RSS

Monthly Archives: जुलाई 2010

यस्तो थियो ५०० वर्षअघिको काठमाडौं

रामदत्त पन्त

५ सय वर्षपहिले असन, इन्द्रचोक र हनुमानढोका क्षेत्रलाई मात्रै ‘काठमाडांै’ भनिन्थ्यो । इतिहास हेर्ने हो भने त्यसवेला काठमाडौंभन्दा विशालनगर, हाँडीगाउँ, निलशाला (नक्साल) आदि स्थानका चर्चा बढी भएको पाइन्छ । पुरानो सहर हाँडीगाउँ त्यसैवेलादेखि ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखानले चर्चित थियो । त्यहाँ कतै भातको देउता बनाउने त कतै मन्दिरमा उल्टो गजुर राख्ने प्रचलन थियो । नौला-नौला जात्रा मनाइने भएकाले हाडीगाउँ अरू ठाउँभन्दा निकै फरक थियो । अहिले अर्थै नबुझी ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्दै गिज्याइन्छ । वास्तवमा यो सही होइन ।

धरहराको तस्वीर । अहिले धरहराको अगाडी वनेका अव्यवस्थीत भवनहरुले धरहरा नै छेक्न लागिसकेको छ । picture collection by rabin thapaliya

१२ हजारभन्दा बढी घरधुरी

मध्यकालमा काठमाडौं कला-कौशलले भरिपूर्ण थियो । मन्दिर नभएका ठाउँ नै थिएनन् । ‘तवदेवर’ (तलेजु) उतिवेलाकै सबभन्दा ठूलो देवल थियो । त्यसवेला मन्दिरनजिक घर निर्माण गर्नुहुन्न भन्ने विश्वास थियो मान्छेमा । त्यसैले मन्दिरवरिपरि या नजिकका जग्गा खाली हुन्थे । धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रममा मानिस भेला हुने स्थान मठ-मन्दिरै हुन्थे । ओटु, तमबहाल, न्हुँबहाल (नयाँ बहाल) मा मन्दिर भएकैले पछिसम्म पनि त्यहाँ प्रशस्त जमिन खाली थियो ।


हिन्दीमा एउटा उखान छ- ‘थोडा खाना, वनारस रहना’ । आफूलाई चाहिनेभन्दा बढी नखोज्ने प्रवृत्ति थियो मानिसमा । सहर एकदमै खुला थियोभन्दा अहिले पत्याउन मुस्किल पर्ला । तर, यो यथार्थ होे । त्यसताका काठमाडौंमा कति मानिसको बसोबास थियो ? अन्दाजका भरमा भन्न सकिँदैन । गोरखा राज्यमा १२ हजार घरधुरी मानिस बसोबास गर्ने गरेको इतिहास छ । गोरखाभन्दा ठूलो र शक्तिशाली राज्य भएकाले त्यहाँभन्दा काठमाडौंमा बढी जनसंख्या थियो सजिलै भन्न सकिन्छ । सहरमा नेवारबाहेक प्रायः मनिसले घर जोडेर बनाउँदैनथे । नेवार समुदायमा व्यापार गर्न र सांस्कारिक कामकाजमा सहभागी हुन सजिलो होस् भनेर घर जोडेर बनाइने चलन थियो । पुराना नेवार बस्तीलाई हेर्दा यो सहजै पुष्टि हुन्छ । नेवार समुदायमा गुठी सञ्चालन गरेर भजनकीर्तन (गुठीगाना) गर्ने परम्परा त्यतिवेलै बसिसकेको थियो । गुठी प्रणालीे स्वस्फूर्त ढंगले चल्दै आएको सामाजिक परम्परा हो । अर्को अर्थमा यसलाई व्यवस्थित दर्शन पनि भन्न सकिन्छ । जंगबहादुरले बेलायत, पान्स घुमेपछि पाश्चात्य मुलुकको सांस्कृतिक प्रभाव नेपाल भित्र्याएका हुन् । नेपाली संस्कृतिको मौलिकता कमजोर हुनुमा यसको ठूलो हात छ । अहिलेको समाज खास गरेर काठमाडौंमा, यसको प्रत्यक्ष प्रभाव चरम रूपमा देखिएको छ ।

पुरानो अवस्थाको टुडिखेलको तस्वीर

सहर सुरक्षाका लागि गेट

अहिले काठमाडौंका नाम चलेका सहर उतिवेलाका सहरी क्षेत्रभित्र पर्दैनथे । ठमेल, लैनचोर, न्यूरोड, पुतलीसडक, बानेश्वरलगायत सबै ठाउँ सहरबाहिर पर्थे । कतै खेती गरिन्थ्यो भने कतै जंगली क्षेत्र थियो । आजभन्दा ५० वर्षअघिसम्म पनि धुम्बाराहीमा खेत किन्नेलाई त्यस्तो जंगलमा किन जग्गा लिएको होला ? भनेर टिप्पणी गरिन्थ्यो । मल्लकालमा भोटाहिटी, न्यूरोड र भीमसेनस्थान पश्चिमी किल्ला भएकाले त्यहाँ गेट बनाइएको थियो । सहरभित्र दुस्मन पस्न नदिन तत्कालीन शासकले गेट बनाएका थिए । त्यहाँ चौबीसै घन्टा सुरक्षाकर्मी तैनाथ हुन्थे ।

फोहोर नियन्त्रण

फोहोर व्यवस्थापन अहिले काठमाडौंको प्रमुख चुनौती बनेको छ । यत्रो विशाल सहरको फोहोर-मैला तह लाउन गाह्रो त हुन्छ नै । तर, त्योभन्दा पनि अहिलेका मानिसमा कर्तव्यबोधको अभाव छ । सबैले आफ्नो दायित्व बिर्सेझैँ लाग्छ । यसमा नियमन गर्ने निकायको कमजोरी र लापरबाही प्रमुख कारक बनेको छ । अचम्मको कुरा के भने आजभन्दा ८०० वर्ष पहिलेको शीलालेखमा यस्तो लेखिएको छ- मार्गोत्मार्जनगाष्ठिकासु निडितं सेत्रञ्च तृरोपणम् अर्थात् बाटो बढार्ने गुठीका लागि तीन रोपनी जग्गा राख्ने । प्रत्येक बस्तीमा यति जग्गा छुट्टयाएपछि फोहोर फाल्ने ठाउँको समस्या हुने भएन । तिनताका ढलको व्यवस्था पनि राम्रैसँग गरेको पाइन्छ । दिसा-पिसाब खेतमा गरिँदैनथ्यो । घरमा शौचालय बनाउने चलन थिएन । उतिवेला खास गरेर घरको फोहोर घरमै तह लगाइन्थ्यो । अहिलेसम्मका अध्ययनले त्यसताका काठमाडांै फोहोर थियो भन्ने प्रसंग कतै भेट्टएिको छैन । वि.सं १९३३ मा जर्मन नागरिक डेनियल राइटले पहिलोपटक काठमाडौं फोहोर भयो भनेर लेखेको तथ्य छ ।

