नेपाली दिदी बहिनीहरु र उनका बालवच्चाहरुको आश्रय स्थल रहेछ । यहाँ बस्नका निम्ती दुई वटा भवनहरु रहेछन् एउटामा उद्धार गरेर ल्याइएका दिदीबहिनीहरु र आर्को भबनमा उनिहरुका बालबच्चहर राखिएको रहेछ । एउटा व्यवस्थीत र अत्यन्त शान्त बाताबरण जहाँ काठमाण्डौको सुन्दर दुश्यहरु पनि हेर्न सकिने । कुराकानी अगाडी बढने क्रममा बिमला दिदीले सँस्थाको ’boutमा धेरै करा बताँउनु भयो । सँस्था स्थापना पछि सँस्थामा धेरै उथलपुथलहरु भएका रहेछन् श्रीमानले सँस्थाको सम्पत्ती हिनामीना गर्ने अवस्था भएपछि उहाँले श्रीमानसँग डिभोर्स समेत गर्नुपरेको रहेछ । समाज सेवाको खोल ओडेर पैसा कामाउने र हरीया डलर पचाउनेहरु मात्र यहाँ छैनन चाहे आफना सबै खुसी तथा ऐस आराम त्यागेर निश्वार्थ रुपले समाजसेवा गर्न पछि नपर्ने यस्ता हृदय भएका मानीसहरु पनि नेपालमानै छन भन्ने बिमला दिदीको यो कार्यले प्रमाणीत गर्दछ । सँस्थाको मुद्धा लामो समय सम्म चलेकाले सँस्थामा सहयोग गर्ने बिदेशीले समेत उहाँलाई साथ दिएनछन तै पनि उहाँले ति दिदीबहिनीहरुलाई जस्ताको टहरो मुनी बास दिएर डोनेसनबाट जम्मा भएको चामल र तरकारी दाउरामा पकाएर कयौरात सुताएको अनुभब बिमला दिदीले सुनाउनु भयोे । समाजसेवा गाहो काम हो गरेपनि जस नपाउने नगरेपनि अपजस पाउने यस्ता थुप्रै तितो यथार्थ बिच पनि बिमला दिदीले हिम्मत हानु भएनछ । हाल सँस्थाको गोदावरीमा आफनै भबन रहेछ ६ रोपनी जग्गा पनि रहेछ । सँस्थाको जग्गामा एउटा सुबिधा सम्पन्न हल बनाउने र बच्चाहरु राख्ने भवनमा तथा छाप्ने समेत सोच रहेको बिमला दिदीले सुनाउनु भयो ।
अनौपचारीक कुराकानीको क्रममा उहाँले धेरै दुखद बिगतका घटनाहरु सुनाउनु भयो । सँस्थाका ति चेलीहरुको भबिश्यको निम्ती उहाँले कयौ दिन खाना खान पाउनु भएन, कयौ रात सुत्न समेत पाउनु भएन साथै उचारको क्रममा आफनो मुटुको टुक्रा छोरालाई १९ बर्षको उमेरमा गुमाउनु भएछ । तर पनि उहाँले हिम्मत हार्नुभएनछ निरन्तर समाजसेवा त्यसमाथी पनि निश्वार्थ समाजसेवा गदै आउनु भएको छ ।
यति लामो समाजसेवा गरे पनि उहाँसँग मिडीयामा गएर अन्तरबार्ता दिएको अनुभब छैन । उहाँ भन्नुहुन्छ म नाम भन्दा पनि काममा बिश्वास गर्ने व्यक्ति हुँ त्यसेैले नत म मिडीयामा गए न त कसैले इनाम र सम्मान दिएला भनेर चाहादै हिडे मात्र यिनै चेलिहरुको भबिश्यको निम्ती निरन्तर लागिरहेँ ।
बिमला दिदी तपाँईलाई सम्मान हामी गर्दछौ जस्ले सँस्थाको निम्ती भनेर आफनो सारा खुसी त्याग्नु भयो चाहनु भएको भए तपाँईले धेरै सुखसयल गर्न सक्नु हुने थियो । तर ति अवोध चेलीहरुको निम्ती निरन्तर भोक, तिर्खा नभन्दै अहोसात्र लागि रहनु भयो तपाँईलाई हामी साँडे दुई करोड नेपालीको सलाम ।
caption id=”attachment_2091″ align=”alignleft” width=”570″ caption=”आसा नेपालले उद्धार गरी ल्याएर आश्रय दिइरहेको महिला दिदी बहिनीहरु “][/caption]

