RSS

सहमति जुट्न नसकेपछि व्यबस्थापिका अन्यौलमा,सहमतिको अन्तिम प्रयास, ३ दलको बैठक सभा भवन भित्र

28 मे

सहमति जुट्न नसकेपछि व्यबस्थापिका अन्यौलमा

काठमाडौ १४ जेठ ।प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा दलहरुवीच सहमति जुट्न नसकेपछि व्यबस्थापिका संसदको बैठक अझै सुरु हुन सकेको छैन । विहान ८ बजे नै बैठक बस्ने भनिएपनि बैठक सुरु हुन सकेको छैन । संविधानसभा मामीला मन्त्री मीनेन्द्र रिजालका अनुसार साझ ५ बजे भन्दा अगाडि संसद बैठक बस्ने तयारी छैन । यसबिचमा दलहरुवीच संसद भवन भीत्र द्विपक्षिय र त्रिपक्षीय छलफल भइरहेको छ । दलहरुवीचको बैठकको मध्यस्थता गर्नकालागि भारत निकट मानिने कागे्रस युवा नेता अमरेशकुमार िसंह पनि संसद भवन आएका छन । दलहरुवीच सभामुखको मध्यस्थतामा विभिन्न चरणका छलफल भएका छन । माओवादीले प्रधानमन्त्रीको राजीनामाको लिखित प्रतिबद्धता आएमात्र संविधानसभाको म्याद थपगर्न सकिने बताएको छ । पत्रकारहरुसंग कुरागर्दै माओवादी उपाध्यक्ष डा वाबुराम भट्टराइले नयाँ संविधान बन्ने सुनिश्चितता नभएसम्म आफुहरु संविधानसभाको म्याद थपगर्न राजी नभएको बताउनु भयो । यसकालागि प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त भएको उहाँको भनाइ थियो । डा भट्टराइले प्रधानमन्त्रीको राजीनामा नैसमाधान होइन समाधानको प्रस्थान विन्दु हो भएको वताउनु भयो ।

सहमतिको अन्तिम प्रयास, ३ दलको बैठक सभा भवन भित्र

काठमाण्डौं १४ जेष्ठ ।सहमति खोज्ने अन्तिम प्रयास स्वरुप ३ दलको बैठक अहिले संविधानसभा भवन भित्र बसिरहेको छ । संविधानसभाको म्याद सकिन करिब ८ घण्टा मात्रै बाँकी रहेको अवस्थामा संविधानसभा भवन भित्रै भइरहेको तीन दलको यस छलफललाई सहमति खोज्ने अन्तिम प्रयासका रुपमा लिइएको छ । यसअघि माओवादी स्थायी समितिको बैठकले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्न आफ्ना सभासदहरूलाई हृवीप जारी गरेको छ ।बैठकमा माओवादी, काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।माओवादीले पछिल्लो समयमा आएर प्रधानमन्त्रीले एक हप्ताभित्रमा राजीनामा दिने ग्यारेन्टी भएमा संविधानसभाको म्याद थप्ने बताएको छ भने कांग्रेस र एमालेले पुरानै अडान दोहोर्‍याएका छन् ।

 

टिप्पणी छोड्नुहोस्