उतिवेलै लिखित कानुन

नेपालमा ५०० वर्षअघि नै लिखित कानुन थियोभन्दा कसैलाई पनि विश्वास नलाग्ला । तर, राजा जयस्थिति मल्लले ‘न्याय विकासिनी’ निर्माण गरेको इतिहासले भने पत्याउन करै लाग्छ । १४३७ देखि १४५२ सम्म राजा जयस्थिति मल्लले ‘न्याय विकासिनी’ नामक मौलिक लिखित कानुन बनाएर कार्यान्वयनमा ल्याएका थिए । त्यो कानुनमा नारद स्मृतिको अत्यधिक प्रभाव रहेको देखिन्छ । जयस्थितिका मन्त्री जयेतको निर्देशनमा मणिकनामक विद्वान्ले न्यायसुधारका लागि कानुन लेखेका थिए । पछि, यसैलाई उल्टोपाल्टो बनाएर कसैले संस्कृतमा त कतै फेरि नेवारीमा उल्था गरेको पाइन्छ । ३०० वर्षपछि यसलाई लुत्तभद्र बज्राचार्यले नेवारीमा सारे । कतै-कतै लुत्तभद्रले नै न्याय विकासिनी लेखे भनेर उल्लेख गरिएको इतिहास छ, जुन सत्य होइन । त्यो कानुनमा कसैले स्वास्नी जारी गरेमा के गर्ने ? तुलो घटाउने व्यापारीलाई कस्तो कार्बाही हुने ? राजाका भारदारले आफ्नो हितमा काम गरे के गर्ने ? भन्ने लेखिएकोे थियो । त्यतिवेलै अदालतको पैसा दरबारभित्र नहाल्नू (पण्डितलाई दान दिनू) भन्ने निर्देशन अड्डाका कर्मचारीलाई हुन्थ्यो । त्यसपछिको महत्त्वपूर्ण कानुन १९१० को मुलुकी ऐन हो । त्यस कानुनलाई राणाकालको मियोका रूपमा हेरिन्थ्यो । त्यस्ाको मस्यौदाकार महोत्तरीका लेसपति झा र लोकपति झा थिए । पछि आएर त्यसलाई दुई सय १५ विभिन्न क्षेत्रका व्यक्ति -राजी सभासद्) का सहमतिमा पास गराएर पूर्ण बनाइयो । त्यसमा शासक, भारदार, पुरोहित, धर्मगुरु र सैनिकलगायतबाट राजी सभासद् छानिएको थियो ।

पुरानो अवस्थाको न्युरोड यस्तो थियो । आज मानिसको घना चापले गर्दा न्युरोडमा खुट्टा टेक्ने ठाँउ सम्म वाँकी छैन् ।

सम्मान गर्ने प्रचलन

आत्मनः प्रतिकलानि परेषां न समारेत् अर्थात् आफूलाई प्रतिकूल हुने काम अरूका लागि पनि प्रतिकूल हुन्छ । यसलाई त्यतिवेलाका मान्छे पूर्ण पालना गर्थे । त्यसवेलाका मान्छे निकै समन्वयकारी हुन्, अहिलेको तुलनामा । सबैको सम्मान गर्ने, फरक जातभात भए पनि कसैमा मतमतान्तर थिएन । कंकेश्वरी मन्दिरमा पोडे पुजारी थिए भने टुँडालदेवीमा देउला । उनीहरूको हातबाटै टीका थापिन्थ्यो । माथिल्लो वर्गको दबदबा त थियो नै । तर, तिनले पनि कामकाजमा खटाइएकालाई नराम्रो दृष्टिले हेर्दैनथे । जातीय विभेद भए पनि त्यसले उग्ररूप लिएको थिएन । नेवार समुदायका मानिसले बाहुनले पकाएको नखाने (पाक्य नचल्ने) चलन भने थियो ।

सरल जीवनयापन

अहिलजस्तो महँगो जीवनशैली उतिवेला थिएन । सामान्यतः नेपाली पोसाक दौरा-स्ाुरुवाल लाउने मान्छे औँलामै गन्न सकिन्थ्यो । शासकको आँखा लाग्छ भनेर दौरा-सुरुवाल लगाउन विशेष जात्रा-पर्व कुर्नुपथ्र्यो । सहर जानका लागि मात्रै ठाँटिएर लुगा लगाइन्थ्यो । थोरै मनिस मात्रै जुत्ता टल्काएर चिटिक्क पर्थे । यस कोटीमा शासकवर्ग पर्थे । प्रताप मल्ल चिटिक्क परेर सहरमा घोडा कुदाउन निस्कन्थे रे । ‘घोडा चढेर हिँडेपछि कुनचाहिँ तरुनीको मन नलोभिएला,’ भन्थे रे उनी । त्यतिवेला एकजोर पोसाक सिलाउँदा दुइटा सुरुवाल आउँथ्यो । सुरुवालको घुँडा छिटो फाट्ने भएकाले त्यसो गरिन्थ्यो रे । हुनेखाने बाहेककालाई दौरा लगाउनु आकाशको फलझैँ हुन्थ्यो । सामान्य मानिसको दिनचर्या खेती-किसानी थियो । जुजु धौ खाने हिम्मत निकै समयसम्म पनि मनिसले गर्दैनथे । सामान्य मानिसका लामा दाह्री हुन्थे, मैला र पुराना लुगा उनीहरूको पहिचान हुन्थ्यो ।

स्वतन्त्र ग्रामीण महिला

केटा मान्छेले दुई-तीनवटी केटी बिहे गर्नु सामान्य मानिन्थ्यो । महिलालाई भोग गर्ने साधनका रूपमा हेरिन्थ्यो । काँगडा किल्लामा अमरसिंह थापालाई त्यहाँका राजा रमशार चन्दले मिल्न आएमा पाँच लाख रुपैयाँ र छोरी दिने आश्वासन देखाएर फकाउन खोजेका थिए । लोग्नेको मृत्युपछि श्रीमती विधवा बस्थे । तर, विदूरले भने एक-दुई महिनामै अर्को बिहे गर्ने चलन थियो । ‘नछाडे बाहुनी, नदेखे रानी,’ भन्ने उक्तिको जन्म त्यसैताका भएको हो । छोरी घरमा राखे अरूको आँखा लाग्छ भनेर बाहुन जातिमा कम उमेरमै छोरीको बिहे गरिदिने परम्परा बस्यो । सहरका स्वास्नीमान्छे बन्धनको घेरामा बस्थे । एक्लै हिँड्न पनि नपाउने । बरु गाउँतिर मेलापात गर्न सहजै निस्कन्थे । खानदानी परिवारका छोरीचेली केही नोकरचाकर साथमा लिएर हिँड्थे । महिला पूरै अभिभावकको नियन्त्रणमा हुन्थे । यस अवस्थामा त अहिलेजस्तो खुला ‘लभ अफेयर’ को कल्पनासम्म गर्न सकिँदैनथ्यो । यति हुँदाहँुदै पनि घरभित्र भने मालिक्नीहरू नाठो (घरको काम गर्ने) सँग सल्कने घटना भने भइरहन्थे ।