उद्धार गरिएकी चेलीको नमीठो बिगत
सुन्दर बाताबरण, तन्दुरुषत देखिने ति दिदीबहिनीहरु भित्रको बिगत भने अत्यन्त दुख थियो ।
कुराकानीकै क्रममा बिमला दिदीले एक अधवैसै दिदीसँग मेरो परिचय गराउनु भयो । जो यो सँस्थामा बिगत ९ बर्ष देखि बस्दै आउनु भएको रहेछ । उहाँले भारतको बेश्यालयमा पुगेर यस सँस्था सम्म र्फकदाँको ति दुखद क्षणहरु मलाई यसरी सुनाउनु भयो ।
उहाँ सानोमानै छँदा मागी बिबाह भएको रहेछ । बिबाह पछि उहाँलाई छाहारे रोग लागेछ र श्रीमानको पनि मानसीक अवस्था ठिक नभएपछि उहाँ काठमाण्डौ आउनु भएछ । छहारे रोग लागेकाले समाजले पनि उहाँलाई अपहेलीत गर्ने गरेकाले उहाँको कान्छी आमा पटीको दाईले राम्रो उपचार हुन्छ भनेर उहाँलाई भारत पुर्याएछन् । उपचारको निम्ती भनेर लगेकाले उहाँ ढुक्क हुनु भएछ त्यस माथी पनि आफनै दाजु किन बिश्वास नगर्ने तर ति नरपशुले बिचरीलाई त्यहाँ तिस हजार भारतीय रुपयाँमा बेचेर नेपाल र्फकिएछन् । त्यस पछि उहाँले दैनिक दर्जन भन्दा बढी ग्राहकलाई सन्तुष्ट बनाउनुपर्ने, साउनीले भनेको मान्नु पर्ने नमानेमा शारीरीक तथा मानसीक यातना समेत दिने गरेको बताउनु भयो । भारतीय बेश्यालयमा बषौसम्म नारीक जीवन बिताँउदै आउनु भएको उहाँलाई आसा नेपाल तथा बिमला थापाको पहलमा नेपालमा उद्धार गरेर ल्याएको रहेछ । त्यस पछि उहाँले यस सँस्थामा रहेर बिभिन्न सामाजीक कार्यहरुमा समेत बिमला दिदीलाई सघाउदै आउनु भएको रहेछ ।
त्यस्तै आजै आस नेपालले समाजमा पुनस्थापन गरीएकी एक जना चेलीसँग पनि मैले भेटने अवसर पाँए । उहाँ भारतीय बेश्यालयमा बेचिएर आसा नेपालद्धारा उद्धार गरीएकी नेपाली चेली हुनुहुदो रहेछ । सँस्था तथा बिमला दिदीको व्यक्तिगत पहलबाट उहाँले सात्दोबाटोमा बुटीक चलाउनु भएको रहेछ । आफुलाई एचआइभीबाट संक्रमीत भएपनि उच्च मनोबलका साथ उहाँले सो बुटीकमा अन्य चेलीहरुलाई समेत साडीमा बुटा भर्ने, कुर्तासलवार मा बुटा भर्ने जस्ता तालिम समेत दिनु भएको रहेछ । उहाँले आधार्दजन नारीहरुलाई रोजगारी समेत दिनु भएको रहेछ । एचआइभी सँक्रमीत भएपनि उहाँले देखाउनु भएको यो हौसला र आत्मबिश्वासलाई हामीले प्रसंसा गनै पर्दछ ।
क्रमश ः

 
2 टिप्पणीहरु

Posted by on सेप्टेम्बर 22, 2011 in Uncategorized

 

