RSS

अनिश्चित मधेस बन्दको घोषणा

16 अप्रिल

काठमाडौं, ३ बैशाख । नेपाल पिछडावर्ग महासंघ र राष्ट्रिय जनता दल नेपालले संयुक्त रुपमा बैशाख ७ गतेबाट अनिश्चितकालिन मधेश बन्दको आव्हान गरेको छ ।
सरकारले विभिन्न मितिमा गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको र संविधान निर्माणमा सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको उनीहरुले जनाएको छ । शुक्रवार संयुक्त रुपमा राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि यहि ७ गतेदेखि अनिश्तिच कालीन मधेश बन्दको घोषणा गरेको हो । नेपाल पिछडावर्ग महासंघका अध्यक्ष भरतप्रसाद महतोले विगतमा गरिएको सम्झौता कार्यान्वयनका लागि सरकारसँग माग गर्दा समेत वेवस्ता गरेको र राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकार बाधक रहेको भन्दै राजीनामा को माग गर्नुभयो ।
अध्यक्ष महतोले तत्कालिन माओवादी नेतृत्वको सरकारसँग ५ बुँदै र एमाले नेतृत्वको सरकारसँग ४ बुँदे सहमति कार्यान्वयन गरिनु पर्ने माग गर्नुभयो । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनता दलका महासचिव तेजप्रकाश निसादले मधेसको मुद्धामा सरकार उदासिन देखिएको भन्दै मधेस बन्दलाई सफल बनाउन सबैलाई आग्रह पनि गर्नुभयो । नेपाल पिछडावर्ग महासंघ र राष्ट्रिय जनता दल नेपालले विभिन्न १३ बुँदे माग राख्दै मधेश बन्दको आव्हान गरेको छ ।

 
 

टिप्पणी छोड्नुहोस्