भोटिनीसँग हिमचिम

नेपाली कामको खोजीमा भोट (तिब्बत) जाने उहिलेकै चलन हो । भोट र भारत नेपालको व्यापारकेन्द्र थिए । तिब्बतमा नेपाली ‘टक’ नै चल्थे । ‘कुती’ (तातोपानी) र ‘केरुङ’ -नुवाकोट) नाका भएर नेपाली भोट छिर्थे । पृथ्वीनारायण शाहले पछि आएर भोटका राजाबाट ती दुवै नाका जिते । भोट जाने कति नेपालीको भोटिनीसँग हिमचिम बढ्थ्यो । अवैध यौनसम्बन्धबाट बच्चै जन्मिन्थे । छोरा जन्मे नेपाल ल्याइन्थ्यो । यदि छोरी जन्मिई भने उतै छाडिदिने चलन थियो । यसरी अवैध तरिकाले जन्मेका सन्तानलाई ‘खचडा’ जाति भनिन्थ्यो । यसरी तिब्बतमा जन्मिएका थुप्रै सन्तान नेपाल भित्र्याइए । पछि आएर यो ल्याइते (ठयाँ) र ब्याइते (मठयाँह) संस्कृतिका रूपमा विकास भयो । ठयाँको अर्थ आफ्नै जात मिल्नेसित बिहेवारी चल्ने परम्परा थियो भने मठयाँह भनेको अरूको जात (ल्याइते) भन्ने हुन्छ । यो प्रचलनका कारण कहिलेकाहीँ झगडा त पथ्र्यो, तर अहिलेजस्तो विकृतिचाहिँ थिएन ।

आरोग्यशालामा उपचार

रामदत्त पन्त

त्यतिवेला सबै रोगको उपचार आरोग्यशालामा हुन्थ्यो । डाक्टर हुन्थो वैद्यराज । जडिबुटीकै भर थियो औषधोपचारको । बालमृत्युदर बढी थियो । कम्तीमा पनि एकदर्जन बच्चा जन्माउँदा एक-दुईजना मात्रै बाँच्थे । मानिस बलिया हुन्थे । रोग पनि धेरैखाले थिए । तर, सबै रोग प्राकृतिक उपचारले निको हुन्थ्यो । उमेर घर्केपछि बच्चा जन्माउने चलन थियो । ८१ वर्षको उमेरमा हरिलाल पाण्डेले छोरा भवानी पाण्डे जन्माए । भवानीले ‘मुद्रा राक्षस’ नामक पुस्तक नेपालीमा अनुवाद गरेका थिए । बाहुनक्षेत्रीे सेलरोटी, दालभात र मासु खान्थे भने नेवारी राजकाजमा धेरखाले परिकार हुन्थे । तराईबाट परबर, भान्टा झिकाउँथे शासक । काठमाडौंमा त्यतिवेला आलु तथा काउली पनि पाइँदैनथे

 
१ टिप्पणी

Posted by on जुलाई 21, 2010 in Uncategorized

 

विश्व कै कम उमेरकी गायिका नेपालमा!

पत्याउन गाह्रो हुन्छ, जसले अक्षर नै चिनेको छैन, उनी शास्त्रीय संगीतको सुर लगाउन खोज्दै गीत गाउँछिन्।
तर ३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी छिन्। २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको हिजो गीति एल्बम रिलिज भएको छ।एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि। नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि यो समाचारलाई प्रसार गरे।
कस्तो छ त उनको गीत? कस्तो छ त उनको सुर? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ विश्व कै कम उमेरकी गायिकाको रुपमा गिनिज बुकमा नाम लेखाउने प्रक्रिया अघि बढाइसकेकी बालिकाको म्युजिक भिडियो

अतिथिका बुबा उद्धव केसी पनि गायकै रहेछन्। सुन्नुभएको छ ‘मेरी माया साह्रै नै राम्री- राम जाने’ भन्ने गीत। हो, उनैले गाएका हुन् यो गीत। उनी माइसंसारका पनि नियमित पाठक रहेछन्। हिजो राति अबेर उनीसँग भेट भयो र उनले अतिथिका ’boutमा गजबका कुरा सुनाए। ६ महिनामा बोल्न थालेकी अतिथि आठ महिना पुग्दा हिँड्न थालेकी रहिछिन्। २ वर्ष देखि नै गीत गाउन थालेकी रे उनले। आफ्नै दिदी उष्णा के. सी. ले गाएको देखेपछि त्यसलाई नक्कल गर्ने बानीले नै उनलाई गीत संगीत प्रति मोह जगाएको रहेछ।
तर अहँ, बुबा उद्धव केसीको अनुहारमा घमण्ड देखिएन आफ्नी छोरीको सफलतामा। उनी बरु भन्दैथिए- हामी नेपाली केहीमा पनि कम छैनौँ। हामी अरु भन्दा कम छौँ भन्ने हिनताबोध सबैले हटाउनु पर्छ। मेरी छोरीले गायनमा यस्तो प्रतिभा देखाए, अरुले अरुमा देखाएका छन्, देखाउनेवाला छौँ। हामी नेपाली भएकोमा गर्व गर्ने वातावरण बन्नुपर्छ।उनी भन्दै थिए शास्त्रीय संगीतमा प्रारम्भिक तह उत्तीर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी (अलँकार) समेत अतिथिले सहज रुपमा गाएकी छिन्। म आफै गायक हुँ तर मलाई पनि सुर लगाउन गाह्रो पर्छ कहिलेकाहीँ।
हिजोको एल्बम विमोचन कार्यक्रममा ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष संगीतमा उनले लाइभ तीन वटा गीत गाइदिइन्। गीत गाउलान् कि नगाउलान् भनेर बुबा उद्धवलाई चिन्ता लागेको रहेछ। उनले छोरीलाई फकाउन नौलो उपाय रचेछन्। ‘आज बिहान ओछ्यानमा तिमीले सुसु गरिदिएको सबैलाई भनिदिन्छु’ भनेर जिस्केछन् बुबा। छोरीले नाइँ नभन्नुस् न म गाउँछु भनिछिन्। र त, अक्षर नै नचिन्ने अतिथिले तीन तीन वटा गीत प्रत्यक्ष गाएर सबलाई छक्क बनाइदिइन्।