कथा भित्रको वास्तवित्ता . यस्तो भ्रममा नपरौ………………।

रबिन प्रसाद थपलिया

एक जना युबक आफनो परिबारको राम्रो उन्नती र प्रगतीको लागि भन्दै हत्या हिँसा, जे गर्न पनि पछि नपर्ने रहेछन् । जहिले पनि आफनो परिबारको खुसी, श्रीमतीको इच्छा र बालबच्चाको भबिश्यको लागि भन्दै हजारौको मन रुवाएर एउटा परिबारको खुसीको लागि गल्ली गल्लीमा बसेर लुटपाट गर्ने, मानिस अपहरण गर्ने र फिरौती रकम माग्ने जस्ता गलत काम गर्ने गर्दा रहेछन ।

एक दिन उनको भेट बिद्धानसँग हुन पुगेछ । बिद्धानले नियमीत आफनोमा आउन सल्लाह दिएछन् जुन सल्लाहले तिमी र तिम्रो परिबारको खुसी हुने छ भनेछन् । तव उ ति सारा कुरा छाडेर बिद्धानको घरमा धाउन थालेछन् । बिद्धानलाई ति युवकले सारा राम्रो नराम्रो कुरा आफुले परिबार र परिवारको खुसीको लागि गरेको भनेछन् । उनी दिन, रात, हप्ता हुदै महिनै दिन सम्म बिद्धानकोमा जाने गर्न थाले । बिद्धानका सबैकुरा बडो उत्सुकताको साथ सुन्दा रहेछन् अनि टाउको हल्लाई हल्लाई सर्मथन जनाउने रहेछन् । तर बिद्धानको त्यो एउटा कुरा उनलाई कहिले पनि मन पर्ने रहेनछ त्यो के कुरा भने यो दुनियाँ स्वार्थी छ, सबै स्वार्थका लागिनै केहिन केहि गरीरहेका छन् ।
घर, परिबार, नातेदार सवै स्वार्थीछन् त्यसैले हामीले अरुको लागि भन्दा पनि आफनै लागी केहि गर्नुपर्दछ । उनी सधै बिद्धानकोमा जाने गर्दथे तर बिद्धानको त्यो कुरा उनलाई पटक्कै मन पर्ने रहेनछ तर पनि उनले केहि भन्न सकीरहेका रहेनछन् । एक दिन बडो हिम्मतका साथ उनले आफनो कुरा बिद्धानसामु राखेछन् । हे गुरुजी म हजुरको सबै कुरामा सहमत छु तर हजुरले भनेको त्यो एउटा कुरामा म कहिले पनि सहमत हुन सकिन् भनेछन । त्यो के कुरा भने घर परिबार र आफन्ताहरुनै स्वार्थी हुन भन्नेकुरा मलाई पटक्कै मन परेन । किन भने म दिनभरी काम गरेर र्फकन्छु आँदा ढिलो भयो भने श्रीमतीले खाना नखाई मलाई कुरीरहेको हुन्छीन् , बिहान पनि म उठनु भन्दा पहिलानै उठेर घरको काम सवै गर्ने गर्दछीन ओछ्यानमानै चिया ल्याइपुर्याँउछीन् । मेरो बाबा आमा पनि केहि सन्चो भएन भने के भयो बाबु भनेर सधै चिन्तीत हुन्छन् । नातादारहरु पनि मेरो सफलता देखि ज्यादै खुसी हुन्छन् । मेरो काममा सबैले सहयोग गर्ने गर्दछन् तर मेरो यस्तो परिबारमा कसरी परिबार तथा आफन्तहरु स्वार्थी भए गुरु सधै मेरै चिन्ता गर्छन केहि सानो चोट लाग्यो भने सबै दुखी हुन्छन ।
ति युबकको कुरा सुनेर झटपट ति गुरुले सुनाए बाबु साँच्चै हो त त्यो कुरा म तिमीलाई प्रमाणीतनै गरेर देखाइदिन्छु लौ आउ भनेर उनले ति युवकलाई एउटा आइडीया सिकाइदिएछन् ।