एक वर्षको समय लगाएर तयार पारिएको हिजो विमोचन गरिएको एल्बममा एउटा राष्ट्रिय गानसहित नौ वटा गीत छ। ती गीतका केही झलक हामी अर्को ब्लगमा केही दिनमा राख्‍नेछौँ। एल्बममा भएका गीत मध्ये सारेगम नोटेसन भएको गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ। यसको निर्देशन डब्बु क्षेत्रीले, छायाँकन निर्देशन बिदुर पाण्डे गरेका हुन्। छायाँकारमा कृष्ण श्रेष्ठ, रामशरण उप्रेती र रामेश्वर कार्की रहेको भिडियोको नृत्य निर्देशन गम्भिर बिष्टले र सम्पादन प्रकाश तुलाधरले गरेका छन्।

 
१ टिप्पणी

Posted by on जुलाई 19, 2010 in Uncategorized

 

साझाको दुर्दशा- अवकास खर्च जुटाउन जग्गा बेचियो

ललितपुर,
२० वर्ष सेवा गरी आइतबारबाट अवकास लिएका साझा यातायातका कर्मचारी ज्ञानबहादुर श्रेष्ठलाई संस्था छोडेकोमा भन्दा पनि संस्थाको दुर्दशाले चिन्तित बनाएको छ । विसं २०४३ बाट मेकानिकल हेल्परको रूपमा सेवा प्रवेश गरी अनिवार्य अवकास लिएका ओखलढुंगाका श्रेष्ठलाई मात्र होइन, हाल संस्थामा कार्यरत कर्मचारीमा यही चिन्ताले सताउँछ ।
गत २०६६ सालदेखि मुलुककै पहिलो साझा यातायात पूर्णरूपमा बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारी बेवारिसे अवस्थामा हाजिरमात्र गरेर तलब खाने गरेका छन् । कतिपयले अवकाश लिँदैछन् भने बाँकी कर्मचारीलाई तलब खुवाउन धौ-धौ परेको छ ।विसं २०५८ मै सरकारले साझा यातायात बन्द गर्ने निर्णय गरेपछि बन्द भएर पुनः २०६० खुलेको थियो तर, २०६१-०६२ को तत्कालीन द्वन्द्वका बेला साझाका १३ वटा बस जलाइएपछि सरकारले कुनै क्षतिपूर्ति नदिएकाले साझा २०६४ मा बन्द भएको थियो ।
केही गाडी स्कुललाई भाडामा चलाउन दिए पनि प्रभावकारी नभएपछि २०६६ देखि पूर्णरूपमा बन्द भएको हो । एकताका एसियाकै राम्रो संस्थाको रूपमा मानिने साझा यातायातको सेवा बन्द भएपछि फुर्सदका कर्मचारीलाई तलब खुवाउन साझालाई गाह्रो भएको छ । अन्य आयस्रोत नभएपछि साझाले अहिले भाडाबाट उठेको रकमबाट कर्मचारीलाई तलब खुवाउने गरेको छ ।आम्दानीका कुनै स्रोत नभएपछि भाडामार्फत उठेको रकमबाट कर्मचारीलाई तलब खुवाउने गरिएको प्रशासकीय अधिकृत अनन्त पौडेल बताउँछन् । “अवकास लिएर जाने साथीहरू त गइहाल्नुभयो, अब हाम्रो अवस्था के हुने हो, कर्मचारीलाई कसरी बिदा गर्ने भन्ने ठूलो चिन्ता छ, सेवा सञ्चालन पहलको त कुरै छाडौं”, उनले भने ।
साझाको केही जग्गा २०६५ बाट नेपाल टेलिकमले भाडामा लिएको छ । सोही जग्गामा साझा पेट्रोलपम्प सञ्चालित छ । टेलिकमबाट मात्र मासिक ५ लाख ६६ हजार ३०० र पेट्रोल पम्पबाट मासिक १ लाख १५ हजार रुपैयाँ भाडा उठ्ने गरेको छ ।यसैगरी अन्य पसलबाट पनि भाडा उठाएर सोही भाडामार्फत कर्मचारीलाई तलब खुवाउने गरिएको छ । साझा यातायातमा १ हजार १०० कर्मचारी रहेकोमा हाल हाल ९ ड्राइभरसहित ५३ कर्मचारी कार्यरत छन् ।
आर्थिक अभावकै कारण साझाले आफ्ना अवकासप्राप्त १८ कर्मचारीलाई आइतबार औपचारिक बिदाई पनि गर्न सकेन । साझाको पुल्चोकमा २२ रोपनी, लगनखेलमा ७ रोपनी र वीरगन्जमा करिब १ बिघा निजी जग्गा रहेकोमा लगनखेलको जग्गा कर्मचारीको अवकास खर्च जुटाउन बिक्री गरिएको छ ।बिक्री गरिएको जग्गाको रकम संस्थामा लगानी गरिए उचित हुने कर्मचारीको धारणा छ । राज्यले गम्भीरता नदेखाएका कारण साझा ओझेलमा परेको र तिनका कर्मचारीको हाल बेहाल भएको कर्मचारी स्वयम् बताउँछन् सरकारले आवश्यक परेका बेला साझाको प्रयोग गरेको पछि उसको अवस्था नाजुक भएपछि फर्केर नहेरेको एक कर्मचारीले गुनासो गरे ।
स्टोरभरि बहुमूल्य पार्टपूर्जा थन्किएका छन् । तिनका लागि प्रयोग हुने सवारीसाधन नेपालमा छैनन् । सबै जापानिज बसका मात्र सामान छन् ।इन्जिनका पाटपूर्जा बनाउने करोडसम्म मूल्य पर्ने मेसिन त्यत्तिकै थन्किएकोमा पनि कर्मचारी चिन्तित छन् ।यकिन मिति नभए पनि २०४३ देखि निरन्तररूपमा चल्दै आएको साझा यातायातका १८९ वटा बस थिए । हाल १३ वटा छन्, त्यही पनि बेवारिसे अवस्थामा छन् ।तत्कालीन बन्द-हड्तालका बेला केही तोडफोड र आगजनीबाट ध्वस्त भए भने केही लिलाममा बिक्री गरिएका छन् ।साझाले तत्कालीन समयमा पूर्व राजविराजदेखि पश्चिम नेपालगन्ज, सुर्खेतसम्म आफ्नो सेवा सञ्चालन गरेको थियो । सीबी अधिकारी -रासस)

 

‘नाइँ म त्यो घर जान्न,’‘ मालिक्नीले तातो आइरनले दुबै हात, पेट, छाती र खुट्टामा डामेका घरेलु कामदार रहेका १३ वर्षे घनश्यामलाई रुवाउँदै पीडककै घरमा,

काठमाडौं असार २२- ‘नाइँ म त्यो घर जान्न,’ जिल्ला प्रशासन कार्यालयमा ‘दिदी भिनाजु’ले तान्दै गर्दा आकासे रंगको सर्ट र नीलो सुरुवाल लगाएका घनश्याम महतो रुँदै भनिरहेका थिए, ‘मेरो कोही छैन, कसैले हेर्दैन।’
एक प्रहरी अधिकृतको कपनस्थित घरमा घरेलु कामदार रहेका १३ वर्षे घनश्यामलाई गत जेठ १९ गते मालिक्नीले तातो आइरनले डामेकी थिइन्। पैसा चोरेको अभियोग लगाउदै दुबै हात, पेट, छाती र खुट्टामा डामेका खत अझै उनको शरीरमा देखिन्छन्।घटना सार्वजनिक भएपछि बालअधिकार गृहमा राखिदै आएका उनलाई सोमबार जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार दिदी भिनाजु दाबी गर्नेको जिम्मा लगाइएको थियो।
दिदी भिनाजुले घनश्यामलाई पीडककै घरमा लगेका छन्। आफूले यातना पाएकै घरमा पठाउन लागिएको सुइँको पाएपछि महतोले उनीहरूसँग जान आनाकानी गर्दै रोएका समेत थिए।

जिल्ला प्रशासन कार्यालयबाट रुवाउँदै घनश्यामलाई तानेर लगिँदै। तस्बिरः बद्रीकुमार न्यौपाने

बालअधिकारका पक्षमा काम गर्दै आएको संस्था ‘सिबिस’ले पीडक विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो। प्रहरी निरीक्षक चेतबहादुर पाठकको घरमा घटेको यो घटनामा संलग्न भएको अभियोगमा उनकी पत्नी सुशीलालाई केन्द्रीय कारागारमा पुर्पक्षका निम्ति थुनामा राखिएको छ।
यसबीच अदालतले खोजेको बेलामा बालकलाई उपस्थित गराउने शर्त राख्दै प्रशासनले सिबिस र दिदी भिनाजुबीच मिलापत्र गराएको छ। पीडित महतोलाई तीन दिनभित्र तीन लाख रुपियाँ क्षतिपूर्ति दिन पीडकपक्ष सहमत भएको छ।

जिल्ला प्रशासन कार्यालयमा रुँदै घनश्याम। तस्बिरः बद्रीकुमार न्यौपाने

‘बालकलाई रुवाउँदै पीडककै घरमा पठाउनुले ठीक नियत देखिएन,’ सिविसका कार्यकारी निर्देशक मिलन धरेल भन्छन्।
‘त्यहाँ गएपछि मलाई फेरि पहिलेजस्तै व्यवहार गर्नेछन्,’ जबर्जस्ती पठाउँदै गर्दा घनश्यामले भनेका थिए,’पहिले पनि पिट्दै काममा लगाउँथे।’बच्चालाई घिच्याउँदै पीडकको घरमा लैजादा दिदी भिनाजु बताउनेहरुले आफू भर्खरै काठमाडौं आएको सुनाएका थिए। ‘बस्न मान्यो भने यहीँ राखेर पढाउन लगाउने विचार छ,’ आफूलाई दिदी दाबी गर्नेले भनिरहेकी थिइन्,’मानेन भने गाउँमा लैजान्छौं।’
सिविस पदाधिकारीका अनुसार बाललाई आफन्त भन्दै लिन आउने व्यक्ति आफ्नै दिदी होइनन्। ‘घनश्यामले आफ्ना बुवाको नाम शिवलराम भनेको छ,’ धरेल भन्छन्, ‘जबकि सुनिताको नागरिकतामा बुवाको नाम सत्यनारायण लेखिएको छ। ‘अहिले पनि यो घाउ दुख्छ र चिलाउछ,’ प्रजिअले निर्णय सुनाउनुअघि घनश्यामले आइरनले डामेको खत देखाउँदै नागरिकलाई भनेका थिए।

आइरनले डामिएपछि अस्पतालमा रहेका बेला घाइते घनश्याम। फाइल तस्बिरः बद्रीकुमार न्यौपाने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालका अनुसार दिदी भिनाजुको जिम्मामा पठाउने आदेश सुनाउने बित्तिकै बच्चा रुन सुरुगरेको थियो। त्यतिबेला के गर्ने भन्ने अन्यौल सिर्जना भएको थियो। ‘बच्चा रुँदैमा हुँदैन, उसलाई हकदार आफन्तको जिम्मामै पठाइनु पर्छ भनेर मैले नै आदेश दिएपछि लगेका थिए,’ प्रजिअ ढकालले भने,’यसरी पठाएको बच्चालाई पीडककै घरमा लगियो वा कता पुर्‍याइयो भन्ने जानकारी मलाई भएन।’

 

बरिष्ठ पत्रकार जसुदा प्रधानको निधन

काठमाडौं, अषाढ २२

पत्रकार जसुदा प्रधानको करिब ५० वर्षको उमेरमा सोमबार राति हृदयाघातका कारण पुल्चोकस्थित अल्का अस्पतालमा निधन भएको छ ।
पत्रकार प्रधानले नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, राष्ट्रिय पत्रकार महासङ्घका संस्थापक उपाध्यक्ष र नेपाल टेलिभिजन सञ्चालक समितिको सदस्यका रुपमा काम गरेकी थिइन् ।
उनका श्रीमान् पुष्पराज पिपुल्स रिभ्युका सम्पादक छन् भने जसुदा स्वयं पनि सो पत्रिकामा आबद्ध थिइन् । उनका एक छोरा र एक छोरी छन् ।
रासस

 

क्यानडाले हालै आप्रवासी कामदार सम्बन्धी कानुनलाई संसोधन , क्यानडामा आप्रवासीलाई २९ क्षेत्र खुल्ला

काठमाडौं, असार २२
क्यानडा सरकारले २९ वटा व्यावसायिक क्षेत्रका दक्ष जनशक्तिलाई आकर्षित गर्ने कानुन तयार पारेको छ।
क्यानडाले हालै आप्रवासी कामदार सम्बन्धी कानुनलाई संसोधन गर्दै समाजसेवी, व्यापार प्रवर्द्धक, डेन्टिस्ट, फार्मेसीलगायत क्षेत्रका दक्ष जनशक्तिलाई आकर्षित गर्ने व्यवस्था गरेको हो।

प्रतिवर्ष २ लाख ६५ हजार विदेशीहरुलाई स्थायी बसोवास अनुमति (ग्रिनकार्ड) दिने नीतिअनुसार नयाँ क्षेत्रलाई खुल्ला गरेको हो। उसले कुल आप्रवासीमध्ये ५० प्रतिशत भने दक्ष जनशक्ति लिने व्यवस्था गरेको छ।
क्यानडाले लेक्चरर, एकाउन्टेन्ट, हेल्थ म्यानेजर, कन्ट्रक्सन म्यानेजरलगायतका क्षेत्रलाई भने निरुत्साहित गर्ने नीति लिएको छ। यी क्षेत्रमा धेरै जनशक्ति क्यानडा प्रवेशगरिसकेकाले नयाँ नियममा यी क्षेत्रलाई निरुत्साहित गरिएको हो। आगामी वर्ष भने २० हजार आप्रवासीलाई मात्र क्यानडा प्रवेश दिइने छ।
क्यानेडियाली आप्रवासी परामर्शदाता मिलन कार्कीका अनुसार, क्यानडा जाने नेपालीको संख्या पनि वृद्धि भइरहेको छ। गएको एक वर्षमा धेरै नेपाली क्यानडा गएका भए पनि भाषा, अदक्षता र पुरानो शैलीको शिक्षा पद्धतिका कारण व्यावसायिक कार्य गर्न नसकेको उनले बताए।