गुरुको सिकायत अनुसार उनि घर गए । ढिलो पुगेकाले उनको श्रीमतीले खाना नखाई बसीरहेको रहीछन् । ति युवक गएर सोफामा पल्टीए गुरुले सिकाए जस्तै गरेर उनी पल्टीए । श्रीमतीले खान बोलाइन तर उनि उठेनन श्रीमानलाई हेर्दा इन्तु चिन्तु । सासु, ससुरा सबैलाई बोलाइन । सवैको रुवाबासी भयो छातीमा छामे स्वास छैन सबै छातीपिटी पिटी रुन थालेछन् । मेरो प्राण मलाई आज छाडेर जानुभयो अव म को भनेर बाँच्ने ? भन्दै श्रीमती अलाप बिलाप गदै रुन लागिन । बुढा बुढी यो उमेरमा हामीजानु पर्ने छोरो गयो भन्दै रुन थाले । त्यतीकैमा ति गुरु त्यहाँ पुगे । सबैको रुवाबासी थियो के भयो भन्दा सबैले घटनाको ’boutमा बताए । त्यसपछि बिद्धानले युवकलाई हेरेछन् र भनेछन म यि युवकलाई बचाउन सक्छु तर त्यसको लागि एउटा सर्त छ भनेछन् । उ बाँच्छ भने हामी जे सुकै पनि मान्न तयार छौ भनेर सबैले भनेछन् । तब बिद्धानले भनेछन उसलाई म बचाँउछु तर उसको बदलामा तपाँइहरु मध्य कोहि मर्नुपर्ने हुन्छ् उसलाई बचाउनको लागि कस्ले आफनो ज्यान दिन सक्नु हुन्छ भनेर बिद्धानले सोधेछन् । सबै मुखामुख गर्न थालेछन् । कसैले पनि म मर्न तयार छु भन्न सकेनछन् । बुढीले भनिछन् म मरि भने मेरो बुडाको स्याहार सुसार गर्ने कोहि हुदैनन घरको हेरबिचार गर्ने कोहि हुदैनन म त मर्दीन भनेर पन्छीछन् । बुढाले भनेछन् मेरो यो अवस्था छ फेरी छोरो पनि मर्यो बुहारी अल्लारे बल्लारे छे उसलाई घर व्यवहार पनि थाहा छैन् म मरे भने त मेरो श्रीमती, बुहारी र परिबारकै बिजोग हुन्छ भनेछन् । सासु ससुराको कुरा सुनेपछि युवककी श्रीमतीले भनिछन म मरे भने यी लाला बाला छोराछोरीहरुको बिजोग हुन्छ् । म मरे र उहाँ बाँच्नु भयो भने उहाँले यि बच्चाको हेरचाह गर्न सक्नु हुन्न म मेरो मलाई उहाँले असाध्यै माँया गर्नुहुन्छ त्यसैले मेरो मृत्युको पिडामा उहाँले खप्न सक्नु हुन्न । जम्मा भएका उनका नातेदार कोहि मर्नेवाला नभएपछि ति युबक अचानक उठन पुगे । त्यहाँ भएका सबै मानिस अचम्ममा पर्न गए । त्यस पछि ति युवकले बिद्धानका कुरामा सहमत जनाए । र त्यसै दिन देखि अरुको खुसीको लागि भन्दै नराम्रो काम गर्न छाडने प्रतिबद्धता व्यक्त गरे र उनी त्यहाँबाट निस्कीए ।
त्यसैले यो दुनियाँमा जोडीने नाता भनेको स्वार्थको बन्धन मात्र हो । केहि हैनन् आफना । यहि माँयाको बन्धन र मोहमा फसेर मानिसले धेरै नराम्रा कामहरु गरीरहेका छन् । कसैको माँयामा लगेर आफुलाई बबाद पारीरहेका छन् । अरुको लागि भनेरनै आफुलाई बर्बाद पारीरहेका छन् । आफनो अमुल्य ज्यान आफैले फालीरहेका पनि छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 7, 2011 in Uncategorized