खुल्ला गरिएका २९ क्षेत्रको पूर्ण सूचि
0631 Restaurant and Food Service Managers
0811 Primary Production Managers (Except Agriculture)
1122 Professional Occupations in Business Services to Management
1233 Insurance Adjusters and Claims Examiners
2121 Biologists and Related Scientists
2151 Architects
3111 Specialist Physicians
3112 General Practitioners and Family Physicians
3113 Dentists
3131 Pharmacists
3142 Physiotherapists
3152 Registered Nurses
3215 Medical Radiation Technologists
3222 Dental Hygienists & Dental Therapists
3233 Licensed Practical Nurses
4151 Psychologists
4152 Social Workers
6241 Chefs
6242 Cooks
7215 Contractors and Supervisors, Carpentry Trades
7216 Contractors and Supervisors, Mechanic Trades
7241 Electricians (Except Industrial & Power System)
7242 Industrial Electricians
7251 Plumbers
7265 Welders & Related Machine Operators
7312 Heavy-Duty Equipment Mechanics
7371 Crane Operators
7372 Drillers & Blasters – Surface Mining, Quarrying & Construction
8222 Supervisors, Oil and Gas Drilling and Service

 

कांग्रेस र एमाले प्रधानमन्त्री मात्र फेर्ने षडयन्त्रमा ः नारायणकाजी

काठमाडौं, असार २१
एकीकृत माओवादीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले कांग्रेस र एमाले वर्तमान गठबन्धनै कायम राखी प्रधानमन्त्री फेर्ने षडयन्त्रमा लागेको बताएका छन् ।
‘कांग्रेस, एमालेले राखेको सर्त किचलो झिक्ने बढाउने प्रयासमात्र हो, संयुक्त राष्ट्रिय सरकार बनाएर शान्ति र संविधान सुनिश्चित गर्नुपर्नेमा फेरि बहुमतका नाममा प्रधानमन्त्री मात्र फेर्ने खेल हुनु विडम्बना हो,’ आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा नेता श्रेष्ठले भने– अझै पनि हामी संयुक्त राष्ट्रिय सरकारकै पक्षमा छौं, हामीले बहुमतीय सरकारको पहलकदमी गरेका छैनौं ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा माओवादी उपाध्यक्ष श्रेष्ठले माओवादी नेतृत्वको सरकारमा बनेमा पार्टी अध्यक्ष प्रचण्डको विकल्प नहुने बताए । ‘सरकारको नेतृत्वमा प्रचण्ड नै हो, त्यसको विकल्प छैन,’ उनले भने– यस्तो सरकारमा बस्ने आधार संविधानसभाको जनमत नै हो ।
उनले लडाकु समायोजनका लागि पार्टीले दलहरुसँग ६ बुँदे प्रस्ताव राख्ने बताए । ‘जनमुक्ति सेनालाई विशेष समितिमातहत राख्ने, वैज्ञानिक विधिबाट समायोजनको संख्या निर्धारण गर्ने, समायोजनमा जान चाहने स्वेच्छिक छनोट, जनमुक्ति सेनाको छुट्टै फोर्स बनाउनेलगायत प्रस्ताव तयार गरेका छौं,’ उनले भने– जनमुक्ति सेनाको छुट्टै सुरक्षा फोर्स बनाउँदा नेपाली सेनाको हाइरार्कीमा पनि समस्या हुँदैन ।
श्रेष्ठले वाइसिएलको अद्र्धसैन्य संरचना तत्काल हटाउन सकिने धारणा राखे । तर, शान्ति प्रक्रियाको टुंगो लगाउन अनमिनको दुई महिने म्याद पर्याप्त नभएको उनको भनाइ थियो । कब्जा घरजग्गा उच्चस्तरीय समिति बनाएर फिर्ता गर्न सकिने तर चेतनाका कारण जमिनदारको जग्गामा बसेका जोताहालाई निकाल्न नसकिने उनले बताए ।
उनले राज्य पुनर्संरचना आयोग बनाएर र विवाद रहेका विषयमा केन्द्रित हुन सके जेठ १४ गतेअगावै संविधान निर्माण गरिसक्ने र संविधानको सुनिश्चितता सँगै सेना समायोजन पनि टुंगो लाग्ने दाबी गरे । ‘कांग्रेस, एमालेले भनेजस्तो सबै काम तत्काल पूरा हुने अवस्था छैन, तैपनि हामी शान्ति र संविधानका निम्ति न्यूनतम सहमति गर्न तत्पर छौं,’ उनले भने ।

 

दलगत स्वार्थ त्याग्न मुस्लिम नागरिक समाजको दलहरुलाई आग्रह

काठमाडौ, २१ असार

नेपाल मुस्लिम नागरिक समाजले राजनीतिक दलहरुलाई दलगत स्वार्थ त्यागेर नयाँ संविधान निर्माणको बातावरण सुनिश्चित गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग गरेको छ ।
समाजले आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षमा पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो । समाजले दलहरुको दलगत स्वार्थ र सत्ता लिप्साका कारण संविधान निर्माणको कार्य प्रभावित बनेको ठहर गर्दै दलहरुलाई त्यस्तो आग्रह गरेको हो ।
त्यसैगरी समाजले नेपालमा हालसम्म मुस्लिम समूदायलाई राज्यले उपेक्षा गरेको दावी गर्दै मुस्लिम समूदायको अधिकार स्थापित र सुनिश्चित पार्न तत्काल मुस्लिम आयोग गठन र मुस्लिम पर्शनल कानून लागु गर्न समेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा समाजको पुर्नगठन गरिएको जानकारी दिईएको थियो । पुर्नगठित समाजको नयाँ कार्यसमितिको अध्यक्षमा मसरुद्दिन अन्सारी, उपाध्यक्षमा डा. अब्दुल कैस सिद्दिकी, सचिवमा अनिन अलि शेख, सह–सचिवमा लियाकत सिद्दिकी र कोषाध्यक्षमा अब्दुल रहमान रहेका छन् । समाजको असार २० गते बसेको बैठकले विधानको धारा ९ (१) का ङ बमोजिम पूर्व उपाध्यक्ष डा. कमरुलहोदा अन्सारी र सचिव जाकिर हुसैन खाँको सदस्यता खारेज गर्ने निर्णय पनि गरेको सो अवसरमा जानकारी दिईएको थियो ।

 

अस्ताए प्रजातान्त्रिक आन्दोलनका योद्धा

काठमाडौं, अषाढ २०
नेपालको प्रजातान्त्रिक आन्दोलनको एक योद्धा तथा पूर्वमन्त्री बलबहादुर राई ९० वर्षको उमेरमा निधन भएको छ । ढांड, युरिक एसिड, मृगौलालगायतका रोगबाट पीडित नेता राईको महाराजगञ्जस्थित शिक्षण अस्पतालको सिसियु कक्षमा आइतबार अपरान्ह ४ बजेर १० मिनेटमा निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राईको पार्थिव शरीरलाई सोमबार सानेपास्थित पार्टी कार्यालयमा लगिने छ । नेता राईको इच्छाअनुसार सोमबार हेलिकोप्टरबाट आफ्नै पुख्र्यौली थलो ओखलढुंगाको मोली-३ घरमा लगिने छ ।’हजुरबुवाको अन्तिम इच्छा गाउँमै समाधिस्थ गर्नु रहेको छ’, राईका नाति राजाबाबु किराँतीले कान्तिपुरसित भने, ‘हजुरआमा पद्मशोभाको समेत उही गाउँमै समाधि रहेको छ ।’
ओखलढुंगा क्षेत्र नं. २ बाट आमनिर्वाचत २०४८ र मध्यावधि निर्वाचन २०५३ गरी दुई पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यसअघि २०१५ सालमा समेत ओखलढुंगाबाट प्रतिनिधित्व गरेका थिए ।
२०४६ सालपछि कांग्रेसको नेतृत्वमा गठित मन्त्री परिषद्मा वरिष्ठ सदस्यको हैसियल नेता राईले १९ पटक कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समयमा १३ पटक र शेरबहादुर देउवाको कार्यकालमा ६ पटक सम्हालेका थिए । नेता राईले आफ्नो कार्यकालमा कटारी-ओखलढुंगा सडक निर्माण गराउन सफल भएका थिए ।
राई नारदमुनि थुलुङलगायतको नेतृत्वमा राणाशासनविरुद्ध पूर्वी पहाडमा सशस्त्र क्रान्तिबाट आन्दोलनमा होमिएका थिए । ०१७ साल पार्टीमाथि प्रतिबन्ध लागेपछि राईसमेत जेलमा परेका थिए । ०१८ सालमा जेलबाट छुटेपछि साढे सात वर्ष भारतको जयनगरमा निर्वासित जीवन बिताएका थिए । २०२५ सालमा आममाफी पाएका थिए । विश्वेश्वरप्रसाद कोइरालालगायतका नेतासितको संगतबाट प्रजातन्त्रका निम्ति आजीवन समर्पित थिए ।बलबहादुर राईलाई प्रजातान्त्रिक आन्दोलन र राजनीतिक जीवनमा सफल नेताका रुपमा लिइन्छ । उनी जनआन्दोलन २०६२/६३ मा समेत सहभागी हुँदा पक्राउ परेका थिए । जनआन्दोलन सफलतापछि पार्टीको तर्फबाट अन्तरिम विधायकसमेत थिए ।
‘बाहिङ राई’ मातृभाषी बलबहादुरको जन्म १९७७ साल फागुन ६ गते ओलखढुंगाको मोली गाउँमा भएको थियो । राईको दुई छोरा र दुई छोरी छन् । जेठी छोरी प्रमिला राई संविधानसभाको सभासद् छिन् । राईको किरात मुन्धुम परम्पराअनुसार संस्कार गरिने परिवारले जनाएका छन् ।

 

साउदीमा ३ नेपाली आज नाटकीय रुपले ठगिए

काठमाण्डौ २०,असार

साउदी अरवको सुलाई १६ भन्ने ठाँउवाट वछा जाँदै गरेको अवस्थामा आज नाटकीय रुपवाट ३ नेपाली ठगीएका छन् ।
ठगिनेमा नुवाकोट भद्रुटार घर भएका रमेश सिटौला सहित २ जना रहेका छन् । घरमा पैसा पठाउन भनि सुलाई १६ वाट वछला ट्याक्सीमा जाँदै गरेको अवस्थामा ट्याक्सीमा रहेका अन्य २ अपरीचित र ड्राइभर मिलेर उनिहरुको साथमा रहेको ३ हजार रिएल लिएर भागेको पिडीत सिटौलाले वताए । ट्याक्सीको पछाडी रहेका ति दुई अपरीचितहरुले ट्याक्सी केहि अगाडी पुगेपछि रोकेर आफनो साथवाट नगद हराएको भन्दै हामीहरुको पर्स चेक गर्न थाले हामी कतै हाम्रो झोलामा परेको छ कि भनेर हेर्न लाग्दै गरेको अवस्थामा हाम्रो साथमा रहेको नगद लिएर उनिहरु ट्याक्सी सहित भागेको पिडीत सिटौलाले वताए । तिन युवकको साथवाट आज करिव नेपाली ६० हजार ठगिएको हो ।

 

एसएलसीमा अनुत्तीर्ण भएपछि आत्महत्या ,रानीपोखरीमा हाम फालेका युवकको उद्दार

महेन्द्रनगर, असार २०
एसएलसीमा अनुत्तीर्ण भएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन्। महेन्द्रनगर उच्च माविबाट परीक्षा दिएकी भीमदत्त नगरपालिका–१८ की १६ वर्षीया सरोज जोशीले शनिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ परीक्षाफल प्रकाशित भए पनि जोशीले शनिबार दिउसोमात्र थाहा पाएकी थिइन्। दिनभर तनावमा रहेकी उनले सल्फास खाएकी थिइन्। तर उनका परिवारजनले सल्फास खाएको ढिला थाहा पाएका थिए। उनको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

रानीपोखरीमा हाम फालेका युवकको उद्दार

काठमाडौँ, असार २०- महानगरीय प्रहरी प्रभाग दरवारमार्गले रानीपोखरीमा हामफाली आत्महत्या गर्न खोज्ने एक व्यक्तिलाई मृत्युबाट बचाएको छ। सुर्खेत जिल्ला स्थायी घर भई हाल बसुन्धरामा बस्ने वर्ष २४ का सन्तराम जोशीलाई प्रभागले उद्दार गरेको हो।

प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक सुदीप पाठकले जोशी त्रिचन्द्र कलेजबाट भित्र छिरेर हाम फालेको खबर प्राप्त भएपछि पौडीमा सिपालु प्रहरी जवान देवान पुन र ईश्वर राउतले पोखरीको गहिराईको आधा सतहमा पुगेर जोशीलाई उद्दार गरी आत्महत्या हुनबाट बचाएको बताए।

जोशीलाई उद्दार गर्दा उनको अवस्था अचेत रहेकाले उपचारका लागि वीर अस्पताल लगी प्रारम्भिक उपचार गराएपछि थप उपचारका निमित्त महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको र अहिले जोशीको अवस्था खतरामुक्त रहेको पाठकले बताए।