 

प्रेमले बाँच्ने इच्छा बढाउँछ

काठमाडौ, भाद्र १७ – प्रेमले हामीलाई खुसी मात्र दिँदैन, लामो उमेरसमेत दिन्छ । धेरै प्रकारका अनुसन्धानपछि के तथ्य बाहिर आएको छ भने मायामा धेरै शक्ति हुन्छ । मायाले हामीभित्र रोगसँग जुध्न अपार शक्ति उत्पन्न गर्छ । जब कुनै रोगीलाई कसैले मायाप्रेम दर्साए उसको शरीरमा एक प्रकारको रासायनिक परिवर्तन हुन्छ, जसले गर्दा उसमा रोगसँग लडने क्षमतामा वृद्घ िहुन्छ ।

अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा के पाएका छन् भने प्रेम र भावनात्मक सुरक्षा बढी अनुभूति गर्ने व्यक्तिहरूको धमनीमा ती व्यक्तिको दाँजोमा अवरोध -ब्लकेज) कम हुन्छ, जो प्रेम र आत्मीयताबाट वञ्चित हुन्छन् ।

तर पेकिङ विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक माओ लिहुआका अनुसार जसलाई हामी प्रेम मान्छौं त्यो हाम्रो मस्तिष्कको अनुभवबाहेक केही होइन । कोहीप्रति आकषिर्त हुँदा जब तान्त्रिका तन्त्रका माध्यमबाट फेरोमोन्सले मस्तिष्कमा पुगेर पिटुटरी ग्ल्यान्डबाट निस्किने हार्मोनको मात्रा बढाउँछ, यसबाट मुटुको चाल बढ्नुको साथै सासको गति समेत बढ्छ । शरीरमा रगतको सञ्चार तीव्र गतिले हुनुका साथै हत्केलामा पसिना आउँछ, तिर्खा लाग्छ ।

धेरैजसो के पाइएको छ भने चिकित्सकले जसलाई ठाडो भाषामा तिनलाई सन्चो हुने वा बाँच्ने सम्भावना छैन भनेका हुन्छन्, तीमध्ये केही व्यक्ति बाँच्ने गरेका मात्र छैनन्, वषार्ंैंसम्म स्वस्थ जीवनयापनसमेत गरेका छन् ।

मायाको अनुभूति रोगलाई निको पार्न मात्रै आवश्यक छैन, यो लामो स्वस्थ जीवनको लागि समेत अत्यावश्यक छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 6, 2011 in Uncategorized

 

जीवनसाथी तनावमा भए चाँडै मृत्यु


काठमाडौ, – जीवनसाथी कति शान्त छन्/छिन् भन्ने कुरामा हेक्का राख्नुहोला । यसलाई हलुका हिसाबले नलिनोस् । ’cause जीवनसाथी सधैं तनावमा रहे तपाइको जीवन अवधिसमेत प्रभावित हुन सक्छ ।

ग्लासगो विश्वविद्यालयका वैज्ञानिक टोलीले यसका लागि पक्षीको अध्ययन गर्‍यो । व्यग्र साथीसँग जोडी कनाउने पक्षी कम उमेरमा मर्ने सम्भावना बढी हुने तथ्य त्यो टोलीले पत्ता लगायो ।

अनुसन्धाताहरूका अनुसार, चिढचिढो स्वभाव हुने जीवनसाथीसँग जीवनयापन गर्नु सहज हुँदैन । त्यस्ता पार्टनरबाट सुख कम दुःख बढी पाइन्छ । अध्ययन दलका प्रमुख डा. पेट मोनागन भन्छन्, ‘अध्ययनको निचोड यत्ति हो- गलत जीवनसाथीको छनोट तपाइको स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।’

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2011 in Uncategorized

 

अमेरीकन राजदुताबासमा रोजगारीको अबसर

नेपाल स्थीत अमेरीकन राजदुताबासमा बिभिन्न पोष्टहरुमा रोजगारीको लागि अवसर खुलेको छ । राजदुताबासका अनुसार Telephone/Radio Technician, Trades Helper ,Administrative Assistant , Junior Technician, Residential Security Assistant, Power Plant Operator लगायतका पोष्टहरुमा रोजगारीको लागि अवसर खुलेको जनाइएको छ । अमेरीकन दुताबासको नेपाल स्थीत कार्यालयका अनुसार Telephone/Radio Technician, Trades Helper ,Administrative Assistant पोष्टको लागि सेप्टेम्बर १६ तारीख सम्म आवेदन दिइसक्नु पर्ने छ भने अन्य पोष्टहरुको लागि भने सेप्टेम्बर ६ तारीख सम्म आबेदन दिइसक्नु पर्ने छ । बिस्तृत बिबरण पढनको लागि यो लिङकमा क्लिक गर्नुहोला । http://nepal.usembassy.gov/about_the_embassy/job-opportunities.html

 
१ टिप्पणी

Posted by on सेप्टेम्बर 1, 2011 in Uncategorized