पाठकले उनले केही बोल्न नचाहेकाले अनुसन्धानको कार्य बाँकी रहेको बताउँदै एक जना प्रहरी अस्पतालमा राखिएको जानकारी पनि दिए।
– रासस

 

प्रचण्ड भावी प्रधानमन्त्रीको आधिकारिक उमेदवार होईनन्ः रायमाझि

काठमाडौ, २० असार
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य टोपवहादुर रायमाझीले भावि सरकारको नेतृत्व वारे कसैको नाम नतोकेको भन्दै अध्यक्ष प्रचण्डसमेत आधिकारिक उम्मेदवार नभएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आइतवार आयोजित साक्षात्कार कार्यक्रममा नेता
रायमाझीले पछिल्लो पोलिटव्युरो निर्णयले कुनै पनि व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा नतोकेका कारण सबैको विकल्प खुल्ला रहेको समेत स्पष्टगरेका छन् ।नेता रायमाझीले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोल्दै हिंड्नेनेताहरुमाथि कारबाहीका लागि पार्टीभित्र छलफल हुने समेत घोषणा गरे ।‘माओवादीभित्र जो सुकै व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्छ, प्रचण्ड पनि, बाबुरामपनि’ रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्नसाक्षात्कारमा नेता रायमाझीले भने, ‘तर, पत्रकारहरु स्पष्ट हुनुस्, पार्टीले
कुनै पनि व्यक्ति तोकेको छैन त्यसकारण व्यक्ति तोक्दै हिंड्नु पार्टी निर्णयविपरीत छ ।’१देखि११असारसम्म पोलिटव्युरो बैठक बस्नु अघि अध्यक्षको नेतृत्वमा सहमतियसरकार गठन गर्ने अडानमा पार्टी रहे पनि पोलिटव्युरोले त्यसलाई परिवर्तनगरेको र अब अध्यक्ष उम्मेदवार नरहेको रायमाझीको स्पष्टोक्ति थियो। सहमतिय सरकार बाहेक अरु बिकल्प नभएको बताउँदै रायमाझीले त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्ने तर्क गरे । ‘संविधानसभाको मत अनुसारको ठूलोपार्टी र वर्तमान प्रतिपक्षी भएको हैसियतले हामीले नेतृत्वको दावी गरेकाहौँ’ रायमाझीले भने, ‘त्यसकारण हाम्रो वाहेक अरुको नेतृत्व स्वीकार्य हुनसक्दैन ।’कुनै पनि पार्टीका प्रधानमन्त्री पदका दावेदार नेताहरु वार्ता टोलीमा बस्नुनहुने जिकिर गर्दै रायमाझीले भने, ‘यो प्रक्रिया नै गलत भयो ।’
नेपाली कांग्रेसका नेता विनजध्वज चन्दले १२ बुँदे समझदारीदेखि हालसम्म भएका सहमति कार्यान्वयन नभएसम्म माओवादी नेतृत्वमा सरकार गठन हुन नसक्ने बताए ।‘विधान बनोस् वा नबनोस्, माओवादीले सहमति कार्यान्वयन नगरेसम्म सरकार गठन हुँदैन’ चन्दले भने । उनले कांग्रेसले कुनै पनि व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार नतोकेको जिकिर गर्दै कार्यवाहक सभापति सुशील कोइरालाले रामचन्द्र पौडेलका पक्षमा दिएको अभिव्यक्ति व्यक्तिगत भएको टिप्पणि गरे । ‘कार्यवाहक सभापतिले त्यसो भन्न मिल्दैनथ्यो’ उनले भने । उनले पार्टी महामन्त्री केवी गुरुङको नेतृत्वमा नयाँ सरकार गठन गनुपर्ने र त्यसमा सबैको समर्थन रहने पनि विश्वास व्यक्त गरे । ‘केवी गुरुङ् अहिलेको सबैले मान्ने र सर्वसम्मत राजनीतिकव्यक्ति हो’ नेता चन्दले भने ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले राष्ट्रिय सहमतिकोसरकारको नेतृत्व अध्यक्ष झलनाथ खनालले गर्नुपर्ने बताए । ‘त्यसका लागि सबैभन्दा योग्य उहाँ नै हुनुहुन्छ’ उनले भने— खनालको नेतृत्वमा सहमतीय सरकार नबने पनि बहुमतीय सरकार बन्छ । हाम्रो पार्टीको असार २२ गते बस्ने केन्द्रीय कमिटिको बैठकले खनालको नाम सर्वसम्मतीले अनुमोदन गछ । उनले माओवादीको नेतृत्वमा अहिले सरकार बन्न नसक्ने बताउँदै भने— जबसम्म उनीहरुहतियार र सेना विहीन हुँदैनन् तबसम्म उनीहरुको नेतृत्वमा सरकार बन्नै सक्दैन

 

अन्य दल नेतृत्वको सरकार बने दुई महिना पनि टिक्न दिन्नौं : दाहाल

काठमाडौं, असार २०

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्य दल नेतृत्वको सरकार बने दुई महिना पनि टिक्न नदिने चेतावनी दिएका छन्।
शनिबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा वार्तामा दाहालको भनाइ उद्धृत गर्दै सहभागी एक कांग्रेस नेताले भने, ‘माओवादीबाहेक अन्य दलको नेतृत्वमा सरकार बने दुई महिना पनि टिक्न दिन्नौं।’
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाका अनुसार वार्तामा कांग्रेसले आफ्नो प्राथमिकता शान्ति प्रक्रिया र संविधान भएको जानकारी गराएको थियो।प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा तीनबुँदे सहमति कार्यान्वयन गरेर मार्गप्रशस्त गर्न सुझाएको कोइरालाले बताए। ‘प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि अब तपाईंहरूले मार्गप्रशस्त गर्नुस् भन्यौं,’ कोइरालाले नागरिकसँग भने।
भेटमा कांग्रेसले माओवादीलाई तीनबुँदे सहमतिको पहिलो बुँदालाई नयाँ व्याख्या नगर्न सुझाएको संसदीय दलका नेता पौडेलले बताए। ‘माओवादीले पहिलो बुँदालाई प्रस्तावना भनेर व्याख्या गर्न मिल्दैन,’ उनले भने।
कांग्रेससँगको वार्तामा माओवादीले लडाकुको संख्या तोक्न नसकिने, बरु दुई महिनाभित्र समूहगत विभाजन प्रक्रिया सुरु गर्न सकिने स्पष्ट गरेको छ। दाहालले भने लडाकु व्यवस्थापनलाई भर्ती नभएर समायोजनको रूपमा बुझ्न आग्रह गरे।
वार्तामा कांग्रेसबाट कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्ण सिटौला सहभागी थिए।माओवादीबाट पार्टी अध्यक्ष दाहाल, उपाध्यक्षबाबुराम भट्टराई, मोहन वैद्य र नारायणकाजी श्रेष्ठ सहभागी थिए। आइतबार एमालेसँग वार्ता गर्ने कांग्रेसको कार्यक्रम छ।